यौन सम्पर्क (सम्भोग)का बेला महिलाले ध्यान पूराउनुपर्ने कुरा

सम्भोग यौन सन्तुष्टिको सबैभन्दा उच्चतम तरिका हो । सम्भोगका बेला दुवै पक्षबीच राम्रो समझदारी भयो, एकले अर्कोको भावना बुझेर सोही मुताविक भूमिका खेल्यो भने सम्भोग निकै नै आनन्ददायी हुन्छ ।तर सम्भोग पार्टनरहरु आ-आफ्नै दुनियामा भुल्ने हो भने र एकले अर्कोको मनोभावनाको कदर नगर्ने हो भने सम्भोग कर्मबाट पाउनुपर्ने सन्तुष्टि प्राप्त हुन सक्दैन, न त पार्टनरबीच भावनात्मक निकटता नै पैदा हुन्छ । सम्भोगका बेला महिला र पुरुष दुबैले आफ्नो पार्टनरको भावना र उसको चाहनाको ख्याल गर्न सक्नुपर्छ । हामीले यहाँ सम्भोगका बेला पुरुषले आफ्नो महिला पार्टनर बाट कुन कुराको अपेक्षा गरेको हुन्छ र पुरुष पार्टनरप्रति सम्भोगका बेला महिलाले कुन कुन कुरामा ध्यान दिनुपर्छ भन्ने केही टिप्स प्रस्तुत गरेका छौँ । 1. पार्टनरको चाहना बुझ्नुहोस् । कस्तो ड्रेसअप उसले मन पराउँछ तथा कस्तो आसन उसको लागिबढि रुचिकर हुन्छ भन्ने कुरामा ध्यान दिनुहोस् । पार्टनरलाई यस्तो मन पर्छ भनेर आफै निर्णय नगर्नुहोस्, वा आफै न्यायाधिश नबन्नुहोस् । पार्टनरको भावना अनुसारको ड्रेसअप तथा अन्य भूमिका निर्वाह गर्न सक्नुभयो भने
अवश्य पनि सम्भोग आनन्ददायी बन्नेछ । 
2. पाक्क्रिडाका विभिन्न तरिका अबलम्बन गर्ने क्रममा आत्मविश्वासी बन्नुहोस् । मुखमैथुन तथा अन्य प्रक्रिया अवलम्बन गर्दा सम्झनुहोस् यसो गर्ने केवल म मात्र छैन । सम्भोगका आधुनिक तरिका तथा आसनको मामिलामा उदार बन्न सक्नुभएन भने तपाइँको पार्टनरलाई चित्त नबुझ्न सक्छ । त्यसकारण स्वास्थ्यलाई ख्याल गर्दै सेक्सलाई बढिभन्दा बढि आनन्ददायी बनाउनका लागि विभिन्न तरिका अपनाउनुहोस् र त्यस्ता तरिकामा पार्टनरलाई भरपूर सहभागी बनाउनुहोस् ।
 3. सम्भोगलाई सहज रुपमा लिनुहोस्, कुनै फिल्म वा रोमाञ्चक कथाको पात्रको प्रतिनिधिको रुपमा आफुलाई ढाल्दै रोमाञ्चित बन्नुहोस् । सकेसम्म पीडा तथा संकोचलाई कम गर्दै आनन्दप्राप्तिका उपाय खोज्नुहोस् ।
 4. सम्भोगका बेला आफ्ना चाहना तथा सम्भोगका विधिको प्रयोगका विषयमा पार्टनरसँग पहिले नै खुलस्त कुराकानी गर्नुहोस् । आफुलाई गर्न अप्ठेरो लाग्ने कुराको विषयमा पनि खुलेर भन्नुहोस् । यौन स्वास्थ्य र सुरक्षाको विषयमा कुनै पनि सम्झौता नगर्नुहोस् र यस्तो मामिलामा मायालु बनेर पार्टनरलाई बुझाउन सक्नु तपाइँको सबैभन्दा ठूलो क्षमता हुन्छ । अझ भन्नुपर्दा सम्भोग अघि नै तपाइँले सेक्सका केही नियम बनाउनुहोस् जसका कारण सेक्सको मातका बेला पनि तपाइँको पार्टनर नबिच्कियोस् र सोही कारण तपाइँहरुबीच असमझदारी सिर्जना भई नराम्रो स्थितिको सिर्जना नहोस् ।

0 comments:

Post a Comment