आफैंले निर्देशन गरेको चलचित्र निगरानीसँग आफ्नो निर्माण र निर्देशनमा बनेको चलचित्र मनमनै मन पराएँ एकसाथ प्रदर्शन हुन लाग्दा निर्देशक उप्रेती निकै चिन्तित थिए । आफ्ना दुबै चलचित्रले प्रदर्शनको राम्रो समय पाएकोमा अहिले उनी निकै खुसी छन् । निर्देशक उप्रेती फाल्गुनको पहिलो साता आफूले निर्माण गरेको चलचित्र 'मनमनै मन पराएँ' कुनै पनि हालतमा प्रदर्शन गर्ने बताउँदै आएका थिए भने निगरानीका निर्माता सुशिलले पालो प्रणाली अनुसार जुन समयमा पालो आउँछ त्यो समय आफूलाई मान्य हुने भन्दै आएका थिए ।तर पनि प्रदर्शनको मिती लम्बिदा निर्माता सुशिल केहि चिन्तित भने देखिएका छन् । उनी भन्छन्, 'प्रदर्शनको मिती सर्नु भनेको पब्लिसिटीमा अनावश्यक पैसा खर्च गर्नु हो ।' एक महिना पछि सर्दा करिब एक लाख बढि पैसा पब्लिसिटीमा खर्च गर्नुपर्ने दुख व्यक्त गर्दै सुशिल थप्छन्, 'चलचित्र नचलिरहेको अवस्थामा प्रदर्शनको मिती सर्दै जानु र खल्तीको पैसा रित्तिंदै जानु मेरो मात्र नभएर सम्पूर्ण निर्माताको लागी दु:खको कुरा हो ।'यसैगरी यिनै निर्देशक राजेन्द्र उप्रेतीको निर्देशनमा सुशिलले निर्माण गरेको अर्को चलचित्र 'जय शिब शंकर' पनि निगरानी लगत्तै प्रदर्शन हुने भएको छ । राजधानी बाहिर राम्रो व्यापार गर्न सफल चलचित्र जय शिब शंकर पनि क्यु सिस्टमबाट प्रदर्शन हुनलागेको हो ।
राजेन्द्र र सुशिल बिच भिडन्त नहुने
9:43 AM
No comments

0 comments:
Post a Comment