यस्तै एक चर्चित नायकले राजबल्लभ कोइरालाको विरूद्धमा केही वितरकहरूसँग लविङ्ग गरी विभिन्न हल सञ्चालकलाई आफ्नो हातमा लिई स्वरलाई असफल बनाउन अभियान समेत सुरु गरेको श्रोतको भनाई छ । तर ती हिरोसँग राजले अहिले सम्म कुनै फिल्ममासँगै काम गरेका छैन् ।स्वरमा राजबल्लभ मुख्य भुमिकामा छन् । चलचित्रमा राजको अभिनय तगडा भएको रिपोर्ट थाहा पाएपछी ती नायकले राजबिरूद्ध अभियान सुरू गरेको गोप्य जानकारी फिल्मीखबरलाई प्राप्त भएको हो। ती नायकले राजको सफलता हेर्न नचाहेको कारण त्यस्तो अभियान सुरू गरेको स्रोतको दावी छ । यस्तै सोमबार सम्मको रिपोर्ट अनुसार स्वरको ब्यापार राम्रो रहेको वितरक डीजीटल सिनेमा नेपालका मार्केटिङ्ग प्रमुख दीपक दंगालले जानकारी दिएका छन् । उपत्यकामा भने आगामी शुक्रबार देखि रिलिज हुने सो चलचित्रको मुख्य टिम अहिले चितवनमा छ । को हुन त एउटै उद्योगमा काम गरिरहेका ती नायक जसले आफूसँगैका नायकको विरूद्धमा अभियान सुरू गरिरहेका छन् ? यसको पर्दाफास चाडै हुने छ ।













0 comments:
Post a Comment