'दर्पण छायाँ' हिरोइन बुधबार पुनः नेपाल आएकी छिन् । निरुता सिँहको नेपाल आगमन भने अभिनयका लागि होइन, सिनेमा प्रमोसनका लागि हो । तिहारपछि रिलिज हुन लागेको चलचित्र 'फर्कि आऊ'को प्रमोसनका लागि मात्र उनी काठमाण्डू ओर्लेकी हुन् । उनी अभिनित एकाध सिनेमा रिलिजको लाइनमा रहेपनि निरुता पछिल्लो समय नेपाली सिनेमाबाट टाढिएकी थिइन् । उनी पछिल्लो समय मुम्बइ र घर सिलुगढी बस्दै आएकी छिन् । कात्तिक २५ मा रिलिज हुने 'फर्कि आऊ'मा निरुता राजेश हमालको अपोजिटमा छिन् । यो सिनेमालाई नेपाली मिडियाले उनको पुनरागमनसँग जोडेका छन् । पोहोर सार्वजनिक भएको निरुता स्टारर चलचित्र 'देश' रजतपटमा असफलप्रायः भएको थियो । लगत्तै उनले 'मलाई मनपर्यो' र 'द गेम' गरिन् अनि भारत उडिन् । 'फर्कि आऊ' प्रमोसनपछि उनी फेरि भारत फर्कनेछिन् । ‘सँधैका लागि भने होइन’ मेरोसिनेमासँग उनले भनिन्, ‘राम्रो प्रोजेक्ट हात पर्यो भने फर्किहाल्छु नि ।’खासगरी डिजिटल सिनेमा बन्ने क्रमसँगै उनको 'मार्केट भ्यालु' आरोलो लागेको अनुमान गरिएको थियो । 'फर्कि आऊ'मा निरुताको भूमिकाहरू युवती हुँदै प्रौढ र वृद्ध उन्मुख छन् । राजेश हमाल विदेशमा रहेकाले 'फर्कि आऊ'को प्रमोसन निरुता एक्लैले गर्ने निर्माता बाबुराम दाहालले बताए । अभिनेता समेत रहेका ओम प्रतीकले फिल्म निर्देशन गरेका हुन् । निरुताले अपकमिङ सिनेमा 'द गेम' पनि प्रमोसन गर्ने बताइन् ।
'आचार्य' भारतीय कि नेपाली?
1:53 AM
No comments
काठमाडौंमा चलिरहेको फिल्म 'आचार्य'ले भारतमा आयोजना भइरहेको १३ औं मुम्बई फिल्म फेस्टिभलमा सहभागिता जनाएको छ। शनिबार यसको पहिलो शो सम्पन्न भयो भने दोस्रो तथा अन्तिम शो बुधबार हुनेछ।सिक्किमको कम्पनीले निर्माण गरेको 'आचार्य'ले मुम्बई फिल्म फेस्टिभलमा नेपाली होइन भारतीय फिल्मको रूपमा भाग लिएको। फेस्टिभलको 'इन्डियन फ्रेम' नामक समूहमा यो फिल्म सहभागी छ। समूहमा अमुल गुप्तेको 'स्टान्ली का डब्बा', सन्तोष सिभनको 'उरुमी', मक्रन्द देशपाण्डेको 'मिस सुन्दरी', सलिम अहमदको 'अबु, सन अफ आदम' सहित १३ फिल्म छन्।क्याटलगमा 'आचार्य'लाई भारतीय फिल्म मात्र होइन हिन्दी भाषाको उल्लेख गरिएको छ। तर फिल्म नेपाली भाषाकै रहेको फिल्मका अभिनेता सत्यराज आचार्यले मुम्बईबाट बताए, 'हिन्दी भाषा गल्तीले लेखिएको होला।'आफू भारतीय भएकोले फिल्मलाई भारतीय मानेर 'इन्डियन फ्रेम'मा समावेश गरिएको निर्देशक प्रशान्त रसाइलीले मुम्बईबाट फोनवार्तामा दाबी गरे। तर, फिल्मको निर्माण कम्पनी सिक्किमको सिल्क रुट पिक्चर्स् नै उल्लेख छ। सामान्यतया फिल्म जहाँको कम्पनीले बनाएको हो त्यहीँकै मानिन्छ। 'आचार्य'लाई पनि निर्माण कम्पनीकै आधारमा फेस्टिभल आयोजकले भारतीय फिल्म मानेको हुनसक्छ।फेस्टिभलको नियमावलीमा यो 'इन्डियन फ्रेम' समूहमा भाग लिने फिल्म भारतको कुनै एक भाषामा निर्माण भएको भारतीय हुनुपर्ने उल्लेख छ। यो समूहमा १० लाख भारुको दर्शक छनोट पुरस्कार राखिएको छ।'आचार्य'सँगै एउटै समूहमा सहभागी मलयालम फिल्म 'अबु, सन अफ आदम'ले यसपालि ओस्कारमा भारतको प्रतिनिधित्व गर्दैछ। नेपालबाट चाहिँ 'आचार्य'लाई पठाउने भन्ने चर्चा काठमाडौंमा केही दिनअघि चलेको थियो। मुम्बईबाट फर्किने बित्तिकै ओस्कारमा भाग लिन पहल गर्ने सत्यराजले जानकारी दिए।नेपाल चलचित्र निर्माता संघका महासचिव केशव भट्टराईका अनुसार यो पटक 'शिरीषको फूल'ले प्रयास गरे पनि निर्माण कार्य नसकिएकोले भ्याएन। 'आचार्य'ले इच्छा देखाए सहयोग गर्ने वचन उनी दिन्छन्। तर भन्छन्, 'सिक्किममा दर्ता भएको फिल्म हो भने यसले नेपालको प्रतिनिधित्व गर्न मिल्दैन होला।'सत्यराज भने भाषा, विषयवस्तु, लोकेसन र कलाकारका आधारमा 'आचार्य' नेपाली फिल्म नै भएको दाबी गर्छन्। ओस्कारमात्र होइन अरू फेस्टिभलमा पनि यो नेपाली फिल्मकै रूपमा सहभागी हुने उनले बताए। यसअघि फ्रान्स र नेपालको संयुक्त लगानीमा बनेको 'क्याराभान'ले ओस्कारमा नेपाली फिल्मको रूपमा भाग लिएको थियो। त्यतिबेला नीर शाहको नेसनल फिल्म स्टुडियो नामक नेपाली कम्पनीबाट फिल्मलाई ओस्कारमा पठाइएको थियो।यसपालिको मुम्बई फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ भारतको एकसहित १४ फिल्म भिड्दैछन् भने 'वर्ल्ड सिनेमा' समूहमा ४९ फिल्म छन्। अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुन 'आचार्य' पनि योग्य थियो, किनभने यो पनि कुनै निर्देशकको पहिलो फिल्म हो। यो समूहको विजेता फिल्मलाई ५० लाख भारु पुरस्कार दिइन्छ, जुन ४५ प्रतिशत निर्देशक, ४५ प्रतिशत निर्माता र ५ प्रतिशत वितरकलाई बाँडिनुपर्छ।'आचार्य'ले यो वर्ष ओस्कारमा भाग लिने मौका भने गुमाइसकेको छ। ओस्कार आयोजकले गत बिहीबार विदेशी भाषाको फिल्मतर्फको विधामा प्रतिस्पर्धा गर्ने ६३ देशका ६३ फिल्मको सूची सार्वजनिक गरिसकेको छ, जसमा चीनबाट झाङ यिमुको 'द फ्लावर्स अफ वार', इरानबाट 'अ सेपरेसन', जापानबाट 'पोस्टकार्ड', दक्षिण कोरियाबाट 'द फ्रन्ट लाइन' लगायत छन्।
एक किसका लागि आठ टेक
10:06 AM
No comments
सुटिङ्ग भन्ने चिज नै त्यस्तै हो जो भनेकै समयमा कुनै काम बन्दैन । अझ टेकको समयमा कलाकार तयार भएको बेला निर्देशक तयार नहुनु र निर्देशक र कलाकार दुवै तयार भएका बेला क्यामेरापस्रन तयार नहुदा एउटै सिनका लागि घण्टौ समय लग्नु फिल्म निर्माणको एउटा तितो यथार्थ पनि हो । जुन यथार्थ अभिनय गर्नेलाई भन्दा हेर्नेलाई नै बोर लाग्न सक्छ ।तर त्यही घण्टौ लगाएर खिचिएको दृश्य जव पर्दामा देखिन्छ तव आखाँ रमाउदाको मज्जा भने भिन्नै हुन्छ । र ती रोमन्चक दृश्य हेर्ने समय अब आएको छ जुन नौलो त हैन तर हेर्दा भने मज्जा लाग्न सक्छ । अर्थात भनौ ती दृश्यमा दर्शकदीर्घबाट तालीको परर्रा छुट्न सक्छन । प्रसङ्ग हो आउदो भाईटिकाको दिन देखि देशब्यापी रिलिज हुन लागेको चलचित्र हाम्रो माया जुनीजुनीलाईको । जहाँ चलचित्रको एक सिनमा मुकेश ढकालले रिसको मुद्रामा नीता ढुङ्गगानको कपाल समाउदै किस गरेका छन् । किस किलर हिरोले समेत परिचित मुकेशले यो फिल्मका लागि ८ सिनमा नीतसंग किस गरेका छन् । जुन सिन खिच्नका लागि निर्देशक ऋषि लामिछानेलाई धेरै समय लागेको थियो । उनी भन्छन् 'कहिले म तयार नहुने कहिले क्यामेरापस्रन तयार नहुदा मुकेशले धेरै पटक नीतासंग किस गर्नु परेको थियो, सायद ती सवै सट कैद गरेको भए मात्र पनि किसैकिसको एउटा छुट्टै फिल्म बन्थ्यो ।'यस्तै एक सिनमा यस्तै फिल्ममा आठ स्थानमा किस सिन राखिएपनि सम्पादनको क्रममा ३ सिन मात्र फाईनल गरिएको ऋषिले बताएका छन् । तर ती सिन रहर नभई स्क्रिप्टको आवश्यक्ताले आफूले प्रयोग गरेको उनी बताउछन् । र किस सिन कैद गर्दाको क्षण सम्झदै उनी भन्छन् 'एक किसका लागि त आठ टेक समेत लिनु परेको थियो ।' पछिल्लो समय ब्यस्त रहेका हिरो मुकेश ढकाल आजकाल जुन फिल्ममा अभिनय गर्छन त्यहा उनले कुनै एक हिरोईनसंग किस सिन दिन भ्याएका हुन्छन् । उनले अरुणिमा लम्सालसंग चलचित्र निगरानी र आफ्नो मान्छे आफ्नै हुन्छमा लिपकिस दिएका थिए । यस्तै रिलिज हुन लागेको उनको आर्को फिल्म प्लानमा उनले तीन नवनायिका रागिनी खड्गी , अनुष्का ढकाल र अनिता दाहालसंग पनि किस गर्न भ्याएका छन् रे । तर हाम्रो माया जुनीजुनीलाईमा नीता ढुङ्गानासंगको किस सिन कस्तो होला त्यो भने फिल्म हेरेपछीनै थाहा होला । मुकेश हिरोईन मेलिना मानन्धरका पति हुन ।
निरुताको पहिलो किस
यस्तै कात्तिक २५ गते देखि रिलिज हुन लागेको चलचित्र फर्कि आऊमा पनि किस सिन छ जहाँ महानायक राजेश हमालले निरुता सिंहलाई लिप किस गर्न भ्याएका छन् । निरुताले दुई दशक अभिनय यात्रामै पहिलो पटक किस सिन दिएकी हुन ।बीस बर्षको अभिनय यात्रापछी राजेश हमालले दीपेन्द्र के. खनालको डेब्यू फिल्म द् युग देखि युग सम्ममा हिरोईन नन्दिता केसीसंग चुम्बनका दृश्य दिने मौका पाएका थिए । त्यसपछी केही चलचित्रमा उनलाई त्यस्तै सिनका लागि आग्रह गरिएको जुन आग्रह उनले सजिलै स्वीकार्दै पनि आए । र यहि अभिनयको दौरानमा समकालिन हिरोईन निरुतासिंह संग पनि उनले चुम्बनका दृश्य दिन भ्याएका छन् । तर अभिनयमा निखारिएका हमाल र निरुताले एक टेकमै लिप किस सिन ओके गरेको गीतकार समेत रहेका फर्कि आऊ का निर्माता बाबुराम दाहालको भनाई छ ।
दशैंमा औसत व्यापार
9:03 AM
No comments
यसपालि दशैंमा दर्शकले आरामसँग फिल्म हेर्न पाए रे। पहिलाजस्तो ठेलमठेल गर्दै सिँढीमा बसेर फिल्म हेर्न परेन भन्ने रिपोर्ट पाएको छु,' एकजना कहलिएका फिल्म निर्माताले दशैंमा चलाइएका फिल्म व्यापारप्रति ठट्टा गरे। जस्तो फिल्मले पनि दशैंमा रिलिज हुने मौका पाए पैसा कमाउँछ भन्ने मान्यता तोडिँदै गएको तर्क उनको छ। 'स्थिति बदलिएको छ। नराम्रो फिल्म हेर्न हलमा जानुभन्दा मन लागेको फिल्म घरमै हेर्न सकिने सुविधा छ,' फिल्म चाडले होइन स्तरियताले चल्ने परिपाटी केही वर्षदेखि सुरु भएको उनले सुनाए। दशैंमा रिलिज भएका फिल्मको नतिजा समेत सन्तोषजनक नरहेपछि फिल्मकर्मीबीच व्यापारिक भविष्यलाई लिएर बहस हुन थालेको छ। गत वर्षको तुलनामा यसपालि रिलिज भएका फिल्मको व्यापार निकै थोरै रहेको वितरक सुनील मानन्धरले बताए। मध्य दशैंमा चलाइएको फिल्म 'मेरो लभस्टोरी', 'अन्दाज' र 'म तिम्रो भैसकेँ'ले लगानी उठाउनकै लागि संघर्ष गरिरहेको उनले बताए। आफैंले वितरण गरेको 'मेरो लभस्टोरी'बारे उनले प्रतिक्रिया दिए, '५० देखि ५५ लाख संकलन हुने अनुमान छ। तर, लगानी एक करोडको हाराहारीमा रहेकोले घाटामै गइएला जस्तो छ।' फिल्मको गलत 'बक्स अफिस' बताउँदा उद्योग बिग्रिएको भनाइ अघि सार्दै आफूले यथार्थ जानकारी दिएको उनले दाबी गरे। पछिल्लो समय प्लस टुका विद्यार्थी हलमा देखिन थालेपछि यसका निर्माता सुरज आचार्य आशावादी बनेका छन्। 'यसैगरी अर्को हप्ता पनि फिल्म चल्यो भने लगानी सुरक्षित हुन्छ। बिस्तारै व्यापार बढ्दै गएको छ,' उनले निर्माण नियन्त्रकको भूमिका निर्वाह गरेको र दुई वर्षअघि दशैंमै रिलिज गरिएको फिल्म 'मेरो एउटा साथी छ'को व्यापारलाई भने 'मेरो लभस्टोरी'ले भेट्न नसेकेको स्विकारे। 'एउटै निर्देशक र ब्यानरको फिल्मले पहिलाको भन्दा उम्दा व्यापार किन गर्न सकेन?' भन्ने प्रश्नमा आचार्यले भने, 'तीनवटा फिल्म जुधेकाले दर्शक बाँडिए। दर्शकहरु घरमै रमाएजस्तो पनि लाग्यो।' व्यापार जस्तो भए पनि फिल्म हेर्नेले रुचाएको उनको बुझाइ छ। आर्यन सिग्देल, विनय श्रेष्ठ, ऋचा शर्मालगायतका कलाकारको अभिनय रहेको फिल्म सुदर्शन थापाले निर्देशन गरेका हुन्। जीवन लुइँटेल, रेखा थापा र सविन श्रेष्ठको अभिनय रहेको फिल्म 'अन्दाज'का वितरक तथा निर्माता अशोक शर्मा भने फिल्मले राम्रो व्यापार नगरेको स्विकार्न तयार छैनन्। 'अरुको टिप्पणी नगरौं, हाम्रो फिल्म सोचे अनुसार चलेको छ,' फिल्मलाई नयाँ स्वादको दाबी नगर्ने उनी आर्जन राम्रो भइरहेको बताउँछन्। 'यो एउटा साधारण मनोरञ्जनात्मक फिल्म हो। पोहोरसम्म टीकाको दिन फिल्म रिलिज गर्ने चलन भएकाले सुरुवातको कलेक्सन राम्रो हुन्थ्यो। यसपालि हामीले फूलपातीकै दिन रिलिज गरेकाले घटेजस्तो भान परेको हो,' शर्माको हिसाब अनुसार फिल्म नौ दिनमा पनि 'हल्लिएको' छैन। फिल्म लामो समय टिक्ने दाबीका साथ उनले थपे, 'हामीलाई राम्रै मुनाफा मिल्ने संकेत छ।' महिला दर्शकले फिल्म रुचाएको चर्चा गर्दै यसले फिल्मको आयु लम्बिने उनको आशा छ। शर्माकोे लक्ष्य पूरा हुन तिहारसम्म फिल्म चल्न सक्नुपर्छ। छवि ओझा समेत निर्माता रहेको फिल्मलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन्। यसमा बलिउड फिल्मको अधिक प्रभाव पाइएकोले फिल्म समीक्षकहरुले भने आलोचना गरेका छन्।'नाइँ नभन्नू ल'को जोडी जीवन लुइँटेल र ऋचासिंह ठकुरीलाई दोहोर्याएर विकास आचार्यले 'म तिम्रो भैसकेँ' चलाए। तर, यो फिल्मले 'नाइँ नभन्नू'को व्यापारलाई भेट्न सकेको छैन। फिल्मका निर्माता प्रदीप दाहाल भने यसलाई अघिल्लो फिल्म 'नाइँ नभन्नू ल'सँग तुलना गर्ने समय नआइसकेको बताउँछन्। 'त्यो फिल्मले पनि बिस्तारै प्रगति गरेको हो। यसको पनि दर्शक बढ्दै छन्। तिहारसम्म चल्यो भने त लगानी उठ्छ,' उनले पनि फिल्मलाई महिला दर्शकले बढी रुचाएको बताए। तीन फिल्म जुध्दा व्यापारमा असर परेको भने उनको पनि निष्कर्ष छ। 'अन्दाज' र 'मेरो लभस्टोरी' देशभर रिलिज भएका छन् भने 'म तिम्रो भइसकेँ' राजधानी बाहिर १८ हलमा चलाइएको छ।
सेलिब्रेटीको दशैं खर्च ?
3:32 AM
No comments
बुधबारबाट यो बर्षको दशैं पनि सुरू भएको छ । घरघरमा जमरा राखेर सुरू भएको दशैंले सर्वसाधारणलाई झै चलचित्रकर्मीलाई पनि त्यतिकै छोएको छ । कसैले दशैंको सपिङ गर्न भ्याईसके भने कोही सुटिङको ब्यस्तताले केही दिनमा मात्र आफूलाई दशैं लाग्ने बताएका छन् । यस पटक कलाकारले दशैं कसरी मनाउँदै छन् र बजेट कति छुट्याएका छन् त ? एक रिपोर्ट -
करिश्मा मानन्धर
सपिङ : जोईन्ट फेमली भएकाले अघिल्लो बर्ष भन्दा यो बर्ष अलि बढी खर्च हुन्छ । तर यति नै खर्च हुन्छ भनेर यकिनका साथ भन्न सक्दिन ।
मासु : घरमा काटमार नगर्ने भएकाले मासु बाहिरबाट नै किनेर ल्याउँछौ । कति खर्च हुन्छ भन्न सकिन्न ।
घुमघाम : लण्डनबाट सासु-ससुरा आउनु भएको छ त्यसैले यो पालि घुम्न जाने कुरै भएन ।
मदिरा : साथीभाईलाई अलि अलि ट्रिट दिईन्छ । अनि पाहुनाहरूले पनि कोसेली ल्याउने भएकाले मदिरामा त्यति खर्च हुदैन ।
तास : हाम्रो घरमा तास खेल्ने चलन नै छैन ।
झरना थापा
सपिङ : नढाटिकन भन्ने हो भने सुटिङको ब्यस्तताले गर्दा सपिङका लागि परिवारलाई टाईम नै दिन भ्याएको छैन । त्यसैले श्रीमान (सुनिल कुमार थापा) ले नै सपिङ गरिहनु भएको छ । सायद सपिङको लागि २० देखि २५ हजार खर्चनु हुन्छ होला ।
मासु : पाहुना र परिवारका लागि १० देखि १५ हजार सम्मको खसी किनिन्छ र गाडी पनि भएकाले अष्टमीका दिन बलिका लागि ५ हजार सम्मको बोका पनि किन्नै पर्ने हुन्छ ।
घुमघाम : आफन्तको टिका थाप्ने र आउनेलाई टिका लगाएरै रमाईलो गरिन्छ । घुमघामका लागि कहि गईदैन ।
मदिरा : २ देखि ३ हजार सम्मको ह्वाईट वाईन पिउनेछु ।
तास : २ हजार सम्मको बच्चहरूसंग जुट पति र फलास खेल्नेछु ।
आर्यन सिग्देल
सपिङ : एक हप्ता देखि विरामी भएकाले सपिङ त के बाहिरको माहोल कस्तो छ भनेर समेत थाहा छैन । त्यसैले औषधी नै मेरो सपिङ भयो ।
मासु : मासु र मदिरालाई पनि छुने पक्षमा छैन ।
घुमघाम : मेरो लभस्टोरीको आईतवार प्रिमियर हुँदैछ त्यसैले प्रिमियरको भोली पल्ट नै थानकोट गएर आराम गर्ने छु ।
तास : दशैंको टिका लगाएर खान पिन गरेपछी सबैले तास खेलेर रमाईलो गर्छन् त्यसैले मुड चले म पनि एक दुई हात खेल्दिन्छु ।
ऋचा घिमिरे
सपिङ : यसपालि घरको तल्ला समेत थपेकाले घर र पर्सनल दुवैको सपिङ भईरहेको छ । कति भयो हिसाव गर्या छैन र यो सपिङ सप्तमीको दिनसम्म जारी रहन्छ । मासु : माछा मासु श्रीमान (शंकर घिमिरे) को जिम्मा भएकाले त्यस प्रति मेरो बजेट भ्यू हुन्न ।
घुमघाम : घुम्ने कुरामा ब्रेकफेल रिलिजको टाउको दुखाईलाई माईन्ड फ्रेस गराउन सिक्कम जाने कुरा छ तर फिक्स छैन ।
मदिरा : यो दशैंमा ह्वाईट वाईन दुई गिलास पिउने बिचारमा छु ।
तास : तास प्रति आफ्नो इन्ट्रेष्ट कहिल्यै नभएकाले खेल्ने कुरै भएन ।
राजबल्लभ कोइराला
सपिङ : अस्ति भर्खर 'ए फर अमेरिका' को सुटिङको लागि पाँच हजारको लुगा किनेको थिएँ । दशैको लागि भनेर त्यस्तो खासै सपिङ गरिन । पछिल्लो समय लुगा किन्ने र थुपार्ने काम मात्र धेरै भईरहेको छ ।
मासु : मासु किन्ने पैसा मेरो बजेटमा पर्छ जस्तो लाग्दैन तर च्याङग्रा मन पर्ने हुनाले १२ हजार सम्मको किनिन्छ होला त्यसमा परिवारलाई सहयोग गर्ने कुरा पोखरा पुगेपछी मात्रै थाहा हुन्छ ।
घुमघाम : दशैंको तीन दिन पोखरा बसाईमा नै बित्ने भएकाले खासै घुमघाम गरिंदैन । त्यहि हो काठमाण्डूबाट पोखरा आवतजावतका लागि बढीमा दश हजार ।
मदिरा : मदिराको भनौं वा कोल्ड ड्रिङ्क्स त्यसका लागि बजेट यति हुन्छ जस्तो लाग्दैन । यदि खाएपनि तीन दिनको पोखरा बसाईका क्रममा मेरो भागमा तीन हजार पर्ला ।
तास : म त्यति तास खेल्ने मान्छे हैन । पोहोरको बर्ष तिहारमा तास खेलेको थिएँ । त्यसैले खेलिहाले तिहारमा खेल्छु तर दशैंमा खेल्दिन ।
रेजिना उप्रेती
सपिङ : यो बर्ष किन हो किन मलाई दशै आए जस्तो लागेको छैन त्यसैले दशैको लागि बजेट सोचेको छैन । सपिङ पनि केही गरेको छैन ।
मासु : मासुका लागि घरमै खसीको ब्यवस्था भएकाले मेरो खर्च हुँदैन ।
घुमघाम : फूलपातिको दिन घर धादिङ पुग्छु त्यसैले मेरो घुमघाम गजुरी र नयाँ बानेश्वर नै हुनेछ । त्यसको लागि खासै धेरै खर्च हुँदैन ।
तास : तास पनि खासै खेल्ने पक्षमा छैन । तै पनि साथीहरूसँग अलि अलि खेल्नु पर्ला ।
रेश मरहठ्ठा
सपिङ : सपिङ अमेरिका र लण्डनमा ५ हजार डलरको गरिसकें ।
मासु : किचनको कुकलाई सोध्नु पर्छ कति चाहिन्छ भनेर ।
घुमघाम : परिवारसँग काठमाण्डौमा नै दशैं मनाउने भएकाले घुम्नमा खर्च हुँदैन ।
मदिरा : वाईनमा त्यति इन्ट्रेष्ट छैन । आमाले खाएको थाहा पाए मार्नुहुन्छ ।
तास : फलासमा धेरैनै इन्ट्रेष्ट छ । जति सम्म मन लाग्छ त्यति खेल्ने योजनामा छु । यसमा त बजेटको कुरै नगरौ ।
कस्को आँखामा राम्री केकी ?
3:11 AM
No comments
तिम्रो आँखामा म नै राम्री देखिएँ' हिरोईन केकी अधिकारीले बिहिबार बिहान आफ्नो फेसबुक वालमा अपडेट गरेको स्टाटस हो यो । जुन स्टाटस केही अर्थ पूर्ण रहेको छ । यस अघि बुधबार बिहान पनि केकीले आफ्नो वालमा केही कन्फ्यूजनका शब्दहरु लेख्न भ्याएकी थिईन् । जहाँ लेखिएको थियो 'म मेरो कलेजको ड्रेससँग फेरी पनि एक पटक प्रेममा परें ।' केकीका यि शब्दहरुले उनी पुनः कसैको प्रेममा परेको संकेत गर्छ । तर आफ्ना ती खुशीका पलहरुलाई उनले सस्पेन्स ढङ्गमा लेखेकाले अर्थहरु धेरै लागेका छन् । बुधबारको यो स्टाटसले भन्दा पनि बिहिबारको स्टाटसले धेरै कुरा भनेको छ ।स्टाटसमा लेखिएको 'तिम्रो आँखामा म नै राम्री देखिएँ' भन्ने शब्दले उनी पूरानो प्रेममा पुनः परेको संकेत गरेको हो । केकीले स्टाटस त लेखिन् तर कुन व्यक्तिको आँखामा आफू राम्री देखिएको हो भन्ने कुरा खुलाईनन् । कुरा नखुलाउँदा शंका गर्ने बाटाहरू हुन सक्छन् । सायद केकीले अनुमान लगाउन पो दिएकी हुन् कि ? अथवा छोटो समयमा आफूलाई दर्शकले रुचाए पछि शुभचिन्तक लक्षित गरि उनले उक्त स्टाटस लेखेको पनि हुन सक्छ । तर हामीलाई के चाहियो मसला भेट्यौ बनायौं ।
आर्यनले तिरे बैगुनीलाई गुन !
2:24 AM
No comments
यस्तो लाग्छ –आर्यन र रेखा गसिपका ती पात्रहरू हुन् जो आपसको सम्बन्धलाई लिएर बेला–बेला चर्चामा आइरहन्छन् । यी दुईको विकसित सम्बन्धलाई बुझ्न हालैको एक अवार्ड कार्यक्रमको किस्सा पर्याप्त छ । जुन किस्सालाई लिएर मिडियाले रेखा र आर्यनलाई पछ्याइरहे । उक्त समारोहमा आर्यन रेखाका हिरो त बन्न सकेनन् तर अहिले आएर आर्यनले रेखालाई आफ्नो सबैभन्दा जोडी सुहाउँदो हिरोइनका रुपमा नाम लिएका छन् । अहिलेसम्म काम गरेका नायिकाहरूमध्ये दर्शकले आफूलाई रेखाको जोडीसँग सुहाएकाले फेरी हेर्न चाहेको आर्यनले बताएका छन् । रेखा फिल्मसकै हिट सिनेमा 'किस्मत'बाट आर्यन रेखाको जोडीसँगै हिरोका रुपमा रजतपट डेब्यु गरेका थिए । यो जोडीले पछि पनि सफल सिनेमा 'कसले चोर्यो मेरो मन' सँगै गर्यो । त्यसपछि सुरु भयो असमझदारीको श्रृङ्खला । यतिसम्मकी कुनैबेला मनपराइएको यो जोडी यतिबेला उत्तर र दक्षिण फर्किएको छ ।तर, आफूसँग जोडी सुहाउने भनेर आर्यनले रेखालाई फकाउन खोजेका हुन् कि बैगुनीलाई गुन तिर्न । कमसेकम बोलीबाट भएपनि आर्यनले रेखालाई गुन लगाएको मान्नुपर्छ । संयोगमात्र होइन होला, हालैको एक चियागफमा रेखापति छविले आर्यन र रेखा नेपाली फिल्मका स्टारपावर भएको बताएका थिए । छवि त आर्यनप्रति नरम छन् भने रेखा किन अनुदार ? मिले भैहाल्यो नि –आर्यन र रेखाको सुहाउँदो जोडी ।


























