
१. चिसो र रुघाखोकीः चिसो र रुघाखोकीलागेमा मरिच र सुकेको अदुवापिँधेर धुलो बनाउनुहोस्, त्यसलाई महमामोलेर दिनको २।३ पटक खानुहोस् । यसो गर्दा रुघाखोकी सन्चो हुन्छ । साथै बेसारमा मह मिसाएर खाने गरेमापनि रुघाखोकी र चिसो भाग्छ ।
२. वान्ताः वान्तावा उल्टी विभिन्नकारणले हुनसक्छ । सामान्य उल्टी रोक्नकालागिपानीमाकागतीको रस र केहीनुनहालेर खाँदाफाइदा हुन्छ । साथै कागतीको रस र चिनीमिसाएर पानीमाहालेर खाँदापनि उल्टी रोक्न मद्दत गर्छ ।
३. कब्जियतः रातमाखानाखाइसकेपछि इशागोल र दूधमिलाएर खाँदाकब्जियतमाफाइदा हुन्छ । साथै बिरे नुनको सेवनले पनिकब्जियतमा राहत पुग्छ ।
४. सुख्खाखोकीः दुइ तिनवटा ल्वांग घिउमा
तताएर मुखमाहाल्नुहोस् र चपाउनुहोस् । नियमित रुपमायसो गर्दा सुख्खाखोकीकमहुँदै जान्छ । साथै मरिच र अदुवाको धूलो बराबर मात्रामातातो घिउमा मिलाएर खाँदापनि हुन्छ ।
५.खकार सहितको खोकीः अदुवा, मरिच तथातुलसीका केहीपातमिलाएर पिँध्नुहोस् अनि तातो पानी मामिलाएर खानुहोस् । धनिया, चिनी र पानी मिलाएर पकाएर बिहानपखपिउँदापनिखकार सहितको खोकीकम हुन्छ । ६.अपचतथा पेटफुलिने, ग्यास भरिनेः ५ ग्राम सुकेको अदुवाको धूलो १ लिटर पानीमाउमालेर दिनको २।३ पटक पिउनुहोस् । साथै एक चम्चामनतातो पानीमा एक चिम्टी हिंग घोलेर पिउनुहोस् । यसो गर्दा अपचहुने तथा पेट फुलिने, डकार आउने जस्ता समस्याकम हुन्छन् ।
७. दाँतदुखेमाः ल्वांगको तेल किराले खाएको दाँतको प्वालमा राख्नुहोस् । साथै दाँतदुखाइकमगर्न हिंगतथानुनमिलाएर दुखेको दाँतमा राख्नु पनिउपयुक्त हुन्छ । मरिच र ल्वांगमुखमा राखेर चपाउँदापनिदाँतको दुखाई केहीकम हुन्छ ।
८. कानदुखेमाः अदुवाको रस मनतातो गरी तताएर दुइचार थोपाकानमानियमित राख्दाकानको दुखाइकम हुन्छ । साथै लसुनको रसकादुइचार थोपाकानमादिनको ३ पटक राख्नुहोस् । यसो गर्दा पनिकानको दुखाइकम हुन्छ । ९. झाडापखालाः सुकेको अदुवाको धुलो र चिनीपानीमामिलाएर दिनमा दुइपटक पिउनुहोस् । इशागोल र दहीमिलाएर दिनको दुइ पटक खानुहोस् । मोहीमाचियापत्तिमिलाएर खाँदापनि झाडापखाला कम हुन्छ ।
0 comments:
Post a Comment