‘नोटबुक’ कस्तो लेखिएला ? (भिडियो)

चैत्र ३० गतेबाट देशभरका हलमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘नोटबुक’ अहिले प्रतिक्षा र चर्चामा छ । जीवन लुइटेल, निता ढुंगाना, शेन सापकोटा लगायतका कलाकारको अभिनय रहेको यो सिनेमालाई योगेश घिमिरेले निर्देशन गरेका हुन् ।चलचित्रमा समावेश ‘गाला रात्तै’ बोलको गीत अहिले सर्वाधिक चर्चामा छ । चलचित्रमा बसन्त सापकोटाले संगीत भरेका छन् । प्रज्ञा फिल्मस्को व्यानरमा तयार भएको यो सिनेमाले ५० बर्षपछिको नेपाललाई देखाउन खोजेको छ । ५० बर्षपछिको नेपालको बारेमा चित्रित गर्नुपरेकाले पनि सिनेमाको बजेट केही महंगो भएको निर्माणपक्षको भनाई छ । नयाँ बर्षको अवसर पारेर प्रदर्शनमा आउन लागेको यो सिनेमाले बजार तताउने विश्वास गरिएको छ ।
निर्देशक योगेश घिमिरेले आफ्ना अघिल्ला सिनेमासाग ‘नोटबुक’ लाई तुलना गर्न नमिल्ने बताउँदै आएका छन् । यस्तै निर्मात्री प्रज्ञा जोशीले ‘नोटबुक’ आफ्नो लागि विशेष हुने बताउँदै आएकी छिन् । यसैबिच चलचित्रको निर्माण युनिटले ‘नोटबुक’ को हल ट्रेलर सार्वजनिक गरेको छ ।

0 comments:

Post a Comment