पुरुषमा यौन क्षमता बढाउने केही टिप्स

धेरै पुरुषहरु विभिन्न खाले यौन समस्याबाट पीडित हुन्छन् । नपुंशकतादेखि लिएर लिंग उत्तेजित नहुने, यौनइच्छाको कमी, शिघ्र पतन जस्ता यौनिक समस्याहरु हुन्छन् जसका कारण पुरुषहरुको टाउको दुखिरहेको हुन्छ । यस्ता यौनिक समस्याको ठ्याक्कै चिकित्सकीय समाधान नहुन सक्छ । तर यस्ता समस्याबाट केही हदसम्म मुक्ति पाएर आफुलाई यौनिक रुपमा सक्षम बनाउनका लागि पुरुषहरुले केही घरेलु तथा आयुर्वेदिक उपायहरु अपनाउन सक्छन् । आयुर्वेदमा यस्ता प्रकारका अनेक जडिबुटीहरु छन् जो पुरुषहरुको यौनिक असक्षमताको समस्या समाधानमा कामयावी हुन्छन् भनिन्छ । हामीले हाम्रा नियमित भोजनमा समावेश गर्ने केही खाद्य पदार्थ समेत पुरुषत्व वृद्धिका लागि सहयोगी हुन्छन् । पुरुषत्व बढाउने केही टिप्स यसप्रकार छन्: 

  • हरेक दिन दुधसँगै कुरिलो समेत सेवन गर्नुहोस् ।
  • दूधलाई पर्याप्त उमालेर मात्र पिउनुहोस् । दूधमा चिनी मिसाएर खानु अझै लाभदायी मानिन्छ । 
  • केरा र सुन्तलाको नियमित सेवन गर्नुहोस् । 
  • घिउ, मखन, हरियो तरकारी, फलफूल तथा बदामको नियमित सेवन गर्नुहोस् । यसबाट प्रोटिन पर्याप्त मात्रामा प्राप्त हुन्छ, जसले शुक्राणुको वृद्धिमा सहयोग पूराउँछ । 
  • हरेक दिन एक गिलास गाजरको जुस वा चार पाँचवटा गाजर खानुहोस् । 
  • बदाम र नरिवलको सेवनले पनि यौनिक क्षमतामा वृद्धि गर्छ । 
  • पालुंगो, काउली जस्ता तरकारीको सेवन नियमित रुपमा गर्नुहोस् ।
  • रक्सी तथा चुरोटको सेवन नगर्नुहोस् । 
  • अश्वगंधारिष्ट नामक आयुर्वेदिक औषधिको सेवन पनि लाभदायी मानिन्छ । नियमित व्यायाम तथा तनावबाट मुक्ति पनि यौन जिवनलाई सुखी बनाउने एक अचूक अस्त्र हो ।

0 comments:

Post a Comment