कस्ता छन् यो सालका तीज गीत भिडियो ?

सायद मलमास नपरेको भए यो बर्षको तीज पर्व नेपालीको घरआगनबाट बिदा भएर गैसकेको हुन्थ्यो । तर भदौ महिनामा मलमास परेका कारणले तीज पर्व असोजमा धकेलीयो । यसैले पनि नेपालीको घरआगनमा विस्तारै तीजको रमझमले छोप्न थालेको छ ।
तीज नजिकीदै गएपछि यसैलाई लक्षित गरि थुप्रै तीजका गीतका एल्बम बजारमा आईरहेका छन् । एल्बममा समावेश गीतहरुको म्युजिक भिडियो बनाउने क्रम पनि उत्तिकै वढेको छ । भिडियो नबनाई गीत चल्दैन भन्ने सोचाईले पनि एक महिना टेलिभिजन र ईन्टरनेटमा घन्काउनका लागि भिडियो वग्रेल्ती बनेको पाईन्छ । तीजका गीतमा तयार भएका भिडियोहरु सबैले बजारमा उत्तिकै प्रभाव पारेका छन् भन्ने पनि होईन । तर, केही गीतहरु पनि खुवै चर्चामा रहेका छन् । यो बर्ष सर्वाधिक अर्थात ३८ वटा भिडियोको निर्देशन चर्चित निर्देशक शंकर बीसीले गरेका छन् । शंकरले गरेको भिडियोमा सवैभन्दा महङ्गो भिडियो निशा सुनुवारको हो । दीपा श्री निरौला, सुष्मा कार्की, निर्मल शर्माले अभिनय गरेको यो भिडियो १ लाख २० हजारमा तयार भएको हो । निर्देशक वि.सि आफुले बनाएको
भिडियोमा भेराईटी भएको बताउछन् । उनले भने प्राय यसपटक तीजका गीतमा केटा माग्ने र श्रीमान्को लामो आयुको कामना गर्ने खालका गीत धेरै छन् । शंकरले गीत अनुसारको भिडियो तयार पारेको बताए । ५० हजारदेखि १ लाख २० हजारसम्मका भिडियो आफुले तयार पारेको उनको भनाई छ ।
यस्तै अर्का चर्चित लोकदोहोरी निर्देशक प्रकाश भट्टले ३० वटा तीजका गीतको भिडियो निर्देशन गरेका छन् । यस्तै कपिल लामाले २० वटा, शिव बीकेले १० वटा भिडियो निर्देशन गरेका छन् । यो बर्ष मात्र १०५ भन्दा वढि तीजका भिडियोहरु निर्माण भईसकेका छन् । भिडियोका लागि गायक तथा गायिकाले १ लाखदेखि ३५ हजारसम्म खर्च गरेका छन् । कलाकारले चर्को रकम खर्च गरेपनि उनीहरुको हातमा लगानी फिर्ता आउने गुन्जायस निकै कम हुन्छ । केही गायक/गायिकाले आफन्त र साथीभाईलाई भिसिडि विक्री गरेर रकम उठाएको पाईन्छ । तर धेरैले पर्दामा देखिने चाहनाका लागि मात्र भिडियो तयार पारिरहेका छन् । वग्रेल्ती मात्रामा तीजको गीत निकाल्नेहरुका कारणले भिडियो बनाउनेहरुले राम्रै रकम हात पारेका छन् । तर, सयौ भिडियो बजारमा आएपनि औलामा गन्न सकिने भिडियोले मात्र चर्चा पाउाछन् ।

0 comments:

Post a Comment