को भन्दा को कम॥

मेरोसिनेमा काठमाडौं १९ माघ,
लोडसेडिङ्गको कारण घरको टिभी छोडेर सर्वसाधारण फिल्म हलतिर छिरिरहेको बेलामा फिल्मी पर्दाका चर्चित अनुहारहरु चैं टिभीका सिरियलतिर को भन्दा को कमको हिसाबले तछाड मछाड गरिरहेका छन् ।आजकाल हरेक हप्ता जसो हास्य सिरियलहरमा नेपाली चलचित्र फाँटका अनुहारहरुलाई दर्शकहरुले हेरिरहेका छन् । यि मध्ये केहिले आफ्नो चलचित्रको प्रोमोशनको लागि हास्य सिरियललाई माद्दम बनाईरहेका छन् भने केहिले हास्य सिरियल मै अभिनयलाई निरन्तरता दिईरहेका छन् । नायिका रेजिना उप्रेती हालै चर्चित हास्य सिरियल 'मेरी बाँस्सै'मा देखा परिन् जति बेला सिनेमा हलहरुमा ऊनीद्धारा अभिनित चलचित्र चिनो प्रदर्शन भैरहेको थियो । यता चलचित्र स्वरले राजधानी बाहिर आफ्नो प्रदर्शन प्रारम्भ गरेको अघिल्लो दिन स्वरकी नायिका केकी अधिकारी र नायक यशराज गरच हास्य सिरियल तितो सत्यमा देखिए ।यि त उदाहरण मात्रै हुन् । नेपाली चलचित्र क्षेत्रमा'राते काँइला'का उपनामले प्रख्याति पाएका खलनायक सुनिल थापा पनि केहि समय अगाडि मेरी बाँस्सैका धेरै भागमा देखा परे । त्यस्तै नरेश पौडेल भुवन केसी प्रशान्त तामाङ्ग केशव भट्टराई रेखा थापा पनि हास्य सिरियलहरुमा प्रस्तुत भैसकेका चलचित्रकर्मीहरु हुन् ।यि बाहेक सँचारकर्मी तथा निर्माता जयप्रकाश रिजाल गायकहरु हिमाल सागर धिरज राई भगवान भण्डारी भिजे जिपी तिम_िल्सना पनि भिन्न भिन्न रुपमा हास्यसिरियलहरुमा देखा परिसकेका छन् ।अब के भन्ने त हास्य सिरियलहरुमा देखा पर्नु चलचित्रकर्मीहरुको चाहना हो या स्वार्थ

हामी तिन दिदी बहिनी

मेरोसिनेमा काठमाडौं १९ माघ,
निर्देशक प्रशन्न पौडेलले चलचित्र स्वर मार्फत नेपाली रजतपटमा तिन आशलाग्दा अनुहारहरुको उदय गराएका छन् । ति अनुहारहरु हुन् केकी अधिकारी रिमा बिश्वकर्मा र बेनिषा हमाल ।
हुन त कसैको क्षमतालाई तौलनु अनुचित मानिन्छ तै पनि उनीहरुसँगको काम गराईको अनुभवको आधारमा निर्देशक प्रशन्न पौडेल केकी अधिकारी रिमा बिश्वकर्मा र बेनिषा हमाललाई अभिनयको हिसाबले क्रमशः एक-अर्का भन्दा पोख्त ठान्दछन् । प्रशन्नको मुल्याङ्कन आफ्नो ठाउँमा छ दर्शकको नजरले जे देख्छ त्यो नै सत्य हो ।यि तिनमध्ये नायिका केकी अधिकारी रगँकर्मी बद्री अधिकारीको छोरी पनि हुन् तर ऊनी आज जुन स्थानमा छिन् धेरै त आफ्नै मेहेनतको कारणले छिन् । थुप्रै म्युजिक भिडियोहरुमा अभिनय गरिसकेकी केकी दर्शकको माया र आफु प्रतिको सद्भावका कारण हर्षित छिन् ।'उपत्यका बाहिरका दर्शकहरुले स्वरलाई माया गरिदिनु भएको छू चलचित्र स्वरलाई हेरेर राजधानी बाहिरका दर्शकहरुले दिएको प्रतिकि्रया सम्झँदै केकी भनिछन् 'उपत्यका भित्रका दर्शकहरुले पनि हामीलाई त्यतिकै माया गर्नुहुन्छ भन्ने बिश्वासमा छौँ'। केकी हाल 'आई एम सरी'र अन्य २ प्रोजेक्टमा ब्यस्त छिन् ।अर्की नयिका रिमा बिश्वकर्मा एक सँचारकर्मी पनि हुन् ।नेशनल टेलिभिजनमा समाचार वाचिका समेत रहेकी रिमा पनि थुप्रै म्युजिक भिडियोहरुमा छाईसकेकी छिन् ।स्वरबाट ठुलो आश गरेकी रिमाले स्वर पश्यात् अन्य चलचित्रहरुमा पनि अफर पाएकी छिन् जसको हाल ऊनी स्क्रिप्ट नियाँल्दै छिन् ।यता अर्की नायिका बेनिषा हमालले पनि स्वरमा आफुले गरेको अभिनयबाट चौतर्फी वाह वाह पाईरहेकी छिन् । स्वर हेर्न युवापुस्ता मात्रै नभै एक ७० बर्षिया बृद्धा पनि पाल्नुभएको राजधानी बाहिरको घटनालाई सम्झदै बेनिषा भन्छिन्'स्वर पछि बद्री अधिकारीको प्रोजेक्ट 'ज्यान हाजिर छुमा अभिनय गरिसकेकी छु र अन्य ४ ५ वटा चलचित्रको स्क्रिप्ट हेर्दैछु'।यसरी नेपाली रजतपटमा त्रिमुर्तिको उदय भएको छ । स्तरीय र पृथक चलचित्रलाई मात्र मान्यता दिने यि तिन दिदी बहिनीलाई आगामी फिल्मी यात्राको लागि हाम्रो शुभकामना ॥
'जय होस् तपाईहरुको'॥

करिश्मा अर्धनग्न !

मेरोसिनेमा काठमाडौं १९ माघ,
नेपाली सिनेमाकी सदाबहार सुन्दरी हिरोइन करिश्मा मानन्धर अर्धनग्न अवस्थामा देखापरेकी छन् । प्राकृतिक चिकित्सा अर्न्तर्गत स्पा गराउने क्रममा उनी अर्धनग्न भएकी हुन् । काठमाडौंबाट प्रकाशित हुने दैनिक अखबार अन्नपूर्ण पोष्टको आज प्रकाशित अंकको परिशिष्टांक शैलीको मुखपृष्ठमा करिश्मा मानन्धरलाई स्पा गरिरहेको बेलाको अर्धनग्न फोटो छापिएको छ । फोटोमा उनी पूर्णनग्न अवस्थामा भएपनि अर्धनग्न देखिएको स्पष्ट हुन्छ । घोप्टो परेर स्पा मसाज गराइरहेकी उनले फोटोग्राफरलाई सहज ढंगबाट फोटो खिच्ने अनुमति दिएको फोटो हेर्दा थाहा हुन्छ । महिला फोटोग्राफर उमा विष्टले खिचेको सो फोटो बखुण्डोलको चैतन्य वेलनेश हिलिङ स्पाका खिचिएको हो । जहाँ करिश्मा पहिलो पटक स्पा गर्न पुगेकी थिइन । अमेरिकाको लामो बसाइपछि स्वदेश फर्केकी करिश्मा नेपालमा अन्तराष्ट्रियस्तरको स्पा गराउने ठाउँको खोजीमा रहेछिन् । बखुण्डोलमा त्यो सुविधा पाएको उनको लेखमा जनाएकी छन् । वक्षस्थलको माथिल्लो भागमा फुलको ट्याटु खोपाएर देखाउँदै कार्यक्रमहरुमा देखिन थालेपछि उनले चर्चा पाएकी थिइन् । संभवतः यो फोटोले उनको चर्चा अझ बढाउने छ । छोरीलाई हिरोइन बन्ने अफर आउन थालेपछि पनि सुन्दरताको चर्चा पाउने गरेकी करिश्मा स्वदेश फर्केपछि उनको पेसा अभिनयका कारणले भन्दा यस्तै खाले खबरहरुले मिडियामा छाउने गरेकी छन् ।

सुटिङ्ग स्थगित गरी विमोचनमा

दुई विधाका दुई अविबाहित स्टार तर नाम एउटै भएका महानायक राजेश हमालले नेपाली संगीत दुनियाका राजा अर्थात राजेश पायल राईलाई सुटिङ्ग स्थगित गरी आफ्नो अमुल्य समय दिएका छन् ।फरक भूमिकामा गएको आईतबारदेखि चलचित्र हात लाग्यो शुन्यको छायाकंनमा ब्यस्त रहेका हमाल मंगलबारको सो सुटिङ्गमा आफ्नो उपस्थिति स्थगित गरी राईको १२औ एल्बम राई इज किङ्गलाई विमोचन गरेका हुन । निर्धारित समय भन्दा करिब डेढ घण्टा उपस्थित भएका हमालले आउने वित्तिकै राईको एल्बमलाई विमोचन गरेका थिए । व्यक्तिगत जीवनमा निकै मिल्ने यि दुई राजेश विमोचन समारोहमा निकै हर्षित देखिन्थे । हमालका सहयोगी चिरञ्जीवी आचार्यका अनुसार वैदेशिक कार्यक्रममा जादा हमाल प्राय अरूसँग बस्न रूचाउदैनन् तर गायक राईलाई भेटे यि दुई घण्टौ सँगै विताउने गर्दछन् ।करिब दर्जन बढी चलचित्रमा संगीत तथा सयौ चलचित्रमा स्वर दिईसकेका पार्श्व गायक राजेश पायलले निर्देशक दीपक श्रेष्ठको निर्देशनमा बन्न लागेको चलचित्र दर्शन नमस्तेबाट नायकको समेत परिचय बनाउदैछन् । सो चलचित्रमा राईको ब्यक्तिगत जीवनमा मिल्ने केही कथा र उनले गाएको हिट गीत दर्शन नमस्ते पनि समेटिने छ । मंगलबार बिमोचन गरिएको राईको एल्बममा एघार वटा गीत समेटिएको छ । ती मध्ये तीन वटा गीतको म्यूजिक भिडियो समेत तयार गरिएको छ । नायक हमालले विमोचन गरेको सो एल्बमको म्यूजिक भिडियोमा नायिका त्रय दिया मास्के, ऋचा शर्मा र नीता ढुंगानाले अभिनय गरेका छन् ।

स्वरको बेग्लै ढँगको प्रेस शो

मेरोसिनेमा काठमाडौं १८ माघ,
चलचित्र स्वरले भोलि बुधबार जय नेपाल हलमा प्रेस शोको आयोजना गर्दैछ । राजधानी बाहिर सफल प्रदर्शन सुरुवात गरेको स्वर शुक्रबार देखि राजधानीका हलहरुबाट पनि प्रदर्शनमा आउँदैछ । चलचित्रका निर्माता मनिषराज भण्डारीले हामीलाई बताए अनुसारूयो प्रेस शो अरु भन्दा नितान्त फरक हुनेछ किनकी यस प्रेस शोमा सम्पुर्ण पत्रकारहरुलाई सम्मानका साथमा बाल्कोनीमा राखेर फिल्म देखाईदैछ भने स्वर युनिट स्पेशलमै बसेर फिल्म हेर्दैछू।उक्त प्रेस शोको कार्यक्रम भोलि बेलुका ५:३० देखि सुरु हुँदैछ भने ५:१५ देखि पत्रकारहरुलाई फिल्म हेराईदैछ ।

फेसबुकले दिक्क बनायो

मेरोसिनेमा काठमाडौं १८ माघ,
फेसबुकको माध्यमबाट साथीसँगी तथा आफ्ना फ्यानहरुको माया सद्भाव तथा शुभेच्छा पाउन धेरै नेपाली नायिकाहरु लागिपरेका छन् । यस पङ्गितमा नायिकाहरु नम्रता श्रेष्ठ केकी अधिकारी रेखा थापा ऋचा घिमिरे ऋचा सिँह ठकुरी अरुणिमा लम्साल झरना थापा निरुता सिँह नन्दिता केसी लगायतको नाम अगाडि आउँछ ।तर अचम्मको कुरा के छ भने माथि उल्लेखित सबै नायिकाहरुको एक भन्दा बढि फसबुक अकाउन्टहरु छन् । त्यसमध्ये नायिकाहरु नम्रता श्रेष्ठ केकी अधिकारी तथा रेखा थापाको आधा दर्जन भन्दा बढि र ऋचा घिमिरे ऋचा सिँह ठकुरी अरुणिमा लम्साल झरना थापा निरुता सिँह नन्दिता केसी जस्ता नायिकाहरुको २ वा २ भन्दा बढि फेसबुक अकाउन्टहरु छन् ।धेरै फेसबुक अकाउन्टहरु खोल्नुको कारण के तु भन्ने हाम्रो प्रश्नमा नायिका केकी अधिकारी ति सबै फेसबुक अकाउन्टहरु मैले खोलेको हैन मैले खोलेको अकाउन्ट एउटा मात्र छ जसको प्रोफाईल पिक्चरमा मेरो आँखा भएको फोटो छ अरु सबै फेक अकाउन्टहरु हुनू भन्छिन् ।त्यस्ता अकाउन्टहरुले आफुलाई दिक्क पारेको छू केकी थप्छिन् आफुले सम्मान गर्नुपर्ने ब्यक्तिहरुलाई पनि तिमी भनेर सम्बोधन गर्ने र छाडा कुराहरु लेखिदिने जस्ता हर्कतहरु बारम्बार भैरहेका छन् ।लौ त्यसो भए त कुरो अर्कै परेछ ॥नेपाली नायिकाहरुको फेसबुक अकाउन्टहरु सबै सक्कली हैन रै छ । केकीको कुराबाट भन्न मिल्दैन रूकतै अरु नायिकाहरुको फेसबुक अकाउन्टहरु पनि फेक त हैनन्?

फुस्रद छैन मलाई॥

मेरोसिनेमा काठमाडौं १८ माघ,
फस्ट लव 'मेरो लव स्टोरी'हुँदै नायिका ऋचा शर्मा हाइवे मा ओर्लदैछिन् ।
भन्नुको मतलब चलचित्र फस्ट लवबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका ऋचा शर्मा हालै आफ्नो दोस्रो चलचित्र 'मेरो लव स्टोरी'को छायाँकन भ्याएर फुस्रदमा छिन् ।यिनको फस्रद केहि दिनको लागि मात्र हो किनभने फेब्रुअरी ५ देखि उनको तेस्रो चलचित्र हाइवेको छायाँकन प्रारम्भ हुँदैछ ।चलचित्रमा ऋचाले यौनकर्मी र बार डान्सरको भुमिका निभाउँदै छिन् ।समिर मणि दिक्षितको निर्माण र दिपक रौनियारको निर्देशनमा बन्न लागेको चलचित्र हाइवेभित्र ऋचाको साथमा सौगात मल्ल कर्म बिनय श्रेष्ठ सृष्टि घिमिरे लगायतका कलाकारहरु रहनेछन् । चलचित्रको रिलिज टार्गेट आगामी तिहारलाई तोकिएको कुरा पनि ऋचाले हामी सँगको भेटघाटमा बताईन् ।