आफैंले निर्देशन गरेको चलचित्र निगरानीसँग आफ्नो निर्माण र निर्देशनमा बनेको चलचित्र मनमनै मन पराएँ एकसाथ प्रदर्शन हुन लाग्दा निर्देशक उप्रेती निकै चिन्तित थिए । आफ्ना दुबै चलचित्रले प्रदर्शनको राम्रो समय पाएकोमा अहिले उनी निकै खुसी छन् । निर्देशक उप्रेती फाल्गुनको पहिलो साता आफूले निर्माण गरेको चलचित्र 'मनमनै मन पराएँ' कुनै पनि हालतमा प्रदर्शन गर्ने बताउँदै आएका थिए भने निगरानीका निर्माता सुशिलले पालो प्रणाली अनुसार जुन समयमा पालो आउँछ त्यो समय आफूलाई मान्य हुने भन्दै आएका थिए ।तर पनि प्रदर्शनको मिती लम्बिदा निर्माता सुशिल केहि चिन्तित भने देखिएका छन् । उनी भन्छन्, 'प्रदर्शनको मिती सर्नु भनेको पब्लिसिटीमा अनावश्यक पैसा खर्च गर्नु हो ।' एक महिना पछि सर्दा करिब एक लाख बढि पैसा पब्लिसिटीमा खर्च गर्नुपर्ने दुख व्यक्त गर्दै सुशिल थप्छन्, 'चलचित्र नचलिरहेको अवस्थामा प्रदर्शनको मिती सर्दै जानु र खल्तीको पैसा रित्तिंदै जानु मेरो मात्र नभएर सम्पूर्ण निर्माताको लागी दु:खको कुरा हो ।'यसैगरी यिनै निर्देशक राजेन्द्र उप्रेतीको निर्देशनमा सुशिलले निर्माण गरेको अर्को चलचित्र 'जय शिब शंकर' पनि निगरानी लगत्तै प्रदर्शन हुने भएको छ । राजधानी बाहिर राम्रो व्यापार गर्न सफल चलचित्र जय शिब शंकर पनि क्यु सिस्टमबाट प्रदर्शन हुनलागेको हो ।राजेन्द्र र सुशिल बिच भिडन्त नहुने
9:43 AM
No comments
आफैंले निर्देशन गरेको चलचित्र निगरानीसँग आफ्नो निर्माण र निर्देशनमा बनेको चलचित्र मनमनै मन पराएँ एकसाथ प्रदर्शन हुन लाग्दा निर्देशक उप्रेती निकै चिन्तित थिए । आफ्ना दुबै चलचित्रले प्रदर्शनको राम्रो समय पाएकोमा अहिले उनी निकै खुसी छन् । निर्देशक उप्रेती फाल्गुनको पहिलो साता आफूले निर्माण गरेको चलचित्र 'मनमनै मन पराएँ' कुनै पनि हालतमा प्रदर्शन गर्ने बताउँदै आएका थिए भने निगरानीका निर्माता सुशिलले पालो प्रणाली अनुसार जुन समयमा पालो आउँछ त्यो समय आफूलाई मान्य हुने भन्दै आएका थिए ।तर पनि प्रदर्शनको मिती लम्बिदा निर्माता सुशिल केहि चिन्तित भने देखिएका छन् । उनी भन्छन्, 'प्रदर्शनको मिती सर्नु भनेको पब्लिसिटीमा अनावश्यक पैसा खर्च गर्नु हो ।' एक महिना पछि सर्दा करिब एक लाख बढि पैसा पब्लिसिटीमा खर्च गर्नुपर्ने दुख व्यक्त गर्दै सुशिल थप्छन्, 'चलचित्र नचलिरहेको अवस्थामा प्रदर्शनको मिती सर्दै जानु र खल्तीको पैसा रित्तिंदै जानु मेरो मात्र नभएर सम्पूर्ण निर्माताको लागी दु:खको कुरा हो ।'यसैगरी यिनै निर्देशक राजेन्द्र उप्रेतीको निर्देशनमा सुशिलले निर्माण गरेको अर्को चलचित्र 'जय शिब शंकर' पनि निगरानी लगत्तै प्रदर्शन हुने भएको छ । राजधानी बाहिर राम्रो व्यापार गर्न सफल चलचित्र जय शिब शंकर पनि क्यु सिस्टमबाट प्रदर्शन हुनलागेको हो ।नायिकाको मेकअपले छायांकनमा ढिलाई
9:35 AM
No comments
वल्लतल्ल नायिकाको श्रृङगार पटार सकियो र उनी फेरी काम गर्न सेटमा पुगिन् । नायिका नन्दिताले दुई नायकको विचमा वसेर केही वेरमात्र कम्मर के हल्लाएकी थिईन् उनको व्लाउजको पछाडि पट्टिको तुना फुस्किएछ । उनी फेरी तुना फुस्कीयो भन्दै कुर्चिमा वसिन् । छायांकन फेरी पनि यि नायिकाको कारणले रोकीयो । नन्दिताको श्रृङगारको लागी एकजना श्रृङगारीकाले भ्याएकी थिईनन् । सायद यहि कारणले होला तुलसी घिमिरेकी धर्मपत्नि भारती घिमिरे पनि नन्दितालाई स्याहार्न मै व्यस्त थिईन् ।नन्दिताले मेकअप गर्न ढिलासुस्ती गरेपछि नायकद्धय विराज र कर्मको त कुनै काम नै हुने भएन । तर उनिहरु आफूलाई नायिकाको जसरी सिङगार्न भन्दा पनि आफ्नो नृत्यलाई तिखार्नमा लागेको देखियो । नायिका नन्दिता केसी भने आफूलाई कसरी राम्री देखाउने भन्ने सोचमै मग्न देखिएकी थिईन् । झन उनको छेउमा पुग्ने चलचित्रकर्मी देखि पत्रकारले आज तपाई कति राम्री देखिनु भएकी भनेर फुर्काईदिदा उनी झनै मख्ख पर्थिन् ।मंगलावार वेलुकी काठमाण्डौको महाराजगन्ज स्थित एक पार्टि प्यालेसमा पुग्दा हामीले देखेकॊ रोचक दृश्य हो यो । तुलसी घिमिरेको लेखन तथा निर्देशनमा वनिरहेको चलचित्र मृगतृष्णामा हामीले नायिका नन्दिताको चर्तिकलालाई राम्रैसँग अवलोकन गर्यौं । चलचित्रको छायांकन स्थलमा होस् या अन्य कुनै समयमा युवकलाई भन्दा युवतिलाई तयार हुन वढि समय लाग्छ नै । तर नायीका केसीको तयार हुन लागेको समय भने गजबको थियो । त्यहाँ चलचित्र मृगतृष्णाको छायांकन भएता पनि नायिका नन्दिता केसीलाई भने राम्री वन्ने तृष्णाले छोडेको थिएन ।
कुमार कान्छालाई नम्रताको तीन लाख सहयोग
9:29 AM
No comments
गएको पौष तीन गते उनले आयोजना गरेको कन्सर्टबाट संकलन भएको उक्त रकम मध्ये ३ लाख ७ हजार रकमलाई बुधबार कुमार कान्छाको खातामा जम्मा गरिदिएकी हुन भने बाकी २१ हजार नगद संगीतकार आलोक श्रीले केही दिनमै उपब्लध गराएर पुनः सो रकम कान्छाको खातामा जम्मा गरिदिने नम्रताको भनाई थियो ।
पारदर्शी हिसावमा कन्सर्टबाट उठेको सम्पूर्ण रकमको विवरण सञ्चारकर्मीमाँझ देखाउदै नम्रताले कन्सर्टबाट कुल ३ लाख ८० हजार संकलन भएको र कर्न्सट खर्च कटाएर बाकी सवै कान्छालाई सहयोग गरेको जानकारी दिईन् । कान्छाको उपचारका लागि थुप्रै क्षेत्रबाट सहयोग रकम जम्मा गर्ने काम भै रहेको बेला छोटो अवधिमा नम्रताले सवै भन्दा धेरै रमक संकलन गर्न सफल भएकी हुन् । यदि उहाँको उपचारका लागि थप रकम चाहिए अन्य क्षेत्रबाट पनि आफ्नो सहयोग निरन्तर रहने र त्यसको तयारीमा समेत आफु रहेको उनको भनाई थियो । केही नयाँ फिल्मी प्रोजेक्टको तयारीमा समेत रहेकी नम्रताले कान्छालाई सहयोग गर्न अपिल समेत गरेकी छिन् । यदि तपाई पनि कुमार कान्छालाई सहयोग गर्न चाहनुहुन्छ भने कान्छाको काठमाण्डौको दरबारमार्ग स्थित एसबिआई बैकमा रहेको ब्यक्तिगत खाता नम्बरमा जम्मा गर्न सक्नु हुनेछ । नाम : कुमार शाही
खाता नम्बर : १७७१५२४१४००९३७
जीवन लुइटेल सिक्किम प्रहरीको हिरासतमा
9:25 AM
No comments
सिक्किम प्रहरी : तँ सिक्किममा आतंक मचाउन आको होस ?
जीवन : हैन सर ! (जीवनले हैन भन्दा उनलाई प्रहरीले धम्क्याउदै थप केरकार गरेको थियो ।)
सिक्किम प्रहरी : तँ आतंककारी नै होस् ।
जीवन : (चिच्याउँदै) म आतंककारी हैन ।
सिक्किम प्रहरी : भन तेरो उद्देश्य के हो ? तँ कसलाई मार्न आ'को होस् ?
जीवन : म कसैलाई मार्न आ'को हैन ।
जीवनले पटक पटक निर्दोष भएर त्यस्तो मनशाय ब्यक्त गर्दा पनि सिक्किम प्रहरी निर्दयी भएर उनलाई थप केरकार गरिरहेको थियो । केरकार सकिए लगत्तै निर्देशक बिजय थापाले ओके फाईनल भन्दै सिन सकिएको जानकारी गराए र सुटिङ स्थलको माहोल रमाईलोमा परिणत भयो ।माथि उल्लेख गरिएको सिक्किम प्रहरीको सम्बाद र घटना चलचित्र 'जब जब माया बस्छ' भित्र घट्ने एउटा घटना हो जहाँ सो चलचित्रका नायक जीवन लुइटेल कारण बस सिक्किम पुगेका हुन्छन् र त्यहाँको प्रहरीले उनलाई माथि प्रस्तुत गरिएको सम्वाद झै केरकार गर्न थाल्छन् । रेखा थापा, सृजना बस्नेत समेत मुख्य भूमिकामा रहेको उक्त चलचित्रको छायाकंन काठमाण्डौका विभिन्न स्थनमा तिब्र गतिमा भै रहेको छ ।मणिराम पौडेलको निर्माणमा बनेको उक्त फिल्ममा सृजना सिक्किमकी सासंद भएर खेलेकी छिन् भने रेखा उनको छोरी भएर ।
चुलबुल पाण्डेको भर्चुअल बर्थडे !
9:19 AM
No comments
चुलबुल पाण्डे अर्थात अभिनेता कर्म 'मृगतृष्णा'को सुटिङमा यति व्यस्त भइदिए कि जन्मदिन मनाउने फुस्रद पनि उनलाई भएन । सोसल साइट र फोनबाट उनलाई धेरैलाई बर्थडे विस त गरे तर कर्मले बुधबारको आफ्नो जन्मदिनलाई काममै समर्पित गरे । 'केक काटेर र पार्टी गरेर जन्मदिन मनाउनुपर्छ भन्ने लाग्दैन' एकदिन एकरात स्टारले भने 'मेरा लागि काम नै ठूलो हो र काममै लागेर बर्थडे सेलिव्रेट गरेँ ।' बुधबारदेखि उनी २६ वर्षमा टेकेका छन् ।'बेलुकासम्म सुटिङमा ब्यस्त हुने भएकाले विशेष प्लान पनि छैन' कर्म भन्छन् 'तरपनि धेरैले मलाई सोसल साइट र फोन गरेर बर्थडे विस गर्नुभयो र दीर्घायुको शुभकामना दिनुभयो ।' सेटमै हिरो बिराज भट्ट, निर्देशक तुलसी घिमिरे, हिरोइन नन्दिता केसीले कर्मलाई बर्थडे शुभकामना दिएका थिए । 'फेसबुकलाई धन्यवाद जसले विश्वभरका साथीमाझ मेरो बर्थडे शुभकामना आदानप्रदान गर्ने माध्यम बनिदियो' उनले भने 'पहिलोपटक भर्चुअल बर्थडे मनाउनुको मजा नै बेग्लै हुँदो रहेछ ।'बर्थडेको मेसोमा कर्मसँग आगामी दिनका केही अठोटहरु पनि छन् । उनी आगामी दिनमा राम्रा प्रोजेक्ट गर्न चाहन्छन् । 'राम्रा प्रोजेक्ट गर्नु मेरो चाहना हो' उनले भने 'मेरो बर्थडे विस पनि यही हुनेछ ।' चुलबुल पाण्डेलाई ह्याप्पी बर्थडे !
फोटोसपको होइन, रेजिनाको रिएल !
9:13 AM
No comments
आयोजित प्रेसमिटमा धेरै पत्रकारले चलचित्र 'चिनो'मा रेजिना उप्रेतीले रिएल एक्सन गरेकी हुन् भनेर ठम्याउन सकेनन् । सिनेमाको प्रोमो र पोस्टर हेरिसकेपछि धेरैले रेजिनाको नक्कली एक्सन र फोटोसपको कमाल भनेर आशंका गरे ।प्रेस मिट होस्ट गरिरहेका निर्देशक शोभित बस्नेतलाई पुष्टि गर्न चुनौति आइपर्यो र तत्कालै मन्चमा बसेकी रेजिनालाई फाङ र किक देखाउन आग्रह गरे । रेजिना अकमकिइन् । स्टेज अघिको चिसो भुइँमा ओर्लिएर उनले चलचित्रमा गरेजस्तो फाङ र किकका पोजहरु देखाउन थालिन् र पत्रकारले क्यामेरामा कैद गर्न थाले । अनि शोभितले भने- बल्ल देख्नुभो ?पुस ३० मा रिलिज हुन लागेको रिमेक चलचित्र 'चिनो'बारे जानकारी दिन आयोजित प्रेसमिटमा भएको रमाइलो घटना हो यो । पत्रकारले नपत्याएपछि रेजिनालाई वास्तविकता देखाउनुपरेको थियो । यतिसम्मकी काजल म्याडमको वेशभुषा र भूमिकामा मन्चमा बसेका द्धन्द्धनिर्देशक राजेन्द्र खड्गी र निर्देशक बस्नेत पनि रेजिनाको स्टन्टपछि ढुक्क भएका थिए । रेजिनाले यो चलचित्रमा घोडाचढी र फ्रीफलका साहसिक स्टन्टहरु पनि दिएकी छिन् ।जमघटमा धेरैले रेजिनाको एक्सनको खुलेर प्रशसा गरे । द्वन्द्वनिर्देशक खड्गीले त पहिलोपटक नेपाली चलचित्रमा हिरोइनले गरेको यो साहसिक एक्सन भएको टिप्पणी गर्न चुकेनन् । 'हिरोइन होइन हिरोहरुले गर्न नसक्ने एक्सन पनि रेजिनाले गरेकी छिन्' निर्देशक शोभित बस्नेत भन्दै थिए ।
चर्चा तेस्रोलिङ्गीको
चलचित्रमा काजल म्याडमको रुपमा द्वन्द्वनिर्देशक राजेन्द्र खड्गी तेस्रोलिङ्गी भएर खेलेका छन् । 'खेल्दा-खेल्दा आफैलाई गे जस्तो लाग्न थाल्यो' खड्गी भन्दै थिए । भुवन केसीकी पूर्वपत्नी सुस्मिता केसीको सुझावमा फिल्मको खलपात्रलाई तेस्रोलिङ्गी बनाइएको र सुरुमा यो भूमिका अशोक शर्मालाई दिइएकोमा ब्यवस्तताले राजेन्द्रले खेलिदिएको शोभितले बताए ।
न बिर्सें तिमीलाईमा फष्टलभको अडियो
7:34 AM
No comments
उक्त एलबममा सिमोस सुनुवारले निर्देशन गरेको चलचित्र फष्टलभको शीर्ष गीत पहिलो प्रेमको पहिलो कम्मपन पनि समावेश गरेर अडियो विकाउको राम्रो आईडिया झिकेको फिल्मीखबरले देखेको छ । सो चलचित्रमा फष्टलभको चर्चित गीत भने समावेश गरिएको छैन । तर अडियो सिडी किन्दा श्रोताले स्वरूपराज आचार्य र रजिना रिमालले गाएको गीतलाई बोनस स्वरूप पाउने भएका छन् ।किन यस्तो गरियो नि भन्दा निर्देशक घिमिरेले भने,'हाम्रो फिल्ममा थोरै गीत भएकाले अडियो किन्ने श्रोताले थोरै देखेर नकिन्ला भन्ने लाग्यो अनि बोनस स्वरूप फष्ट लभको गीत राखेका हौ । 'भने पछी तपाईको फिल्मको गीत कमजोर छ कि क्या हो भन्ने अर्को प्रश्नमा योगेशले भने, 'गीत राम्रो भएपनि थोरै देखेर अडियो किन्ने श्रोता त्यसै नर्फिउन भन्ने हिसावले यसरी अर्को फिल्मको गीत समावेश गरेका हौ।'योगेशको फिल्ममा शिर्ष गीत बाहेक जम्मा तीन वटा मात्र गीत समावेश गरिएका छन् । ती तीनैवटा गीतलाई महेश खड्काले लेखेका हुन भने संगीत पनि उनैले दिएका छन् । सो अडियोलाई सम्झना अडियो भिडियोले बजार व्यस्वस्थापनको जिम्मा लिएको छ ।











