पुरुषत्व बढाउने ८ काइदा

कुनैपनि पुरुषको शरीरमा टेस्टोस्टेरोन अर्थात् मेल हर्मोनको स्तर कम भयो भने त्यसले विभिन्न खाले शारीरिक कमजोरीका साथै यौनिक रुपमा पनि कमजोर बनाउँछ । यो हर्मोनले पुरुषमा यौन लक्षण तथा क्षमतामा समेत वृद्धि गर्छ । यसको सम्बन्ध यौन क्रियाकलाप, रक्तसंचार तथा मांशपेशीको सबलताका साथै एकाग्रता, स्मरण लगायतका महत्वपूर्ण कुराहरुमा पनि हुन्छ । यसले पुरुषको सामान्य स्वभावमा समेत प्रभाव पार्ने विज्ञहरु बताउँछन् ।
आर्थिक दबाब, बढ्दो महंगी तथा सामाजिक समस्या तथा तनावको कारण पुरुषमा यो सेक्स हर्मोनको स्तरमा गिरावट हुनसक्छ र यस्तो गिरावटले पुरुषको यौनेच्छा तथा कामशक्तिमा समेत असर पूराउँछ । यसबाट उसको सामाजिक व्यवहार तथा मानसिक शान्तिमा समेत प्रभाव पार्छ । त्यसैले पुरुषत्व कायम राख्नका लागि सफल सामाजिक जिवन र मानसिक स्वास्थ्यका लागि समेत सरीरमा यो पुरुष हर्मोनको मात्रा सन्तुलित हुनुपर्छ । यसका लागि निम्न उपाय अपनाउन सकिन्छ :
खनिजयुक्त खाद्यपदार्थको सेवन – जिंक तथा म्याग्नेसियम युक्त पदार्थले सरीरमा यो सेक्स हर्मोनको उत्पादन बढाउन मद्दत पूराउँछ । 
तनाव कम गर्नुहोस् । यसको लागि ध्यान तथा योगा लगायतका माध्यम उपयोगी हुनसक्छन् । 
चिनी कम खानुहोस् । सरीरमा चिनीको मात्रा बढि हुँदा इन्सुलिनको मात्रा पनि बढ्छ । जसले टेस्टोस्टेरोन हर्मोनको मात्रा घटाइदिन्छ ।
ताजा, पौष्टिक तथा स्वास्थ्यबर्धक खाना खानुहोस् । हरियो सागपात, फलफूल लगायतका खानेकुरा नियमित
खाने गर्नुहोस्  
पर्याप्त निद्रा लिनुहोस् । नियमित आराम गर्नुहोस् । कम्तिमा पनि दिनको ७-८ घण्टा सुत्नु राम्रो हुन्छ । स्मरण रहोस् सरीरमा उत्सर्जन हुने अधिकांस सेक्स हर्मोन निद्रावस्थामै उत्पादन हुने गर्छ । 
लामो समय सम्म कडा परिश्रम नगर्नुहोस् । लामो समयसम्मको कडा परिश्रमले सरीरमा सेक्स हर्मोनको मात्रा घटाउँछ । त्यसैले नियमित तर छोटो समयको र हल्का व्यायाम गर्नु राम्रो हुन्छ । 
जाँडरक्सी त्याग्नुहोस् । मदिराले सरीरमा सेक्स हर्मोनको उत्पादनमा नकारात्मक असर पूराउँछ । जँड्याहाको सरीरमा अरु सामान्य व्यक्तिमा भन्दा ५० प्रतिशत कम सेक्स हमोर्न उत्पादन हुने अध्ययनले देखाएको छ । बिहानको खाजामा उच्च प्रोटिनयुक्त खानेकुरा लिनुहोस् । बिहान उच्च कार्बोहाइड्रेट युक्त खानेकुरा खाँदा त्यसले सेक्स हर्मोनमा असर पूराउँछ ।

0 comments:

Post a Comment