सबैभन्दा तिब्र गतिको इन्टरनेट भएका देशहरु

विश्वमा कुन देशमा सबैभन्दा तिब्र गतिको इन्टरनेट सेवा छ होला ? धेरैको उत्तर हुनसक्छ अमेरिका । तर होइन, अमेरिकाको इन्टरनेट सेवा विश्वको सबैभन्दा द्रुत गतिको हुन त परै जाओस् उत्कृष्ट १० भित्र पनि परेको छैन । अकामाइ टेक्नोलोजी कम्पनीले गएको जनवरी देखि मार्च सम्मको तथ्यांकलाई आधार मानेर सार्वजनिक गरेको सूचिमा हंगकंग सबैभन्दा द्रुत गतिको इन्टरनेट भएको ठाउँको रुपमा पहिलो नम्बरमा परेको छ । हंगकंगको इन्टरनेट सेवाको औषत गति ६३.६ मेगाबाइट प्रति सेकेण्ड छ जुन विश्वको औषत गति भन्दा ३ गुणाले बढि हो । तिब्र गतिको इन्टरनेट भएको देशको दोश्रो स्थानमा जापान रहेको छ । जापानमा इन्टरनेट सेवाको औषत स्पिड ५० मेगाबाइट प्रति सेकेण्ड रहेको छ । तेश्रो स्थानमा प्रतिसेकेण्ड ४७.९ मेगाबाइट गति सहित रोमानिया रहेको छ
। चौथो स्थानमा दक्षिण कोरिया रहेको छ । त्यहाँको इन्टरनेटको औषत स्पीड ४४.८ मेगाबाइट प्रतिसेकेण्ड छ । पाँचौमा लाटि्भया, छैटौँमा सिंगापुर तथा सातौँमा स्विजरल्याण्ड रहेको छ । उच्च गतिको इन्टरनेट सेवा रहेको देशमध्ये आठौँ स्थानमा बुल्गेरिया रहेको छ भने नबौँ स्थानमा नेदरल्याण्ड रहेको छ । दशौँ स्थानमा बेल्जियम रहेको छ । अमेरिका ११ औँ स्थानमा रहेको छ । अमेरिकाको इन्टरनेटको औषत गति ३६.६ मेगाबाइट प्रति सेकेण्ड रहेको छ । इन्टरनेटको तिब्रताको हिसाबले भारत १०९ औँ स्थानमा रहेको छ । तथ्यांक अनुसार नेपालको इन्टरनेटको औषत गति ६ मेगाबाइट प्रति सेकेण्ड रहेको छ ।

0 comments:

Post a Comment