यी मानिस– ७० प्रतिशत पुरुष, ३० प्रतिशत महिला

रिचार्ड ओ ब्रायनलाई पहिलो पटक भेट्दा जो कसैलाई अनौठो लाग्न सक्छ । कारण उनको आनीबानी र हाउभाउ । अनौठो यौन ब्यबहार भएका उनी आफूभित्र ७० प्रतिशत पुरुष र ३० प्रतिशत महिला रहेको बताउँछन । परम्परागत यौन व्यवहारमा खलबली मच्चाउने रिचर्ड चर्चित हरर शो का लेखक हुन् । उनको गीत ‘स्वीट ट्रान्सवेस्टाइट’ निकै चर्चित रह्यो । तर, शोका हर्ताकर्ता त्यसबेला अचम्ममा परे, जतिबेला रिचर्डले आफू महिला हुने इच्छा देखाए । उनले भनेक छन्–‘जब म साढे ६ वर्षको थिएँ, मैले आफ्नो दाईलाई म राम्री राजकुमारी बन्न चाहन्छु भनेँ, त्यसबेला उनको
अनुहारमा आएको घृणाको भावले मलाई मौन बनायो । म जान्दथेँ कि म यो अब फेरि त्यसरी भन्न सक्दिन ।’ उनले ५० वर्षसम्म आफ्नो इच्छालाई पर्दा पछाडी लुकाएर राखिन्, जुन त्यति सजिलो थिएन । उनी भन्छन्–‘कुनै कुरालाई दबाई राख्नुको अर्थ उसको अस्तित्व नै समाप्त हुनु होइन् ।’ त्यही कारण रिचर्डले महिलाको एस्ट्रोजोन हर्मोनको खुराक थाले । उनी यसको नजिताले खुसी छन् । उनी भन्छन्– म भित्र पुरुसत्व कमजोर हुँदै गएको छ र मलाई राम्रो लागिरहेको छ । कयौं मामिलामा म राम्रो मानिस बनेको छु ।’ रिचर्डको छातीहरु पनि पुष्ट हुँदै गएको छ र उनी यसलाई अब बढाउन चाहन्नन् । उनी अहिले लिंग परिर्वतन गर्ने सर्जरीको बारेमा पनि सोँचिरहेका छैनन् । उनले भने–म त्यो देखाउन चाहन्न, जुन मसंग छैन ।’ महिला र पुरुषको बीचमा पनि मानिस हुने भन्दै उनले भनेका छन्–‘मेरो बारेमा मलाई के लाग्छ भने म ७० प्रतिशत पुरुष हुँ र ३० प्रतिशत महिला ।’

0 comments:

Post a Comment