सबिरलाई रात प्यारो

नायिका रेखा थापाको पाँचौ चलचित्र "कसले चोर्‍यो मेरो मन" निर्देशन गरेर एकाएक चर्चा कमाएका निर्देशक सबिर श्रेष्ठ रात प्रेमी रहेको पाइएको छ । साहयक निर्देशक हुदै ठूलो ब्यानरमा काम गर्ने मौका पाएका निर्देशक श्रेष्ठ होहल्ला र भिडलाई छिचोल्दै फिल्मका हरेक काम रातको समयमा गर्ने गर्दछन् । उनी कतिसम्मको रात प्रेमी पाईएको छ भने ५८ दिनको कसले चोर्‍यो मेरो मनको र्टाईमिङलाई ४२ दिन सम्म रातको सुटिङ गरेर चलचित्र पूरा गरेका थिए । जुन चलचित्र आगामी असोज २९ गते देखि प्रदर्शनमा पनि आउदै छ ।

"मलाई रातमा काम गर्न एक दम मज्जा लाग्छ" फिल्मीखबरसंग कुरा गर्दै उनले भने झण्डै एक करोडको लगानीमा निर्माणमा भएको चलचित्र "कसले चोर्‍र्यो मेरो मन" उत्कृष्ट समेत रहेको निर्देशक श्रेष्ठले घुमाउरो पारामा दाबी पनि गरेका छन् । जसरी धेरै बर्षअगाडी कुसुमे रूमाल, चिनो, सम्झनाले दर्शकको मनमा लामो छाप पार्न सकेका थिए यो चलचित्रले पनि त्यस्तै ठूलो छाप पार्नेमा उनी विश्वस्त पनि छन् । राजकुमारी र एउटा गरिब केटाबीचको प्रेम सम्बन्धलाई कथानक तरिकाले प्रस्तुत गरिएको सो चलचित्रका ६० प्रतिशत भन्दा बढी सिनहरू रातको समयमा सुट गरिएको सबिरले बताए । सुटिङको पहिलो २२ दिन निरन्तर सबिरले रातको मात्र सुटिङ राखे तर अन्य प्राविधिकहरूले उनलाई कराउन थालेपछी २ दिन ब्रेक गरेर पुन २० दिन निरन्तर उनले रातको सुटिङ गरेका थिए । यति मात्र हैन रेखाको चलचित्र पछी इशारा बनाएका सबिरले त्यस फिल्ममा पनि झण्डै पच्चिस दिन राती सुटिङ गरेका थिए । लाइट सम्बन्धी राम्रो अनुभवी रहेका सबिरको रातमा धेरै सुटिङ्ग गर्ने बानीले उनलाई आजकल नाईट किङ्ग समेत भनेर बोलाउने गरिएको छ ।

0 comments:

Post a Comment