आमाको मृत्यु दर्ताको प्रमाणपत्र लिने क्रममा स्थानीय गाविस पदाधिकारीले दिएको जवाफ अहिले पनि उनको कानमा गुन्जिरहेको छ। घर जग्गा नभएको मानिसलाई किन मृत्यु दर्ताको प्रमाणपत्र चाहियो ? मृत्युपछिको आमाको नासो मानेर मागिएको प्रमाणपत्र नपाउँदाको त्यो पीडा बिर्साउन मेरी बास्सैका तक्मे बूढा अर्थात् विल्सन चाँडै काठमाडौंमा घर किन्ने तयारी गर्दैछन्। त्यसपछि घरजग्गा सहितको गतिलो प्रमाण बोकेर उनी आमाको मृत्यु दर्ताको प्रमाणपत्र खोज्न स्थानीय निकायमा पुग्ने योजनामा छन्। उनी नौ वर्षका मात्र थिए, आमाले यो संसार छोड्दा। परिवारका नाममा भएको सम्पत्ति सकिने गरी उपचार गर्दा पनि आमालाई बचाउन नसकेको अवस्था एकातर्फ थियो भने अर्कातर्फ उनीभन्दा मुनिका दुई साना बहिनीको लालनपालनको जिम्मेवारी पनि उनैले बहन गर्नु थियो।
एकदिन सानी बहिनीले आमा खोजिन्, विल्सनले सुनेको जवाफ दिए, आमा स्टार अर्थात् तारा बन्नुभयो नानी, अब हामीले आमालाई देख्न सक्छौं तर आमाले हामीलाई देख्न सक्नुहुन्न, आमाले देख्ने बन्न स्टार हुनुपर्छ। त्यसपछिको झन्डै दुई दशकको डेरा यात्रामा उनी आफैं आमा भेट्न स्टार बन्ने सपना देख्न थाले। गत वर्षसम्म पनि विल्सनविक्रम राई नेपाली कलाकारिताको फाँटमा चिनिएको नाम थिएन, तर एक वर्षयता कार्यक्रमकै सिलसिलामा उनी २४ वटा मुलुक पुगिसकेका छन्। मेरी बास्सैमा तक्मे बूढाको चरित्रमा गरेको अभिनयले उनलाई एकाएक चम्किलो संसारमा स्थापित गराएको हो। मेरी बास्सैको तक्मे बूढापछि सुरज सुब्बाद्वारा निर्देशित चलचित्र सायदले उनलाई सफलताको अर्को स्वाद चखायो। चलचित्र रिदमपछि उनले आधा दर्जन चलचित्रमा नायकका रूपमा काम गरिसकेका छन्।
एक दशकभन्दा लामो समयदेखि उनी लगातार यो क्षेत्रमा आबद्ध रहँदै आएका छन्। 'धैर्यता नगुमाए दिन आउँदो रहेछ, म पनि बीचमा एकपटक नहुने रै'छ भनेर विचलित हुन लागेको थिए' विल्सन भन्दै थिए- 'क्लिक हुन समय लाग्यो।' लाहुरे पृष्ठभूमिका तक्मे बूढा गोर्खा सैनिकका रूपमा काम गर्ने हजारौं गोर्खाली वीरहरूका प्रतिविम्व हुन्। लाहुरे बूढाका रूपमा विल्सनले गरेको अभिनय अहिले पनि त्यससँग सम्बन्धित परिवारहरूका लागि आफ्नै कथा बनेको छ। 'मैले त एउटा चरित्रका रूपमा तक्मे बूढाको अभिनय गर्ने सोच बनाएको थिए, विल्सन भन्छन्- 'तर यो त ती हजारौं लाहुरेको रूप र रंगको कथा रहेछ।' फकल्यान्डको टापुदेखि अफगानिस्तानको मरुभूमिसम्म लडिरहेका वीर गोर्खालीहरूमा आफ्नै लवजमा फुर्तिसाथ अनेक किस्सा सुनाउने बानी हामी गाउँघरमा देखिरहेका हुन्छौं। तक्मे बूढाका रूपमा विल्सनले त्यही भूमिका निर्वाह गरेका मात्र हुन्। उनी राम्रा गायक पनि हुन्। विल्सन भन्छन्- 'आगामी दिनमा म फरक-फरक भूमिकामा आफ्ना दर्शकलाई सन्तुष्टि दिने योजनामा छु। विल्सन तक्मे बूढाकै शैलीमा ठट्टा गर्दै भन्छन्-
Nepali Song – Facebookle by Shiva Pariyar
शिव परियारको फेस्बुक्ले हो .. फेस्बुक्ले
मलाई जलाईमा पर्यो फेस्बुक्ले
मलाई जिउदै मर्यो फेस्बुक्ले
पुरा भिडियो हेर्नुहोस - नया भिडियो शिव परियारको
पुरा भिडियो हेर्नुहोस - नया भिडियो शिव परियारको
चरीहरु त च्वाँक च्वाँक छन् कि क्या हो चलचित्रको प्रोमो सार्वजनिक? (भिडियो)
जेठ ३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘अन्तराल’ को प्रोमोले धेरैमा आशा जगाएको छ । चलचित्रमा गाउँबाट थुप्रै सपना बोकेर शहर आएका युवाहरुको कथालाई देखाउन खोजिएको छ ।महिला निर्देशक दीपा बस्नेतले निर्देशन गरेको यो सिनेमा जीवनसाथी फिल्मस्को व्यानरमा तयार भएको हो । प्रोमोले सिनेमामा केही नयाँ स्वाद छ भन्ने कुरा झल्काउन खोजेको छ । चलचित्रमा कमलमणी नेपाल, राजकुमार पुडासैनी, नम्रता सापकोटा, अशिष्मा नकर्मी, मानव सुवेदी, जेशिका बोगटी लगायतका कलाकारको अभिनय छ । बीबी बस्नेत र डाक्टर लक्ष्मीकान्त पाण्डेको निर्माणमा तयार भएको यो सिनेमामा शशी विक्रम थापाको संगीत, शिवराम श्रेष्ठको छायांकन, अभिमन्यू निरबीको लेखन छ । ‘जीन्दगीमा सुन्दर रंग मात्र छैन, धेरै दुख पनि छ’ भन्ने
रातकी रानी प्रियंकाको भिडियोमा ४५ सेकेन्ड लामो बेडसिन (भिडियो)
चलचित्र ‘कलिउड’ मा बोल्ड दृश्य दिएर चर्चा कमाएकी नायिका तथा मोडल प्रियंका कार्कीले एक भिडियोमा पनि बेडसिन दिएकी छिन् । ‘रातकी रानी’ बोलको गीतमा प्रियंकाको ४५ सेकेन्ड लामो बेड सिनको दृश्य देख्न सकिन्छ ।‘मेरो आकाश’ नामक एल्बममा समावेश यो गीतमा हेमन्त रानाको आवाज छ । गीतमा शब्द तथा संगीत कल्याण सिंहले दिएका छन् । प्रताप सिंहले निर्देशन गरेको भिडियोमा प्रताप र मानस सिंहको छायांकन, सुशील न्यौपानेको सम्पादन छ ।
गीतले
लोडसेडिंगको समस्याले मोबाइल चार्ज भाको छैन चिन्ता नगर्नुस आयो बिजुली नचाहिने मोबाइल चार्जर
मोबाइल लिनेहरुका लागि सबै भन्दा महत्वपूर्ण कुरा हो ब्याट्रीले कति समय सम्म धान्छ। हरेक मोबाइल खरिदकर्ताले बिक्रेतासँग सोध्ने प्रमुख प्रश्न पनि यहि हो कि मोबाइल एक पटक चार्ज गरेपछि कति घण्टा समय सम्म चलाउन सकिन्छ। स्मार्टफोनमा रहेका इन्टरनेट चलाउने अनि गेम खेल्ने सुविधाका कारण मोबाइल धेरै चलाइने हुँदा त्यसको ब्याट्री ब्याकअप पनि कम हुने गर्दछ। त्यसैले मूल्य केही महँगा भएका मोबाइल फोनहरुमा लामो समय ब्याकअप दिने ब्याट्रीहरु रहेका हुन्छन्।
नेपाल जस्तो लोडसेडिङ हुने देशमा त मोबाइल नै कम्प्युटरको विकल्प भएकाले लामो समय सम्म चार्ज टिक्नु र टिकाउनु आवश्यक हुन्छ। नेपालका स्मार्टफोन लिने रसामाजिक सञ्जालमा जोडिइरहनेहरुका लागि त बिजुलीको अभाव सबै भन्दा पीडादायी कुरा हो। बिजुली नभएका स्थान तथा लामो यात्रामा निस्कनेका लागि भनेर उत्पादन गरिएका आपतकालिन मोबाइल चार्जरयस्तो लामो समयको लोडसेडिङमा प्रयोग गर्न सकिन्छ।यस्ता आपतकालिन चार्जका बारेमा त सुन्नु भएको नै होला। जुन पहिले नै चार्ज गरेर राखिएको हुन्छ। ती बाहेक यस्ता पनि चार्जर छन् जसलाई न कहिल्यै चार्जगर्न पर्छ न त बिजुली नै चाहिन्छ।
आफै बिजुली उत्पादन गर्न सक्ने क्षमता भएका यस्ता चार्जरलाई सेल्फ पावर्ड चार्जर भनिन्छ। जसमा हुनेडाइनामोले चार्जर भित्रै विद्युतशक्ति उत्पन्न गर्छ। आपतकालिन उर्जाका क्षेत्रमा काम गरिरहेको अमेरिकी कम्पनी एसओएसरेडीले यस्तो आपतकालिन मोबाइल चार्जर उत्पादन गरेको छ जसलाई चार्ज गर्न नै पर्दैन। यो आफैले बिजुली उत्पादन
हुबहु सारिएको 'नोटबुक'
मेहनती र इमानदार विद्यार्थीले सम्झिन र पढाइमा अब्बल हुन नोटबुक बनाउँछ। तर, टपरटुइयाँ विद्यार्थीले शिक्षकको गालीबाट जोगिन नोटबुक बनाउँछ। पहिलो खालको विद्यार्थीले बनाएको नोटबुकमा सिर्जना र मेहनत हुन्छ। दोस्रो प्रकारको विद्यार्थी अर्काले लेखेको खुइँखुइँ सार्छ। सार्दा उसले मौलिक नोटबुकमा जे छ, त्यही सार्छ। त्यो नोटबुक बनाउने विद्यार्थीले आफ्नो बाबुको नाम 'राम' लेखेको रहेछ भने नोटबुक सार्नेले पनि त्यही लेख्छ। आफ्नो पिताजीको नामसमेत हेक्का गर्ने सेन्स र सावधानी उसँग हुँदैन। भर्खरै रिलिज भएको नेपाली फिल्म 'नोटबुक' पनि दोस्रो खालको विद्यार्थीको नोटबुक बनेको छ। बस्, सार्न र झारा टार्नमा मग्न।
हलिउडले २०१० मा देखाएको फिल्म 'रिमेम्बर मी'बाट फिल्मका अधिकांश थिम र दृश्य सारिएका छन्। उक्त फिल्म नहेरेका दर्शकका लागि केही दृश्य मनोरञ्जक लाग्छन्। नक्कलमा एक चिम्टी पनि अक्कल नपुर्यादएका कारण केही दृश्य खपिनसक्नुका छन्। जस्तो, एउटा क्याफेमा कफी खाँदै अध्ययन गरिरहेकी केटीलाई अपरिचित युवकले 'तपाईं त साह्रै राम्री हुनुहुन्छ' भन्दा पश्चिमा समाजका लागि पाच्य हुनसक्छ। युवतीले भन्न सक्छिन्, 'थ्यांक यु।' तर, नेपालमा त्यही रूपमा कुनै युवक प्रस्तुत भयो भने उसले 'धन्यवाद' होइन, चप्पल पाउनसक्छ। यो दृश्य हुबहु सार्दा दर्शकलाई 'त्यो केटी किन चुप लागिरहेकी छे' भनेर उकुसमुकुस हुन्छ। यस्ता दृश्य अरू पनि छन्, जो नेपाली समाजको सन्दर्भमा असहज र अस्वाभाविक छन्। रक्सी खाएर केटाकै घरमा सुतेकी छोरीलाई उसको बुवाले एक झापड हान्दा घरै
नयाँ वर्षको दिनमै भ्याइनभ्याइ
कामको तनावबाट केही आराम गर्ने सोचमा रहेका कलाकारहरुले नयाँ वर्ष मस्त मनाए। देशविदेशका कन्सर्ट, पारिवारिक जमघट र नयाँ काम थालेर उनीहरुले नयाँ वर्ष स्वागत गरेका छन्। अभिनेता राजेश हमालले नयाँ वर्ष बेलायतमा रहेका नेपालीहरुसँग मनाएका छन्। हाल बेलायतमा रहेका राजेश शनिबार त्यहीँकै एक सांगीतिक कार्यक्रममा व्यस्त भए।
'नेपालबाहिर पनि नेपालीसँग नयाँ वर्ष मनाउन पाउँदा खुसी लागेको छ,' उनले अनलाइनमा भने।
अर्का अभिनेता धुव्र दत्त र अरु कलाकारहरुलाई समेत उनले भेटघाट गरेका छन्। अभिनेता जीवन लुइँटेल 'नोटबुक' नामक फिल्मको प्रचारमा व्यस्त छन्। 'नयाँ वर्ष मेरो लागि राम्रो हुन्छ भन्ने आशमा छु। नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवर्द्धन गर्नमा म लाग्नेछु,' उनले भने। पारिवारिक भेटघटमा व्यस्त रहेका उनले नयाँ वर्षको साँझमात्र साथीभाइसँग जमघट गर्न भ्याए।
'व्यस्तताका कारण साथीहरुलाई समय दिन नभ्याएको हुँ। 'रिदम'लगत्तै 'नोटबुक'को चटारोले समय निकाल्न पाइएन,' उनले भने। आउँदो साल छानेरमात्र फिल्म खेल्ने उनले
डाक्टरले भने : ब्रा बेकार छ, वक्षस्थल बिगार्छ
फ्रान्सका एक स्पोर्टस् डाक्टरले महिलाले लगाउने ब्रा बेकारको चिज रहेको र महिलाले ब्रा लगाउन नहुने बताएका
छन् । १६ वर्षसम्म महिलाहरुको अध्ययनबाट निस्केको निष्कर्ष भन्दै ६२ वर्षका ज्याँ डेनिस रुइलाले ब्रा ले स्तनलाई सुन्दर राख्ने नभै उल्टै ब्रा लाई सुडौल राख्ने तथा सुन्दर बनाउने मांशपेशीलाई कमजोर बनाउँछ । अर्थात् ब्रा लगाउँदा वक्षस्थल कुरुप तथा खुकुलो बन्दछ । एक रेडियो अन्तरवार्ताका क्रममा उनले भनेको यो कुराले अहिले निकै चर्चा पाएको छ । रुइलाको अध्ययनमा समावेश गरिएकी २८ वर्षकी कापुचिन नामकी महिलाले आफुले ब्रा लगाउन छाडेपछि स्वतन्त्रताको अनुभुति गरेको बताइन् । ब्रा नलगाउँदा स्वास फेर्न तथा जिउलाई सिधा राख्न तथा कम्मरको दुखाई क मगर्न पनि सघाउ मिलेको उनको भनाइ छ । रुइलाले कापुचिन सँगै १८ देखि ३० वर्षका ३३० जना महिलामा अध्ययन गरेका थिए ।
छन् । १६ वर्षसम्म महिलाहरुको अध्ययनबाट निस्केको निष्कर्ष भन्दै ६२ वर्षका ज्याँ डेनिस रुइलाले ब्रा ले स्तनलाई सुन्दर राख्ने नभै उल्टै ब्रा लाई सुडौल राख्ने तथा सुन्दर बनाउने मांशपेशीलाई कमजोर बनाउँछ । अर्थात् ब्रा लगाउँदा वक्षस्थल कुरुप तथा खुकुलो बन्दछ । एक रेडियो अन्तरवार्ताका क्रममा उनले भनेको यो कुराले अहिले निकै चर्चा पाएको छ । रुइलाको अध्ययनमा समावेश गरिएकी २८ वर्षकी कापुचिन नामकी महिलाले आफुले ब्रा लगाउन छाडेपछि स्वतन्त्रताको अनुभुति गरेको बताइन् । ब्रा नलगाउँदा स्वास फेर्न तथा जिउलाई सिधा राख्न तथा कम्मरको दुखाई क मगर्न पनि सघाउ मिलेको उनको भनाइ छ । रुइलाले कापुचिन सँगै १८ देखि ३० वर्षका ३३० जना महिलामा अध्ययन गरेका थिए ।