Showing posts with label चलचित्र समाचार. Show all posts
Showing posts with label चलचित्र समाचार. Show all posts

केकी कथा

मनोज दाहाल काठमाडौं, मंसिर २२
यो सहरमा उनी एउटी सामान्य युवती हुन्। एमबिए अन्तिम सेमेस्टर पढ्दै गरेकी सामान्य युवती। स्कुटीमा साधारण मास्कले धुलोधुँवा रोक्न खोज्दै सहरमा हुइँकिने युवती। स्मार्टफोनमा फेसबुक र ट्विटरबाट देशविदेशका सानाठूला गतिविधि नियालिरहन्छिन्। बेलाबेला स्टाटस अपडेट गरिरहन्छिन्। बजारमा के नयाँ किताब आयो भनेर इन्टरनेट ब्राउजमा हराइरहन्छिन्। सहरको एउटा कुना आरुबारीस्थित उनको घरबाट बुद्धनगरस्थित कलेजमा बिहान साढे छ बजेको क्लास भ्याउन उनलाई कम्तीमा पाँच बजे उठ्नुपर्छ। सलमान खान उनका प्रिय नायक हुन्। माधुरी दीक्षित प्रिय नायिका। अरु युवतीभन्दा अलिकति फरक के भने उनको कपाल रेशमी छ। अलिकति फरक के भने स्कुल पढ्दासम्म उनी कक्षामा जहिल्यै फस्ट हुन्थिन्। त्यसपछि एमबिएसम्मै पनि राम्रो नम्बर ल्याइरहेकी छिन्। अलिकति फरक के भने नाच्न मन पराउँछिन्। अभिनय गर्न मन पराउँछिन्। एक महिनापछि उनको छैटौं फिल्म रिलिज हुँदै छ। चार महिनापछि उनको एमबिए सकिँदैछ। अर्को केही महिनापछि उनका अरु दुई फिल्म आउँदै छन्। मिल्यो भने केही महिनापछि उनी आगामी पढाइबारे सोच्दै गरेकी हुनेछिन्। ... दस वर्षअघि एसएलसीमा ८६ प्रतिशत ल्याएकी केकी अधिकारीका लागि जीवनमा पढाइ सबैभन्दा महत्वपूर्ण छ। ‘म पढ्न रुचाउने एउटी सामान्य युवती हुँ,’ मंसिरको एउटा घमाइलो दिनमा कफी पिउँदै केकी गफिइन्, ‘मेरो बेन्चमेट र मेरो फरक केमात्र हो भने ऊ बैंकमा काम गर्छे, म फिल्ममा।’ ‘फिल्ममा

कर्कश हेरेर कस्ले के भने ?

अहिले सबैतिर चर्चा छ फिल्म 'कर्कश'को । अधिकांश दर्शकहरू मन प्रशन्न पारेर हलबाट निस्किँदै छन् । कर्कशले ४ दिनमा रू ५५ लाख ग्रस गरेको वितरक नरेन्द्र महर्जन दाबी गर्छन् । यही रफ्तारमा फिल्म चलिरहेमा आउँदो शुक्रबारसम्ममा कर्कशले आफ्नो लगानी उठाइसक्ने निर्माता असिम शाह बताउँछन् । कर्कश कस्तो छ त ? फिल्मीखबरले केही फिल्मकर्मी तथा सञ्चारकर्मीहरूले कर्कशका बारेमा लेखेका केही मन्तव्यहरू जम्मा गरेर यहाँ प्रस्तुत गरेको छ । 
विनय श्रेष्ठ (नायक) : कर्कश हेरेँ र मज्जैले रमाइलो गरेँ । आशिफ शाह तथा टिमलाई मेरो तर्फबाट हार्दिक बधाई । 
दिया मास्के (नायिका) : कर्कश चलचित्र एकदमै रमाइलो लाग्यो । पूरै सिनेमाभरि मज्जैले हाँसेँ । आशिफ शाहले भविष्यमा पनि यस्तै चलचित्र बनाउनुहुन्छ भन्ने आशा छ । 
निश्चल बस्नेत (निर्देशक) : कर्कश हेरियो । मलाई चैँ सही लाग्यो । दयाहाङ दाइले त दामी अभिनय गरेको रैछ । सेकेन्ड हाफ्मा हाँसेर गिदी हल्लियो । आशिफ दाइको काम मलाई मन पर्यो । वरिपरि कर्कश हेर्दा दर्शकहरूको प्रतिक्रियाले माहौल झन् राम्रो भयो । शैलेन्द्रध्वज कार्की (सिनेमाटोग्राफर) : कर्कश राम्रो चलचित्र हो । यो चलचित्रमा धक फुकाएर हाँस्ने ठाउँ धेरै छन् । नेपाली चलचित्रलाई समर्थन गर्नेले मात्र होइन, रमाइलो गर्नकै लागि पनि कर्कश हेर्नैपर्ने सिनेमा हो । 
प्रचण्डमान श्रेष्ठ (निर्देशक) : कर्कश चलचित्रका लागि आशिफ शाहलाई बधाई । मज्जाको हँसाउने चलचित्र बनाउनु भएको छ । 
प्रदीप निरौला (उपाध्यक्ष, चलचित्र पत्रकार सङ्घ) : आशिफ शाहले बनाउनुभएको यो चलचित्र साँच्चै नै नेपाली सिनेमाका लागि नयाँ र उत्कृष्ट प्रयोग ठहरिएको छ । कर्कशले हाल तल झरेको नेपाली चलचित्रको बजारलाई माथि उकासेको छ र साथै मनोरन्जनात्मक पनि छ । 
सुब्रत आचार्य (कान्तिपुर साप्ताहिक) : कर्कश हेर्नै पर्ने सिनेमा हो । मलाई त बबालै मज्जा आयो, सबैलाई हेर्ने

प्रसंग ‘साँघुरो’ : ‘बिहे गर्नु अघि खाट नकराउने बनाउनु पर्दैन’

शुक्रबारदेखि प्रदर्शनमा आएको चलचि ‘साँघुरो’को बिहिबार बेलुकी काठमाण्डौको कुमारी हलमा प्रिमियर गरिएको छ । चलचित्र हेरिसकेपछि अधिकांश चलचित्रकर्मी तथा पत्रकारले ‘साँघुरो’ उत्कृष्ट बनेको प्रतिक्रिया दिएका थिए ।जोयस पाण्डेको निर्देशनमा तयार भएको यो सिनेमामा दयाहाङ राई, सुशांक मैनाली, दिया मास्के लगायतका कलाकारको मुख्य भूमिका छ । सुकुम्बासी बस्तीमा बस्ने एक युवक, उसको आमा र बिहे गरिसकेपछि साँघुरिएको उसको अवस्थालाई सिनेमाले चित्रित गर्न खोजेको छ । चलचित्रका नव नायक सुशांक मैनाली र नायिका दिया मास्केको अभिनयलाई सबैले खुलेर तारिफ

चरीहरु त च्वाँक च्वाँक छन् कि क्या हो चलचित्रको प्रोमो सार्वजनिक? (भिडियो)


जेठ ३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘अन्तराल’ को प्रोमोले धेरैमा आशा जगाएको छ । चलचित्रमा गाउँबाट थुप्रै सपना बोकेर शहर आएका युवाहरुको कथालाई देखाउन खोजिएको छ ।महिला निर्देशक दीपा बस्नेतले निर्देशन गरेको यो सिनेमा जीवनसाथी फिल्मस्को व्यानरमा तयार भएको हो । प्रोमोले सिनेमामा केही नयाँ स्वाद छ भन्ने कुरा झल्काउन खोजेको छ । चलचित्रमा कमलमणी नेपाल, राजकुमार पुडासैनी, नम्रता सापकोटा, अशिष्मा नकर्मी, मानव सुवेदी, जेशिका बोगटी लगायतका कलाकारको अभिनय छ । बीबी बस्नेत र डाक्टर लक्ष्मीकान्त पाण्डेको निर्माणमा तयार भएको यो सिनेमामा शशी विक्रम थापाको संगीत, शिवराम श्रेष्ठको छायांकन, अभिमन्यू निरबीको लेखन छ । ‘जीन्दगीमा सुन्दर रंग मात्र छैन, धेरै दुख पनि छ’ भन्ने

हुबहु सारिएको 'नोटबुक'

मेहनती र इमानदार विद्यार्थीले सम्झिन र पढाइमा अब्बल हुन नोटबुक बनाउँछ। तर, टपरटुइयाँ विद्यार्थीले शिक्षकको गालीबाट जोगिन नोटबुक बनाउँछ। पहिलो खालको विद्यार्थीले बनाएको नोटबुकमा सिर्जना र मेहनत हुन्छ। दोस्रो प्रकारको विद्यार्थी अर्काले लेखेको खुइँखुइँ सार्छ। सार्दा उसले मौलिक नोटबुकमा जे छ, त्यही सार्छ। त्यो नोटबुक बनाउने विद्यार्थीले आफ्नो बाबुको नाम 'राम' लेखेको रहेछ भने नोटबुक सार्नेले पनि त्यही लेख्छ। आफ्नो पिताजीको नामसमेत हेक्का गर्ने सेन्स र सावधानी उसँग हुँदैन। भर्खरै रिलिज भएको नेपाली फिल्म 'नोटबुक' पनि दोस्रो खालको विद्यार्थीको नोटबुक बनेको छ। बस्, सार्न र झारा टार्नमा मग्न। हलिउडले २०१० मा देखाएको फिल्म 'रिमेम्बर मी'बाट फिल्मका अधिकांश थिम र दृश्य सारिएका छन्। उक्त फिल्म नहेरेका दर्शकका लागि केही दृश्य मनोरञ्जक लाग्छन्। नक्कलमा एक चिम्टी पनि अक्कल नपुर्यादएका कारण केही दृश्य खपिनसक्नुका छन्। जस्तो, एउटा क्याफेमा कफी खाँदै अध्ययन गरिरहेकी केटीलाई अपरिचित युवकले 'तपाईं त साह्रै राम्री हुनुहुन्छ' भन्दा पश्चिमा समाजका लागि पाच्य हुनसक्छ। युवतीले भन्न सक्छिन्, 'थ्यांक यु।' तर, नेपालमा त्यही रूपमा कुनै युवक प्रस्तुत भयो भने उसले 'धन्यवाद' होइन, चप्पल पाउनसक्छ। यो दृश्य हुबहु सार्दा दर्शकलाई 'त्यो केटी किन चुप लागिरहेकी छे' भनेर उकुसमुकुस हुन्छ। यस्ता दृश्य अरू पनि छन्, जो नेपाली समाजको सन्दर्भमा असहज र अस्वाभाविक छन्। रक्सी खाएर केटाकै घरमा सुतेकी छोरीलाई उसको बुवाले एक झापड हान्दा घरै

नयाँ वर्षको दिनमै भ्याइनभ्याइ

कामको तनावबाट केही आराम गर्ने सोचमा रहेका कलाकारहरुले नयाँ वर्ष मस्त मनाए। देशविदेशका कन्सर्ट, पारिवारिक जमघट र नयाँ काम थालेर उनीहरुले नयाँ वर्ष स्वागत गरेका छन्। अभिनेता राजेश हमालले नयाँ वर्ष बेलायतमा रहेका नेपालीहरुसँग मनाएका छन्। हाल बेलायतमा रहेका राजेश शनिबार त्यहीँकै एक सांगीतिक कार्यक्रममा व्यस्त भए। 'नेपालबाहिर पनि नेपालीसँग नयाँ वर्ष मनाउन पाउँदा खुसी लागेको छ,' उनले अनलाइनमा भने। अर्का अभिनेता धुव्र दत्त र अरु कलाकारहरुलाई समेत उनले भेटघाट गरेका छन्। अभिनेता जीवन लुइँटेल 'नोटबुक' नामक फिल्मको प्रचारमा व्यस्त छन्। 'नयाँ वर्ष मेरो लागि राम्रो हुन्छ भन्ने आशमा छु। नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवर्द्धन गर्नमा म लाग्नेछु,' उनले भने। पारिवारिक भेटघटमा व्यस्त रहेका उनले नयाँ वर्षको साँझमात्र साथीभाइसँग जमघट गर्न भ्याए। 'व्यस्तताका कारण साथीहरुलाई समय दिन नभ्याएको हुँ। 'रिदम'लगत्तै 'नोटबुक'को चटारोले समय निकाल्न पाइएन,' उनले भने। आउँदो साल छानेरमात्र फिल्म खेल्ने उनले

‘नोटबुक’ कस्तो लेखिएला ? (भिडियो)

चैत्र ३० गतेबाट देशभरका हलमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘नोटबुक’ अहिले प्रतिक्षा र चर्चामा छ । जीवन लुइटेल, निता ढुंगाना, शेन सापकोटा लगायतका कलाकारको अभिनय रहेको यो सिनेमालाई योगेश घिमिरेले निर्देशन गरेका हुन् ।चलचित्रमा समावेश ‘गाला रात्तै’ बोलको गीत अहिले सर्वाधिक चर्चामा छ । चलचित्रमा बसन्त सापकोटाले संगीत भरेका छन् । प्रज्ञा फिल्मस्को व्यानरमा तयार भएको यो सिनेमाले ५० बर्षपछिको नेपाललाई देखाउन खोजेको छ । ५० बर्षपछिको नेपालको बारेमा चित्रित गर्नुपरेकाले पनि सिनेमाको बजेट केही महंगो भएको निर्माणपक्षको भनाई छ । नयाँ बर्षको अवसर पारेर प्रदर्शनमा आउन लागेको यो सिनेमाले बजार तताउने विश्वास गरिएको छ ।

रेखाबारे आर्यन भन्छन् ‘जसले जति जानेको छ त्यति नै बोल्छ’

पछिल्लो समय नायिका रेखा थापाले नायक आर्यन सिग्देलप्रति बढी नै आक्रोश पोखिरहेका बेला एकाएक उनीसित फिल्म खेल्न सक्ने बताए पनि अहिलेसम्म रेखा र आर्यनको सम्बन्ध सुध्रिसकेको छैन । यसअघि रेखाले आर्यनद्वारा खेलिएका सबै सिनेमा असफल भएको भन्दै सिग्देललाई फ्लब हिरोको संज्ञा दिइएकी थिइन् । आर्यनले आफूसँग खेलेका सिनेमामात्र हिट भएको भन्दै उनले सिग्देलको उछितो काडिरहेकी थिइन् । आर्यनजस्तो फ्लब हिरोसँग सिनेमा नखेल्ने भन्दै रेखाले आफ्ना लागि अन्य नायकहरु नै सिफारिश गरेका खबरले सञ्चारमाध्यममा राम्रै स्थान पाइरहेका छन् । पछिल्लो समय उनले ‘मिसकल’मा आर्यनसँग समान पारिश्रमिक पाए सँगै खेल्न सक्ने बताएकी छन् । रेखाले आफ्नो बारेमा जथाभावी बोल्दै हिँडेपनि चुप लागेका आर्यनले अनलाइनखबरसँग रेखाबारे मुख खोलेका छन् । आर्यन भन्छन्, मलाई कसले मेरा बारे के बोल्छ भन्ने मतलब छैन । मानिसले आफ्नो बौद्धिकताले जति जानेको छ त्यति नै बोल्ने हो, आर्यनको तर्क छ । म काम गर्ने मानिस हुँ , मलाई कसैको बारेमा बोल्दै हिँड्नु छैन, आर्यनले रेखाको भनाइप्रति इङ्गित गर्दै भने । उनले

पहिलो फिल्ममै मस्ति गरे मौसमीका छोराले

नायिका मौसमी मल्लका छोरा विक्की मल्ल चलचित्र ‘समय’ मार्फत सिनेमा नगरीमा डेब्यु गर्दैछन् । मंसिर ८ गते प्रदर्शनमा आउने भनिएको यो चलचित्र केही समय पछि सरेको थियो । तर चलचित्रका निर्माता सन्देशमान श्रेष्ठले ‘समय’ माघ ५ गतेबाट प्रदर्शनमा आउने जानकारी दिएका छन् । दयाराम दाहालले निर्देशन गरेको यो चलचित्रमा विक्कीको जोडीको रुपमा नव नायिका सुरवी जैन देखिदैछिन् । चलचित्रमा नायक विक्की र नायिका जैनले खुलेरै रोमान्सका दृश्य दिएका छन् ।
चलचित्रमा यि दुइको बेड र चुम्बनका सिन प्रशस्त समावेश गरिएको छ । चलचित्रमा यि दुइका अलवा राजेश

भारतीय टेलिसिरियलमा बिक्दै उषा पौडेल (भिडियो)

नेपाली सिनेमामा खासै जम्न नसकेपछि भारतीय कलाकार राहुल रोयका पछि लागेर मुम्बई पुगेकी नायिका उषा पौडेल भारतीय सिरियलमा जमिरहेकी छिन् । नेपाली सिनेमाका थुप्रै कलाकार भारत पुगेपनि रित्तो हात फर्किरहेका छन् । तर, नायिका पौडेलको भने भारतीय सिरियलमा माग बढ्दै गएको छ । केही समयअघि उनी भारतीय चर्चित टेलिभिजन सोनीबाट प्रशारण हुँदै आएको अदालतमा देखिएकी थिइन् । अदालतको २ भागमा देखिएपछि उनको टेलिसिरियलको यात्राअघि बढेको हो । अहिले नायिका पौडेल ‘साहारा वन’ बाट प्रशारण हुदै आएको ‘तुज संग पि्रत लगाइ सजना’मा देखिएकी छिन् । उनको भुमिका यो सिरियलमा निक्कै दमदार देखिएको छ । भारतीय सिरियलका चर्चित कलाकारसँगै उषाले अभिनय गरेको देख्न सकिन्छ । बलिउड नगरीमा प्रवेश गर्नका लागि संघर्षरत् उषा

शिशिरको डुप्लिकेटमा नेपाली र हिन्दी फिल्मको फ्युजन

बिगत केहि बर्ष देखि सञ्चारमाध्यममा कार्यरत आरजे तथा भिजे शिशिर भण्डारीमा अचम्मको कला छ । उनी जति मिठो बोल्न सक्छन् त्यति नै राम्रो अभिनय गर्न पनि सक्छन् । कसैको क्यारिकेचर गर्न उनलाई खासै हम्मे पर्दैन । हाल गोपीकृष्ण टिभी फिल्मी र रेडियो फिल्मी एफएममा कार्यरत शिशिरले टिभी फिल्मीमा डुप्लिकेट नामक रोचक कार्यक्रम सञ्चालन गर्ने गरेका छन् । जहाँ उनले नेपाली फिल्मका गीतसंगीतमा हिन्दी फिल्मको दृश्यलाई रोचक तरिकाले सम्पादन गरि प्रसारण गर्ने गर्दछन् । नेपाली फिल्म 'सो सिम्पल' मा समेत अभिनय गरिसकेका शिशिरले तयार पारेका केहि रोचक भिडियोहरू -

पर्दामा राम्रा देखिने सुन्दरीहरुको गोप्य कुरा ??

पर्दामा चिटिक्क देखिने कलाकारहरुको गेटअप देखेर सर्वसाधारणले समेत नक्कल गर्छन् । कपाल त्यही शैलीमा मिलाउँछन्, हिंडाइको चाल पनि आफ्नो मनपर्ने कलाकारकै जस्तो बनाउँछन् । अझ फलानो नायकनायिकाजस्तो देखिएँ ? भन्दै दंग पनि पर्छन् । फ्यानलाई यसरी प्रभावमा पार्न उनीहरुले कतिसम्म गर्नुपर्छ तपाइँले कहिल्यै सोच्नुभएको छ ? चाँडै विवाह बन्धनमा बाँधिने बताइरहेकी नायिका सुमिना घिमिरेले विगत तीन वर्षदेखि दई छाकै भात खाएकी छैनन् रे । आफ्नो सुन्दरता जोगाउनै उनले यस्तो गरेकी हुन् । 'देख्दैमा छ्या यस्ती पनि नायिका ? भनेर कसैले प्याच्च भन्यो भने त बोर नै हुन्छ नि,' उनले भनिन्, 'फेरि मोटी भयो भने त फिल्ममा कसले खेलाउँछ र ।' मोटाउने पीरले नै उनले आलु समेत मुखमा हालेकी छैनन् रे । फलफूल, जुस, रोटी, उसिनेको तरकारी उनको नियमित खान्की हो । मासु त उनी उच्चारण गर्दा समेत मोटाइन्छ भनेर परे भाग्छिन् । अर्की अभिनेत्री नीता ढुंगाना शरिरको फिगर मेन्टेन गर्न नियमित जिम धाउँछिन् । तर उनी जीउ घटाउन होइन बढाउन जिम गईरहेकी छिन्, सात महिनादेखि । नीताले सुन्दर रहन गरेको प्रयास भने आफैंमा विवादस्पद जस्तो लाग्छ । एकातिर उनी मोटाउन जिम जान्छिन् भने अर्कोतिर एक छाक मात्रै भात खान्छिन् । बेलुका सुख्खा खान्की मन पराउने उनले बताइन् । पेट नबढोस् भनेर एक छाक मात्रै खाएको उनको तर्क छ । हिप बढाउन भने नीता नियमति विहान उठबस गर्छिन् । चार दशक उमेर पार गरेर समेत अभिनेत्री करिष्मा मानन्धरको रुप देखेर जोकोही भुतुक्क हुन्छन् । विहान नियमित दुई घण्टा योगा गर्ने उनको शैलीलाई पछ्याएकी छिन्, नायिका गरिमा पन्तले । करिष्माको रुपमा योगाले नै निख्खरता थपेको हुनसक्ने ठहर छ, गरिमाको । 'उहाँको सुन्दरताबाट म प्रभावित छु । तर त्यस्तै देखिन मैले योगा गरेको भने होइन । प|mेस हुन्छ त्यसैले गरेकी हुँ ।' नायिका रेखा थपा आफू मोटाएको थाहा पाउनसाथै विहानविहान दौडिन थालेकी छिन् । पत्तै नपाई मोटाएको बताउने उनले एउटा फिल्ममा फुटबल खेलाडी बन्नुपर्ने हुँदा कुद्ने अभ्यास

स्कर्टमा ‘लो एङ्गल’ लगाउनेदेखि घीन लाग्छ : ऋचा घिमिरे

छोरालाई जन्म दिएपछि नेपाली सिनेमा क्षेत्रबाट टाढाजस्तै देखिएकी नायिका ऋचा घिमिरे पुनः यही क्षेत्रमा सक्रिय हुने सोचमा छिन् । तर, उनको आगमन उनकै होम प्रोडक्शनबाट निर्मित चलचित्र ‘तुलसी’ को व्यापारिक नतिजामा भर पर्नेछ । ऋचा तुलसीले उत्साहजनक व्यापार गरेमात्रै अभिनयमा नै फर्किन सोचमा छिन् । ‘तर पर्दापछाडि बसेर पनि काम गर्न सक्छु ।’-ऋचाले अनलाईनखबरसग भनिन् । विद्या बालनले ‘द डर्टी पिक्चर्स’मा निर्वाह गरेको भूमिकामा आफुलाई पनि ढाल्ने सोच छ ऋचाको । तर, उनी भन्छिन्, नेपालमा ग्ल्यामर पस्कने नाममा फोहोरी खेल हुन्छ । यहाँ स्कर्ट लगाउनेवित्तिकै ‘लो एङ्गल’ लगाएर खिच्ने दुषित मानसिकता छ, यसैले पनि निर्देशक हेरेरमात्रै निर्णय गर्छु, ऋचा भन्छिन् । आफ्नो लगानी र तपस्या नै सिनेमा क्षेत्रमा भएकाले निरन्तर रजतपटमा लागिरहने योजना उनको छ । आफुलाई निक्कै च्यालेन्जिङ भूमिका गर्न मन लागेको बताउदै ऋचाले भनिन्, तर, मैले मात्र सोचेर हुदैन, अफर पनि त्यही अनुसारको आउनुपर्‍यो नि हैन र ?
साभार अनलाईनखबर

सरकारद्वारा एटीएम प्रदर्शनमा रोक

सेन्सर बोर्डले काटेका दृष्य नहटाई चलचित्र ‘एटीएम’ प्रदर्शनमा आएपछि सरकाले रोक लगाएको छ । एटीएमको प्रदर्शनमा रोक लगाउन संचारमन्त्रालयले गृहमन्त्रालयलाई आदेश दिएको हो । शो आदेशसँगै काठमाण्डौका आधा दर्जन हलमा सिनेमा प्रदर्शन रोकिएको छ । सेन्सर बोर्डले चलचित्रमा समावेश थुप्रै अश्लिल संवाद र दृश्य हटाउन भन्दै एडल्ट सर्टिफिकेट दिएको थियो । तर निर्माणपक्षले सेन्सर बोर्डको आदेशलाई समेत ठाडो अवज्ञा गर्दै सिनेमालाई प्रदर्शनमा ल्याएको छ । सेन्सर बोर्डले रोक लगाएका दृश्य समेत नहटाई प्रदर्शनमा आएको सिनेमालाई संचारमन्त्रालयले प्रदर्शनमा रोक लगाएको छ । संचारमन्त्रालयले गृहमन्त्रालयलाई एटीएम रोक्न आदेश दिएको हो । देशभरका हलमा १२ बजेको शो संचालनमा आएतापनि ३ बजेको शो प्रभावित भएको खबर छ । काठमाण्डौका अधिकांश हलमा सिनेमाको ३ बजेको शो रोकिएको छ । काठमाण्डौ बाहिरका हलमा समेत सिनेमा प्रदर्शन रोकिएको छ । श्रोतका अनुसार सिनेमाका निर्माता तथा निर्देशकलाई अहिले प्रशासन खोजिरहेको छ । राज्यको कानुललाई समेत उल्लंघन गरि सिनेमा प्रदर्शनमा ल्याएपछि निर्माण युनिटलाई प्रशासनले व्यापक खोजी गरिरहेको हो । दिनेश

‘आइ लभ यू’ सँग मिलेकै हो त ‘ग्याङन्याम स्टाइल’

विश्वमै चर्चित बनिरहेको साउथ कोरियन गीत ग्याङन्याम स्टाइलमा नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरले पनि नृत्य गरेका छन् । ग्याङन्याम स्टाइलमा हमाल र मानन्धर दिल खोलेर नाचेका छन् । तर नेपालका चर्चित यि दुई जोडीले ग्याङन्याम स्टाइल गीतमा नृत्य गरेका भने होइनन् । यि दुईले अभिनय गरेको चलचित्र ‘साथी’ मा समावेश ‘मलाई पनि अंग्रेजीमा बोल्न सिकाइदेउन’ बोलको गीतको भिडियोलाई चर्चित कोरियन गीत ग्याङन्याम स्टाइलमा ढालिएको छ । सामाजिक संजाल युट्युबमा राखिएको उक्त भिडियोले अहिले खुबै चर्चा पाइरहेको छ । भिडियो हेर्दा कोरियन गीतमा नेपाली दुई सुपरस्टारले नृत्य गरेजस्तै लाग्छ । नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरलाई चर्चित जोडीको रुपमा परिचय दिएको ‘साथी’

सस्ता चलचित्रहरुमा खेल्ने सोच मैले पालेकी छैन । भावना रेग्मी/नवनायिका

भावना रेग्मी/नवनायिका 
करिब दुई दशक देखि नेपाली चलचित्रमा व्यस्त रहेका निर्देशक शिव रेग्मीको पछिल्लो चलचित्र सो सिम्पल यहि कार्तिक ३ गते बाट रिलिज हुदैछ । निर्देशक रेग्मीको छोरी भावना रेग्मी पनि यही चलचित्रबाट डेब्यू गर्दैछिन् । प्रचार प्रसारको क्रममा हेटौंडा आइपुगेका बेलामा यसै चलचित्रबाट डेब्यु गरेकी यिनै नवनायिका भावना रेग्मीसाग फिल्मीखबर साप्ताहिकका लागि हेटौंडाबाट श्रीराम अर्जुनले गरेको कुराकानीका केही अंश हामीले यहा समेटेका छौं :
आज भोली केमा व्यस्त हुनुहुन्छ ? 
आजभोलीको व्यस्त भन्नुपर्दा यहि कार्तिक ३ गतेबाट हाम्रो चलचित्र सो सिम्पल उपत्यका बाहिरका विभिन्न हलहरुबाट सार्वजानिक हुदैछ भने कार्तिक १० गतेबाट उपत्यकाभित्र चल्दैछ । त्यसैले यही चलचित्रको प्रचार प्रसारमा नै लागिराखेको छु । मेरो पहिलो चलचित्र भएकोले उपत्यका बाहिरका विभिन्न शहरहरुमा गइराखेको छु र दर्शकहरुसाग घुलमिल गरिरहेको छु । कस्तो खालको चलचित्र हो सो सिम्पल ?
चलचित्र सो सिम्पल कस्तो खालको छ भन्नुपर्दा जसको नाम नै सो सिम्पल छ । त्यसकारण पनि चलचित्रको कथावस्तु, पात्र, यसका गीतसंगीतको साथै पूरै चलचित्र सिम्पल छन् । पारिवारिक र युवापुस्ताको प्रेम सम्बन्धसाग सम्बन्धित छ यो चलचित्र ।
चलचित्रमा तपाईको भूमिका कस्तो छ ?
चलचित्र जसरी सिम्पल बनेको छ, मेरो भूमिका पनि त्यस्तै सिम्पल नै छ । मैले एउटा सिम्पल कलेज गर्लको भूमिका निभाएको छु । जुन भूमिकाले आम नेपाली कलेज गर्लको प्रतिनिधित्व गरेको छ । कलेज पढ्न जादा र आउदाका घटना र कसरी माया प्रेममा फसिन्छ भन्ने मेरो सिम्पल भूमिकाले देखाउछ ।
आफ्नै बुबाले निर्देशन गरेको चलचित्रबाट यो क्षेत्रमा आउनुभयो नि, किन ?
त्यस्तो होइन, अन्य चलचित्रबाट अफर आएको थियो तर चलचित्रमा खेल्छु भन्ने बित्तिकै खेल्ने होइन, चलचित्रलाई बुझ्नुपर्‍या,यसको

समलिङ्गीसँग चुम्बन गर्दा नायक बेहोस

केटा केटा बिचको प्रेम सम्वन्ध र सेक्सका दृश्य समावेश गरिएको चलचित्र ‘लभ यु म्यान’ मंसिरको २२ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रमा राज आर्यन र सुरेश चौधरीले लिप्स किस देखि बेड सिनका दृश्य समेत दिएका छन् । नायक नायिका बिचका यस्ता दृश्य सामान्य लागेपनि केटा केटा बिच भने असामान्य नै लाग्छ । तर ‘लभ यु म्यान’मा भने राज र सुरेशले यस्ता कैयौ दृश्य दिएका छन् । तर चलचित्रका नायक राज आर्यनले सुरेशसँग चुम्बन र बेड सिन दिन आफुलाई अप्ठ्यारो भएको रहस्य खोलेका छन् । सुरेशसँग लिप्स किस दिदा आफुले वान्ता गरेको अनुभव उनले अनलाइनखबरसँग साटेका छन् । सिनेमाको छायांकन सकिएको केही दिनसम्म पनि आफुमा समलिङ्गीले जस्तो क्रियाकलाप नगएको उनको भनाई छ । केटासँग अन्डरवेयर मात्र लगाएर वेड सिन दिदा धेरै नै अप्ठ्यारो भएको राजको अनुभव छ । ‘सबैको अघि केटासँग भित्रि कपडा लगाएर चुम्बनमा लुटपुटिदा धेरै नै गाह्रो हुदो रहेछ’ राजले अनौठो अनुभव सुनाए । वीपी फुयाँलको निर्देशनमा तयार भएको चलचित्र ‘लभ यू म्यान’मा राज आर्यन र सुरेश चौधरीको रोमान्स हेर्न सकिन्छ । चलचित्र ‘सुनगाभा’मा नायिका नीशा अधिकारी र दिया मास्केले पनि समलिङ्गीको

सेक्समा सन्तुष्ट नभएपछि बर्बाद भो जीयाको जिन्दगी

नायिका जीया के.सीको जिन्दगी सेक्सका कारण सखाप भएको छ । आफ्नो श्रीमानसँग सेक्समा सन्तुष्ट नपाएपछि बाहिरी पुरुषसँग सम्वन्ध राखेकी जीयाको जिन्दगी बर्बाद भएको हो । तर उनको जिन्दगी बास्तविक जीवनमा नभई एक चलचित्रको पर्दामा बर्बाद भएको हो । पछिल्लो समय उत्तेजक दृश्य र सेक्सका बिषयमा आधारित रहेर तयार पारिएका चलचित्रमा जमिरहेकी जीयाले फेरी अर्को यस्तै बिषयबस्तुमा केन्दि्रत सिनेमामा अभिनय गरिरहेकी छिन् ।जीके शर्माको निर्माणमा हाल धमाधम छायांकन भइरहेको चलचत्रि ‘बर्बाद’मा जीयाले थुप्रै उत्तेजक दृश्य दिनेछिन् । ‘बर्बाद’को पोखरामा नै शुभमुहुर्त गरी छायांकन प्रारम्भ गरिएको छ । रिम बिश्वकर्माको निर्देशनमा छायांकन भइरहेको यो चलचित्रमा जीके शर्मा र नव नायक गणेश गिरीको मुख्य भुमिको छ । पैसाको पछि दौडने व्यापारीको श्रीमती को रुपमा काम गरिरहेकी जियाले आफ्नो भूमिकाको अनलाइनखबरसँग कुरा गर्दै भनिन्, ‘श्रीमान पैसाको पछि दौडिएर समय दिन नसकेपछि सेक्सले भोकाएकी एक महिलाले परपुरुषसँग राख्ने सम्वन्ध नै चलचित्रको मुख्य कथा हो ।’ चलचित्रमा आफु व्यापारीको श्रीमतीको भुमिकामा देखिन लागेको उनको भनाई छ । चलचित्रको

आखिर विक्ला कसको जवानी ?

मंसिर ८ गते हुन लागेका दुई चर्चित सिनेमाको भिडन्तले अहिले सिनेमा बजारलाई गर्माएको छ । मंसिर ८ मा काठमाण्डौको पालैपालो प्रणाली अनुसार चलचित्र ‘चन्द्रावती’ प्रदर्शनमा आउने तयारीमा छ ।
यस्तै यही मितिमा चलचित्र ‘एटीएम’ पनि प्रदर्शनमा आउने पक्का भैसकेको छ । चलचित्र ‘एटीएम’ निर्माणको समयदेखि नै चर्चामा आएको छ । चलचित्रमा समावेश उत्तेजक दृश्य र संवादले यो चलचित्रलाई चर्चामा ल्याएको हो । यादव सिलवालको निर्देशनमा तयार भएको यो चलचित्रमा जिया के.सी, सोनीया शर्मा, सविना कार्की, दिनेश थापा लगायतका कलाकारको अभिनय छ । यस्तै ऐतिहासिक कथावस्तुमा तयार भएको भनिएको चलचित्र ‘चन्द्रावती’लाई राजु गिरीले निर्देशन गरेका हुन् । चलचित्रमा राजेश हमाल, युना उप्रेती, शशी खड्का, आयुष रिजाल, कुशल थापा लगायतका कलाकारको अभिनय छ । चलचित्र ‘एटीएम’ र ‘चन्द्रावती’ बिचको कथावस्तुमा धेरै भिन्नता रहेतापनि दुबै सिनेमाको निर्माणपक्षले सेक्सलाई नै महत्व दिएको छ । चलचित्र ‘एटीएम’को बिषयवस्तु नै सेक्स र रोमान्सको सेरोफेरोमा घुमेको छ । ऐतिहासिक तथा सस्पेन्स कथावस्तुमा तयार भएको चलचित्र ‘चन्द्रावती’मा शशी खड्का र आयुष रिजालबिचको रोमान्सको दृश्यलाई पनि समेटिएको छ । निर्माणपक्षले रोमान्सको दृश्यलाई प्रचारको राम्रो सामाग्री बनाएको छ । एडल्ट सर्टिफिकेट प्राप्त गरेका यि दुई सिनेमाको भिडन्तले अहिले चलचित्र बजारमा तरङ्ग नै

सेक्स भिडियोपछि हिरोइनको हारगुहार

‘तिमीबिनाको जीवन, सासबिनाको धडकन, म कसरी सहुँ’…..बोलको गीतमा हिरो रोज राणा र हिरोइन सौजन्य सुब्बाले बिछोडको आँसुसँगै राम्रै प्रेमालाप गरे । तर यो फिल्मी दृष्य एउटा दुःखद् इतिहासमा सिमित भएको छ । पतिसँग सम्बन्ध बिच्छेद गरेर लामो समय रोज राणासँगको प्रेममा रमाएकी नायिका सौजन्य सुब्बाले यतिखेर तिनै रोजबिरुद्ध प्रहरीमा सार्वजनिक मुद्दा दायर गरेकी छिन् । अघिल्लो साता फिल्मी बजारमा हिरोइन सुब्बाको सेक्स भिडियो सार्वजनिक भएको चर्चा चल्यो । कतिपय फिल्मी पत्रकारलाई फोन गरेर रोजले नै सौजन्यको सेक्स भिडियो बाँडेको बताइएको थियो । त्यसको पुष्टी हुनेगरि अहिले सुब्बाले ललितपुर प्रहरीमा सार्वजनिक अपराधको मुद्दा दायर गरेपछि यो मामिला सार्वजनिक भएको छ । सौजन्यको पक्षमा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा एवं फिल्मी हिरो भूपेन्द्र चन्दले दबाब दिइरहेको सोमबार प्रकाशित साँघु साप्ताहिकले छापेको छ । राणा र सुब्बावीच लामो समय प्रेम सम्बन्ध रहेको र हाल चन्दसँग प्रेमसम्बन्ध रहेको फिल्मी क्षेत्रमा चर्चा छ । टेलि फिल्मबाट नाम कमाएकी सुब्बाले काम पाउन छाडेपछि रोजले केही फिल्ममा लिड रोल दिएका थिए । तर अहिले रोजले आफुलाई डेरामै आएर मार्ने धम्की दिएको भन्दै सुब्बाले प्रहरी गुहारेकी छिन् । सौजन्यले बिहेका लागि रोजलाई दबाब दिएपनि नमानेपछि केही समयदेखि उनीहरुवीचको सम्बन्ध तिक्ततापूर्ण रहेको ललितपुर प्रहरी परिसरका एक अधिकृतले बताए । प्रहरीका अनुसार सौजन्यले दुई बर्षदेखि नै बिबाहका लागि दबाब दिँदै आएकी थिइन् । तर रोजले भने पाँच