महानायकले किनीछाडे सुभेच्छाको बैश
11:45 AM
No comments
अनुप भट्टराई, काठमाण्डौ, २०६७ माघ २२, शनिवारकञ्जुस एवं मधेसी पात्र भएर चलचित्र 'हात लाग्यो शून्य'मा अभिनय गरिरहेका महानायक राजेश हमालले नायिका सुभेच्छा थापाको बैशलाई किनी छाडेका छन् ।गएको आईतबार देखि छायाकंन सुरू उक्त चलचित्रको एक गीतको छायाकंनको शिलशिलामा शनिबार हमालले ग्ल्यामर भएर अभिनय गरिरहेकी सुभेच्छाको बैशलाई पैसाले पुजा गर्दै किनेका हुन । पहिलो पटक नेपाली चलचित्रमा प्रयोग गरिएको अरबी नृत्य अर्थात बेली डान्समा नृत्य गरिहेका हमाल नाच्ने बेलामा शुभेच्छाको बैश देखेरे लठ्ठीएका थिए । उता शुभेच्छा पनि नेपालका सुपरस्टार नायकलाई आफ्नो बैश देखाउन पाउदा होसमा थिईनन् । बिजय विक्रम बस्नेत निर्देशित कमेडी सो चलचित्रमा हमाल निकै फरक गेटअपमा छन् । बैश किन्दा कस्तो भयो नि भन्ने फिल्मीखबरको प्रश्नमा उनले भने 'फरक अनुभव तर निकै रमाईलो'।दुई दशकबढी अभिनयको यात्रामा हमालले यो सहित करिब ४ वटा चलचित्रका गीतमा आईटम नृत्य गरेका छन् । सो चलचित्रको गीतलाई नृत्य निर्देशन गर्ने काम निर्देशक बस्नेतले गरेका थिए । बेली डान्समा हमाल, थापा तथा गोपाल ढाकाल छन्देले कमेडी प्रक्रियामा अभिनय गरेका छन् ।पाश्चात्य मुलुकमा निकै लोकप्रिय बनेको बेली डान्सको अर्थ पेट र हिप हल्लाएर नृत्य गर्नु भन्ने बुझिन्छ । गएको विश्वकप फुटबल प्रतियोगीतामा गायिका साकिराले 'वाका वाका' बोलको गीतमा यस्तो नृत्य प्रस्तुत गरेकी थिईन्, जुन गीत र नृत्य निकै चर्चित समेत बनेको थियो । जसरी 'वाका वाका' बोलको गीत र साकिराको डान्स हिट भयो त्यसैगरी नाच्नमा केही कमजोर मानिएका हमाल र आईटम डान्समा अगाडी रहेकी शुभेच्छालाई नचाएर निर्देशक बस्नेतले नौलो चर्चा कमाउने प्रयास गरेका छन् । जुन प्रयासलाई रिलिज पश्चात दर्शकले समेत मनपराउन सक्ने मूल्याकंन फिल्मखबरले छायाकंनको क्रममा गरेको छ ।
0 comments:
Post a Comment