ब्रसेल्समा ‘दिलमा सजाएँ तिमीलाई’

नेपाली चलचित्र ‘दिलमा सजाएँ तिमीलाई’ युरोपेली मुलुक बेल्जियमको नेपाली डायस्पोरामा प्रदर्शन गरिने भएको छ । युरो नेपाल कलाकार संघको पहलमा चार डिसेम्बरमा त्यहाँको एन्त्रोपेन फिल्म हाउसमा सिनेमा प्रदर्शन गर्न लागिएको छ । १८ डिसेम्बरमा लुवेनको ओन्स हाउसमा पनि चलचित्र स्क्रिनिङ हुँदैछ । प्रदर्शनले नेपाली सिनेमाको अन्तराष्ट्रियकरणमा सघाउने विश्वास आयोजकले लिएका छन् ।

एउटा अविष्मरणीय यात्रामा दिपक र दीपा

निकै हर्षित हुँदै बुधबारको चिसो साँझमा सञ्चारकर्मी माझ कमेडी किङ दिपकराज गिरी भन्दै थिए, 'ब्यावसायिकतलाई हेरेर विदेश त धेरै पटक गईयो तर पुरै देशको प्रतिनिधित्व गर्दै यसपालिको जेनेभा भ्रमण जिवनकालकै अवस्मिरणीय हुने छ ।तितो सत्यमा उनको श्रीमती भएर अभिनय गर्ने दीपश्री निरौलाको साथमा आउदो आईतबार देखि बिहीबार सम्म स्वीटजरल्याण्डको जेनेभामा आयोजना हुने विश्व स्वास्थ्य संगठनको विशेष कार्यक्रममा उनीहरुले अर्न्तराष्ट्रिय सिने संगीत सेलिब्रेटी, विभिन्न क्षेत्रका उच्चपदाधिकारी र जर्नलिष्ट हरुको माझमा नेपालको प्रतिनिधित्व गर्दै दश मिनेट प्रेजेन्टेशन दिने कार्यक्रम छ । जहाँ उनीहरुले तीन बर्ष अगाडी नेपाल सरकार अर्न्तगत राष्ट्रिय क्षयरोग केन्द्रको पहलमा सद्भावना राजदुत हुँदा भोगेका, देखेका र क्षयरोग उन्मुलन गर्न चालेको विभिन्न प्रयासहरुलाई प्रस्तुत गर्दैछन् ।

आखिर होइन रहेछ विनिताको नाङ्गो तीस्बर,! क्यामेराको खेलले सबैलाई हैरानी

आफ्नो पहिलो सिनेमा 'चपली हाईट'लाई हिट बनाउन दर्शकको आर्कषणको लागी माथि सर्वाङग भएर हिरोको हातले स्तन छोपेको जस्तो तस्वीर खिचाएकी नायिका विनिता बरालले तस्बिरले आफ्नो वेइजती गरेको भन्दै निर्मातालाई टेन्सन दिन थालेपछि ‘चपली हाइट’का दसहजार प्रति पोस्टर जलाइएको छ ।

अभिनेत्री विनिता बरालले प्रेसमिट आयोजना गरि टपलेस र निर्वस्त्र आरोपहरूको खण्डन गरेकी थिइन् । लगत्तै, निर्माताले पोस्टरबाट ती फोटोहरू हटाउने निर्णय गरेका थिए । फिल्मका लागि भनेर खिचिएको उक्त फोटोलाई विनिताले इन्टरवेयर लगाएरै खिचिएकी थिइन् जुन कुरा उनले पछि सार्वजनिक गरिन् । तस्बिरहरु केलाउँदै जाँदा यो क्यामेराको खेल मात्रै भएको तर विनिताको नाङ्गो तस्बिर नभएको पाइएको छ ।
पत्रपत्रिकामा आएको तस्बिर यस्तो थियो :

कता हराए कोरस डान्सर

बढीभन्दा बढी कोरस डान्सरलाई नाच्न लगाई गीत भव्य बनाउने होडबाजी नेपाली फिल्ममा एकताका खुब चलेको थियो। फिल्मका 'धनीमानी'ले खोलाको किनारादेखि डाँडापाखा कोरस डान्सरले छोपिदिन्थे। नृत्य निर्देशकबाट निर्माता बनेका राजु शाहले त 'मुस्कान'मा राम्रैसँग आफ्नो 'जनपरिचालन' देखाए। अत्याधिक कोरस प्रयोग गर्ने उनको सामर्थ्यको लामै समय चर्चा चलेको थियो। अहिलेका फिल्मी गीतमा भने कोरस देख्नै मुस्किल पर्न थालेको छ। अनिवार्य पक्ष नभए पनि नेपाली फिल्ममा गीतको संख्या घटेको छैन। तर, हिरोहिरोइनका पछाडि नाच्ने कोरस डान्सरहरु भने घटेको मात्र होइन लगभग हटिसके।
बजेट घटाउने नाममा कोरसको कटौती गर्न थालेको बताउँछन् मेघलाल बम्जन। 'महिनामा दुई वटा गीत पनि पाउन गाह्रो भयो। एउटा गीतको १७ सयले कसरी बाँच्नु?' नाम र दामको आकर्षण देखेर यो क्षेत्रमा लागेका बम्जन जीविकोपार्जनका लागि क्यासिनोमा नाच्न थालेका छन्। पारिश्रमिक थोरै भए पनि दोहोरीमा काम पाइरहेका थिए उनले। तर, दोहोरी गीतका निर्माता चलाख हुन थालेका छन्। 'पहिला आठ मिनेटको गीत बन्थ्यो।

मण्डपमा वस्दा समय काट्नै गाह्रो भो : निरज बराल (नायक)

रिल लाईफमा थुप्रै पटक वेहुलाको भुमिका निभाएका 'कुसुमे रुमाल-२' डेव्यु हिरो निरज बराल गत मंसिर ६ गते मंगलबार रियल लाईफमा नै वेहुला बनेका छन् । करिव पांच वर्ष अघि देखि झापाकी निवेदिता ढकालसंग प्रेम गरिरहेका निरजले आफ्नो प्रेमलाई विवाहमा परिणत गरेका हुन् । व्रेक फेल स्टार निरजले कतार एयररवेजकी एयर होस्टेज निवेदितासंग हिन्दु संस्कार अनुरुप नै विवाह सम्पन्न गरेका हुन् । प्रस्तुत छ नव दुलाहा निरजसंग विवाह सम्वन्धमा रहेर बुटवलका रंगपत्रकार संजय सौगातले गरेको कुराकानी-

विवाह वन्धनमा बाधिनुभएको छ, कस्तो लागिरहेको छ ?
विल्कुलै फरक अनुभुती गरिरहेको छु । रिल लाईफमा र रियल लाइफमा विवाह विल्कुलै फरक हुदो रहेछ । रिल लाइफको विवाह एक्सन कटमा सकिन्थ्यो तर यो विवाह त बाचुन्जेल सम्मका लागि जोडिएको छ । रिल लाइफमा विवाह गर्दा रमाइलो अनुभुती हुन्थ्यो तर साँच्चिकै रियल लाइफमा विवाह गर्दा भने मान्छे गम्भिर हुने रहेछ । किनकी उसको जीवनशैलीले नै विवाहको दिनदेखि नयाँ शैली लिंदो रहेछ । मलाई पनि त्यस्तै भएको छ । भविष्यको वारेमा पनि केही सोच्न बाध्य बनाएको छ ।

'फेसबुक'को सिंगापुरमा सुटिङ

होम प्रोडक्सनको फिल्म 'फेसबुक'को सुटिङ गर्न सिंगापुर पुगेकी अभिनेत्री झरना थापा आइतबार काठमाडौं फर्किएकी छिन्। उनीसँगै फिल्मका निर्माता सुनिलकुमार थापा र निर्देशक सुरज सुब्बा 'नाल्बो' सहित १३ जनाको टोली पनि फर्किएको छ।
स्क्रिप्टले विदेशको दृश्य मागेपछि 'फेसबुक'को रोजाइमा परेको हो सिंगापुर। दुई गीत र केही दृश्यको सुटिङ सात दिनमा सकाउने योजनाका साथ त्यता गए पनि क्यामेरामा खराबी आएपछि बसाइ लम्बिएर ११ दिन पुगेको झरनाले बताइन्। 'उता बनाउने प्रयास गरे पनि सकिएन। नेपालबाट वायर नमगाई क्यामेरा नबन्ने भएपछि कुर्नुको विकल्प भएन,' उनले भनिन्, 'महँगो ठाउँमा बिना काम बस्नुपर्दा केही तनाव पनि भयो।'

बाबु बिबाहका लागि परिपक्क रागिनीको अझै केही बर्ष

आज नायक तथा गायक अनि संगीतकारले पनि परिचित बाबु बोगटी र नव नायिका रागिनी खड्गीको जन्मदिन हो । बाबुले ३० औं जन्मदिन सेलिब्रेट गर्दैछन् भने रागिनिले आफ्नो उमेर खुलाउन चाहिनन् ।

जन्मदिनको अबसरमा आज बाबुले पाँच बर्ष अघि रेकर्ड भएको गीतलाई म्यूजिक भिडियो बनाई विभिन्न टेलिभिजनबाट प्रिमियर गर्दैछन् भने बिहान आमासंग सफल भविष्यको कामना गर्न पशुपति नाथ दर्शन गर्न जादैछन् । मुड चलेको खण्डमा साँझ घरमा केक काट्ने योजना पनि छ उनको । यस्तै पछिल्लो समय चलचित्रमा निकै ब्यस्त हुन थालेका बाबु तीन प्रोजेक्टमा मुख्य हिरो भएर अभिनय गर्दैछन् । सुरज सुब्बाको दुई प्रोजेक्ट वितेका पल र मेरो भ्यालेन्टाईन त्यसैगरी सचिन नाम गरेका एक निर्देशकको फिल्म आई एम ईन लभमा उनी मुख्य हिरो भएर खेल्ने पक्का भैसकेको छ र त्यसको तयारीमा जुटेका छन् उनी ।