राजले काट्दा सबै दंग
1:15 AM
No comments
'दर्पण छायाँ'को सिक्वेल 'मिस यू'
12:43 AM
No comments
नायक दिलिप रायमाझीको प्रस्तुती रहेको चलचित्र 'मिस यू' सफल चलचित्र 'दर्पण छायाँ'को सिक्वेल भएको खुलासा भएको छ । जानकारीमा आए अनुसार नायक दिलिप रायमाझीले आफ्नो पहिलो चलचित्रको सिक्वेलको रुपमा चलचित्र 'मिस यू' बनाएका हुन् ।श्रवण घिमिरेको निर्माणमा आफैले अभिनय गरेको अत्याधिक सफल चलचित्र 'दर्पण छायाँ'लाई पछ्याउँदै रायमाझीले आँफैले चलचित्र बनाएर नेपाली चलचित्र उद्योगमा अर्को सफल चलचित्र भित्राउने प्रयास गरेका छन् ।'दर्पण छायाँ' सफल हुँदाको परिस्थिति र अहिलेको समाज मेल नखाने भएतापनि बिषयवस्तुलाई आधुनिकिकरण गरेर सिक्वेलको रुपमा शुरेस दर्पण पोखरेलको निर्देशनमा 'मिस यू' निर्माण भएको बताईएको छ ।तुलसी घिमिरेको निर्देशन रहेको 'दर्पण छायाँ' मार्फत नै नायक रायमाझीले चलचित्रमा प्रवेश गरेका थिए ।दिलिप रायमाझीका अलावा उत्तम प्रधान,निरुता सिंह लगाएतका कलाकारहरुले 'दर्पण छायाँ'मा अभिनय गरेका थिए । कलेज लाईफको बारेका निर्मित 'दर्पण छायाँ'मा अभिनय गरेकी निरुता सिंहको स्थानमा नम्रता श्रेष्ठ र उत्तम प्रधानको स्थानमा नव-नायक बरुण राणाले अभिनय गरेका छन् भने दिलिप रायमाझी आफैले 'मिस यू'मा पनि सो भुमिकालाई निरन्तरता दिएका छन् ।सोमबार मात्र डबिंग सकिएको 'मिस यू' आगामी सेप्टेम्बरदेखि युरोपेली देशहरुमा प्रदर्शन हुँदैछ ।बेल्जियममा रेड कार्पेट गरिने यस चलचित्रलाई युरोपेलि तथा खाडी गरी २५ भन्दा बढी मुलुकमा प्रदर्शनमा आउने भएको छ ।तिहार आसपासमा नेपालका हलहरुमा प्रदर्शन हुने 'मिस यू'को दुई हप्ता पछाडी अडियो विमोचन गरिदैछ ।राजु बिक्रम थापा र धिरज जंग शाह छायाँकार रहेको 'मिस यू'को असि प्रतिशत छायांकन मलेशियाको क्वालालम्पुर, पेमांग लगाएतका स्थानहरुमा र बाँकी काठमाण्डौमा गरिएको छ । बाबु बोगटी तथा किचमान चित्रकारको संगीत रहेको यो चलचित्र नायिका नम्रता श्रेष्ठको तेश्रो चलचित्र हो ।मोडलिंग बाट चलचित्रमा प्रवेश गरेकी नम्रताले 'सानो संसार' तथा 'मेरो एउटा साथी छ'मा मूख्य भुमिकामा अभिनय गरेकी छिन् ।
यि दुवै चलचित्र पछिल्लो पुस्ताका लोकप्रिय चलचित्रहरु हुन् ।'मिस यू'बाट नै डेब्यू गर्दै गरेका नव-नायक बरुण राणा पनि मोडलिंग बाट चलचित्रमा प्रवेश गरेका हुन् ।अत्याधिक सफल चलचित्रको सिक्वेलमा हात हालेका दिलिपले पक्कै पनि'दर्पण छायाँ'मा आफूले गरेको जिवन्त अभिनय बिर्सेका छैनन् ।'मिस यू'प्रदर्शन नभएसम्मका लागी चलचित्रबाट बिश्राम लिएका रायमाझीको लगानीलाई नेपाली चलचित्र उद्योगमा महत्वका साथ हेरिएको छ । निर्देशक शुरेस दर्पण पोखरेलले अग्रज निर्दैशक तुलसी घिमिरेसँग टक्कर लिन खोजेका छन् ।घिमिरे निर्देशित सफल चलचित्र 'दर्पण छायाँ'को सिक्वेललाई निर्देशन गर्नु उनका लागी निकै चुनौतीपूर्ण काम भएतापनि वर्तमान समयमा युवा पुस्ताका लोकप्रिय निर्देशक हुन् ।'निशाना','कस्लाई दिउँ यो जोबन'जस्ता चलचित्र निर्देशन गरेका पोखरेलले 'मिस यू'लाई कत्तिको न्याय गरेका छन्, त्यो भने पछि नै थाहा हुनेछ ।शुक्रबार तीन स्टारपावरको भिडन्त
9:54 AM
No comments
आउँदो शुक्रबार नेपाली सिनेमा तीन नयाँ चलचित्र भिडन्तको साक्षी बन्नेछ । नेपाली सिनेमाका तीन स्टारपावरहरु एकआपसमा प्रतिष्ठाका लागि भिड्नेछन् । राजेश हमाल, रेखा थापा र आर्यन सिग्देल स्टारर तीन सिनेमा नेपाली थिएटरका पर्दाहरुमा एकसाथ छाउनेछन् । अर्थात राजेश हमालको 'हाता लाग्यो शुन्य', रेखा थापाको 'सन्देश' र आर्यन सिग्देलको 'के यो माया हो' ।विश्लेषकहरुले तीनै सिनेमाको ब्यावसायिक लडाइँ महगो हुने आंकलन गरिसकेका छन् । सुदर्शन थापाले निर्देशन गरेको 'के यो माया हो' देशब्यापी, विजयविक्रम बस्नेत निर्देशित 'हाता लाग्यो शुन्य' मोफसल र प्रमोद भण्डारी निर्देशित 'सन्देश' देशब्यापी एकसाथ रिलिज हुँदैछन् । 'हाता लाग्यो शुन्य' र 'के यो माया हो'लाई डीसीएनको सर्भरमार्फत पनि प्रदर्शन गरिनेछ भने 'सन्देश' क्यू च्यानलमार्फत प्रदर्शन हुनेछ ।'के यो माया हो' लिभिङ टुगेदरको कथामा आधारित छ । कमेडी, तरकारीको भिडन्त र राजेश हमालको बेली डान्स 'हाता लाग्यो शुन्य'को आकर्षक पक्ष हो । रेखा थापाको एक्सन 'सन्देश'को दर्शक तान्ने पक्ष हुनेछ । 'हाता लाग्यो शुन्य' र 'के यो माया हो' कमेडी र सोसल ड्रामा श्रेणीमा निर्मित छन् भने 'सन्देश' एक्सन र फेन्टासी श्रेणीमा । शुक्रबार बलिउडमा ठूलो ब्यानरको सिनेमा रिलिज नहुने भएकाले यी तीन नेपाली सिनेमालाई प्रतिस्पर्धाको स्वतन्त्रता भने हुनेछ ।रिएल लाइफमै आर्यनको लिभिङ टुगेदर !
10:33 AM
No comments
चलचित्रमा मात्र होइन वास्तविक जीवनमै हिरो आर्यन सिग्देलले लिभिङ टुगेदर गर्ने भएका छन् । गर्लफ्रेन्डसँग आफू चाँडै लिभिङ टुगेदर गर्न चाहेको नेपाली सिनेटाउनका एलिगेबल ब्याचलर आर्यनले खुलाए ।तर,अविवाहित आर्यनसँग सँगै बस्न लागेकी ती बाला को हुन् उनलॆ बताएनन् । 'तपाईँहरुले चाँडै खुशिको खबर थाहा पाउनुहुनेछ' शुक्रबार रिलिज हुन लागेको 'के यो माया हो'का लभरव्वाइले भने 'लिभिङ टुगेदर गर्ने पहिल्यैदेखिको मेरो सोच हो ।यसका लागि घरबाट अनुमति लिइसकेको छु ।'आर्यन यतिबेला लाजिम्पाटस्थित फ्ल्याटमा बस्छन् ।'के यो माया हो' चलचित्रमा पनि आर्यनले हिरोइन सुष्मा कार्कीसँग अनस्क्रिन लिभिङ टुगेदर गरेका छन् ।नेपाली सहरमा हुर्किएको लिभिङ टुगेदर ट्रेन्डलाई चित्रण गरिएको चलचित्रमा आर्यनले कमेडी भूमिका निर्वाह गरेका छन् । 'फिल्म र मेरो व्यक्तिगत योजना संयोग मात्र हुन्' आर्यन भन्छन् 'फिल्मको प्रपोगान्डाका लागि मात्र लिभिङ टुगेदर गर्न लागेको होइन । म यसलाई एकअर्काको प्रेम स्थापित गर्ने माध्यम ठान्छु ।'आर्यनले वास्तविक जीवनमा लिभिङ टुगेदर गरुन या नगरुन लिभिङ टुगेदरको फिल्मको कथाले भने तन्नेरी दर्शकलाई मनोरन्जन गराउनेछ । वास्तवमै आर्यन रिएल लाइफमै लिभिङ टुगेदरका लागि तयार भएका हुन् ? भन्छन् -अफ कोर्स !चलचित्र हलमा यौन क्रियाकलाप
7:08 AM
No comments
।हलको व्यवस्थापन पक्षले हल भित्रै यौनजन्य क्रियाकलाप भएको कुरा स्विकार नगरे पनि नाम उल्लेख नगर्ने र्सतमा एक कर्मचारीले हल भित्रै यौनजन्य क्रियाकलाप हुने गरेको बताएका हुन् । चलचित्र हेर्ने बहानामा अधिकांश युवा युवतीले क्याबिन बाहिर पनि चलचित्रमा उत्तेजक दृष्यहरु आउदा त्यस्ता हर्कतहरु देखाउने गरेको ति कर्मचारी बताउँछन् । उनका अनुसार अहिले चलचित्र हलहरु डेटिङ स्पट हुँदैछन् ।झण्डै डेड वर्ष अघि हलहरुको अनुगमन गर्ने क्रममा बिभिन्न हलहरुमा रहेका क्याबिनमा रहेको लक हटाउन लगाइए पनि पछिल्लो समय हलहरुको अनुगमन नहुँदा फेरी हलहरुमा यौनजन्य क्रियाकलापले बढावा पाउने बातावरण बन्दै गएको छ । खासगरी हिन्दी लभ स्टोरी चलचित्रहरु चल्दा चलचित्र हलहरुमा यौनजन्य क्रियाकलापहरु बढ्ने गरेको छ ।पार्कमा जाँदा खुल्ला आकाश मुनि कसैले देख्ने डर, होटलमा जाँदा प्रहरीले छापा मार्ने डर त्यसैले चलचित्र हेर्ने बहानामा चलचित्र हलमा जाने अनि त्यहि के-के गर्नुछ सबै गर्ने । युवा युवतीका लागी सुरक्षीत स्थान बन्दैछ चलचित्र हल डेटिङका लागी । त्यसो त केही समय अघिमात्र बोर्डले शक्तिशाली अनुगमन समिती गठन गर्दै हलको अनुगमनलाई तिब्र पारेको बताइएको छ । अब हेरौ बोर्डले क्याबिन भएका र यौन क्रियाकलापलाई सहजै टेवा दिने हलको वातावरणलाई कसरी सुधार गर्ने हो ।समीक्षा : चलचित्र अरबपति
6:57 AM
No comments
चलचित्र : अरबपति
निर्देशक : दयाराम दाहाल
निर्माता : दयाराम पुडासैनी
कलाकार : निखिल उप्रेती, झरना थापा, प्रमोद दीप
श्रेणी : फेन्टासी र एक्सन
रिलिज : १३ साउन, २०६८
तपाईँ रातारात धनी बन्न चाहनुहुन्छ ? यदि त्यसो हो भने 'माटो र मानव' दलाली गर्नुस तपाईँ धनी बन्न सक्नुहुन्छ । त्यसबाहेक अझ सक्नुहुन्छ भने राजनीति गर्नुस र भ्रष्ट बन्नुस । 'ग्रुप' बनाउनुस र हतियारसहित हप्ता उठाउने, मानिस उठाउने, ठेक्कापट्टा गर्ने आदि गर्नुस तपाईँ धनी बन्न सक्नुहुन्छ । इमान्दारिताका साथ मिहेनत गरेर तपाईँ बाँच्न सक्नुहुन्छ यो देशमा धनी बन्न गाह्रो हुन्छ । यसै परिप्रेक्ष्यमा एउटा नयाँ तरिका पनि छ रातारात धनी बन्नको लागि र त्यो तरिका सिकाएको छ-चलचित्र 'अरबपति'ले र त्यो हो धनी बाउकी एक्ली छोरी पट्याउने र विहे गर्ने ।यदि त्यही योजना बुनेर काठमाडौंका सडकमा भौंतारिरहेको केटोसँग धनी घरको एक्लो छोरो पट्याएर विहे गर्ने योजना बुनेर काठमाडौंको सडकमा भौंतारिरहेकी केटी भेट्टिइ भने के हुन्छ ? यस चलचित्रको कथावस्तु यही हो । यस चलचित्रमा धनीको स्तर 'अरबपति' भनिएको छ तर अरबपतिको जीवनस्तर, रहनसहन, व्यवहार र त्यसको विश्वसनिय सेटिङको अभावमा यो कथा हावाको महलमात्र भएको छ ।कल्पनाशिलता र त्यसको यथार्थ प्रस्तुतीकरण यी दुई यस्ता आधारभूत गुण हुन् जुन बिना चलचित्र निर्माण फगत एउटा दलाली मात्र हुनेछ । तपाईँ जस्तोसुकै परिस्थितीको पनि कल्पना गर्नसक्नुहुनेछ । तर, तपाईँ त्यसलाई विश्वसनिय ढंगबाट प्रस्तुत गर्न सक्नुहुन्न भने त्यो केवल तपाईँको कल्पना मात्र हुन्छ सृजना हुनसक्दैन । नेपाली चलचित्रको आधारभूत समस्या नै यी दुई पक्षमा केन्द्रित छन् ।
कल्पनाको स्तर मुम्बइभन्दा पर जान नसक्नु र आफ्नो माटो र जनतालाई कल्पनाको आधार बनाउन नसक्नु तथा त्यसको विश्वसनिय प्रस्तुतिकरण पूर्णरुपले अविश्वसनिय र अव्यवहारिक प्रस्तुति हुनु नेपाली चलचित्रको सबैभन्दा डरलाग्दा रोग हुन् । पात्र, परिवेश समय र स्थानले त्यो विश्वसनियता हासिल गर्न नसक्दा दर्शक र चलचित्र बीचको सम्बन्ध पूर्णरुपले गाँसिन नसकिरहेको वर्तमानको यथार्थमा अरबपति चलचित्र पूर्णरुपले गरिब मानसिकताको उपज मात्र हो भन्दा फरक नपर्ला । प्रश्न गम्भिर छ -'चलचित्र केवल प्रविधि मात्र हो कि विचार पनि हो ? या दुवैको मिश्रित रुप ? यस प्रश्नलाई गम्भिररुपले मूल्यांकन नगरी नेपाली चलचित्रका अधिकांश चलचित्रको रोगलाई चिरफार गर्न सकिँदैन । कुनैपनि चलचित्र प्राथमिकरुपमा शब्दको सहाराले कागजमा बन्दछ । यसकारण विचार प्राथमिक हो भनेर भन्न सकिन्छ; त्यसपछि बल्ल प्रविधिको छनौट गरिन्छ अनि प्राविधिक र कलाकारहरु । विचार साध्य हो भने प्रविधि साधन ।
तर, नेपाली अधिकांश चलचित्रमा प्रविधि साध्य र साधन दुबै बनेको छ अनि विचार गौण । 'अरबपति' यही आधारको चलचित्र बनेको छ । जसमा पटकथाको गरिबी यति भयङ्कर ढंगले झल्किन्छ कि तपाईँ त्यो तुच्छ मानसिकताको सिकार हुनुपरेकोमा हलभित्र आफैलाई धिकारिरहनुहुनेछ । निर्देशकको कल्पनाशिलता र त्यसको यथार्थ प्रस्तुतिकरणको हकमा यो चलचित्र यति गरिब बन्न पुगेको छ कि तपाईँ आफ्नो टिकटको पैसा फिर्ता माग्न मिल्ने भए गुहार माग्न जानुहुन्छ । गरिबीको अर्को नमुना कलाकारहरुको अभिनयमा पाइन्छ जहाँ निखिल उप्रेती एक रोबोटजस्ता देखिएका छन् जसको अनुहारमा कुनै भाव देखिदैँन । केवल हात र खुट्टा चल्दछ, उफ्रन सक्दछन् अनि पिट्न माहिर छन् त्यत्ति हो । झरना कराउन नाच्न र उफ्रन जान्दछिन् तर सरलता र गम्भिरता छैन । नयाँ केटा प्रमोद दीपको अनुभवको अभाव प्रष्ट झल्कन्छ ।प्राविधिकरुपमा 'छाप्ने प्रवृत्ति'को निरन्तरताकै रुपमा यस चलचित्रले पनि आफ्नो चरित्र ग्रहण गरेको छ । गीत, संगीत, नृत्य तथा द्वन्द्व जसलाई नेपाली चलचित्रले फाइट वा मारधाडको रुपमा ग्रहण गरेको छ । यी पक्षमा यो चलचित्र केवल पुनरावृत्ति मात्रै हो । यी पक्ष प्रायशः नेपाली चलचित्रमा उस्तै-उस्तै स्थानमा कारण र उद्देश्यका साथ राखिएको हुन्छ उस्तै तरिकाले राखिएको र बनाइएको हुन्छ ।यस कारण यस चलचित्रको सवल पक्ष खोजिरहँदा मरुभूमिमा हीरा खोजेजस्तै भौँतारिनेसिवाय अरु कुनै उपलब्धी हासिल हुनसकेन । यसरी लाखौं रुपंैया खर्च गरेर कुनै चलचित्रको उत्पादन गर्न खोजिन्छ भने कुनै बिशेषता रोकेर वा विशेष कारणले चलचित्र निर्माण गर्नु स्वभाविक प्रक्रीया हुन सक्दछ तर फगत चलचित्र निर्माण गर्नकै लागि केहीका शौख पुरा गर्नकै लागि र केही रकम कमाइहालिन्छ, चर्चा चलिहाल्छ भन्ने दलाली मनोविज्ञान बोकेर चलचित्र निर्माण क्रम व्याप्त हुँदै जानु नेपाली चलचित्रको दुर्भाग्य हो ।यो चलचित्रको समीक्षा गरेर समय खेर फालिरहँदा एउटा प्रश्न दिमागमा घुमिरहॆको छ के हाम्रा समीक्षाहरुले यस्ता चलचित्रकर्मीलाई यस्ता गल्ती नदोहोर्याउन उत्प्रेरणा दिन्छन् होला त ? समीक्षालाई आफ्नो जीवनको व्यावसायिक पाटो मान्ने हो भने नेपाली चलचित्रले पक्कैपनि कुनै समयअवधिमा उपलब्धी हासिल गर्नेछ । समीक्षाको सुरुवात आत्मसमीक्षाबाट हुन्छ र अन्त्यपनि आत्मसमीक्षाबाटै हुन्छ । हाम्रा समीक्षकहरुले उहाँहरुलाई आत्मसमीक्षा गर्ने बाटोमात्रै देखाउने हो । समीक्षा गर्दै सुधार गर्दै आफ्नो विशेषता स्थापित गर्न कटिबद्ध हुँदै नेपाली चलचित्र क्षेत्र अगाडि बढ्ने हो भने कुनैपनि चलचित्रकर्मी अरबपति नभएपनि करोडपति बन्न कुनै धनी घरको एक्लो छोरा वा छोरी खोज्दै काठमाडौंका सडकमा भौँतारिनुपर्दैन ।
निर्देशक : दयाराम दाहाल
निर्माता : दयाराम पुडासैनी
कलाकार : निखिल उप्रेती, झरना थापा, प्रमोद दीप
श्रेणी : फेन्टासी र एक्सन
रिलिज : १३ साउन, २०६८
तपाईँ रातारात धनी बन्न चाहनुहुन्छ ? यदि त्यसो हो भने 'माटो र मानव' दलाली गर्नुस तपाईँ धनी बन्न सक्नुहुन्छ । त्यसबाहेक अझ सक्नुहुन्छ भने राजनीति गर्नुस र भ्रष्ट बन्नुस । 'ग्रुप' बनाउनुस र हतियारसहित हप्ता उठाउने, मानिस उठाउने, ठेक्कापट्टा गर्ने आदि गर्नुस तपाईँ धनी बन्न सक्नुहुन्छ । इमान्दारिताका साथ मिहेनत गरेर तपाईँ बाँच्न सक्नुहुन्छ यो देशमा धनी बन्न गाह्रो हुन्छ । यसै परिप्रेक्ष्यमा एउटा नयाँ तरिका पनि छ रातारात धनी बन्नको लागि र त्यो तरिका सिकाएको छ-चलचित्र 'अरबपति'ले र त्यो हो धनी बाउकी एक्ली छोरी पट्याउने र विहे गर्ने ।यदि त्यही योजना बुनेर काठमाडौंका सडकमा भौंतारिरहेको केटोसँग धनी घरको एक्लो छोरो पट्याएर विहे गर्ने योजना बुनेर काठमाडौंको सडकमा भौंतारिरहेकी केटी भेट्टिइ भने के हुन्छ ? यस चलचित्रको कथावस्तु यही हो । यस चलचित्रमा धनीको स्तर 'अरबपति' भनिएको छ तर अरबपतिको जीवनस्तर, रहनसहन, व्यवहार र त्यसको विश्वसनिय सेटिङको अभावमा यो कथा हावाको महलमात्र भएको छ ।कल्पनाशिलता र त्यसको यथार्थ प्रस्तुतीकरण यी दुई यस्ता आधारभूत गुण हुन् जुन बिना चलचित्र निर्माण फगत एउटा दलाली मात्र हुनेछ । तपाईँ जस्तोसुकै परिस्थितीको पनि कल्पना गर्नसक्नुहुनेछ । तर, तपाईँ त्यसलाई विश्वसनिय ढंगबाट प्रस्तुत गर्न सक्नुहुन्न भने त्यो केवल तपाईँको कल्पना मात्र हुन्छ सृजना हुनसक्दैन । नेपाली चलचित्रको आधारभूत समस्या नै यी दुई पक्षमा केन्द्रित छन् ।कल्पनाको स्तर मुम्बइभन्दा पर जान नसक्नु र आफ्नो माटो र जनतालाई कल्पनाको आधार बनाउन नसक्नु तथा त्यसको विश्वसनिय प्रस्तुतिकरण पूर्णरुपले अविश्वसनिय र अव्यवहारिक प्रस्तुति हुनु नेपाली चलचित्रको सबैभन्दा डरलाग्दा रोग हुन् । पात्र, परिवेश समय र स्थानले त्यो विश्वसनियता हासिल गर्न नसक्दा दर्शक र चलचित्र बीचको सम्बन्ध पूर्णरुपले गाँसिन नसकिरहेको वर्तमानको यथार्थमा अरबपति चलचित्र पूर्णरुपले गरिब मानसिकताको उपज मात्र हो भन्दा फरक नपर्ला । प्रश्न गम्भिर छ -'चलचित्र केवल प्रविधि मात्र हो कि विचार पनि हो ? या दुवैको मिश्रित रुप ? यस प्रश्नलाई गम्भिररुपले मूल्यांकन नगरी नेपाली चलचित्रका अधिकांश चलचित्रको रोगलाई चिरफार गर्न सकिँदैन । कुनैपनि चलचित्र प्राथमिकरुपमा शब्दको सहाराले कागजमा बन्दछ । यसकारण विचार प्राथमिक हो भनेर भन्न सकिन्छ; त्यसपछि बल्ल प्रविधिको छनौट गरिन्छ अनि प्राविधिक र कलाकारहरु । विचार साध्य हो भने प्रविधि साधन ।
तर, नेपाली अधिकांश चलचित्रमा प्रविधि साध्य र साधन दुबै बनेको छ अनि विचार गौण । 'अरबपति' यही आधारको चलचित्र बनेको छ । जसमा पटकथाको गरिबी यति भयङ्कर ढंगले झल्किन्छ कि तपाईँ त्यो तुच्छ मानसिकताको सिकार हुनुपरेकोमा हलभित्र आफैलाई धिकारिरहनुहुनेछ । निर्देशकको कल्पनाशिलता र त्यसको यथार्थ प्रस्तुतिकरणको हकमा यो चलचित्र यति गरिब बन्न पुगेको छ कि तपाईँ आफ्नो टिकटको पैसा फिर्ता माग्न मिल्ने भए गुहार माग्न जानुहुन्छ । गरिबीको अर्को नमुना कलाकारहरुको अभिनयमा पाइन्छ जहाँ निखिल उप्रेती एक रोबोटजस्ता देखिएका छन् जसको अनुहारमा कुनै भाव देखिदैँन । केवल हात र खुट्टा चल्दछ, उफ्रन सक्दछन् अनि पिट्न माहिर छन् त्यत्ति हो । झरना कराउन नाच्न र उफ्रन जान्दछिन् तर सरलता र गम्भिरता छैन । नयाँ केटा प्रमोद दीपको अनुभवको अभाव प्रष्ट झल्कन्छ ।प्राविधिकरुपमा 'छाप्ने प्रवृत्ति'को निरन्तरताकै रुपमा यस चलचित्रले पनि आफ्नो चरित्र ग्रहण गरेको छ । गीत, संगीत, नृत्य तथा द्वन्द्व जसलाई नेपाली चलचित्रले फाइट वा मारधाडको रुपमा ग्रहण गरेको छ । यी पक्षमा यो चलचित्र केवल पुनरावृत्ति मात्रै हो । यी पक्ष प्रायशः नेपाली चलचित्रमा उस्तै-उस्तै स्थानमा कारण र उद्देश्यका साथ राखिएको हुन्छ उस्तै तरिकाले राखिएको र बनाइएको हुन्छ ।यस कारण यस चलचित्रको सवल पक्ष खोजिरहँदा मरुभूमिमा हीरा खोजेजस्तै भौँतारिनेसिवाय अरु कुनै उपलब्धी हासिल हुनसकेन । यसरी लाखौं रुपंैया खर्च गरेर कुनै चलचित्रको उत्पादन गर्न खोजिन्छ भने कुनै बिशेषता रोकेर वा विशेष कारणले चलचित्र निर्माण गर्नु स्वभाविक प्रक्रीया हुन सक्दछ तर फगत चलचित्र निर्माण गर्नकै लागि केहीका शौख पुरा गर्नकै लागि र केही रकम कमाइहालिन्छ, चर्चा चलिहाल्छ भन्ने दलाली मनोविज्ञान बोकेर चलचित्र निर्माण क्रम व्याप्त हुँदै जानु नेपाली चलचित्रको दुर्भाग्य हो ।यो चलचित्रको समीक्षा गरेर समय खेर फालिरहँदा एउटा प्रश्न दिमागमा घुमिरहॆको छ के हाम्रा समीक्षाहरुले यस्ता चलचित्रकर्मीलाई यस्ता गल्ती नदोहोर्याउन उत्प्रेरणा दिन्छन् होला त ? समीक्षालाई आफ्नो जीवनको व्यावसायिक पाटो मान्ने हो भने नेपाली चलचित्रले पक्कैपनि कुनै समयअवधिमा उपलब्धी हासिल गर्नेछ । समीक्षाको सुरुवात आत्मसमीक्षाबाट हुन्छ र अन्त्यपनि आत्मसमीक्षाबाटै हुन्छ । हाम्रा समीक्षकहरुले उहाँहरुलाई आत्मसमीक्षा गर्ने बाटोमात्रै देखाउने हो । समीक्षा गर्दै सुधार गर्दै आफ्नो विशेषता स्थापित गर्न कटिबद्ध हुँदै नेपाली चलचित्र क्षेत्र अगाडि बढ्ने हो भने कुनैपनि चलचित्रकर्मी अरबपति नभएपनि करोडपति बन्न कुनै धनी घरको एक्लो छोरा वा छोरी खोज्दै काठमाडौंका सडकमा भौँतारिनुपर्दैन ।
सुष्माको पब्लिसिटी फण्डा !
6:56 AM
No comments
धैर्य कष्टदायी हुन्छ । हिरोइन सुष्मा कार्की यतिबेला अधैर्यसँग संघर्ष गरिरहेकी छिन् । आउँदो गुड फ्राइडेले सुष्मालाई यतिबेला बेचैन तुल्याइरहेको छ । जुन दिन सुष्माले सोलो लिड हिरोइनका रुपमा खेलेको फिल्म 'के यो माया हो' सार्वजनिक हुँदैछ । काउन्टडाउन सुरु भएसँगै सुष्मालाई पब्लिसिटीको चटारो पनि उत्तिकै छ । अन्तवार्ता, फ्यानसँगको गेट-टुगेदरले यी बालालाई व्यस्त बनाइदिएको छ ।यही चटारोमा सुष्माले पब्लिसिटी फण्डाका रुपमा अर्को एक किस्सा फ्याँकेकी छिन् । आफ्नो फेसबुक एकाउन्टमा 'ब्याच नम्बर १६' को-एक्ट्रेसले आफू सिङ्गल रहेको उल्लेख गरेकी छिन् । आफ्नो नीजि र प्रेमजीवन बारे मिडियाले लेखिरहँदा सुष्माले आफू सिङ्गल रहेको लेखेकी छिन् । तर, यो वास्तविक नभएर फिल्म पब्लिसिटी गर्ने मसलाका रुपमा सुष्माको उक्त स्टाटसलाई लिन सकिन्छ । उनको प्रेमजीवन सबैलाई थाहा भएको कुरा हो ।सुदर्शन थापा निर्देशित चलचित्रमा सुष्मा लिड एक्ट्रेस छिन् ।फिल्ममा उनको अनस्क्रिन रोमान्स चाँहि लभरब्वाइ आर्यन सिग्देलसँग छ । आफूलाई सिङ्गल लेखेर हाम्री सुष्माले ध्यान आफूतिर तान्ने काइदा अँगालेकी छिन् । यदि सुष्मा साँच्चिकै सिङ्गल हुन् भने सिङ्गल भनेहुन्छ । होइन भने आफूलाई सिङ्गल बताएर फ्यानहरुलाई मन दुःखाउने काम चाहिँ सुष्माले गर्नेछैनिन् ।







