मौसमी मल्ल, अभिनेत्री- 'सुटिङ शुरु भइसकेपछि कृष्टि मैनालीले फिल्म नखेल्ने भइन्। तिमी काम गर्छौ?' फिल्म '२५ बसन्त' सह अभिनेत्रीको रोल पाएकी मैले त्यो अफर स्वीकार नगर्ने कुरै थिएन। दुई वच्चाको आमा भइसकेकी थिएँ। घरमा जिम्मेवारी पनि निकै थियो। तैपनि श्रीमानले नै मलाई फिल्म खेल्न उत्साहित गराउनु भयो। र, पहल पनि।एभरेष्ट कल्चर सोसाइटीबाट सांस्कृतिक कार्यक्रममा मात्रै कलाकारिता देखाउन पाएकी मलाई 'भाग्यरेखा' यो क्षेत्रमा स्थापित गराउने फिल्म हो। निर्देशक दीपक रायमाझीको पनि पहिलो फिल्म थियो। भर्खरै अध्ययन सकाएर आउनु भएको काममा खुब जोसिलो हुनुहुन्थ्यो उहाँ।
नायक निखिल उप्रेतिको बेइज्जत
1:39 AM
No comments
फिल्ममा स्टन्ट गर्नका लागि नाम चलेका नायक निखिल उप्रेतिलाई खलनायक बनाउने गरी आज गोरखापत्र संस्थानले एउटा विज्ञापन छापेको छ। कहिले दुइटी बिहे गरेकोमा र कहिले धनलक्ष्मी यन्त्र नामको ठगी सामानको विज्ञापनमा खेलेको विषयमा विवादमा आइरहने निखिल उप्रेति यस पटक फेरि सरकारी संस्थानलाई पैसा नतिरेर ठगेको विवादमा फँसेका हुन्। फोटोसहित छापिएको विज्ञापन अनुसार गोरखापत्रलाई उनीसहित सञ्चालक रहेको विज्ञापन एजेन्सीले झण्डै ३ लाख रुपैयाँ तिर्न बाँकी छ।
सडक बालबालिकालाई मनिषाको उपहार
12:45 AM
No comments
- बसन्तपुर वरपर फोहोर बटुल्दै हिँड्ने विशाल तामाङलाई जीवनमा एकपटक मनिषा कोइरालासँग बसेर तस्बिर खिच्ने इच्छा थियो। सोमबार राजधानीको एउटा जमघटमा उनको त्यो सपना मात्र पुरा भएन, विशाललाई यसपालाको हिउँद झेल्ने न्यानोको बन्दोबस्त पनि उनै अभिनेत्रीले गरिदिएकी छिन्।विशालको परिवार काठमाडौंमै बस्छन्। बा- आमा दुवैले अर्कै विहे गरेका। त्यसैले विशाललाई सडककै जीवन रमाइलो लाग्छ।'उतिबेला फेल भएपछि पढ्न जानै छाडिदिएँ,' उनले नागरिकलाई मनको कुरा खोले,'पाएदेखि त पढ्थेँ।'फुर्सदको बेला पारेर समाजसेवामा आकर्षित भएकी मनिषाले त्यो समारोहमा विशालजस्ता २१ सडक वालवालिकालाई ज्याकेट र स्लिपिङ ब्याग प्रदान गरेकी थिइन्।
'ह्यान्डसम केटाले जिस्क्याउँदा मज्जा लाग्छ'
1:27 AM
No comments
जाडो त बढ्यो नि। कस्तो लाग्छ यो मौसन?
त्यति धेरै जाडो बढेजस्तो लाग्दैन। अहिलेको मौसम असाध्यै रमाइलो लाग्छ। त्यति जाडो पनि नुहने र त्यति गर्मी पनि नहुने यति बेला मलाई लङ वानपिस लगाएर हिँड्दा आनन्द आउँछ।
वानपिसको त्यस्तो मोह?
मलाई वानपिस सुहाउँछजस्तो लाग्छ। साथीहरु पनि त्यसै भन्छन्। त्यही भएर म कार्यक्रममा जाँदा पनि वानपिसमै जान्छु। फिल्ममा पनि धेरैमा लगाएको छु।
कुन रङको?
रेड र ब्ल्याक असाध्यै मनपर्छ।
घुमफिर कत्तिको गरिन्छ?
असाध्यै। फुर्सद हुनेबित्तिकै म त घुम्न गइहाल्छु। काठमाडौँमा पनि घुमिरहने बानी छ। अझ स्कुटीमा घुम्न रमाइलो लाग्छ।
त्यसरी हिँड्दा केटाहरुले जिस्क्याउँदैनन् र?
म मास्क छुटाउँदिन। कतिले चिन्दै चिन्दैनन्। चिनिहाले पनि जिस्क्याउँदैनन्। बरु राम्रोसँग कुरा गर्छन्।
कहिल्यै केटाहरुले जिस्क्याएनन् कि क्या हो?
किन नजिस्क्याउनु? कलेज पढदा खुब जिस्क्याउँथे। प्रपोज गर्दै लेटर लेख्नेहरु धेरै थिए।
केटाहरुले जिस्क्याउँदा रमाइलो लाग्दो हो नि?

'भिसा गर्ल'को राहदानी विवाद
2:01 PM
No comments
फिल्म 'भिसा गर्ल'को निमन्त्रणामा सरकारी छाप सहितको 'राहदानी' प्रयोग गरेर सिजी इन्टरटेनमेन्ट विवादमा परेको छ।
सरकारी प्रयोजनबाहेक अन्य काममा 'सरकारी छाप, लोगो र छायाँप्रति' समेत प्रयोग गर्नु दण्डनीय काम हो। सिजीले फिल्म घोषणा कार्यक्रममा तयार पारेको निमन्त्रणापत्रको कभर र नेपाल सरकारले प्रयोग गरेको राहदानीको कभर दुरुस्तै छ।प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी विनोद सिंहले निजी काममा सरकारी छाप प्रयोग गर्नु कानुनविपरित रहेको बताउँदै उजुरी आए कारबाही प्रक्रिया अगाडि बढाउने बताए।उद्योग विभागका महानिर्देशक ढुन्डीराज पोखरेलले यस्तो कार्डको प्रयोग गैरकानुनी बताए। निजी र व्यापारिक प्रयोजनका लागि कसैले पनि सरकारी लोगो प्रयोग गर्न नपाउने उनको भनाइ छ।'भिसा गर्ल'को निमन्त्रणा पत्रको विवरण सुनेपछि 'नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय'का रजिष्ट्रार विसु केसीले उजुरी परे सरकारी छाप दुरुपयोगको मुद्दासमेत चल्न सक्ने बताए। नेपाल सरकारले रचना गर्न लगाएको सबै चिजको स्वमित्व सरकारमा हुने बताउँदै त्यसको दुरुपयोग भए कानुन अनुसार कारबाही हुनसक्ने उनले बताए। 'सत्कार्यको लागि हो भने अनुमति लिएर सरकारी रचनाका केही अंश प्रयोग गर्न पाइन्छ,निजी र व्यापारिक प्रयोगका लागि यसो गर्नु गैरकानुनी हो,'यस्तो विषयमा सरकारले नै मुद्दा हाल्न सक्ने उनले बताए।डिआइजी सिंहले सरकारी दस्तखत र लिखत अनुमतीबिना कसैले पनि प्रयोग गर्न नपाउने जनाए। निजी कम्पनीले व्यापारिक प्रयोजनमा राहदानीजस्तै लाग्ने समाग्री प्रयोग गर्दा प्रतिलिपि अधिकार उल्लंघन मात्र नभई कीर्तेको परिभाषाले समेत भेट्नसक्ने उनले बताए।'सबै विवरण नबुझी त भन्न सकिन्न,तर लोगोको अरुले प्रयोग गर्न पाउँदैन, प्रतिलिपि अधिकार र कीर्तेको मुद्दा बन्न सक्छ यो,'उजुरी परे कारबाही अघि बढाउन सकिने उल्लेख गर्दै उनले भने,'मेरो कार्डमा तपाईंको फोटो राख्न पाइन्छ? थाहै नदिई कसैको घरको फोटो राखेर आफ्नो कारोबार गर्न पाइन्छ? यो पनि त्यस्तै हो। यस्तो साधारण कुरामा त हेक्का पुर्याउनु पर्यो नि,फिल्म बनाउनेले।'फिल्मकी अभिनेत्री तथा सहनिर्माता ऋचा शर्मा भने राहदानीको सम्मान सहितको सिर्जनशील काम गरेको दाबी गर्छिन्। यो विवादपछि कार्डमा 'वन्ली फर प्रोमोसनल युज'भन्नु पर्थ्यो कि भन्ने महसुस गरेकी ऋचाले नौलो काम गर्दा विवादमा परेको बताइन्। 'मिडियाबाहेक अरू निकायबाट गलत काम गरेको भनिएको छैन,हामीले नियम बुझेरै यसो गरेका हौं,'उनले भनिन्,'हामीले पासपोर्ट बेचेको हैन,दुरुपयोग गरेको हैन, डिजाइनरले ल्याएको प्रस्ताव राम्रो लाग्यो,एउटा फरक प्रयोग गर्यौं।'एक महिनापछि सुटिङ सुरु गर्ने बताइएको फिल्म'भिसा गर्ल'को पोस्टर र प्रोमो शुक्रबार सार्वजनिक गरिएको छ। फिल्म तयार भएपछि प्रचार सामग्रीको रूपमा पोष्टर बनाउने गरिए पनि यो फिल्मको भने निर्माण घोषणासँगै यी सामग्री सार्वजनिक गरिएको हो। फिल्म 'फस्ट लभ'का स्क्रिप्ट लेखक प्रचण्डमान श्रेष्ठलाई निर्देशकका रुपमा प्रवेश गराउँदै सिजीले फिल्म बनाउन लागेको हो।फिल्ममा कर्म, विनय श्रेष्ठ, रेमन श्रेष्ठ, ऋचा शर्मा, सलोनी राजभण्डारी, रिमा विश्वकर्मा, मेनुका प्रधान लगायतले अभिनय गर्नेछन्। फिल्मको छायांकन सञ्जय लामाले गर्नेछन्।
अक्षय कुमार काठमाण्डूमा !
11:45 AM
No comments
पछिल्लो समय बलिउड र हलिउडका कालाकारहरू नेपाल आउने लहरनै चलेको छ । तर उनीहरूको नेपाल यात्रा आउनका लागि आएको र जानका लागि गएको मात्र भएको छ । यसै बीच भारतीय स्टार अक्षय कुमार नेपाल आएको खबर प्राप्त भएको छ ।उनी शुक्रबार अपरान्ह आफू निकट भारतीय चलचित्रकर्मीको साथमा काठमाण्डू आएको बुझिएको छ । उनी काठमाण्डू ओर्लिएलगत्तै बौद्धमा रहेको हायात होटलमा बसेको बताईएको छ । तर उनी के कामका लागि र किन नेपाल आएको भन्ने कुरा खुल्न सकेको छैन । पछिल्लो समय एक टेलिभिजन च्यानलमा स्टण्डमा आधारित कार्यक्रम खतरोका खेलाडी सञ्चालन गरिरहेका अक्षयले सो कार्यक्रमको नयाँ सिजनको लागि छायाकंन स्थल नेपाल बनाउने बुझिएको छ । तर यो कुरा पुष्टी भैसकेको छैन । बुझिए अनुसार खतरोका खेलाडीका लागि उनी बन्जी जम्पको स्टण्ड नेपालमा गर्न चाहान्छन । जसका लागि उनी एकसाता नेपाल बस्ने बुझिएको छ ।
मसान : खिचिएको नाटक
8:40 AM
No comments
सिनेमा : मसान
निर्देशन/पटकथा : नीर शाह
कथा : स्वर्गीय गोपालप्रसाद रिमाल
कास्ट : राजवल्लभ कोइराला, केकी अधिकारी, नीता ढुंगाना
निर्माण : नीर फिल्मस र रिमाल इन्टरप्राइजेज
यस चलचित्रको प्रथम प्रदर्शनी (प्रिमियर)को मञ्चमा निर्माता तथा निर्देशक नीर शाहले भनेका थिए –प्रायः नेपाली सिनेमा ‘सी’बाट सुरु हुन्छन् तर ‘म’सम्म आइनपुग्दै बीचमै सकिन्छन् । यो सिनेमा ‘सी’बाट सुरु भएर ‘म’ सम्म पुग्नेछ र नेपाली चलचित्रको इतिहास लेखिँदा यो चलचित्रले आफ्नो स्थान सुरक्षित गर्नेछ ।’समिक्षाको प्रश्नमा शाहको भनाईलाई यसकारण उध्दृत गरिएको हो कि उनी नितान्त सहि बोल्दै थिए । हाम्रो यथार्थ यही वाक्यांशभित्र सीमित छ । ‘सी’बाट सुरु भएको सिनेमा बीचमै सकिन्छ, हराउँछ अनि दर्शक रिक्तताको अनुभूति बोकेर हलबाट बाहिरिन बाध्य हुन्छन् । जसको उपज, नेपाली चलचित्र आज घिटिघिटिको अवस्थामा आइपुगेको छ । यस्तो कहालीलाग्दो परिस्थितीबीच ‘सी’बाट सुरु भएर ‘म’सम्म पुग्ने भनेर दावी गरिएको सिनेमाप्रति ठूलो आशा खडा भएको थियो । एकतिर नेपाली साहित्यको एउटा उत्कृष्ट नाटकलाई चलचित्र बनाउने प्रयास र अर्कोतिर शाहजस्तो अनुभवी निर्देशकबाट यस्तो प्रयत्न भैरहेको अवस्थामा ‘मसान’ले एक ऐतिहासिक चलचित्ररुपी दस्तावेज बन्न सक्ने सम्भावना बोकेको थियो । रिमालद्वारा लिखित यो कृति पढेका थुप्रैका लागि र नपढेका तर सुनेका अरु थुप्रैका लागि यो सिनेमा एउटा अवसरको रुपमा थियो । पर्दामा सशक्त द्वन्द्व बोकेको नाटकको चलचित्रात्मक रुपान्तरण हेर्ने र यस्तो अवसर नेपाली चलचित्र घरहरूको पर्दामा विरलै पाइन्छ –व्यावसयिकताको नाममा बलिउड र कोरियन चलचित्रको अनुवादको विगविगी भैरहेको वर्तमान यथार्थमा । दुर्भाग्यवश, यो सिनेमा ‘सी’बाट सुरु हुँदा–हुँदै ‘सी’मै सकिन्छ । ‘मा’सम्म पुग्ने त कल्पना पनि गर्न सकिन्न । पटकथाकार तथा निर्देशक शाहले भनेजस्तै यो चलचित्र नेपाली रजतपटको इतिहासमा स्थान सुरक्षित गर्न लायक त छ तर साहित्यिक कृतिबाट असफल चलचित्र बनाइएको श्रृङ्खलाभित्र । स्वदेशी रजतपटको लागि यो चलचित्र वर्षकै ठूलो दुर्भाग्य हो । कारण –सृजनात्मक दृष्टिकोणले प्रशस्त सम्भावना रहेको चलचित्रको सृजनात्मक पक्षमै पूर्णतः असफल बन्यो र साहित्यिक कृतिमाथि चलचित्र बनाउने अभियानमा कहिँ–कतै नैराश्य स्थापित गराइदियो । ‘मसान’ दुर्घटनालाई गहनताका साथ विश्लेषण गर्दा एउटा महत्वपूर्ण प्रश्न उजागर हुन्छ –नेपाली सिनेमाले चलचित्रको भाषालाई किन यति धेरै उपेक्षा गरेको हो ?के हामीले चलचित्रको भाषा सिकेका छैनौं या जानेका छैनौं ? अथवा जानेर पनि बेवास्ता गरेका छौं ? के चिनमा गएर चिनियाँसँग हामीले नेपाली भाषामात्र बोलेर हुन्छ ? चिनमा चिनियाँसँग घुलमिल हुन चिनियाँ भाषा नै जान्नुपर्छ भनेजस्तै चलचित्रको देशमा नाटकको भाषा बोलेर हुन्छ ? चलचित्रकै भाषामा बोलिनुपर्छ अनि मात्र चलचित्र देशका खुला नागरिक (जसलाई हामी दर्शक भन्दछौं), उनीहरूले हामीलाई बुझ्न सक्छन् र आत्मसात गर्न सक्छन् । यसर्थ यस चलचित्र भनिएको ‘मसान’ भाषागत दृष्टिकोणले चलचित्र नभएर नाटकलाई क्यामेराले खिचेर काट्ने र जोड्ने सम्पादन गरेर देखाइएको नाटक मात्र हो भनेर श्रेणीगत गर्दा धेरैलाई तीतो महसुस होला तर यथार्थ त्यही हो । मुटुमाथि ढुङ्गा राखेर नेपाली सिनेमा उद्योगले बरिष्ठ भनेर सम्बोधन गरिने निर्देशक शाहको यस पटकको प्रयासलाई यसरी मूल्यांकन गर्नुपर्दा हामीपनि मर्माहत भएका छौं । पुरुषत्वको स्वार्थ र यौन कुण्ठाको उपजमा मातृत्वको द्वन्द्व ‘मसान’ कृतिको कथन थियो । जसलाई नाटककार रिमालले तत्कालिन कालखण्ड, परिस्थिती र साधन तथा स्रोतको हेतुले नाटकीय परिधिमा लेखेका थिए । तसर्थ, ‘शब्द’ले यसमा प्राथमिकता पाएको थियो भने ‘श्रवण’ तथा ‘वाचन’लाई मूल आधार मानिएको थियो । तर, जब साठी वर्षपछि शाहले त्यस कृतिमाथि चलचित्र निर्माणको प्रयास गरे, तबपनि उनले (शाह)ले रिमालकै स्थानमा बसेर सिनेमा बनाए । रिमालकै आँखा र मनोविज्ञानमा शाहले सिनेमा निर्माण गरे । रिमाल शाहमा रुपान्तरण हुन सोच भएर बरु शाह रिमालमा रुपान्तरण भए । शाहको क्यामेरा रिमालको कलममा रुपान्तरण भैगयो । समग्रमा रिमालको ‘मसान’ नाटक शाहको चलचित्र ‘मसान’मा रुपान्तरित हुनुपर्ने हो । तर, हुन नसक्दा सर्वाधिक महत्वपूर्ण र आधारभूत त्रुटि हुन पुगेको छ जसको लागि निर्देशकसँग आफ्नै भनाइ र तर्क होलान् तर दर्शकको रुपमा चलचित्र घरभित्र पसेपछि कोहीपनि ‘नाटक’ हेरेर बसिरहन सक्दैन । यस्तो सृजनात्मक अन्याय यस सिनेमाबाट भएको ‘नबोल, देखाऊ’ चलचित्रको भाषाको आधारभूत व्याकरण हो तर ‘मसान’मा ‘बोल, नदेखाऊ’ सिद्धान्त अवलम्वन गरेर निर्देशकले चलचित्रका विशेषज्ञहरूको उपलब्धीलाई चुनौति दिएका छन् । हरेक चलचित्रमार्फत कुनै न कुनै कथा देखाउने हो, सुनाउने होइन । तसर्थ, पर्दामा देखिसकेपछि बल्ल कथाको स्वरुप दर्शकको मनोविज्ञानमा स्थापित हुन्छ, अनुभूति पैदा हुन्छ अनि दर्शक चलचित्रका पात्रको जीवनको नजिक पुग्छन् । हिस्सा बन्छन् । तर, कथा सुनाउने निर्देशकको यस प्रयत्नसँग आत्मसात गर्न भने कुनै हदसम्म पनि सकिँदैन । प्रतिष्ठित सिनेमा पुरस्कार (एकेडेमी अवार्ड–ओस्कार)मा एउटा विधा छ जहाँ त्यसवर्ष निर्माण भएका चलचित्रहरू प्रतिस्पर्धा गर्छन् जसको पटकथा कुनै साहित्यिक कृति या अन्य प्रकाशित कृतिबाट रुपान्तरण गरिएको हुन्छ । उत्कृष्ट रुपान्तरित पटकथा भनेर सम्बन्धित पटकथाकारलाई पुरस्कृत गरिन्छ । यसर्थ रुपान्तरणको महत्वलाई विश्वले बुझेको छ नत्र मौलिक कृतिलाई जस्ताको तस्तै साभार गर्ने कामको लागि उक्त पुरस्कार दिइँदैन । मौलिक कृतिलाई चलचित्रको पटकथामा सफल रुपान्तरणको सृजनात्मक उपलब्धीलाई सम्मान गर्दै सो पुरस्कार दिइने यथार्थ हुँदा–हुँदै पटकथाकार र निर्देशक शाहले रिमालको नाटक ‘मसान’लाई चलचित्र ‘मसान’मा रुपान्तरण गर्दा पालना गर्नुपर्ने न्यूनतम मापदण्ड पनि पुरा नगरेको कारणले यस कृतिलाई चलचित्रको रुपमा मसानघाट पुर्याउने काम मात्र भएको निष्कर्ष निकाल्न सकिन्छ । अहिलेका नेपाली चलचित्रहरूमा एउटा स्टाइल हावी हुन थालेको छ –आउट अफ फोकस ।’ दृश्यहरू खिच्ने र सम्पादनलाई पनि सहर्ष स्वीकार गर्ने । यस्तै, स्टाइल यस चलचित्रमा पनि अपनाइएको छ जसमा करिब २५ प्रतिशत दृश्यहरूले ‘सार्पनेस’ पाउन सकेका छैनन् । प्राविधिक कठिनाइ वा कमजोरी हो तर, पर्दामा देखिने दृश्यले ‘फोकस’जस्तो आधारभूत आवश्यकताको मापदण्ड पुरा गर्न नसक्दा लज्जापन महसुस हुन्छ । त्यस्तै सम्पादनको पक्षमा भने एक दृश्यमा यति लापरवाही गरिएको छ कि संवादको वाक्य संरचनामा सुरुमा आउनुपर्ने पछाडि र पछाडि आउनुपर्ने अगाडि आउँछ र गोलमाल सुनिन्छ पर्दामा । प्राविधिक पक्षमा ‘मसान’ कमजोर फोकसमा खिचेर जोरजाममात्र गरिएको नाटकमा सीमित हुन पुगेको छ । अझ त्यसमाथि, पाश्र्वसंगीत (ब्याकग्राउन्ड स्कोर)को छनौट चलचित्रको अर्को कमजोरी बनेको छ । ‘मसान’ जुन कालखण्ड र संस्कृतिको उपज हो, त्यस अवस्थाको ध्वनी प्रतिनिधित्व गर्न र कथाको अन्तरद्वन्द्व, भावना र उद्वेगलाई प्रतिनिधित्व गरिएको छैन । दृश्य र ध्वनीबीच सुमधुर सम्बन्ध स्थापना हुन नसक्दा पाश्र्वसंगीत संयोजन उपलब्धीविहिन हुन पुगेको छ । अभिनय पक्षमा भने मसानलाई मध्यम मान्न सकिन्छ । विशेषतः दुईजना महिला पात्र (हेलेने र कान्छीबजै)बीचको पर्दामा देखिएको प्रस्तुतिमा सहजता ल्याउन धेरै कोसिस गरिएको छ । जसलाई सह्राना गर्नुपर्छ । तर, पटकथा संरचना देखिनै कमजोरी भएको कारण कलाकारहरू पात्रलाई जीवन्त बनाउन असक्षम भएका छन् । पुरुष मुख्य पात्रको भूमिकामा (कृष्णबाजे) कलाकारलाई एकदम थाकेको र नैराश्य अनुभूति गर्न सकिन्छ र उनले आफ्नो पात्रको बहुआयामिक स्वरुपलाई पर्दामा विश्वसनिय बनाउन सकेका छैनन् । केही पात्रहरू आवश्यकताभन्दा बढी चिच्याइरहेका छन् भन्ने अनुभूति हुन्छन् भने कोही पात्रहरू अस्पष्ट र प्रतिविम्वित हुन्छन् । समिक्षा गर्दा चलचित्रको नराम्रो मात्र धेरै लेख्यो, राम्रो पनि लेखेर सन्तुलन गर्नुपर्दछ भन्ने आरोप र सम्भावनाहरू आइरहेको अवस्थामा बाध्य भएर ‘मसान’को राम्रो पक्ष केलाउन बस्दा शाहको उत्साह र प्रयत्न तथा सर्जक रिमालको परिवार नै चलचित्र बनाउन अग्रसर हुनु यसका सकारात्मक पाटा हुन् । तर, चलचित्र समिक्षा चलचित्र प्रस्तुतिको प्रोजेक्टर अनगरेदेखि प्रोजेक्टर अफसम्मको समायावधिभित्रको मूल्यांकनमा आधारित हुने हुँदा विगत र पृष्ठभूमिहरूको कुनै ठाउँ रहँदैन । कठोर निर्मम हुनुपर्ने बाध्यता रहन्छ । यसर्थ हाम्रा शब्दहरूले सर्जकको मान प्रतिष्ठा र अहमतालाई कहिँ ठेस पु¥याएमा हामी आग्रह र पूर्वाग्रह नभएको र समिक्षाको उद्देश्य वैचारिक वहसको सृजनात्मक उत्थान भएको दर्शाउँदै स्वर्गीय रिमालले नेपाली साहित्यमा पु¥याएको योगदान तथा नीर शाहज्यूको चलचित्र योगदानप्रति पनि हामी श्रद्धा व्यक्त गर्न चाहन्छौं । अन्त्यमा, निर्देशक र पटकथाकार शाहले प्रिमियर मंचमा व्यक्त गरेका धारणाबाट प्रभावित भएको यो समिक्षक के निष्कर्षमा पुगेको छ भने –चलचित्र बनाउनु भनेको भाषण गर्नुजस्तो सजिलो छैन र हरेक उत्कृष्ट कृति समात्दैमा उत्कृष्ट चलचित्र बन्न सक्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन । त्यसैले अब साहित्यिक कृतिलाई चलचित्र बनाउँदा आगामी दिनमा चलचित्रकर्मीले बडो सहजता अपनाउने छन् भन्ने आशा गर्दछौं ।
साभार :मेरो सिनेमानिर्देशन/पटकथा : नीर शाह