जीवनले गरे ऋचाको बर्बादी

जीवन लुईटेलले ऋचा सिंह ठकुरीको जीवन बर्बाद पारिदिएको खुलासा भएको छ त्यो पनि अस्पतालमा । जीवनले ऋचाको जीवन नै बर्बाद पारेको कुरा आईतवार खुल्नमा आएको हो ।आईतवार साँझ भक्तपुर स्थित कोरियन अस्पतालमा नायक जीवन लुईटेलको सामु नायिका ऋचा सिंह ठकुरीले निकै क्रोधित मुद्रामा भनिन्, 'तैंले मेरो जीवन नै बर्बाद बनाई दिईस् । तँ पापी होस् । तँ राक्षस होस् ।' यति भन्दा पनि नायक जीवन भने चुप लागेर ऋचाको कुरा सुनिरहे । उनी केहि बोल्न चाहेनन् । सायद जीवनले गल्ती गरेर नै होला उनी ऋचाको सामु निरिह बनेर नै बसे । आखिरमा के गरे त जीवनले ? यो कुरा गोप्य नै छ । किनकी यो कुरालाई न ऋचाले खोल्न चाहिन् नत जीवनले नै ।प्रसङ हो चलचित्र 'म तिम्रो भ्ईसकें' को । बिकाश आचार्य निर्देशित सो चलचित्रमा यस्तै एउटा दृश्यको छायाँकन भक्तपुर स्थित कोरियन अस्पतालमा आईतबार गरियो । पूर्णतया प्रेमकथामा आधारित सो चलचित्रमा जीवनले ऋचाको जीवन के काराणले बर्बाद गर्छन् त्यो त चलचित्र हेरेपछि नै थाहा हुन्छ । गत फाल्गुन २७ गतेबाट छायाँकन शुरू गरिएको सो चलचित्रमा अयुब केसी र बालकलाकार बिज्ञान सापकोटाको पनि मुख्य भुमिका रहेको छ ।वान टाईम सिनेमाको प्रस्तुती रहेको सो चलचित्रमा निर्देशक आचार्यकै कथा र निर्माण, बसन्त सापकोटाको संगीत, शम्भु सापकोटाको छायाँकन, हिमाल केसीको द्वन्द तथा कविराजको नृत्य रहेको छ । रेड क्यामेराले छायाँकन गरिएको सो चलचित्रको छायाँकन धरान, दोलखा, सिन्धुपाल्चोक लगायतका स्थानमा गरिंदै छ ।

कहाँ छिन् पुनम पान्डे ?

मुम्बई, चैत २० (एजेन्सी)- विश्वकप क्रिकेटको फाइनल भारतले जितेलगत्तै मोडल पुनम पान्डेको व्यापक खोजी भइरहेको छ। विश्वकप जिते सबै लुगा खोल्ने सार्वजनिक वाचा गरेकी हुनाले उनको खोजी भएको हो। तर शनिबारदेखि नै उनी बेपत्ता भएको र मोबाइल फोनसमेत स्विच अफ भएको भारतीय मिडियाले जनाएका छन्। मोबाइलमा आउने कलले २० वर्षीया मोडल दिक्क पारिसकेको थियो। उनलाई कि आफ्नो अगाडि लुगा खोल्न आग्रह गर्ने फोन आउँथे, कि त भारतीय संस्कृतिको बेइज्जत गर्न खोजेको भन्दै धम्क्याउने।बिहीबार टाइम्स अफ इन्डियासँग कुरा गर्दै पुनमले त्यस्ता धम्कीहरुबाट आफू नडराउने बताएकी थिइन्।अश्लीलताको आरोपमा उनीविरुद्ध भोपालको अदालतमा मुद्दासमेत दायर भएको छ। तर उनले भारतीय क्रिकेट कन्ट्रोल बोर्डलाई शुक्रबार पत्र लेख्दै यस्तो भनेकी थिइन्- टिम इन्डियालाई समर्थन गर्ने यो मेरो शैलिको अभिव्यक्ति हो। म एक्स्ट्रा माइलेजमा जान चाहन्छु।उनले थेराप्युटिक उद्देश्यका लागि निजी रुपमा वयस्कहरुका सामु नाङ्गिनु अपराधन भएको जिकिर गर्दै भारतमा विवाद हुने भए पेरिस वा अरु कुनै देशमा नाङ्गिन तयार रहेको त्यसमा लेखेकी थिइन्।मोबाइल सम्पर्कविहीन भए पनि भारतले कप उचालेपछि पुनमले आफ्ना साढे पाँच हजार पछ्याउनेहरुलाई ट्विट गर्दै भनेकी छिन्- ....र जादूले काम गर्‍यो !!!! :) मायालु जवाफहरुका लागि धन्यवाद है केटा हो !

गीतको पछाडि दौडिनेहरु

'नाई नभन्नु ल' का निर्देशक बिकास आचार्यले यस सिनेमाको नाम बेग्लै ढंगले पत्ता लगाए । आफु निर्देशित पहिलो सिनेमा 'न शिव आफ्नो'को एक गीतबाट उनले यो नाम समातेका हुन् । त्यसो त आगामी प्रोजेक्ट 'म तिम्रै भैसकें'को न्वारनको कथा पनि उस्तै छ । 'नाई नभन्नु ल'कै शिर्ष गीतमा यी शब्दहरु छरपस्टै छन् ।यता, निर्माता रिमेश अधिकारी पनि गीतको पछाडि दौडने मध्येमै पर्छन् । उनले आफ्नो अघिल्लो सिनेमा 'वशमा छैन यो मन'को न्वारन राजन इशानको 'वशमा छैन मेरो मन' बोलको गीतलाई अलिकति बँग्याएर गरिएको पाईन्थ्यो । हाल आएर अर्को सिनेमा 'म बिर्सुं' कसरीको नाम पनि त्यहि शिद्धान्तमा निर्भर भई जन्माएका छन् । यी शब्दहरु हामी स्वर सम्राट नारायण गोपालको 'यो सम्झिने मन छ' बोलको लोकप्रिय गितमा भेट्न सक्छौं ।त्यस्तै, गोपीकृष्ण मुभिजको निर्माणमा बनेको सिनेमा 'प्रितिको फुल'को नाम कसरी रह्यो भनेर त भन्नै नपर्ला । एक दशकअघिको सफल सिनेमा 'कुसुमे रुमाल'को शिर्षगीत 'मायाको बारीमा प्रितिको फुलबाट' यो नाम जन्माईएको हो । यो गीतका शब्दहरुलाई निर्माता उद्धव पौडेल अझै छोड्ने पक्षमा छैनन्, त्यसैले त उनले आफ्नो आगामी प्रोजेक्टको नाम 'मायाको बारीमा' राखेका छन् नि । फरक यति मात्र हो कि, गीतमा 'मायाको बारीमा' पछि 'प्रितिको फुल' आउँथ्यो भने सिनेमा बन्दा 'प्रितिको फुल'ले जित्यो । अब यसपछिको शब्द 'सँगाली राखेको' नामबाट पनि अर्को सिनेमा नबन्ला भन्न सकिन्न, त्यसपछिको शब्द 'कुसुमे रुमाल'बाट त दुई वटै सिनेमा बनिसक्यो ।यसरी गीतको पछाडि दौडिनेहरुको नाम खोज्दै जाने हो भने त एउटा 'महाभारत' नै तयार हुनसक्छ । त्यसैले यो खोजीलाई यहिँ रोकौं ।

०६७ साल बिशेष 'रजतपट'

कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने लोकप्रिय फिल्मी कार्यक्रम 'रजतपट'ले यहि चैत्र ३० गते बुधबार आफ्नो '२०६७ साल बिशेष अंक' प्रस्तुत गर्दैछ । यस अंकमा २०६७ सालमा नेपाली सिनेमा क्षेत्रभित्र घटेका राम्रा, नराम्रा घटनाहरु सँगसँगै कुन सिनेमा सफल र कुन असफल भए, भन्ने कुराको चिरफार गरिने कार्यक्रमका निर्माता तथा प्रस्तोता प्रकाश सुवेदीले मेरोसिनेमालाई बताए ।त्यस्तै, कार्यक्रममा बर्षकै सफल नायक, नायिका, निर्देशक तथा गीतहरुको काउन डाउन, यस बर्ष नेपाली सिनेमा क्षेत्रमा भित्रिएका नायक, नायिका र बर्षमै सबैभन्दा बढि अर्थ आर्जन गर्ने नायक नायिकाहरुको जानकारी पनि दिईने सुवेदीले खुलासा गरे । नेपाली सिनेमा क्षेत्रका सुक्ष्म कुराहरु पनि दर्शकहरुले थाहा पाऊन् भन्ने उद्देश्यका साथ 'रजतपट'को यो बिशेष अंक प्रसारणमा ल्याउन आँटिएको उनको धारणा छ ।एक घन्टाको हुने यस कार्यक्रम चैत्र ३० गते बुधबार रातको साढे आठदेखि प्रसारणमा आउँनेछ । जसलाई तपाईले मेरोसिनेमा डट कम मार्फत् पनि हेर्नसक्नु हुनेछ ।

अन्जु पन्त छोड पत्रको तयारीमा

अहिलेकी सुपरहिट गायिका अञ्जु पन्त र उनका संगीतकार श्रीमान मनोजराजवीच खटपटका खबर निकै पहिलेदेखि सुनिदै आएका हुन् । कहिले मनोजले अञ्जुलाई कुटेको त कहिले अञ्जुले दारु खाएर मनोजसँग वारपारको झगडा गरेका खबरले संचारमाध्यम तातिरहे पनि यससलाई बजार हल्ला ठान्दै नपत्याउनेहरु धेरै थिए ।तर, उनीहरुबिच लामोसमयदेखि चल्दै आएको असझदारी अब सम्बन्धबिच्छेदमै पुग्ने भएको छ । करिव एक महिनाअघि झगडा भएपछि मनोजले अञ्जुलाई मरणासन्न हुने गरि पिटे । त्यसपछि माइत गएकी अञ्जु अहिलेसम्म मनोजको घर फर्किएकी छैनन् ।उनका पति मनोजराजका अनुसार अञ्जुले मनोजको फोनकल उठाउँदिनन् भने एसएमएसको पनि रेस्पोन्स गरेकी छैनन् । स्रोतका अनुसार अञ्जुले मनोजसँग सम्बन्धबिच्छेदका लागि एक कानुन ब्यबसायीसँग परामर्श गरिरहेकी छन् ।मनोजले आफ्नो चरित्रका बारेमा अनाबश्यक शंका गर्ने गरेको र त्यसले सधै घरझगडा भई सँगै बस्न नसक्ने अबस्था सिर्जना भएकाले सम्बन्ध बिच्छेद गर्नुपरेको अञ्जुले आफ्ना निकटवर्तीहरुलाई बताउने गरेकी छन् । जसले गर्दा मनोज र अञ्जुकी ९ बर्षिया छोरीको भबिष्यसमेत अन्यौलमा परेको छ ।मनोजले भने आफुले अञ्जुलाई अति नै माया गर्ने कारण हरपल सँगै रहोस भन्ने चाहाना राखेको तर त्यसले अञ्जुको ब्यक्तिगत जीवनमा डिष्टर्व भएकाले झगडा हुने गरेको बताउँछन् । कान्तिपुर साप्ताहिकलाई हालै दिएको अन्र्तवार्तामा उनले रिसाएपछि हातै छोड्नु आफ्नो गल्ती भएको बताएपनि आफ्नो सम्बन्ध अञ्जुसित पुनः जोडिने बिषयमा भने यकिनसाथ भन्न नसक्ने बताएका छन् ।कुनैबेला करिअर बनाउन संर्घष गरिरहेका दुवै संगीतकर्मीले मन मिलेर बिबाह गरेका थिए । तर, पछिल्लो सयममा अञ्जुको लोकपि्रयता ह्वात्तै बढ्यो, मनोजको सांगीतिक करिअर सपि्रन सकेन् । ब्यस्ततामात्रै हैन अञ्जुको बिदेश घुमफिर र आम्दानी पनि राम्रै हुन थाल्यो । जसले गर्दा मनोज अञ्जुको खर्चमा हिड्न बाध्य भए । यही कारणले पनि मनोज पछिल्लो दिनमा डिप्रेस्ड देखिने गरेको उनका साथीहरु बताउँछन् ।भूमिका श्रीमान श्रीमति भएपनि मन दुई किनारा पुगेपछि अन्ततः दुवैले सम्बन्धबिच्छेदको बाटोलाई रोजेको खुलसा भएको छ । अन्जुका श्रीमान मनोजका अनुसार अन्जु पन्तको खुसीका लागि आफुले जे पनि गर्न तयार रहेको भन्दै डिभोर्स गरी भिन्नै ढंगबाट जीउने बिचारमा रहेको बुझिएको छ ।

मिस यू हिट

बिहानीले दिनको संकेत गर्छ भने जस्तै पोस्टप्रोडक्सनमा रहेको चलचित्र 'मिस यू' रिलिज पूर्व नै हिट भएको संकेत सामाजिक संजाल फेसबुकमा देख्न सकिन्छ । सुरेश दर्पण पोखरेलले निर्देशन गरेको चलचित्र 'मिस यू'को प्रतिक्षमा दर्शकहरू बसेको सो फेसबुकले देखाएको छ ।निर्देशक पोखरेलले गत मार्च २८ तारिखका दिन चलचित्रका नायक दिलिप रायमाझी,बरूण राणा र नायिका नम्रता श्रेष्ठको साथमा आफू सहितको एक तस्विर राखेका थिए ।मिस यू टिम भनेर राखिएको सो तस्विरमा यो समाचार तयार पारूञ्जेल सम्म ५२ जनाले लाईक गरेका छन् भने ३८ जनाले कमेन्ट गरेका छन् । जसमा केहिले 'मिस यू' को पर्खाइमा रहेको बताएका छन् भने केहिले 'मिस यू' भनि कमेन्ट गरेका छन् ।यसैगरी केहीले निर्देशक त कलाकार लाई बधाई दिएका छन् ।नायक दिलिप रायमाझीले निर्माण गरेको सो चलचित्र प्रदर्शन पूर्व नै हिट हुँदा चलचित्र युनिट निकै खुसी छ । नायक तथा निर्माता रायमाझी भन्छन्,'हामीले दर्शकलाई राम्रो चलचित्र दिने कोसिस गरेका छौं । आशा छ दर्शकहरूले हाम्रो सानो उपहार ग्रहण गर्न मिस गर्नुहुने छैन ।'यसैगरी निर्देशक पोखरेलले पनि राम्रो चलचित्र बनाउने प्रयत्न गरेको बताउँछन् । 'मिस यू' लाई आफ्नो ड्रिम प्रोजेक्ट चलचित्र मान्दै आएका निर्देशक पोखरेलले नायक बरूण राणा मात्र नभएर नायक दिलिप र नायिका नम्रताका लागि पनि यो चलचित्र ब्रेक जस्तै रहने प्रतिक्रिया दिए ।मलेसियाका रमणिय स्थानमा छायाँकन गरिएको सो चलचित्र छिट्टै नै दर्शक माझ आउने निर्देशकको भनाई छ । करिब एक करोडको लागतमा निर्माण गरिएको सो चलचित्रको डबिङ केहि दिनमा शुरू गरिने भएको छ । जे होस् चलचित्र 'मिस यू' रिलिज अगाडी नै हिट भएकोमा सम्पूर्ण टिमलाई बधाई र साथमा 'मिस यू' लाई आश गरेर बसेका दर्शकलाई निराश नपार्नु होला भन्ने शुभकामना पनि !

लगानी ६५ लाख, नाफा कति?

काठमाडौं, चैत १८ (नागरिक)- व्यापारमा खडेरी लागेको बेला निर्माता सुशील पोखरेल ६५ लाख लगानीमा बनेको फिल्म 'निगरानी' रिलिज गर्दैछन्। उनलाई लागेको छ, 'असल र खराब व्यापारको निर्धारण समय होइन फिल्मले गर्छ।' आफ्नो फिल्मप्रति ढुक्क भएर शुक्रबार काठमाडौंमा फिल्म रिलिज गर्न लागेको उनले जानकारी दिए।'आफ्नो फिल्म त सबैलाई राम्रो लागिहाल्छ। अब यसको मूल्यांकन दर्शकले गर्छन्,' यसअघि ६ वटा फिल्म बनाएका पोखरेल यो अनुभवका कारण घाटा नखानेमा आशावादी छन्। 'उद्योगमा धेरै लगानीकर्ता मात्र छन्। म निर्माता पनि हुँ। बुझेर लगानी गरेको हुनाले घाटा खान्न भन्नेमा ढुक्क छु,'उनले नागरिकसँग भने।करिब ६५लाखको फिल्मबाट ८५लाखसम्म उठाई २०लाख नाफा कमाउने उनको लक्ष्य छ। 'काठमाडौंबाट ३५ लाख र बाहिरबाट ५० लाख आशा गरेको छु। बीचमा चाडबाड परेकाले व्यापार राम्रै हुन्छ होला,' उनले भने। फिल्म रिलिज गर्नु अघि वितरकसँग पैसा नलिएकाले अरू निर्माताजस्तो दबिनु नपर्ने सुविधा आफूले उपभोग गरिरहेको उनले बताए।'पहिला पैसा लियो भने रिलिज डेट लगायत धेरै कुरामा निर्माता बोल्न पाउँदैन। मैले त्यसो हुन दिएको छैन,' उनले भने। फिल्ममा बाल अपहरणको कथा समेटिएको छ। विषयको माग अनुसार पत्रकार, पुलिस र भिलेनको सेरोफेरोमा फिल्म घुम्ने छ। फिल्ममा एक्सन बलियो रहेको उनको दाबी छ। हिमाल केसीको फाइट रहेको 'निगरानी'मा बिराज भट्ट, मुकेश ढकाल, अरुणिमा लम्साल र जेनिशा केसीले अभिनय गरेका छन्। राजेन्द्र उप्रेतीद्वारा निर्देशित फिल्म चैत २५ देखि काठमाडौं बाहिर समेत रिलिज गरिने निर्माता पोखरेलले बताए।