हिन्दी संगीतमा नेपाली शब्दको डबिङ यसरी गरे चेतनले (भिडियो)

नेपाली सिनेमाका संगीत भारतीय सिनेमाबाट प्रभावीत हुदै आएका छन् । अधिकांश गीतहरु भारतीय संगीतबाट हुबहु चोर्ने अनि प्रभावित भएको भन्ने संगीतकारहरुको यहाँ कमी छैन । संगीतकार चेतन सापकोटालाई विदेशी सिनेमाका संगीत चोर्ने गरेको आरोप लाग्दै आएको छ । तर चेतनले यो आरोपलाई खण्डन गर्ने काम गर्न सकेका छैनन् । केही महिना अघि प्रदर्शनमा आएको हिन्दी चलचित्र ‘बोल बच्चन’ को ‘चलाओ ना नैनो शो बाँड रे’ बोलको गीतलाई चेतनले एक नेपाली सिनेमामा हुबहु उतारेका छन् । सोमबार मात्र अनलाइन मार्फत सार्बजनिक गरिएको चलचित्र ‘पद्यमिनी’ को ‘दिल तोडेर नजाउ’ बोलको गीतको संगीत चेतनले ‘बोल बोच्चन’ को गीतबाट हुबहु चोरेका छन् । गीतको सुरुवातमा केही बच्न खोजेपनि चेतनले पुरै गीत चोरेको स्पष्ट झल्कन्छ । यो गीतलाई चेतन स्वयंम आफैले कोरेका हुन् । गीतमा चेतन र संगीता प्रधानको आवाज समावेश छ । यो भिडियोमा नायिका निशा अधिकारी र नायक अनिल थापाको नृत्य हेर्न सकिन्छ । चलचित्र ‘पद्यमिनी’को ‘दिल तोडेर नजाउ’ बोलको गीतका केही शब्दहरु समेत ‘बोल बच्चन’को ‘चलाओ ना नैनो शो बाड रे’ बोलको गीतसँग मिलेका छन् । संगीतकार चेतन सापकोटाको यो क्रियाकलापले सिंगो सिनेमा क्षेत्रको सांगीतीक पाटोको नै वेईजत गरेको छ । हिन्दी सिनेमा ‘बोल बच्चन’को
संगीतमा नेपाली शब्द मिसाएर तयार पारिएको ‘पद्यमिनी’को गीत यस्तो छ ।
 अब ‘बोल बच्चन’ को ‘चलाओ ना नैनो शो बाँड रे’ बोलको गीत सुन्नुहोस् र संगीतकार चेतन सापकोटाको नग्नताको पराकाष्टको मुल्यांकन आफै गर्नुहोस् ।

0 comments:

Post a Comment