अनायासै भेट भएकी युवती, र उसँग रहँदा-घुम्दा वसेको माया अनि विचमै टुटेको सम्वन्ध र टुटेको प्रेमलाई जोड्न गरिएका विभिन्न कसरतहरुले भरिएको चलचित्र आई.एम.सरी । शुक्रवारवाट देशभरका हलमा प्रदर्शनमा आएको चलचित्र आई.एम.सरीको सारसंक्षेप कथा वस्तु यही नै हो । प्रदर्शनको अगाडि खुवै चर्चा पाएको यो चलचित्रले प्रदर्शनपश्चात धेरै नै आलोचना भोगिरहेको छ । आईएमसरी के दर्शकले हेर्ने खालको छ त ? यसको अप्रेशन हामी यहा गर्दैछौ ।
चलचित्र आई.एम.सरी प्रदर्शन अगावै चर्चामा आएको थियो र यसको मुख्य कारण थियो, नायक आर्यन सिग्देल र नायिका केकी अधिकारीको जोडी । नेपाली सिनेमा उद्योगमा फरक धारका सिनेमा खेल्ने र अभिनय पनि राम्रै गर्ने मानिएका आर्यन र उदाउँदै गरेकी नायिका केकीको जोडीमा राम्रै दम छ भन्ने सोचेर नै
यसको चर्चा भएको हो । तर, चलचित्र हेरीसकेपछि दर्शकले पैसा असुल भएको अनुभूति गर्न नसक्ने अबस्था छैन् ।
अभिनयमा कमजोर
अभिनयको कुरा गर्दा यो चलचित्रका दुई मुख्य पात्र आर्यन र केकीसँग हामीले आई.एम.सरी भन्नै पर्छ । नायक आर्यन सिग्देल यो सिनेमाभित्र कत्ति पनि खुल्न सकेका छैनन् । उनको मुख त चलेको छ तर अनुहार र शरिर कत्तै पनि चलेको छैन । सिनेमाभित्र उनले गरेको अभिनय हेर्दा लाग्छ-उनी निक्कै दिक्क मानेर सिनेमा खेलीरहेका छन् । सिनेमामा आर्यनको कुनै कामै देख्न पाईदैन । ट्याक्सी ड्राईभरको भुमिकामा देखिएको वताएपनि आर्यन यो सिनेमा भित्र एक राणा खानादानको युवराज हुन्छन् जुन भुमिकामा उनलाई दर्शकले चलचित्र ‘मेरो एउटा साथी छ’ मा हेरीसकेका छन् । यसैले, ६ लाख पारीश्रमीक लिने हिरो यो सिनेमावाट वेपत्तासँग तल झरेका छन् । आर्यनको करिअरका लागि यो चलचित्रले आईएमसरी नै भनेको छ ।
नायिका केकी अधिकारी यो सिनेमाभित्र एक धनाढ्य परिवारकी एक्ली छोरी जसको नाममा वजारमा हरेक व्रान्डका सामान पाईन्छन् । तर, केकी कत्तैवाट पनि यस्तो लाग्दिनन् । संवाद वोल्ने क्रममा त केकी चुकेकी छिन् । उनले वोलेको संवाद एक धनाढ्य परिवारको युवतीले वोल्ने जस्तो लाग्दैन, वरु वच्चाले वोलेजस्तो लाग्छ । अभिनयका हिसावमा पनि केकीको खासै तारिफ गरीहाल्नु पर्ने देखिदैन । यि वाहेक अन्य कलाकारको अभिनय औषत नै छ ।
निर्देशन र पटकथा फितलो
चलचित्रको सवैभन्दा कमजोर पाटो यसको पटकथा हो । सिनेमाको कथा कोणबाट अघि बढेको देखिन्न । पहिलो हाफ त सिनेमाभित्र केकी र आर्यनको मात्र जोडिलाई हेर्न पाईन्छ जसले दर्शकलाई निकै दिक्क बनाउँछ । चलचित्रका लेखक प्रदिप भारद्धाजले सिनेमालाई कसरी अगाडि वढाउने र को पात्रलाई कसरी चित्रीत गर्ने भन्ने कुरालाई सोंच्नै सकेका छैनन् । निर्देशकीय पाटोले पनि सिनेमा निक्कै कमजोर छ । पहिलो सिनेमा निर्देशन गरेका दिनेश रावतले सिनेमालाई पट्यारलाग्दो वनाएका छन् । उनले सिनेमालाई कहाँ कस्तो किसिमको मसला आवश्यक पर्छ भन्ने नै भुलेका छन् । पहिलो हाफको अन्तिममा केही सस्पेन्स जस्तो देखिएपछि निदाएका दर्शक अव दोश्रो हाफमा केही आशा जगाए पनि दोश्रो हाफ झनै वोरिङ छ । सिनेमाको दोश्रो हाफ अनावश्यक रुपमा लम्वाईएको छ । एउटै कुरालाई वारम्वार दाहोराउनु र फ्ल्यास व्याकका दृश्यहरु वढि समावेश गर्दा दिक्क लाग्दो वनेको छ यो सिनेमा ।संवादका हिसावले पनि सिनेमा कमजोर सुचिमा पर्दछ ।
गीतसंगीत र छायांकनमा राम्रो
गीतसंगीत र छायांकनका हिसावले यो सिनेमा तारिफ गर्न योग्य छ । संगीतकार ताराप्रकाश लिम्बुले राम्रो संगीत गरेका छन् । तर, प्रचारप्रसारका हिसावले कमजोर रहँदा उनको काम खासै वाहिर आउन सकेन । चलचित्रको अर्को सवल पक्ष हो, यसको छायांकन । छायांकार पुरुषोत्तम प्रधानले सिनेमालाई निक्कै महङ्गो देखिने खालको वनाएका छन् । उनको छायांकनको कारणले नै सिनेमामा करोड लगानी गरिएको हो भन्ने पत्याउन सकिन्छ । उनले खिचेका दृश्यहरु मनमोहक छन् तर सिनेमाको सुस्त वगाईले दिक्क भएका दर्शकलाई छायांकन पाटोले तानेको अनुभुती गर्ने समय नै मिल्दैन ।
लगानी बढि
निर्माता हरि महतले सिनेमा लगानी गर्न कुनै कञ्जुस्याई गरेका छैनन् । उनले, कुनै पनि दृश्य र कुनै पनि स्थानमा पैसा खर्चन टाउको कन्याएको पाईदैन । एउटा राणा खानदानको युवराज र उसको दरवारका भव्य कोठाहरु सेट लगाएर तयार पारिएको छ । जुन हेर्दा साच्चै नै आकर्षक छ । सेट निर्माण गर्ने राजु पेन्टरको कामलाई तारिफ गर्नै पर्दछ । उनले डिजाईन गरेको सेट यस्तो भव्य र आकर्षक लाग्छ । यसकारण, सिनेमाका वास्तवीक हिरो निर्माता र सेट डिजाईनर पनि हुन् ।
0 comments:
Post a Comment