कर्कश हेरेर कस्ले के भने ?
अहिले सबैतिर चर्चा छ फिल्म 'कर्कश'को । अधिकांश दर्शकहरू मन प्रशन्न पारेर हलबाट निस्किँदै छन् । कर्कशले ४ दिनमा रू ५५ लाख ग्रस गरेको वितरक नरेन्द्र महर्जन दाबी गर्छन् । यही रफ्तारमा फिल्म चलिरहेमा आउँदो शुक्रबारसम्ममा कर्कशले आफ्नो लगानी उठाइसक्ने निर्माता असिम शाह बताउँछन् । कर्कश कस्तो छ त ? फिल्मीखबरले केही फिल्मकर्मी तथा सञ्चारकर्मीहरूले कर्कशका बारेमा लेखेका केही मन्तव्यहरू जम्मा गरेर यहाँ प्रस्तुत गरेको छ ।
विनय श्रेष्ठ (नायक) : कर्कश हेरेँ र मज्जैले रमाइलो गरेँ । आशिफ शाह तथा टिमलाई मेरो तर्फबाट हार्दिक बधाई ।
दिया मास्के (नायिका) : कर्कश चलचित्र एकदमै रमाइलो लाग्यो । पूरै सिनेमाभरि मज्जैले हाँसेँ । आशिफ शाहले भविष्यमा पनि यस्तै चलचित्र बनाउनुहुन्छ भन्ने आशा छ ।
निश्चल बस्नेत (निर्देशक) : कर्कश हेरियो । मलाई चैँ सही लाग्यो । दयाहाङ दाइले त दामी अभिनय गरेको रैछ । सेकेन्ड हाफ्मा हाँसेर गिदी हल्लियो । आशिफ दाइको काम मलाई मन पर्यो । वरिपरि कर्कश हेर्दा दर्शकहरूको प्रतिक्रियाले माहौल झन् राम्रो भयो । शैलेन्द्रध्वज कार्की (सिनेमाटोग्राफर) : कर्कश राम्रो चलचित्र हो । यो चलचित्रमा धक फुकाएर हाँस्ने ठाउँ धेरै छन् । नेपाली चलचित्रलाई समर्थन गर्नेले मात्र होइन, रमाइलो गर्नकै लागि पनि कर्कश हेर्नैपर्ने सिनेमा हो ।
प्रचण्डमान श्रेष्ठ (निर्देशक) : कर्कश चलचित्रका लागि आशिफ शाहलाई बधाई । मज्जाको हँसाउने चलचित्र बनाउनु भएको छ ।
प्रदीप निरौला (उपाध्यक्ष, चलचित्र पत्रकार सङ्घ) : आशिफ शाहले बनाउनुभएको यो चलचित्र साँच्चै नै नेपाली सिनेमाका लागि नयाँ र उत्कृष्ट प्रयोग ठहरिएको छ । कर्कशले हाल तल झरेको नेपाली चलचित्रको बजारलाई माथि उकासेको छ र साथै मनोरन्जनात्मक पनि छ ।
सुब्रत आचार्य (कान्तिपुर साप्ताहिक) : कर्कश हेर्नै पर्ने सिनेमा हो । मलाई त बबालै मज्जा आयो, सबैलाई हेर्ने

काठमाडौंको ठमेलमा भीषण आगलागी, करोडौंको क्षति
पर्यटकको खचाखच भीड र रमझमले सधैं व्यस्त हुने काठमाडौंको ठमेलमा बिहीबार रातिदेखि एकाएक कोलाहल मच्चियो । काठमाडौं गेष्ट हाउससँगै जोडिएको पुरानो घरमा बिहीबार बेलुकी साढे ८ बजे एक्कासी आगलागी भएपछि ठमेल पुरै आतंकित भएको हो । आगलागीको सूचना पाए लगत्तै प्रहरी र दमकल घटनास्थल पुगे । रातभर आगो निभाउने प्रयास भयो । तर शुक्रबार मध्यान्न मात्र आगलागी पूर्ण रुपमा नियन्त्रणमा आएको छ ।
‘गुड फ्राइडे’ मनाउन भन्दै हरेक शुक्रबार ठमेलमा जम्मा हुने राजधानीबासी र पर्यटक आज भने आगोले तातिएको बजार हेर्न जम्मा भएका छन् । एउटा घरमा आगो लागेपनि त्यसको रापले पुरै ठमेललाई तताएको छ । रातभरी आगो लागेको देख्नेहरु आतंकित छन् । झिमिक्क आँखा नपारीकन आगो निभाउन खटिएका सुरक्षाकर्मी र अग्नी नियन्त्रक भीषण आगलागीको दृश्य सम्झेर थकित छन् । ‘रातभरी सुत्न पाइएन, काठमाडौंमा अहिलेसम्म लागेका आगलागीका घटनामध्ये यो पनि भीषण आगलागी हो’ आगलागी नियन्त्रणमा खटिएका जुद्ध बारुण यन्त्रका प्रमुख लिलाराज गाछाले अनलाइनखबरसित भन्नुभयो ।
पुरानो घर र किताबको गोदाम
पुरानो घर भएकाले आगो छिटो सल्किएको र क्षति पनि बढी भएको अनुमान छ । ‘अरु घरसँग जोडिएको निकै पुरानो र जीर्ण घर रहेछ’ गाछाले भन्नुभयो-’हामीले झ्याल फोरेर आगो नियन्त्रणमा लिन प्रयास गरेका थियौं, हामी पुग्दा घरको दलिन नै खसिसकेको थियो ।’खाना पकाउने ग्याँस विष्फोट भएर एक्कासी फैलिँदा आगोले भीषण रुप लिएको उहाँले बताउनुभयो । ‘रेष्टुरेन्टबाट आगो शुरु भएको देखिन्छ’ गाछाले भन्नुभयो । पुरानो किताब राख्ने गोदाममा‘चौध घरे दादा, जसको नाम सुन्दा ज्यान हुन्छ आधा’
सितारामको विभिन्न खालको गेटअपको कारण चर्चामा रहेको ‘मेरी बाँस्सै’मा अब केदार घिमिरे पनि नयाँ लुक्समा देखिन थालेका छन् । उनी अहिले ‘चौध घरे दादा’ नामले चिनिन थालेका छन् । सधै माग्ने बुढाको गेटअप गरे पछि उनलाई धुर्मुसले उछिनेको चर्चा बजारमा चलेको थियो । यसैले पनि केदारले आफ्नो भूमिका र अभिनयलाई फरक बनाउन खोजेको विश्लेषण गरिएको छ ।
केदारले बोल्ने ’चौध घरे दाद, जसको नाम सुन्दा ज्यान हुन्छ आधा’ भन्ने थेगो अहिले चर्चामा छ । कानमा कुन्डली, कपाल बिनाको टाउकोका
प्रसंग ‘साँघुरो’ : ‘बिहे गर्नु अघि खाट नकराउने बनाउनु पर्दैन’
शुक्रबारदेखि प्रदर्शनमा आएको चलचि ‘साँघुरो’को बिहिबार बेलुकी काठमाण्डौको कुमारी हलमा प्रिमियर गरिएको छ । चलचित्र हेरिसकेपछि अधिकांश चलचित्रकर्मी तथा पत्रकारले ‘साँघुरो’ उत्कृष्ट बनेको प्रतिक्रिया दिएका थिए ।जोयस पाण्डेको निर्देशनमा तयार भएको यो सिनेमामा दयाहाङ राई, सुशांक मैनाली, दिया मास्के लगायतका कलाकारको मुख्य भूमिका छ ।
सुकुम्बासी बस्तीमा बस्ने एक युवक, उसको आमा र बिहे गरिसकेपछि साँघुरिएको उसको अवस्थालाई सिनेमाले चित्रित गर्न खोजेको छ ।
चलचित्रका नव नायक सुशांक मैनाली र नायिका दिया मास्केको अभिनयलाई सबैले खुलेर तारिफतक्मे बूढाको कथा
आमाको मृत्यु दर्ताको प्रमाणपत्र लिने क्रममा स्थानीय गाविस पदाधिकारीले दिएको जवाफ अहिले पनि उनको कानमा गुन्जिरहेको छ। घर जग्गा नभएको मानिसलाई किन मृत्यु दर्ताको प्रमाणपत्र चाहियो ? मृत्युपछिको आमाको नासो मानेर मागिएको प्रमाणपत्र नपाउँदाको त्यो पीडा बिर्साउन मेरी बास्सैका तक्मे बूढा अर्थात् विल्सन चाँडै काठमाडौंमा घर किन्ने तयारी गर्दैछन्। त्यसपछि घरजग्गा सहितको गतिलो प्रमाण बोकेर उनी आमाको मृत्यु दर्ताको प्रमाणपत्र खोज्न स्थानीय निकायमा पुग्ने योजनामा छन्। उनी नौ वर्षका मात्र थिए, आमाले यो संसार छोड्दा। परिवारका नाममा भएको सम्पत्ति सकिने गरी उपचार गर्दा पनि आमालाई बचाउन नसकेको अवस्था एकातर्फ थियो भने अर्कातर्फ उनीभन्दा मुनिका दुई साना बहिनीको लालनपालनको जिम्मेवारी पनि उनैले बहन गर्नु थियो।
एकदिन सानी बहिनीले आमा खोजिन्, विल्सनले सुनेको जवाफ दिए, आमा स्टार अर्थात् तारा बन्नुभयो नानी, अब हामीले आमालाई देख्न सक्छौं तर आमाले हामीलाई देख्न सक्नुहुन्न, आमाले देख्ने बन्न स्टार हुनुपर्छ। त्यसपछिको झन्डै दुई दशकको डेरा यात्रामा उनी आफैं आमा भेट्न स्टार बन्ने सपना देख्न थाले। गत वर्षसम्म पनि विल्सनविक्रम राई नेपाली कलाकारिताको फाँटमा चिनिएको नाम थिएन, तर एक वर्षयता कार्यक्रमकै सिलसिलामा उनी २४ वटा मुलुक पुगिसकेका छन्। मेरी बास्सैमा तक्मे बूढाको चरित्रमा गरेको अभिनयले उनलाई एकाएक चम्किलो संसारमा स्थापित गराएको हो। मेरी बास्सैको तक्मे बूढापछि सुरज सुब्बाद्वारा निर्देशित चलचित्र सायदले उनलाई सफलताको अर्को स्वाद चखायो। चलचित्र रिदमपछि उनले आधा दर्जन चलचित्रमा नायकका रूपमा काम गरिसकेका छन्।
एक दशकभन्दा लामो समयदेखि उनी लगातार यो क्षेत्रमा आबद्ध रहँदै आएका छन्। 'धैर्यता नगुमाए दिन आउँदो रहेछ, म पनि बीचमा एकपटक नहुने रै'छ भनेर विचलित हुन लागेको थिए' विल्सन भन्दै थिए- 'क्लिक हुन समय लाग्यो।' लाहुरे पृष्ठभूमिका तक्मे बूढा गोर्खा सैनिकका रूपमा काम गर्ने हजारौं गोर्खाली वीरहरूका प्रतिविम्व हुन्। लाहुरे बूढाका रूपमा विल्सनले गरेको अभिनय अहिले पनि त्यससँग सम्बन्धित परिवारहरूका लागि आफ्नै कथा बनेको छ। 'मैले त एउटा चरित्रका रूपमा तक्मे बूढाको अभिनय गर्ने सोच बनाएको थिए, विल्सन भन्छन्- 'तर यो त ती हजारौं लाहुरेको रूप र रंगको कथा रहेछ।' फकल्यान्डको टापुदेखि अफगानिस्तानको मरुभूमिसम्म लडिरहेका वीर गोर्खालीहरूमा आफ्नै लवजमा फुर्तिसाथ अनेक किस्सा सुनाउने बानी हामी गाउँघरमा देखिरहेका हुन्छौं। तक्मे बूढाका रूपमा विल्सनले त्यही भूमिका निर्वाह गरेका मात्र हुन्। उनी राम्रा गायक पनि हुन्। विल्सन भन्छन्- 'आगामी दिनमा म फरक-फरक भूमिकामा आफ्ना दर्शकलाई सन्तुष्टि दिने योजनामा छु। विल्सन तक्मे बूढाकै शैलीमा ठट्टा गर्दै भन्छन्- 