सिंगिङ स्टारले पुरस्कार पाइनन्

नौ महिनाअघि ऋतु लामा पहिलो सिंगिङ स्टार बन्दा उनलाई आयोजकले १ लाख रुपैयाँ नगद, ५ लाख रुपैयाँको म्युजिक कन्ट्रयाक्ट, यामाहा स्कुटी र परिवार सहित मलेसिया घुम्ने अवसर दिने घोषणा गरेको थियो । सञ्चारमाध्यममा समाचारले राम्रै स्थान पनि पायो । टीभी रियालिटी शो 'सिंगिङ स्टार'को आयोजक षडज कला केन्द्रमा पुरस्कारका लागि धाउँदा धाउँदै आजित बनेपछि ऋतु प्रहरी गुहार्न पुगेकी छन् ।गायन प्रतिभा प्रस्फुटनको उद्देश्य भनिएको सिंगिङ स्टारमा पोखराकी ऋतुले सबैलाई उछिनेकी थिइन् । पुरस्कार दिन्छु भन्दै ९ महिनासम्म झुलाएपछि १८ वर्षीया ऋतुले षडज कला केन्द्रका प्रोपाइटर प्रभास कटुवालविरुद्ध महानगरीय प्रहरी परिसर हनुमान ढोकामा ठगीको उजुरी दिएकी छन् । उनले हनुमान ढोकामा असार ३१ गते उनले कटुवालविरुद्ध उजुरी दिएकी हुन् । 'पैसा दिन्छु भन्दै टार्दै गरे,' उनले भनिन्, 'पाइन्छ भनेर लामो समय कुरें तर केही पनि भएन ।' छोरीको प्रतिभामाथि खेलवाड

महँगो गिलासमा सस्तो रक्सी

नाम सुन्दा बार चलाउने वा बारमा काम गर्ने केटीको कथा हो कि भन्ने लाग्छ, तर 'मायाज बार' हेरेपछि थाहा हुन्छ, यसको नाम त 'फाइट क्लब' पो हुनुपर्ने। फाइट क्लबमा हुने भिडन्त वरिपरि कथाले चक्कर काट्छ। फाइट क्लबको सेट र छायांकनमा निकै मिहेनत गरिएको छ। तर, त्यो पैसा र उर्जाको बर्बादी हो। लाखौं रूपैयाँ बाजी थापेर फाइट खेलाउने गिरोह नेपालमा छैन। यहाँ त मार्सल आर्टका धेरैजसो खेलाडीहरू रेस्टुरेन्टका बाउन्सर र पार्टीका 'लठैत'मा सीमित हुन्छन्। 'मायाज बार'मा जस्तो एउटा फाइट जितेर नोटको बिटा हात पार्ने अवसर नेपालमा कहाँ छ र? यसमा मुख्य पात्र गजितको लक्ष्य आफ्नो आर्थिक संकटको समाधान गर्नु हो। कथा एकैचोटी गजितको आर्थिक अभावबाट सुरु गरिएको भए हुन्थ्यो। तर यसमा चाहिँ सुरुमा उसको आर्थिक अवस्था राम्रै देखाइन्छ। निशासँगका दुईचार रोमान्टिक दृश्यपछि अचानक स्त्रि्कनमा 'सात वर्षपछि' लेखिन्छ र गजित बैंकको ऋणमा डुबेको प्रसंग आउँछ। ऊ कसरी टाट पल्टियो? फिल्मसँग जवाफ नै छैन। यो कारण नै नखुलेको समस्या समाधान गर्न ऊ तम्सिन्छ, त्यो पनि नेपालमा हुँदै नभएको 'फाइट क्लब'मा भर्ती भएर। नेपालको सबैभन्दा लोकप्रिय र पैसा कमाइने खेल फुटबल हो। एउटा फुटबलरले पाउने भन्दा बढी अर्थात् मासिक ४५ हजार रूपैयाँमा ऊ त्रिलोक (राजेश हमाल)को फाइट क्लबमा आवद्ध हुन्छ र रेफ्रीबिनाको 'रिङ'मा फाइट खेल्न थाल्छ।
रेटिङः पाँचमा दुई तारा 
फिल्मः मायाज बार 
लेखन/निर्देशनः दिनेश डिसी 
निर्माताः सुनिल मानन्धर 
कलाकारः गजित विष्ट, निशा अधिकारी, राजेश हमाल, करिश्मा मानन्धर, रिरेन्द्र श्रेष्ठ, नागेन्द्र रिजाल, सरोज केसी आदि।
मसला फिल्म पनि एउटा अलग्गै विधा हो। जुनसुकै विधाको फिल्म भए पनि त्यसको प्रस्तुति तर्कसंगत हुनुपर्छ। बलिउडका अधिकांश मसला फिल्मले दर्शकलाई कन्भिन्स गर्नुको कारण यसको विश्वसनीयता हो। 'मायाज

खेलाडी बन्न तौल घटाउँदै रेखा

नायिका रेखा थापा फुटवल खेलाडी वन्ने तयारीमा छिन् । उनले फुटवल खेलाडी वन्नका लागि अहिले आफ्नो वजन घटाइरहेकी छिन् । ‘थाहा नै नपाइ मोटाएछु, अव घटाउन गाह्रो भईरहेको छ’-थापाले भनिन् ।रेखा वास्तविक जीवनमा भने फुटवल खेलाडी वन्न लागेकी होईनन् । उनी, छविराज प्रोडक्शनको व्यानरमा तयार हुन लागेको चलचित्र ‘हमेशा’मा फुटवल खेलाडी वन्न लागेकी हुन् । फुटवल खेलाडि वन्नका लागि फिट शरिर चाहिन्छ, यसैले पनि वजन घटाईरहेको रेखाको भनाई छ । साउन महिनामा व्रत वसेकी रेखाले कारण खुलाउँदै भनिन-’व्रत वस्दा माछा मासु खाईदैन, सोमवार त केही पनि खाईदैन यसले ज्यान घटाउँछ ।’ ५९ केजि पुगिसकेकी रेखा अहिले ३ केजी घटिसकेकी छिन् । उनलाई चलचित्रको पर्दामा फिट फुटवल खेलाडि देखिन तौल घटाएर ५२ केजी बनाउनुपर्ने छ । रेखाले भनिन्-’मेरो ज्यान हेल्दी छ,

राजेशले विहे नगरे म पनि गर्दिन

अभिरुचि वुढाथोकी, हमालकी प्रेमिका राजेश हमालका लागि मरिहत्ते गर्ने फ्यानको कुनै कमी छैन् । उनैसँग बिहे गर्न रुचाउने पनि धेरै छन् । तर हमालले यी सवै फ्यानको चाहनालाई बेवास्ता गर्दै यतिखेर बिराटनगरतिरकी एक २५ बषिर्य युवतीसँग डेट गरिरहेको खवर आइरहेका छन् । आगामी बर्ष बिहे गर्ने तयारीमा रहेका हमालले उनको मायामा बरफझैं पग्लिन थालेको समेत बताउने गरेका छन् । तर, यसैवीच अर्की एक युवतीले राजेश हमालसँग आफुले बिहे गर्न पाउनुपर्ने बताएकी छिन् । साढे २ बर्षको उमेरदेखि राजेशलाई मन पराउन थालेकी अभिरुची बुढाथोकी यतिबेला १९ बर्षकी पुगेकी छिन् । यसपटक नेपालीखबरका लागि बिजय आवाजले अभिरुचीसँग राजेशसँगको आर्कषणबारे कुराकानी गरेका छन् । कतिवर्षदेखि हमाललाई मन पराउन थाल्नुभयो ?
यस्तै, साढे २ वर्षको थिएँ । त्यतिवेलादेखि उहाँप्रतिको मेरो चाहना वढेको हो ।
त्यति सानो उमेरदेखि कसरी हमालप्रतिको लगाव वढ्यो ?
ममी र दिदी सिनेमा हेर्न जानु भएको थियो । त्यतिवेला राजेश हमालले अभिनय गरेको चलचित्र गोपीकृष्ण लागिरहेको थियो । सिनेमा हेर्दै जाँदा भिलेनले उहालाई छुरी हानेको दृश्य थियो । त्यो दृश्य हेर्दै जाँदा म वेहोस भएर ढलेछु । पछि, अस्पतालमा पुर्याउँदा डक्टरले राजेश हमाललाई भेटाउनुपर्छ भनेछन । यसपछि, ड्याडि, मामा र अंकलले मलाइ हमालसँग भेटाउनुभयो । भेटमा मैले उहाँलाई म तपाईसँग विहे गर्छु भनेकी थिएँ । 
 विहे गर्छु भन्दा के भन्नुभयो राजेश जी ले ? 
 उहाँले मलाई सधै नै प्रोत्साहन दिने काम गर्नु भयो । तिमी स्कुल टप भयौ, कलेज टप भयौ भने तिमीले सोंचेको पुरा हुन्छ भन्नुभएको थियो ।
यसपछि कतिपटक भेट भयो राजेशसँग ? 

Dulahi-दुलही-Nepali Full Movie

Full Nepali Movie – The Game

Casting: Niruta Singh, Jharana Thapa, Suman Singh, Bal Narsingh Rana. Director: Rakshya Singh Produce by Madhu Devi Rana/Bunu Bista Camera: Raju Thapa Writer by NB Rana Fight Director by NB Maharjen Choreographer: Himgyap Tashi

राजेश हमालमाथि अर्की ‘प्रेमिका’को दावी

राजेश हमाल आजभोली आफ्नी बेनामी गर्लफ्रेन्डबारे खुवै कुरा गर्छन । उनको प्रेममा बरफझैं पग्लिएँ, उनको उपस्थीतिले घरमा बेग्लै रौनक छायो, उनले पकाएको खाना मिठो लाग्यो । के मात्र भनेनन् । एक बर्षभित्र उनैसँग बिबाह गर्ने योजना बनाएका हमालले उनको नाम भने अझै खोलेका छैनन् ।तर हमालमाथि यतिखेर अर्कै एक प्रेमिकाले दावी गरेकी छिन् । ती पनि चानचुने हैनन, १६ बर्षदेखि हमालका लागि मरिहत्ते गरिरहेकी १९ बषिर्य युवती । राजेश हमालसँग बिबाह गर्न पाउनुपर्ने उनको माग अब हमालसँगमात्र सिमित रहेन, सार्वजनिक रुपमै बोल्न थालिसकिन् ।हजुर, हामी तिनै युवतीको कुरा गर्दै छौं, जसले ३ बर्षको उमेरदेखि राजेश हमालसँग बिबाह गर्ने सपना सांचिन र अहिले १९ बर्षकी तरुनी भएकी छिन् । हमालसँगको प्रेम पनि बडो अचम्मसँग सुरु भयो उनको ।करिव ३ वर्षको हुँदा राजेश हमालको सिनेमा हेर्न रञ्जना हल लगेका थिए अभिरुचिको अभिभावकले । गोपीकृष्ण नामक सिनेमा हेर्दै जाँदा एक्कासी हमाललाई कसैले छुरी रोप्यो । सिनेमा हेरीरहेकी अभिरुचि वेहोस भईन । त्यही बाल मस्तिष्कमा राजेशप्रतिको आर्कषण पालेकी अभिरुचीले घरमा आएपछि पनि राजेश हमाललाइ मारे, कसले छुरी हान्यो भन्दै उनी कराउन थालेपछि डक्रटको मा लगीयो । डाक्टरले वाल मनोविज्ञानमा