ऋण बोकाई पूरा भयो 'मुनामदन'

दीपेन्द्र लामा, काठमाडौँ- आज असार १५। सबैले रोपाइँ गर्ने दिन। निर्माता नवराज ढकाल भने कटनी सुरु गर्दैछन्। आजकै दिनप्रति समर्पित छ, महाकवि लक्ष्मीप्रसाद देवकोटाको निबन्ध 'असार १५'। निर्माता ढकाल चाहिँ आजदेखि काठमाडौंका दर्शकलाई देवकोटाको खण्डकाव्य 'मुनामदन' देखाउँदैछन्।गाउँघरमा पटकपटक नाटकको रूपमा हेरेको 'मुनामदन'बाट उनी कति प्रभावित भए भने, छोरीको नाम नै मुना राखिदिए। त्यतिमात्र होइन त्यसलाई फिल्म बनाउन लाखौं रूपैयाँको जोखिम नै मोले।देशविदेशका ५१ फिल्ममा निर्माण नियन्त्रकको काम गरेपछि फिल्मको भूत उनमा चढेको थियो। फिल्ममा पैसा हाल्नु भनेको जहिले पनि जुवा खेलेसरह हो। उनले जुवा खेल्नका लागि 'मुनामदन'लाई रोजे। किताबमा सबैभन्दा बढी बिक्ने कृति 'मुनामदन' फिल्म बनेपछि पनि राम्रै बिक्ने अनुमान निर्माता ढकालको थियो। तर, ज्ञानेन्द्र देउजाद्वारा निर्देशित 'मुनामदन'ले निर्धक्क चल्नै पाएन। सेन्सर भएको १० वर्षपछि काठमाडौंमा यो पहिलोपटक रिलिज भएको हो।सेलुल्वाइड प्रविधिमा त्यो बेला ४७ लाख रूपैयाँ खर्च गरी निर्माण गरिएको फिल्मलाई अहिले डिजिटल प्रोजेक्सनबाट

विनिता र दिक्पालविरुद्ध उजुरी नै उजुरी

साईवर क्राईमको आरोप खेपेर हप्ता दिन जेल वसेका दिक्पाल कार्कीविरुद्ध फेरी अर्को उजुरी परेको छ । दिक्पाल र नायिका विनीता वरालविरुद्ध हनुमानढोकामा नयाँ कलाकार दिपशीखा खड्काले किटानी उजुरी हालेकी छिन् । उनले आफुसाग यथेष्ट प्रमाण भएको वताउादै उजुरी हालेकी हुन् ।विनय डि.सि र सगुन के.सि नाम गरेको आईडिबाट अश्लिल र भन्नै नसक्ने म्यासेस आएको दीपशिखा बताउाछिन् । ‘दिक्पालले म्यासेस गरेको कुरा देख्ने तीन जना साक्षी त मै साग छन’- दीपशिखाको दावी छ । दिक्पालका नजिकका साथीहरु नरेन खड्का, उज्वल गिरी र पुष्प खड्कालाई साक्षीका रुपमा पेश गरेकी छिन् । तपाईलाई आएका म्यासेज कस्था थिए भन्ने हाम्रो प्रश्नमा उनले भनिन- ‘छि त्यस्तो कुरा त म बोल्नै सक्दिन ।’त्यसरी म्यासेज पठाउने विनीता र दिक्पाल नै हुन भन्ने प्रमाण सहित मुद्दा हालेको दीपशिखाको दावी छ । उजुरी परेपछि नायिका विनीता वराल शुक्रवार हनुमानढोका पुगेकी थिईन् । हनुमानढोकामा दिपशीखाले आफुसाग चर्को कुरा गरेको वताउादै वरालले भनिन्, मैले गल्ति नै गरेकी छैन म किन डराउने ?’ आफु दीपशिखालाई संझाउन मात्र हनुमान ढोका गएको भन्दै बिनिताले भनिन-उसको वोली सुनेर म केही पनि वोल्न सकिन, मौखिक प्रमाण देखाएर मात्रै हुन्छ ? प्रमाणित गर्न सक्नुपर्‍यो नी ।’ यसैवीच नायिका वरालले आफुले पठाएको एक सन्देशप्रति कथा लेखक कुमार कट्टेलसाग माफी मागेकी छिन् । हनुमानढोका उनले प्रहरीको रोहवरमा माफी मागेकी हुन् । स्टाटसमा चपली हाईटलाई पोर्न फिल्म भनेकाले आफुले केही गाली गरेर म्यासेस पठाएको भन्दै माफी मागेकी हुन् ।चपली हाइट खेलेर सिनेक्षेत्रमा हाइट लिन सफल नायिका वराल र उनका भाई भनिएका दिक्पाल कार्की माथि एकमाथि अर्को अपराधको अभियोग थपिरहेको छ । हाइटको ह्याङले बिनातामा मात चढेको हो वा बिनिताले दावी गरेझैं उनको हाइट घटाउनमात्र उजुरी गरिएको हो, त्यसका लागि केही दिन कुर्नैपर्ने छ । onlinekhabar

फिल्म समीक्षाः अपवाद

मनसुनको भेलसँग लडिबुडी गर्दै हलमा चलिरहेको छ 'अपवाद' फिल्म। यसमा एउटा त्यस्तो पात्रको आत्मपरक कथावाचन छ, जो जीवनको एउटा भेलमा बगेर समाजदेखि गुमनाम हुन्छ। फिल्ममा त्यत्ति धेरै झरी छैन तर झरीको मुड सुरुदेखि अन्तिमसम्म छ। सहरका मल्टिप्लेक्समा नेपाली फिल्म हेर्नेको मेला लाग्न थालेपछि थोरै पात्र र सानो खर्चमा बनेको 'अपवाद' रिलिजअघि नै हिट भइसकेको थियो। फिल्म बनाउन पैसा र तामझाम होइन फरक कथा र कलात्मकता चाहिन्छ भन्ने प्रमाणित गर्ने फिल्मको सूचीमा यो थपिएको छ।
 
समीक्षकः दीपेन्द्र लामा 
फिल्मः अपवाद 
रेटिङः पाँचमा साढे दुई तारा 
निर्देशकः सुवास कोइराला 
निर्माताः सुसन प्रजापति 
कलाकारः राजवल्लभ कोइराला, निशा अधिकारी, रवि गिरी, विजया गिरी आदि।
'अपवाद'को 'कास्टिङ'मा तीन विदेशी फिल्म 'कास्ट अवे (२०००)', 'इन्टु दि वाइल्ड (२००७)' र 'कास्ट अवे अन दि मुन (२००९)' बाट प्रभावित भनेर उल्लेख गरिएको छ। तीनवटै फिल्मको दर्शन हो, 'मानिस सामाजिक प्राणी हो। बाँच्नको लागि उसलाई समाज चाहिन्छ।' यो मर्मलाई 'अपवाद'ले मर्न दिएको छैन। मुख्य पात्र सुयोग (राजवल्लभ)ले जंगलमा विभिन्न घटनामा ग्लानि महसुस गरी जीवनको बोध गर्दै जाने प्रसंगहरू

अमिताभ बच्चनको निधन ??? !!!

इन्टरनेटको प्रयोगसँगै धेरै विकृती समेत आएका छन् । इन्टरनेटको दुरुपयोग गर्दै आफ्नो साइट वा ब्लग तथा सामाजिक संजाल मार्फत विभिन्न झुट्टा अफवाह फैलाउनेहरुको कमी छैन । यस्तै गलत मान्छेको सिकार बनेका छन् बलिउड सुपरस्टार अमिताभ बच्चन । एक व्यक्तिले आफ्नो ब्लगमार्फत अमिताभ बच्चनको सडक दुर्घटनामा ज्यान गएको गलत समाचार सार्वजनिक गरेपछि त्यसले सनसनी मच्चाएको छ । सडक दुर्घटनामा अमिताभको ज्यान गएको भन्दै एक ब्लगमार्फत अफबाह फैलाइएपछि धेरै मानिस स्तब्ध बने । अमिताभ चढेको कार अमेरिकाको न्यूजर्सीको मरिस टाउन नजिकै दुर्घटना भएको र त्यसमा परी उनको ज्यान गएको भनेर उक्त ब्लग प्रयोगकर्ताले Amitabh Bachan Dies In Car Crash

पैसा तिरेपछि यसरी देखाईन सम्झनाले ! (भिडियो सहित)

‘देखाईदिन्छु सवै कुरा पैसा तिरेपछि’ भन्दै आईटम गीतमा नृत्य गर्ने कलाकार सम्झना प्याकुरेलको अहिले भाग्य खुलेको छ । यही गीतमा आईटम डान्स गरेपछि सिंगापुरवाट एक सांकृतिक कार्यक्रमका लागि निम्तो आयो । अहिले उनी पैसा तिरेपछि सवै कुरा देखाउन सिंगापुर लागेकी छिन् । असार २९ गतेवाट देशभरका हलमा रिलीज हुने तयारीमा रहेको लक सिनेमाको एउटा गीतको चर्चा अहिले वजारमा राम्रैसँग भएको पाईन्छ । यो गीतमा सम्झना प्याकुरेलले खुलेरै आफ्नो जवानी प्रदर्शन गरेकी छिन् । दुई अर्थ लाग्ने गीतका शब्द र उनको कामुक नृत्य तालमेल मिलेको देखिन्छ ।ऋषि न्यौपानेको निर्देशनमा तयार भएको यो सिनेमालाई हरि खनालले निर्माण गरेका हुन् । चलचित्रमा वेनिशा हमाल, किशोर खतिवडा लगायतका कलाकारको अभिनय रहेको छ । तर, नायिका वेनिशाले भने यो सिनेमाको प्रोमोशन नगर्ने वताईसकेकी छिन् । यसैले पनि लकवाट एउटा आईटम गीतमा मात्र गरेकी सम्झनालाई नै लक लागेको देखिन्छ । पैसा तिरेपछि सम्झनाले के के देखाईन् त, हेरौ चलचित्रको यो आईटम गीतको पुरा अंश :
  हेर्नुहोस् भिडियो

स्वादिलो खुराक

खाना स्वादिलो हुन सामग्री मात्रै गतिलो भएर पुग्दैन । बरु सामान्य सामग्री नै किन नहोस् पकाई ठीक ढंगको भयो भने खान्की मीठो हुन्छ । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म 'किन लाग्छ माया' लाई निर्देशक गोपालचन्द्रले आफ्नै आसपास उपलब्ध सामान्य कथालाई नै पकाईमा न्याय गरिदिएकाले दर्शकका लागि एउटा गतिलो खुराक बनेको छ ।अविनाश श्रेष्ठको कथा/पटकथा रहेको फिल्मले दुई जोडीको प्रेमसम्बन्धलाई लिएर अघि बढेको छ । शिक्षित र सम्पन्न विशाल -राजवल्लभ) र डाक्टर हिमानी -गरिमा) बीचको प्रेम एकातिर छ भने छिमेकी गाउँमा कपर्दी प्रतियोगितालाई टोली लिएर पुगेको राजकुमार -शंकर) त्यहींकी राधा -झरना) सँग प्रेममा परेको अर्कोतिर छ । तर कथा भने जेलबाट छुटेको विशाल र इराकबाट पाँच वर्ष मजबुरी गरेर फिरेको राजकुमारको फ्ल्यास ब्याकबाट अघि बढ्छ ।
 कथा प्रस्तुति दर्शकलाई अड्काइरहन सक्षम देखिन्छ ।
 पर्वत र बागलुङ आसपासका क्षेत्रमा खिचिएको फिल्मले पश्चिमेली स्वाद पस्केको छ । संवाद, झ्याउरे भाका र हिमाली दृश्य उदाहरण हुन् । फिल्ममा स्वाद थप्न अभिनयले धेरै सघाएको छ । सम्पन्नदेखि टाट पल्टेको र लभरब्याईदेखि ट्राजिक चरित्रमा राजवल्लभले न्याय गरेका छन् । गतिलो अभिनयका हिसाबले 'किन लाग्छ माया' उनको नाम लिनुपर्ने मध्येको एक फिल्म बनेको छ । दर्शकलाई आफूमा होल्ड गराउन

नायिका ऋचा घिमिरेलाई पुत्र लाभ

नायिका ऋचा घिमिरेलाई पुत्र लाभ भएको छ । ऋचाले काठमाण्डौको ओम अस्पतालमा आइतवार ३ केजी ७ सय ग्राम तौलको छोरो जन्माएकी हुन् । छोरालाई जन्म दिएपछि उनका पति शंकर घिमिरेले सवैभन्दा पहिला छोराको अनुहार हेरेका थिए । तर, नायिका क्रृचालाई भने छोरासँग २४ घन्टा अलग राखिएको थियो । सोमवार विहान साढे १२ बजे मात्र छोरा र आमालाईसगै राखिएको वताइएको छ ।असार २४ गतेका लागि चिकित्सकले डेट दिएपनि १४ दिन अघि नै क्रृचाले छोरालाई जन्म दिएकी हुन् । उनको अप्रेशन मार्फत वच्चा निकालिएको थियो । अप्रेशन सुरु भएको २५ मिनेटमा वच्चा निकालिएपनि क्रृचाको अप्रेशनका लागि भने ४५ मिनेट लागेको