फरकफरक समयमा दुईपटक बिहे गरेका अभिनेता भुवन केसीलाई अहिलेको एक्लो जीवन विरक्त लाग्न थालेको छ। ‘दाम्पत्य जीवनमा स्थायीत्व खोजेकै हुँ नि,' बिहीबार नेपालगन्जमा उनले भने, 'के गर्नु, धोका खाइयो। कर्ममा यस्तै लेख्या हो कि?' विजया र सुस्मितासँग निकै दुःखसुख साटे पनि सम्बन्ध सुमधुर हुन नसकेको र आफ्नो कुनै गल्ती नभएको भुवनले बताए। करिब एक महिनाअघि जेठी छोरी काजोलको बिहे गरिदिएर ससुरा बनेका भुवन तेस्रोपटक दुलाहा बन्ने मुडमा छन्। नेपालगन्जको सिद्धार्थ कटेजमा सञ्चारकर्मीसँगको भेटघाटमा उनले भने, ‘लामो समय एक्लै बस्न सकिँदैन होला। बिहे गर्न सक्छु। भाग्यको खेल के हुन्छ हेरौं।'
नेपाली ‘डर्टी पिक्चर्स’ खेल्ने रहर छः ऋचा
बलिउडमा बनेको चर्चित फिल्म ‘डर्टी पिक्चर्स’ले नेपालमा समेत हलचल मच्चायो । अधिकांश नेपाली कलाकारले समेत यो सिनेमा हेरे । तर एकजना नायिकालाई भने यो सिनेमामा विद्या वालनले निर्वाह गरेको भूमिका निभाउने रहर जागेको छ । उनी हुन् नेपाली सिने क्षेत्रमा काली सुन्दरीको उपनाम पाएकी ऋचा घिसमरे । भर्खर मात्र गर्भवती भएको समाचार बाहिर आएको थियो उनको । उनै ऋचा अब आफूलाई केही भिन्न सिनेमामा अभिनय गर्न मन लागेको बताउँछिन् ।‘म डर्टी पिक्चर्स जस्तो सिनेमा खेल्न चाहन्छु’ केही फरक सिनेमा खेल्ने ईच्छा राखेकी ऋचाले भनिन् । अब सिनेमामा केही फरक र
जसले जोगाउन सकेनन् क्रेज
वर्ष २०११ आर्यनका लागि ‘खुशिपूर्ण’ रहेन । आर्यन स्टारर ‘सपना’, ‘के यो माया हो’, ‘मेरो लभस्टोरी’ले लगानी पनि उठाउन सकेनन् । वर्ष २०१० का ‘स्टारपावर’ आर्यनको क्रेज पछिल्लोवर्ष यति तीव्र गतिमा ओरालो लाग्यो कि उनले दर्शकको मनोविज्ञान र ट्रेन्डलाई आत्मसात गर्न सकेनन् । उस्तै भूमिका, उस्तै शैली र उस्तै गेटअप आर्यनका लागि ‘स्लो पोइजन’ रहे । वर्ष २०११ को अन्त्यपनि आर्यनका लागि ‘सुखद’ रहेन । ६ लाखमा साइन भैसकेको ‘काठमाण्डू नाइट’ अनिश्चित बन्यो । उनले साइन
छवि र रेखा बोल्दैनन्
केही समयअघि आफ्ना पति छविराज ओझाको कारणले आमा बन्न नसकेको गुनासो गरेकी नायिका रेखा थापाले आफू र छविबीचको सम्वन्ध राम्रो नरहेको स्वीकार गरेकी छिन् । अहिले चलचित्र ‘लंका’को छायांकनका लागि सर्लाहीमा रहेकी थापाले कुरा गर्दै भनिन् -’छवि र मबीच बोलचाल नभएको दश महिना भैसकेको छ । तर, म छविलाई डिभोर्स दिन्छु या दिन्न भन्ने कुरा अहिले नै सोचेकी छैन ।’रेखाको भनाई थियो -’नबोल्नुको अर्थ कसैसँग अब कुनै काम नै नगर्नु, व्यवसायिक सम्वन्ध नै नहुने भन्ने होइन । ऊसँग मेरो व्यवसायिक सम्वन्ध रहन्छ ।’आफ्नो छविसँग व्यवसायिक सम्बन्ध रहन्छ भन्ने रेखाको भनाईले उनी छविसाग आफ्नो व्यक्तिगत सम्वन्ध भने टुटाउन चाहन्छिन भन्ने देखिन्छ । आफू अहिले
हिरोइन निशाविरुद्ध उजुरी
'तिम्रो र सुरेशको समस्या के हो? तिमीले उसको फिल्म नखेले पनि एउटा गीतमा नाच्ने र एडभान्स रकम फिर्ता गर्ने कुरा गरेकी थियौ रे?' निर्माता संघका महासचिव केशव भट्टराईले फोन गर्दा अभिनेत्री निशा अधिकारी अचम्म परिन्। महासचिव भट्टराईले नै निशालाई बुझाए, 'थ्री लभर्स' फिल्ममा काम नगर्ने भएपछि निशासँग रिसाएका निर्देशक सुरेशदर्पण पोखरेलले उनीविरुद्ध निर्माता संघमा उजुरी दिएको कुरा। भनेको समयमा सुटिङ नगर्ने र आफैं उजुरी गर्ने पोखरेलको शैली निशालाई निको लागेको छैन। 'हामी कलाकारलाई समय मिलाउन साह्रै अप्ठ्यारो हुन्छ । कति दिन कुर्दा केही नहुने निर्माताले भनेको समयमा तयार नभए यस्तो सिधै उजुरी?' निशाले प्रश्न गरिन्।
निशाका अनुसार 'थ्री लभर्स'को सुटिङ दशैं र तिहारको बीचमा सुरु गर्ने भनिएको थियो। 'त्यसैले मंसिरमा सुरु हुने सिमोस सुनुवारको फिल्म 'मिसन पैसा रिलोडेड' खेल्ने सम्झौता भयो। तर, बेल्जियममा सुटिङ हुने भनिएको फिल्म 'थ्री लभर्स' तिहारपछि पनि सुरु भएन,'
निशाका अनुसार 'थ्री लभर्स'को सुटिङ दशैं र तिहारको बीचमा सुरु गर्ने भनिएको थियो। 'त्यसैले मंसिरमा सुरु हुने सिमोस सुनुवारको फिल्म 'मिसन पैसा रिलोडेड' खेल्ने सम्झौता भयो। तर, बेल्जियममा सुटिङ हुने भनिएको फिल्म 'थ्री लभर्स' तिहारपछि पनि सुरु भएन,'
वर्ष २०११ - जो पलायन भए
वर्ष २०११ कलाकार पलायनको वर्षपनि बन्यो । ब्यावसायिक संकटले अधिकांश कलाकार पेशाबाटै बाहिरिए भने कतिपय होमप्रोडक्सनमै खुम्चिइरहेका छन् । यो वर्ष नयाँ कलाकारहरू धमाधम त आइरहे तर भएकै कलाकारको अस्तित्व सुखद हुन सकेन । चर्चामा रहेका तर, वर्ष २०११ मा कुनैपनि सिनेमा रिलिज नभएका सेलिव्रिटी पनि छन् । कुनैबेला नेपाली सिनेमामा विकल्परहित बनेका एकाध कलाकार सो वर्ष कुनै बहानामा उद्योगबाट पलायन भए ।वर्ष २०११ मा नेपाली सिनेमाबाट पलायन भएका अभिनेता हुन् बिराज भट्ट । कुनैबेला नेपाली सिनेमाका स्टारपावर बिराज वर्षभरि नै भोजपुरी सिनेमामा निखिललाई 'गोलमाल–४' प्रस्ताव
बलिउड ब्लकबस्टर ‘गोलमाल’ चौंथो सिक्वेलका लागि निर्माता तथा निर्देशक रोहित सेठ्ठीले नेपाली अभिनेता निखिल उप्रेतीलाई एप्रोच गरेका छन् । प्रस्ताव भने को–एक्टर्सका लागि हो । प्रस्तावलाई स्वीकार वा अस्वीकार गर्नेबारे निखिलले केही बताएका छैनन् । यद्यपी, सानो भूमिकाप्रति उनी सन्तुष्ट देखिएनन् । ‘मलाई मेरै देशका दर्शकले ठूलो भूमिकामा हेर्न चाहनुहुन्छ भने बलिउडमा किन सानो रोल गर्ने ?’ निखिलले असन्तुष्टि व्यक्त गरे ।असन्तुष्टिका बाबजुद पनि निखिलले ‘गोलमाल’ प्रस्तावलाई स्वीकार वा अस्वीकार के गर्छन्, निधो छैन । स्रोतका अनुसार सम्भवतः उनले













