यसरी वित्नेछ सेलिब्रेटीको तिहार

उज्यालोहरुको पर्व अर्थात तिहार प्रत्येक नेपालीको घर आँगनमा आईसकेको छ । मंगलबारबाट यमपञ्चक पनि सुरु भईसेको छ । विशेषत: दिदीभाईको स्नेह साटासाट गर्ने तिहारको यो मौसम अर्थात भाईटिका पर्सी ११ गते शुक्रबार परेको छ । जसरी आम नेपालीको घरमा यो पर्वले पाईला टेकेको छ त्यसरी नै नेपाली चलचित्रकर्मीमा पनि तिहारको रौनकले छोईसकेको छ । चौबिस घण्टा सुटिङमा ब्यस्त रहने कलाकारहरु आज लक्ष्मी पुजाको दिनदेखि फ्रि पनि भएका छन् । सुटिङका सम्पूर्ण कार्यहरु स्थिगित गरी सवै चलचित्रकर्मी फेस्टिभलको मुडमा छन् । कोही दशै मनाए जसरी गृहनगर जान ब्यस्त छन् त कोही राजधानीमै तिहार विताउने सुरमा छन् । अभिनेत्री रेखा थापाको दशै जस्तै भाईटिका मोरङको सलकपुरमा हुने छ । उनका दुई दिदीहरु र एक दाई विदेशबाट नेपाल आएकाले यो बर्षको भाईटिका उनको लागि विशेष हुने छ ।गत बर्ष माओवादी नेता चन्द्रबहादुर थापा 'सागर' लाई पहिलो पटक भाईटीका लगाएकी रेखाले सागरको परिवारमा जुठो परेपछी भाईटिकालाई निरन्तरता दिन पाउने छैनन् । यस्तै दुई बर्षअघि सम्म चलचित्र क्षेत्रमा हेयर ड्रेसर भएर काम गर्दै आएका लोकेश थापासंग पनि रेखाको यो बर्ष भाईटिका नहुने भएको छ । रेखा भाईटिकाको दिन बिहानै विराटनगर जाने भएपछी लोकेशसंग उनको भाईटिका नहुने भएको हो । रेखाले मोरङमा रहेका दुई दाई नवराज र जीवनसंग मखमली मालासंग प्रेम साट्ने छिन् ।यस्तै रेखाको माईती गाउँ नजिकै घर रहेको हिरो जीवन लुईटेल पनि आज बुधबार बिहान घर गएका छन् ।
दशै अष्ट्रेलियामा मनाएका जीवनले दीदी मुना लुईटेल (सुवेदी) संग भाईटिका लगाउदै छन् । उनी भाईटिकाको भोली पल्ट नै काठमाण्डू फर्कने छन् । यसैगरी हिरो राजबल्लभ कोईरालाले तिहार मनाउने सुर कसेपनि उनको परिवारमा सुतक परेकाले यो बर्ष उनको निधार खाली हुने छन् । उनको बहिनी अमेरिकामा रहेकाले काकाको छोरीसंग भाईटिका लगाउदै आएका थिए । तर पनि गृहनगर पोखरा जाने कि नजाने भन्ने बिषयमा उनी दोधारमा छन् ।हिरोईन झरना थापाले आफ्नै निवास नयाँबानेश्वरमा बहिनी राजमणीको साथमा भाई शम्भुलाई भाईटिका लगाईदिदै छिन् । उनले तिहारको सेलरोटी हिजै पकाई आज घरमा भैली खेल्न आउनेहरुसंग आफै कम्मर पनि मकाउदैछिन् । यस्तै प्रेगनेन्ट हिरोईन अरुणिमा लम्सालले कपनमा बनाएको नयाँ घरमा पहिलो पटक तिहार मनाउदैछिन् । उनले भदा आकृत र दुई दाई विनायक र विवेकलाई भाईटिका लगाईदिदै छिन् ।गत बर्ष बुवाको निधनले तिहार मनाउन नपाएकी हिरोईन ऋचा घिमिरेले यो बर्ष दिल खोलेर तिहार मनाउने सुरमा छिन् । आज घरमा दिपावली गरेर उनको दिन बित्ने छ । ऋचाकै घर छेउ रहेका नायक मुकेश ढकालले यस बर्ष टिका लगाउन नपाउने भएका छन् । दिदीको घरमा जुठो परेकाले यस बर्ष टिका लगाउन नपाएका मुकेश आफू अभिनित चलचित्र 'हाम्रो माया जुनी जुनीलाई' को प्रोमोशनमा व्यस्त हुने छन् । नायक राजेश हमालको यस बर्षको तिहार बिदेशमा हुने भएको छ ।यस्तै केही दिन अघि अमेरिकाबाट फर्किएका अर्का हिरो रमित ढुङ्गानाको पनि भतिजको छोरो जन्मिएपछी उनको भाईटीका पनि रोकिएको छ । तर यो तिहारमा रामाईलो गर्न पछि नपर्ने उनी बताउछन् । यसैगरी हेटौडामा दशै विताए जसरी नै हिरोईन नीता ढुङ्गानाको तिहार त्यतै वित्ने छ । उनले दाई नवराज र भाई पवनलाई भाईटिका लगाईदिने छिन् । यस्तै नयनायक ध्रुब न्यौपाने पनि सदा झै यस बर्ष पनि तिहार मनाउन घर हेटौंडा पुगेका छन् ।यसैगरी हेटौडामै पुगेर द्धन्द निर्देशक राजेन्द्र खड्गी एक दिदी र अर्की बहिनीको हातबाट भाईटिका लगाउदैछन् । यस्तै संगीतकार शम्भुजीत बास्कोटाले अमेरिकामा रहेकी एक बहिनी विनिता पौडेलसंग भाईटिका लगाउन नपाए पनि दीदी जानकी सुवेदी र अर्की बहिनी मुना लुईटेलसंग भाईटिका लगाउदैछन् । त्यस्तै अर्का संगीतकार सुरेश अधिकारीले विगत चार बर्ष देखि गायिका अञ्जु पन्तलाई बहिनी बनाएको हुदा अञ्जुसंग उनको भाईटिकाले यो बर्ष पनि निरन्तरता पाउने छ । आफ्नी दिदी बहिनी नभएपछि धर्म बहिनीसँग टिका थाप्दै आएका निर्देशक सुरेश दर्पण पोखरेलको यस बर्ष निधार खाली हुने भएको छ । आफ्नो ड्रिम प्रोजेक्ट 'मिस यू' चलचित्रको काममा व्यस्त सुरेशले युकेमा रहेकी धर्म बहिनीलाई मिस गरेको बताए । यता स्क्रिप्ट राईटर शिबम अधिकारी आफ्नै दिदी बहिनी नभए पनि काकाको छोरीसँग टिका लगाएर तिहार मनाउँदै छन् । साथै उनी आगामी प्रोजेक्ट 'थ्री लभर्स' को स्क्रिप्टलाई अन्तिम रूप दिनमा व्यस्त हुनेछन् ।

फेस्टिभ मुडमा रजतपट

यतिबेला सिङ्गो चलचित्र उद्योग तिहारमा रमाइरहेको छ । तिहार मनाउन सुटिङहरू स्थगित गरिएका छन् । चलचित्रकर्मी फेस्टिभ मुडमा रमाइरहेका छन् । कतिपय हिरोइनहरू भाइटीका लगाउन घर गएका छन् । कतिपयले बुधबार लक्ष्मीपूजा गरे । केही कलाकर्मीले कसरी मनाउँदैछन् तिहार ? 
  करिश्मा मानन्धर
यसपटक बुबाआमा आउनुभएकाले रमाइलो भइरहेको छ । लक्ष्मीपूजाको दिन व्रत बस्दिन । पूजा मात्र गर्छु । मैले बनाएको सेल राम्रो नहुने हुँदा आमाले नै बनाएर पठाइदिनुहुन्छ । अस्ति मात्र, पाथिभरा दर्शन गर्न जाँदा त्यहीँबाट घर सजाउन फूल पनि लिएर आएकी छु । भाइटीका चाहिँ लगाउँदिन । विदेशमा भइने हुँदा भाइटीका लगाएको धेरै भैसक्यो । मेकअप म्यान सन्तु तामाङसँग भाइटीका लगाउने गरेको थिएँ । यसपालि चाहिँ लगाउँदिन । तिहारमा केटाकेटीले देउसीभैलो खेलेको रमाइलो लाग्छ ।
रेखा थापा
मलाई तिहार एकदमै मनपर्छ । कार्ड खेल्नु मेरो रुचिको कुरा हो । लामो समयपछि दाजु जीवन थापा घर आइपुग्नुभएको छ । उहाँलाई भाइटीका लगाउने घर मोरङको सलकपुर जाँदैछु । मलाई तिहारका परिकारहरू बनाउन र चखाउन निकै मनलाग्छ । यसपटक रमाइलो गर्ने योजना छ ।



नम्रता श्रेष्ठ
घरमा कान्छी भएकीले मेरो काम विभिन्न परिकार खाने र दाजु र दिदीका छोराछोरीसँग खेल्ने मात्र हुन्छ । परिवारसँगै लक्ष्मीपूजा गर्छु । भाइटीकाको दिन राजेशलाई म र दिदी प्रनिता मिलेर टीका लगाउँदैछौं । घरमा देउँसी खेल्न आएकासँग रमाइलो गर्छु । परिवारसँग तास पनि खेल्छु । मलाई सेल पकाउन आउँदैन ।




आर्यन सिग्देल
तीनवर्षदेखि तिहार मनाउने मुड बनाउन सकेको छैन । लक्ष्मीपूजाको दिन घर जान्छु । ममी र म मात्र छौं ।यसपटक सबै सुटिङ छाडेर तिहारकै लागि जोड दिएको छु । ममी रिसाउने हुँदा पनि कामबाट ब्रेक लिएको हुँ ।बहिनी यशोधा तीनवर्षदेखि अष्ट्रेलियामा छिन् । टीका थाप्न पाएको छैन।मेरो लागि सबैभन्दा खल्लो कुरा नै यही हो । तास खेल्दिँन । चिल्लो मननपर्ने हुँदा सेल खाँदिन । देउँसी भैलो पनि मनपर्दैन मलाई त ।


अनुप बराल 
पोखरामा पुगेर लक्ष्मीपूजा मनाउँदैछु । भाइटीकाको दिन बहिनीको हातबाट टीका लगाउने ममात्र भएकोले अलि धेरै उपहार दिनुपर्छ । अन्य दुई भाइको पनि । देउसी भैलो नखेलेको धेरै भइसकेकाले यसपटक भने साथीहरूसँग मिलेर खेल्छु । झिलिमिली हुने हुँदा पोखरा घुम्ने सोच बनाएको छु । आमाले पकाएको सेल हातमा झुन्डाएर खाइन्छ ।



दीपक लिम्बु
विभिन्न कन्सर्टले तिहारमा व्यस्त हुन्छु । श्रीमतीलाई पूजाआजा र बत्ती बाल्नमा सहयोग गर्छु । परिवार नै बसेर लक्ष्मीपूजा गरिन्छ । घरमा देउसी भैलो खेल्न आएकाहरूले भट्टाएको हेरेर आनन्द लिन्छु । मेरो चार दिदी धरानमा भएकाले आफन्त दिदीबाट टीका थाप्छु । उपहार स्वरुप सबैलाई पैसा दिन्छु ।

दिलदार मौसमी, इज्जत धान्न धीरेनको पारिश्रमिक बढाइदिइन्

अभिनेत्री मौसमी मल्लले आफूलाई दिलदार साबित गरेकी छिन्। आफ्नो लगानीमा निर्माण हुन लागेको दोस्रो फिल्म 'मौसम बदलिन्छ'को गृहकार्यमा व्यस्त मौसमीले एक अभिनेताको पारिश्रमिकको मामिलामा ठूलो मन देखाएकी हुन्।फिल्मको कथानुसार अभिनेता धीरेन शाक्यलाई एउटा भूमिका सुहाउने देखियो। मौसमीले निर्देशक दयाराम दाहालसँग धीरेनको पारिश्रमिक सोधिन्। दयारामले '२५-३० हजारमा मान्छ होला' भने।दयारामको कुरा सुनेपछि मौसमी छक्क परिन्। उनले फेरि सोधिन्, 'त्यतिमा धीरेनले काम गर्छ र?' उनलाई दयारामले आश्वासन दिए, 'त्यतिमा मान्छ, त्यो मेरो जिम्मा भयो।'तर, मौसमी एकछिन सोचमग्न भइन्। 'आफ्नो जमानाको हिट हिरो हो, उसको पर्सनालिटी पनि राम्रो छ,' मौसमीले दयारामसँग भनिन्, 'त्यतिको कलाकारलाई २५-३० हजार रुपैयाँमा काम लगाउनु भनेको उसको मात्र होइन फिल्म उद्योगकै बेइज्जत गर्नु हो।'मौसमीको तर्कसँग फिल्मसँग सम्बन्धित सबै सदस्य सहमत भए। त्यसपछि मौसमीले धीरेनलाई कम्तीमा ७५ हजार दिने निर्णय सुनाइन्। 'नेपाली फिल्म क्षेत्रमा मौसमीजस्तो दिलदार मान्छे पनि रहेछ,' यो प्रसंग थाहा पाएपछि एक कलाकारले प्रतिक्रिया दिए।यसअघि मौसमीले राजेन्द्र उप्रेतीलाई निर्देशक लिएर फिल्म 'गिरफ्तार' बनाएकी थिइन्, जसमा राजेश हमालको विशेष भूमिका थियो। खाग तस्करीको विषयमा निर्मित फिल्मले सन्तोषजनक व्यापार गरेको थियो। माओवादी पार्टीमा प्रवेश गरेकी मौसमी अहिले चलचित्र विकास बोर्डको सदस्यका रूपमा कार्यरत् छिन्। साभार : नागरिक

बिदा भए 'गडफादर'

'हिजो बेलुकी मात्रै छोरीको बिहे गर्न अमेरिका जान लागेकाले कात्तिक ३० लाई टिकट बुक गरेको बताउनु भएको थियो। राती नै हृदयाघातले यो हालत भएछ,' बुधबार निधन भएका निर्देशक दीपक रायमाझीलाई श्रद्धाञ्जलि दिन पशुपति आर्यघाट पुगेका कलाकार लव शर्मा निकै भावुक देखिए। रायमाझीले निर्माणाधिन फिल्म 'मेड इन नेपाल'को मुख्य भूमिका दिने वचन दिएको सम्झँदै उनले भने, 'उहाँसँग काम गर्नु यति नै रहेछ।' रायमाझीको टेलिफिल्म 'वंश'मा १६६ भागसम्म काम गर्दा मित्रता गाढा बनेको उनले बताए। ५८ वर्षका रायमाझीको आफ्नै निवास खुमलटारमा मंगलबार राती ११ बजे हृदयाघात भएको उनका भाइ राजुजंग रायमाझीले जानकारी दिए। 'उकुसमुकुम भएपछि बाहिर निस्कन खोज्दा दुई तलामाथिबाट लड्नु भएछ। तुरुन्तै अस्पताल लगे पनि बचाउन सकिएन,' उनले भने। पुराना नेता केशरजंग रायमाझीका जेठा छोरा दीपक राजनीतिदेखि भने टाढा रहेका थिए। नेपाली फिल्म क्षेत्रमा दुई दशकभन्दा बढी समय योगदान पुर्‍याएका निर्देशकलाई श्रद्धाञ्जलि दिन नपाएकोमा कलाकार रवीन्द्र खड्काले दुखेसो पोखे। 'अन्तिम संस्कार गर्न हतार गरिएछ। हामी केहीबेर प्रज्ञा प्रतिष्ठानमा राखी श्रद्धाञ्जलि दिन चाहन्थ्यौं,' रायमाझीकै फिल्म 'भाग्यरेखा'बाट चर्चित बनेका खड्काले भने। पारिवारको चाहना, सामाजिक बाध्यता र सम्पत्तिलाई समेत थाँती राखेर फिल्ममा पूर्ण रुपले समर्पित व्यक्तिको रूपमा निर्देशक नीर शाहले रायमाझीको चर्चा गरे। 'दिवंगत हुने दिनसम्म उहाँ फिल्मकर्ममै सक्रिय रहनुभयो,' रायमाझीको निर्देशनमा 'प्रेयसी' सहित तीन फिल्ममा अभिनय गरेका शाहले भने। रायमाझीले रुसको मस्को युनिभर्सिटीबाट सन् १९८१ मा फिल्म निर्देशनमा स्नातकोत्तर गरेका थिए। रुसमा उनीसँगै अध्ययन गरेका क्यामेराम्यान जावेद शाहले असल सहपाठी र सहकर्मी गुमाएको बताए। ६ वर्षसँगै पढेका शाहले रायमाझीको निर्देशनमा 'भाग्यरेखा', 'युगदेखि युगसम्म' र 'कसम' खिचेका थिए। दुवैले 'भाग्यरेखा'बाट आफ्नो विधामा करिअर सुरु गरेका हुन्। 'कलेज पढ्दा प्राक्टिकल फिल्म सँगै गरेका थियौं। नेपाल फर्किएर पनि सँगै काम थाल्यौं,' जावेदले भने, 'एउटै युनिभर्सिटीमा पढेकाले विचार मिल्थ्यो। काम गर्न सहज हुन्थ्यो।' नयाँ कलाकारलाई मौका दिन चाहने रायमाझीको स्वभावको उनले प्रशंसा गरे। कृषि विकास बैंकको जागिरबाट अवकास पाएका शाहले रायमाझीको नयाँ फिल्म 'मेड इन नेपाल' खिच्ने तयारी गरेको सुनाए। 'अमेरिकाबाट फर्किएपछि काम थालौंला भनेका थिए। अचानक यस्तो भयो,' फिल्ममा सोच मिल्ने सहकर्मीको अभाव खट्किरहने उनको भनाइ छ। पछिल्लो समय रायमाझी 'डेस्टिनेसन काठमाडौं'को निर्माणमा व्यस्त थिए। फिल्मको आधा सुटिङ नेपालमा सकेपछि बाँकी सुटिङ गर्न अस्ट्रेलिया जाने तयारीमा थिए उनी। उनको निर्देशनको फिल्म 'चाँडै आऊ है'को मिक्सिङ भइरहेको छ भने 'लभस्टोरी २०६६' रिलिजको तयारीमा छ। फिल्म क्षेत्रमा उनी धेरै चर्चित कलाकारका 'गड फादर'का रूपमा चिनिन्थे। आफ्नो भान्जा राजेश हमाललाई उनले 'युगदेखि युगसम्म'मा 'ब्रेक' दिएका थिए यही फिल्मबाट कृष्टी मैनाली हिरोइन बनेकी थिइन्। त्यसअघि उनले 'भाग्यरेखा'बाट मौसमी मल्ललाई ब्रेक दिएका थिए। राजेन्द्र खड्गीले पनि 'युगदेखि युगसम्म' फिल्मबाट फाइट निर्देशकको जिम्मेवारी सम्हालेका थिए। उनले बिना बुढाथोकीलाई 'कसम' र मेलिना मानन्धरलाई 'प्रेयसी'बाट हिरोइन बनाएका हुन्। रमेश उप्रेतीले पनि उनकै फिल्म 'यो मायाले लौन सतायो'बाट अभिनय सुरु गरेका थिए। मीरा केसीलाई 'अंगालो अंगालोमा'मा खेलाएका निर्देशकले पछिल्लो समय अर्जुन कार्कीलाई 'हाम्रो मिलन कहिले हुन्छ'मा हिरो बनाएका थिए। कलाकारका लागि उहाँ एकदमै लक्की निर्देशक हुनुहुन्थ्यो,' रायमाझीको फिल्म 'कसम' र 'यो मायाले लौन सतायो' अभिनय गरेका श्रीकृष्ण श्रेष्ठले सम्भि्कए, 'साह्रै मिलनसार हुनुहुन्थ्यो। फिल्मको सैद्धान्तिक र व्यवहारिक दुवै ज्ञान भएकाले काम गर्न साह्रै सहज थियो।' उनले १५ फिल्म र 'बाजी', 'नमस्ते काठमाडौं', 'सत्यता' लगायत आधा दर्जनजति टेलिसिरियल निर्देशन गरेका थिए।

प्रमोसनका लागि निरुता काठमाण्डू

'दर्पण छायाँ' हिरोइन बुधबार पुनः नेपाल आएकी छिन् । निरुता सिँहको नेपाल आगमन भने अभिनयका लागि होइन, सिनेमा प्रमोसनका लागि हो । तिहारपछि रिलिज हुन लागेको चलचित्र 'फर्कि आऊ'को प्रमोसनका लागि मात्र उनी काठमाण्डू ओर्लेकी हुन् । उनी अभिनित एकाध सिनेमा रिलिजको लाइनमा रहेपनि निरुता पछिल्लो समय नेपाली सिनेमाबाट टाढिएकी थिइन् । उनी पछिल्लो समय मुम्बइ र घर सिलुगढी बस्दै आएकी छिन् । कात्तिक २५ मा रिलिज हुने 'फर्कि आऊ'मा निरुता राजेश हमालको अपोजिटमा छिन् । यो सिनेमालाई नेपाली मिडियाले उनको पुनरागमनसँग जोडेका छन् । पोहोर सार्वजनिक भएको निरुता स्टारर चलचित्र 'देश' रजतपटमा असफलप्रायः भएको थियो । लगत्तै उनले 'मलाई मनपर्‍यो' र 'द गेम' गरिन् अनि भारत उडिन् । 'फर्कि आऊ' प्रमोसनपछि उनी फेरि भारत फर्कनेछिन् । ‘सँधैका लागि भने होइन’ मेरोसिनेमासँग उनले भनिन्, ‘राम्रो प्रोजेक्ट हात पर्‍यो भने फर्किहाल्छु नि ।’खासगरी डिजिटल सिनेमा बन्ने क्रमसँगै उनको 'मार्केट भ्यालु' आरोलो लागेको अनुमान गरिएको थियो । 'फर्कि आऊ'मा निरुताको भूमिकाहरू युवती हुँदै प्रौढ र वृद्ध उन्मुख छन् । राजेश हमाल विदेशमा रहेकाले 'फर्कि आऊ'को प्रमोसन निरुता एक्लैले गर्ने निर्माता बाबुराम दाहालले बताए । अभिनेता समेत रहेका ओम प्रतीकले फिल्म निर्देशन गरेका हुन् । निरुताले अपकमिङ सिनेमा 'द गेम' पनि प्रमोसन गर्ने बताइन् ।

'आचार्य' भारतीय कि नेपाली?

काठमाडौंमा चलिरहेको फिल्म 'आचार्य'ले भारतमा आयोजना भइरहेको १३ औं मुम्बई फिल्म फेस्टिभलमा सहभागिता जनाएको छ। शनिबार यसको पहिलो शो सम्पन्न भयो भने दोस्रो तथा अन्तिम शो बुधबार हुनेछ।सिक्किमको कम्पनीले निर्माण गरेको 'आचार्य'ले मुम्बई फिल्म फेस्टिभलमा नेपाली होइन भारतीय फिल्मको रूपमा भाग लिएको। फेस्टिभलको 'इन्डियन फ्रेम' नामक समूहमा यो फिल्म सहभागी छ। समूहमा अमुल गुप्तेको 'स्टान्ली का डब्बा', सन्तोष सिभनको 'उरुमी', मक्रन्द देशपाण्डेको 'मिस सुन्दरी', सलिम अहमदको 'अबु, सन अफ आदम' सहित १३ फिल्म छन्।क्याटलगमा 'आचार्य'लाई भारतीय फिल्म मात्र होइन हिन्दी भाषाको उल्लेख गरिएको छ। तर फिल्म नेपाली भाषाकै रहेको फिल्मका अभिनेता सत्यराज आचार्यले मुम्बईबाट बताए, 'हिन्दी भाषा गल्तीले लेखिएको होला।'आफू भारतीय भएकोले फिल्मलाई भारतीय मानेर 'इन्डियन फ्रेम'मा समावेश गरिएको निर्देशक प्रशान्त रसाइलीले मुम्बईबाट फोनवार्तामा दाबी गरे। तर, फिल्मको निर्माण कम्पनी सिक्किमको सिल्क रुट पिक्चर्स् नै उल्लेख छ। सामान्यतया फिल्म जहाँको कम्पनीले बनाएको हो त्यहीँकै मानिन्छ। 'आचार्य'लाई पनि निर्माण कम्पनीकै आधारमा फेस्टिभल आयोजकले भारतीय फिल्म मानेको हुनसक्छ।फेस्टिभलको नियमावलीमा यो 'इन्डियन फ्रेम' समूहमा भाग लिने फिल्म भारतको कुनै एक भाषामा निर्माण भएको भारतीय हुनुपर्ने उल्लेख छ। यो समूहमा १० लाख भारुको दर्शक छनोट पुरस्कार राखिएको छ।'आचार्य'सँगै एउटै समूहमा सहभागी मलयालम फिल्म 'अबु, सन अफ आदम'ले यसपालि ओस्कारमा भारतको प्रतिनिधित्व गर्दैछ। नेपालबाट चाहिँ 'आचार्य'लाई पठाउने भन्ने चर्चा काठमाडौंमा केही दिनअघि चलेको थियो। मुम्बईबाट फर्किने बित्तिकै ओस्कारमा भाग लिन पहल गर्ने सत्यराजले जानकारी दिए।नेपाल चलचित्र निर्माता संघका महासचिव केशव भट्टराईका अनुसार यो पटक 'शिरीषको फूल'ले प्रयास गरे पनि निर्माण कार्य नसकिएकोले भ्याएन। 'आचार्य'ले इच्छा देखाए सहयोग गर्ने वचन उनी दिन्छन्। तर भन्छन्, 'सिक्किममा दर्ता भएको फिल्म हो भने यसले नेपालको प्रतिनिधित्व गर्न मिल्दैन होला।'सत्यराज भने भाषा, विषयवस्तु, लोकेसन र कलाकारका आधारमा 'आचार्य' नेपाली फिल्म नै भएको दाबी गर्छन्। ओस्कारमात्र होइन अरू फेस्टिभलमा पनि यो नेपाली फिल्मकै रूपमा सहभागी हुने उनले बताए। यसअघि फ्रान्स र नेपालको संयुक्त लगानीमा बनेको 'क्याराभान'ले ओस्कारमा नेपाली फिल्मको रूपमा भाग लिएको थियो। त्यतिबेला नीर शाहको नेसनल फिल्म स्टुडियो नामक नेपाली कम्पनीबाट फिल्मलाई ओस्कारमा पठाइएको थियो।यसपालिको मुम्बई फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ भारतको एकसहित १४ फिल्म भिड्दैछन् भने 'वर्ल्ड सिनेमा' समूहमा ४९ फिल्म छन्। अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुन 'आचार्य' पनि योग्य थियो, किनभने यो पनि कुनै निर्देशकको पहिलो फिल्म हो। यो समूहको विजेता फिल्मलाई ५० लाख भारु पुरस्कार दिइन्छ, जुन ४५ प्रतिशत निर्देशक, ४५ प्रतिशत निर्माता र ५ प्रतिशत वितरकलाई बाँडिनुपर्छ।'आचार्य'ले यो वर्ष ओस्कारमा भाग लिने मौका भने गुमाइसकेको छ। ओस्कार आयोजकले गत बिहीबार विदेशी भाषाको फिल्मतर्फको विधामा प्रतिस्पर्धा गर्ने ६३ देशका ६३ फिल्मको सूची सार्वजनिक गरिसकेको छ, जसमा चीनबाट झाङ यिमुको 'द फ्लावर्स अफ वार', इरानबाट 'अ सेपरेसन', जापानबाट 'पोस्टकार्ड', दक्षिण कोरियाबाट 'द फ्रन्ट लाइन' लगायत छन्।

एक किसका लागि आठ टेक

सुटिङ्ग भन्ने चिज नै त्यस्तै हो जो भनेकै समयमा कुनै काम बन्दैन । अझ टेकको समयमा कलाकार तयार भएको बेला निर्देशक तयार नहुनु र निर्देशक र कलाकार दुवै तयार भएका बेला क्यामेरापस्रन तयार नहुदा एउटै सिनका लागि घण्टौ समय लग्नु फिल्म निर्माणको एउटा तितो यथार्थ पनि हो । जुन यथार्थ अभिनय गर्नेलाई भन्दा हेर्नेलाई नै बोर लाग्न सक्छ ।तर त्यही घण्टौ लगाएर खिचिएको दृश्य जव पर्दामा देखिन्छ तव आखाँ रमाउदाको मज्जा भने भिन्नै हुन्छ । र ती रोमन्चक दृश्य हेर्ने समय अब आएको छ जुन नौलो त हैन तर हेर्दा भने मज्जा लाग्न सक्छ । अर्थात भनौ ती दृश्यमा दर्शकदीर्घबाट तालीको परर्रा छुट्न सक्छन । प्रसङ्ग हो आउदो भाईटिकाको दिन देखि देशब्यापी रिलिज हुन लागेको चलचित्र हाम्रो माया जुनीजुनीलाईको । जहाँ चलचित्रको एक सिनमा मुकेश ढकालले रिसको मुद्रामा नीता ढुङ्गगानको कपाल समाउदै किस गरेका छन् । किस किलर हिरोले समेत परिचित मुकेशले यो फिल्मका लागि ८ सिनमा नीतसंग किस गरेका छन् । जुन सिन खिच्नका लागि निर्देशक ऋषि लामिछानेलाई धेरै समय लागेको थियो । उनी भन्छन् 'कहिले म तयार नहुने कहिले क्यामेरापस्रन तयार नहुदा मुकेशले धेरै पटक नीतासंग किस गर्नु परेको थियो, सायद ती सवै सट कैद गरेको भए मात्र पनि किसैकिसको एउटा छुट्टै फिल्म बन्थ्यो ।'यस्तै एक सिनमा यस्तै फिल्ममा आठ स्थानमा किस सिन राखिएपनि सम्पादनको क्रममा ३ सिन मात्र फाईनल गरिएको ऋषिले बताएका छन् । तर ती सिन रहर नभई स्क्रिप्टको आवश्यक्ताले आफूले प्रयोग गरेको उनी बताउछन् । र किस सिन कैद गर्दाको क्षण सम्झदै उनी भन्छन् 'एक किसका लागि त आठ टेक समेत लिनु परेको थियो ।' पछिल्लो समय ब्यस्त रहेका हिरो मुकेश ढकाल आजकाल जुन फिल्ममा अभिनय गर्छन त्यहा उनले कुनै एक हिरोईनसंग किस सिन दिन भ्याएका हुन्छन् । उनले अरुणिमा लम्सालसंग चलचित्र निगरानी र आफ्नो मान्छे आफ्नै हुन्छमा लिपकिस दिएका थिए । यस्तै रिलिज हुन लागेको उनको आर्को फिल्म प्लानमा उनले तीन नवनायिका रागिनी खड्गी , अनुष्का ढकाल र अनिता दाहालसंग पनि किस गर्न भ्याएका छन् रे । तर हाम्रो माया जुनीजुनीलाईमा नीता ढुङ्गानासंगको किस सिन कस्तो होला त्यो भने फिल्म हेरेपछीनै थाहा होला । मुकेश हिरोईन मेलिना मानन्धरका पति हुन । निरुताको पहिलो किस
यस्तै कात्तिक २५ गते देखि रिलिज हुन लागेको चलचित्र फर्कि आऊमा पनि किस सिन छ जहाँ महानायक राजेश हमालले निरुता सिंहलाई लिप किस गर्न भ्याएका छन् । निरुताले दुई दशक अभिनय यात्रामै पहिलो पटक किस सिन दिएकी हुन ।बीस बर्षको अभिनय यात्रापछी राजेश हमालले दीपेन्द्र के. खनालको डेब्यू फिल्म द् युग देखि युग सम्ममा हिरोईन नन्दिता केसीसंग चुम्बनका दृश्य दिने मौका पाएका थिए । त्यसपछी केही चलचित्रमा उनलाई त्यस्तै सिनका लागि आग्रह गरिएको जुन आग्रह उनले सजिलै स्वीकार्दै पनि आए । र यहि अभिनयको दौरानमा समकालिन हिरोईन निरुतासिंह संग पनि उनले चुम्बनका दृश्य दिन भ्याएका छन् । तर अभिनयमा निखारिएका हमाल र निरुताले एक टेकमै लिप किस सिन ओके गरेको गीतकार समेत रहेका फर्कि आऊ का निर्माता बाबुराम दाहालको भनाई छ ।