नम्रता अब निर्देशक

नेपाली सिनेमा क्षेत्रभित्र महिला निर्देशकहरुको खडेरी परिरहेको समयमा नायिका नम्रता श्रेष्ठले भविष्यमा गएर आफुले सिनेमा निर्देशन गर्ने बताएकी छिन् ।‘सानो संसार’बाट एकाएक चर्चा बटुलेकी यी नायिका,‘नेपाली सिनेमालाई बुझ्दै छु र पछि गएर पक्कै पनि सिनेमा निर्देशनतिर पनि हात हाल्छु’, भन्छिन् । पछिल्लो समयमा सिमोस सुनुवार निर्देशित ‘फष्टलभ’मा अतिथि भुमिकामा देखिएकी नम्रता सुरेशदर्पण पोखरेल निर्देशित ‘मिस यु’को छायाँकन भ्याई हाल कुनै पनि प्रोजेक्टमा ब्यस्त नरहेको बताउछिन् ।लाजिम्पाट स्थित आफ्नो रेष्टुँरामा समय दिईरहेकी यी नायिकाको सिनेमा निर्देशन गर्ने सोचले पुर्णता पाओस् ।

शाहरूख र प्रियंकासँग महानायकको भेट

बलिउड चर्चित अभिनेता शाहरूख खान र अभिनेत्री प्रियंका चोपरा नेपाल आउने भएका छन् । नेपाली नयाँ बर्ष २०६८ सालको उपलक्ष्यमा ओडिसी नेटवर्कले आयोजना गर्न लागेको सांगितिक कार्यक्रममा सहभागी हुन उनीहरू नेपाल आउन लागेको बुझिएको छ बर्षको अन्तिम दिन अर्थात चैत्र मसान्तमा को राति सो कार्यक्रम हुँदैछ । आयोजकले आधिकारिक जानकारी नदिएपनि सो कार्यक्रममा शाहरूख र प्रियंकाको साथमा महानायक राजेश हमाललगायतका केही नेपालका चर्चित कलाकारहरू पनि सहभागी हुनेछ । नेपाली नयाँ बर्षलाई धुमधामका साथ मनाउने हेतुले बलिउडका चर्तित हस्तीको साथमा नेपालका चर्चित हस्तीहरूले सो कार्यक्रमलाई भव्य बनाउन बुझिएको छ ।नयाँ बर्षको सो कार्यक्रममा सहभागी हुन महानायकले आफ्नो जापान भ्रमणलाई पनि छोट्याएको बुझिएको छ । ओडिसी नेटवर्कले राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भर्खरै मात्र चर्चित क्यानडेली रकस्टार ब्रायन एडम्सको कन्सर्ट गरेको थियो ।

निरूताले सबै नायकलाई भ्याउने

मानिसको आ-आफ्नै इच्छा, चाहना तथा सपना हुन्छन् । कसैका पूरा हुन्छन् त कसैका अधुरै रहन्छन् । यस्तै नेपाली चलचित्रको एउटा ब्राण्ड नायिका निरूता सिंहको पनि एउटा गजबको इच्छा रहेछ । उनको इच्छा हो सबै नायकलाई भ्याउने ।चलचित्र 'दक्षिणा' बाट नेपाली चलचित्र क्षेत्रमा पाईला टेकेकी यि नायिकाले थुप्रै सफल चलचित्र दर्शक सामु पेस गरिसकेकी छिन् । दर्जनौं चलचित्रमा अभिनय गरिसकेकी यि नायिकाले नेपाली चलचित्र उधोगका दर्जनौं नायकलाई भ्याईसकेकी छिन् । उनले आफ्नो पहिलो चलचित्र 'दक्षिणा' मा पहिलो पटक नायक भुवन केसीलाई भ्याईन् अर्थात उनी सो चलचित्रमा भुवन केसीसँग अभिनय गरिन् । त्यसपछि निरूताले आफ्नो दोस्रो चलचित्र 'मित्ज्यू' मा नायक प्रसान्त सिंहसँग जोडीको रूपमा अभिनय गरिन् । यसैगरी महानायक राजेश हमाल, शिब श्रेष्ठ, श्रीकृष्ण श्रेष्ठ, रमित ढुंगाना, बिराज भट्ट, निखिल उप्रेती, दिलिप रायमाझीलगायतका एक दर्जन भन्दा बढी नायकसँग जोडी भएर अभिनय गरिसकेकी छिन् ।पछिल्लो पुस्ताका नायक देखि अहिलेका पुस्ताका नायक सुमन सिंह, राजबल्लभ कोईराला, जीवन लुईटेल, निरज बराललगायतका कलाकारसँग पनि अभिनय गर्न भ्याएकी यि नायिकाको रहर अब पछिल्लो पुस्ताका नायकसँग अभिनय गर्ने छ रे ।अर्थात अब आउन लागेका टिनेजर्स नायकहरूलाई पनि भ्याउने उनको रहर रहेछ । नायक भुवन केसीका छोरा, निर्देशक नारायण पुरीका छोरा, अर्का निर्देशक शोभित बस्नेतका छोरा पछिल्लो पुस्ताका नायकका रूपमा स्थापित हुन क्रममा छन् र यिनैसँग अभिनय गर्ने आफ्नो इच्छा रहेको निरूताको भनाई छ ।अहिले पनि उही चञ्चलता, उही सुन्दरताले भरिएकी नायिका निरूताको यस्तो इच्छा किन आयो त ? निरूता भन्छिन्, 'जवानीमा त जवान हिरोलाई भ्याईयो अब बुढेसकालमा बच्चा हिरोलाई भ्याउने मेरो रहर हो ।' अहिलेका चर्चित नायक आर्यन सिक्देलसँग काम गर्ने मौका नपाएकी निरूताले आर्यनलाई पनि भ्याउन मन लागेको बताईन् ।नेपाली चलचित्र उधोगका अधिकांस नायकलाई भ्याईसकेकी निरूताले अबका पुस्ताका कुन कुन नायकलाई भ्याउने हुन्, त्यो हेर्न बाँकी नै छ ।

'नयाँ स्वाद लिन दर्शक तयार हुनुपर्छ'

काठमाडौं, फागुन २५ (नागरिक)- सानै उमेरदेखि क्यामेरा खेलाएर हिँड्ने पिताम्बर पाण्डे अहिले फिल्म निर्देशक बनेका छन्। उनीद्वारा निर्देशित पहिलो फिल्म 'ब्याच नम्बर १६' शुक्रबार नेपालभर रिलिज हुँदैछ। अमेरिकामा उनले विभिन्न फिल्म कार्यशाला र प्रशिक्षणमा तीन वर्ष बिताएका थिए। अमेरिकाबाट फर्किएर मुम्बईको डिजिटल एकेडेमीमा एक वर्षे फिल्म कोर्स लिएपछि निर्देशन गर्ने आत्मविश्वास पलाएको बताउने उनीसँग कुराकानीः
नेपाल आएर फिल्म बनाउनु अघि के गरियो?
कुन स्तरमा काम गर्ने भनेर रिसर्च गरियो। फिल्म भिजुयल मेडियम हो। यहाँका धेरैजसो दर्शकले फिल्मको यो मेडियमलाई कुन गहिराइसम्म बु‰नसक्छ। त्यो बुझेँ।
फिल्म बु‰ने क्षमता दर्शकमा कुन स्तरको रहेछ?
मैले सोचेभन्दा निकै कम। धेरैजसो कुरा दृश्य होइन संवादबाट बु‰ने र बुझाइने गरिएको पाएँ। यसो हुनुमा अहिले काम गरिरहेका निर्देशककै दोष छ।
नेपाली फिल्ममा सबैभन्दा ठूलो कमजोरी के लाग्छ?
स्क्रिप्टमा कमजोरी छ। फिल्मको स्क्रिप्ट लेख्ने अन्तर्राष्ट्रिय संरचना छ। नेपालमा यसलाई पालना गरिएको वा यसप्रति जानकार व्यक्ति खासै भेटेको छैन।
नेपाली फिल्ममा बसेको गलत प्रवृत्ति?
फिल्म निर्माणलाई खाली 'बिजिनेस हब' को रूपमा मात्र लिइएको छ। सबैको स्वार्थ १० लाख कसरी कमाउने भन्ने छ। फरक कथा, फरक सिनेमाटोग्राफी र फरक प्रस्तुतिको चिन्ता कसैलाई छैन।
अभिनेता अभिनेत्री कस्तो पाउनुभयो?
कलाकारको प्रस्तुति निर्देशकमा पनि निर्भर हुन्छ। मैले काम गर्दा कलाकारहरूलाई 'कम्फर्टेबल जोन' दिने गर्थें। यसले कलाकार अझ सिर्जनात्मक हुन्छ। भएका कलाकारहरू चित्त बु‰दा नै छन् तर हामीसँग छनोटको अवसर छैन। कलाकार थोरै छन्।
'ब्याच नम्बर १६' चाहिँ कति फरक बनेको छ?
पूरै फरक बनाइएको छैन। परिवर्तन भनेको क्रमशः हुँदै जाने हो। नेपाली फिल्मका दर्शकको मनोवैज्ञानिक उपचार जरुरी छ। नयाँ फिल्ममेकरहरू नयाँ स्टाइल लिएर आउँदैछन्। त्यसलाई स्विकार्न दर्शकहरू तयार हुनुपर्छ।
फिल्ममा नयाँ प्रयोग गर्ने विचार छैन?
हामीकहाँ दुई प्रतिशत दर्शकले नेपाली फिल्म हेर्छन्। पहिले यो १५ देखि २० प्रतिशत पुग्नुपर्छ। साथै सबै दर्शकहरूको खल्ती गह्रौ पनि हुनुपर्‍यो। त्यसपछि बल्ल फिल्ममा नयाँ नयाँ प्रयोग गर्दा हुन्छ।
'ब्याच नम्बर १६' अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा लैजाने गरी बनाइएको होइन?
फेस्टिभलमा भाग लिने लोभमा एक करोड रुपैयाँ जोखिममा राख्न सक्तिन। हामीले नेपाली फिल्मको दर्शक सबैभन्दा पहिले नेपालभित्रै निर्माण गर्न सक्नुपर्छ। अनि मात्र विदेशी दर्शक ताक्ने हो। फेस्टिभलका लागि भविष्यमा सर्ट फिल्म चाहिँ बनाउँछु।
फिल्मको पोस्टरमा सशस्त्र प्रहरी देखिन्छ। प्रहरीको कथा हो यो?
प्रहरी होइन दुई प्रहरीबीचको मित्रता र द्वन्द्वमा आधारित छ फिल्म। फिल्मलाई एक्सनमय बनाउन मुख्य पात्रलाई सशस्त्र प्रहरीको भूमिका दिइएको हो।

निशाको एकतर्फी प्रेम

प्रेम सम्पन्न हुन दुबैले मनपराउनु पर्छ । उनको प्रेम भने एकतर्फी मात्र भयो । नायिका निशा अधिकारी एकतर्फी प्रेमको शिकार भएकी छिन् । "फस्टलभ"की यी नायिकाले "राइट म्यान" फेला त पारिन् तर, उसंगको देखादेखमै निशा घाइते भएकी छिन् । निशाको आजको फेसबुक स्ट्याटसले त्यही कुराको वर्णन गर्छ । आज फेसबुक स्ट्याटसमा उनी एउटा मात्र शब्द लेखेकी छिन "crush..."। जसको सिधा अर्थ दबाउनु वा पिस्नु भन्ने बुझिन्छ भने युवाजमातमा crush को अर्थ पहिलो नजरमै कसैलाई मनमा बसाउनु भन्ने ठहर्छ । त्यसैले उनी कसैसंगको एकतर्फी प्रेमको शिकार भएकी हुन कि ! भन्ने हाम्रो बुझाई छ । कोही कसैसंग प्रेममा पर्नु नराम्रो कुरा त होइन त्यसमा पनि 'एलिजेबल ब्याचलर' हाम्री नायिका कसैको एकतर्फी प्रेममा पर्छिन भने त्यो त झनै राम्रो कुरा हो । निशा विस यु अल द बेष्ट । जसलाई देखेर तपाई एकतर्फी प्रेमको शिकार हुनभयो त्यो प्रेमको गाडी दुईतर्फी कुदोस् । शुभकामना ।

ब्याच नं १६ र बदमासको भिडन्त

आगामी शुक्रबारदेखि दुई सिनेमाहरु प्रदर्शनमा आउन लागेका छन् । एक हो, पिताम्बर पाण्डे निर्देशित ‘ब्याच नं १६’ भने अर्को हो, देव कुमार श्रेष्ठ निर्देशित ‘बदमास’ ।ब्याच नं १६ को ब्यापक प्रचार–प्रसार भएको पाईन्छ भने बदमास यो मामिलामा तल परेको छ । यसका निर्माता सुनिल श्रेष्ठसँग हामीले बुझ्दा फिल्मको प्रचार–प्रसार बिस्तारै भैरहेको बताए । बदमासमा शिव श्रेष्ठ, जिम्मी गुरुङ्ग, रन्जना शर्मा, उषा पौडेल, सुनिल श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय हेर्न पाईन्छ । यता ब्याच नं १६ मा भने अनुप बराल, सुमन सिँह, रुबी भट्टराई, अर्पण थापा, सुस्मा कार्की लगायतका कलाकारहरको अभिनय रहेको छ । बदमासमा राजेन्द्र खड्गीको द्धन्द र कमलकृष्णको सँगीत रहेको छ । ब्याच नं १६ दुई साथीहरुको सम्बन्धमा आएको फाटोको बिषयमा बनेको सिनेमा हो भने बदमास मान्छे कसरी सज्जनबाट बदमास बन्छ भन्ने कथावस्तुमा आधारित सिनेमा हो ।
अब हेरौं, ब्याच नं १६ ले आफ्नो टाउकोमा सुपरहिटको ब्याच भिर्छ कि भिर्दैन् अनि बदमासले नेपाली सिनेमा क्षेत्रमा बदमासी देखाउँछ कि नाम कमाउँछ ।

महानायक जापान जाने

महानायक राजेश हमाल जापान जाने भएका छन् । महानायक हमाल यहि मार्च १० तारिखका दिन बिहिबार साँझ आठ बजे थाई एयरको बिमानबाट जापान प्रस्थान गर्दैछन् ।कुनै काम बिशेषले नभई आफ्नै व्यक्तिगत कामले जापान जान लागेको महानायक हमालले फिल्मीखबरलाई जानकारी दिए । उनले भने,'यो मेरो नितान्त व्यक्तिगत भ्रमण हो ।' चलचित्रमा रातदिनको कामले तनावमा रहेका महानायकले सो तनावबाट मुक्ती पाउन र जापानमा रहेका आफन्तहरूसँग भेटघाट गरि रमाईलो गर्न जापान जान लागेको बताए ।भर्खरै मात्र चलचित्र 'हात लाग्यो शून्य' को छायाँकन सकेर बसेका महानायक हमालले छायाँकनमा रहेको चलचित्र 'सौर्य' को बाँकी काम जापानबाट फर्केपछि गर्ने बताए । कामै कामले टेन्सनमा देखिएका महानायक भन्छन्, 'सधैं कति काम मात्र गर्नु ? कहिले काहीं त यसो रमाईलो पनि गर्न पर्‍यो नि ।'करिब ४ हप्ताको भ्रमणमा जापान जान लागेकामहानायक हमाल अप्रिल १० तारिखका दिन नेपाल फर्कने उनका सहयोगी चिरञ्जिबिले जानकारी दिए । जापानमा उनले आफ्ना को-को आफन्तलाई भेट्ने छन् त ? यो कुरालाई उनका सहयोगी चिरञ्जिबिले खोल्न भने चाहेनन् ।