म बन्छु निरुताको हिरो

‘आगो’,‘दोमन’,‘कर्तब्य’,‘फेरी अर्को साईनो’,‘हामी तिन भाई’ लगायतका थुप्रै नेपाली सिनेमाहरुमा बालकलाकारको रुपमा काम गरेर हाल सुरज सुब्बा ‘नाल्बो’ निर्देशित ‘सायद’बाट हिरोको रुपमा पदार्पण हुन लागेका सँयम पुरी आफुलाई नायिका निरुता सिँहको हिरो भएर सिनेमा खेल्न मन लागेको बताउँछन् ।‘थुप्रै सिनेमाहरुमा उँहाको छोराको भुमिकामा काम गरियो, अब उँहाको हिरो बन्छु’,सँयम भनछन्,‘त्यसो त निरुता आन्टीलाई पनि मेरो हिरोईन भएर काम गर्न मन छ रे’। सायदमा नायक दिलिप रायमाझीकी साली नवनायिका अनिता दाहाललाई आफ्नो हिरोईनका रुपमा पाएका सँयमले यस सिनेमा भित्र एकोहोरो माया गर्ने प्रेमीको भुमिका निभाएका छन् ।सायद भित्र नायिका र आफुबिच त्यति धेरै सिने दृश्य नभएको बताउने सँयम कक्षा १२ को पढाई सिध्याएर बसेका छन् । स्मरण रहोस्, सँयम चलचित्र निर्देशक नारायण पुरीका सुपुत्र पनि हुन् ।
अब हेर्न बाकीँ छ, ‘यि नयाँ हिरोले निरुतालाई आफ्नो हिरोईन बनाउन सक्छन् कि सक्दैनन्’ ।

नम्बर बाँड्ने निर्देशक

चलचित्र ‘वशमा छैन यो मन’को एक दृश्यमा नायिका नन्दिता केसी ‘फिल्मी नाम स्मृति’ एक अपराधिक क्रियाकलापको छानबिनका क्रममा प्रहरीको झमेलामा पर्छिन् । जब आउने दिनहरुमा थप सोधपुछका लागि प्रहरीले उनको मोबाईल नम्बर माग्छन्, तब नन्दिताले भन्छिन्, ‘मेरो मोबाईल नम्बर ९८५१००९०८५’ । तर त्यतिबेला उनले फिल्मी झुट बोलिन् किनभने यो उनको नभै फिल्मका निर्देशक रामराजा दाहालको मोबाईल नम्बर थियो ।आफु निर्देशित सिनेमाहरुले धमाधम असफलताको बिल्ला भिर्न थालेपछि निराश भएका दाहालले दर्शकबाट उचित प्रतिक्रिया पाईन्छ कि भन्ने आशमा सिनेमाको उक्त दृश्यको सहायता लिएको बताए । त्यसो त उनी यो कार्यमा सफल पनि भए । सिनेमा हेरिसकेपछि उनलाई थुप्रै दर्शकको फोनबाटै सल्लाह, सुझाव र प्रतिक्रियाको ओईरो लायो ।‘गुरुदक्षिणा’, ‘कसम हजुरको’ लगायत थुप्रै सिनेमाहरु निर्देशन गरिसकेका दाहाल हाल सँगितकार सुरेस अधिकारीको ‘तिमी मेरो म तिम्रो’ लयायत थुप्रै प्रोजेक्टहरुमा ब्यस्त छन् । फेरी पनि मिलेसम्म आफ्नो नम्बर दर्शक माँझ पुर्याउने सुरमा छन् उनी ।धेरै दर्शकहरुबाट ‘आफ्नो सिनेमाको प्रस्तुति फरक भएको र बुझ्नै गाह्रो भएको’ प्रतिक्रिया पाएको कुरा दाहालले हामीलाई बताए । लौ है, रामराजा जी, ‘सल्लाह सुझाब मात्रै बटुल्ने चक्करमा त्यसलाई सुधार्न भुल्नुहोला नि’ ।।

कन्सर्टको होस्ट दिनेश र माल्भिका

यहि १९ तारिख अर्थात् फागुन ७ मा हुने भनिएको चर्चित क्यानेडियन गायक ब्रायन एडम्सको कन्सर्टको होस्ट चलचित्र निर्देशक एवँ सँचारकर्मी दिनेश डिसीले गर्ने भएका छन् ।ब्रायनका ख्याति प्राप्त गीतहरुसँगै रम्न पाईने उक्त कन्सर्ट बिच डिसीका साथमा पुर्व मिसनेपाल माल्भिका सुब्बा पनि रहनेछिन् । कन्सर्टको सुरुवात दिउँसोको दुई बजेदेखि हुने र त्यसबिचमा ईन्डियन डिजेहरुको डिजे सेसन, १९७४ एडी, रोबिन एण्ड न्यु रिभोलुसन, नमस्ते ब्यान्ड र मँगोलियन हार्ट जस्ता नेपाली ब्यान्डहरुको साँगीतिक प्रस्तुति रहने डिसीले बताए ।कुराकानीकै शिलशिलामा एन टिभीबाट हरेक मँगलबार प्रसारण हुने आफ्नो ट्यालेन्ट हन्ट शो ‘खोजी प्रतिभा’मा अन्तिम पाँच प्रतिस्पर्धीहरु बिच भिषण घम्साघम्सी चलिरहेको पनि उनले बताए ।डिसीले सावधान, दाईको ससुराली जस्ता नेपाली सिनेमाहरु निर्देशन गरिसकेका छन् ।

भुवनसँग अफबिट कुराकानी

सुपरस्टार नायक भुवन केसीको स्कुले जीवनलाई लिएर हामीले १० प्रश्नहरु राखेका थियौ । हेरौं, हाम्रो प्रश्न, भुवनको उत्तर ।
०१– ¬हाम्रो प्रश्न– तपाईलाई मनपर्ने बिषय कुन थियो ?
भुवनको उत्तर– खै कुन भन्ने पढ्नै अल्छी लाग्थ्यो ।
०२– ¬हाम्रो प्रश्न– पढाईमा कत्तिको ट्यालेन्ट हुनुहुन्थ्यो ?
भुवनको उत्तर– ट्यालेन्टन नै थिएँ, एकपटक पढेको कुरा सम्झन्थेँ ।
०३– ¬हाम्रो प्रश्न– क्लास बँक गर्नुहुन्थ्यो ?
भुवनको उत्तर– कुरै नगरौं, धेरै गरेँ, आफ्नो कलासमा बस्दै नबस्ने,
अरुको क्लासमा गएर गीत गाएर बस्ने ।
०४– ¬हाम्रो प्रश्न– शिक्षक शिक्षिकाको हातबाट पिटाई कत्तिको खानु भयो ?
भुवनको उत्तर– गनी साध्यै छैन, धेरै खाईयो । म डि।एन।पि।एस सानोठिमीमा पढ्थे,
काठमान्डौंमा स्विमिङ्ग पुल बालाजुमा मात्र थियो । एकपटक स्कुल छेउको हिलेपोखरीमा पौडी खेल्न जाँदा सर मिसको हातबाट रामधुलाई भेटियो ।
०५– ¬हाम्रो प्रश्न– स्कुल जाने भनेर अन्त कतै जाने गर्नुहून्थ्यो ?
भुवनको उत्तर– त्यसो त गर्दिनथेँ । जाने त स्कुलमै हो तर सधैं गीत गाएर बस्थेँ, त्यहि भएर त पछि गायक पनि बनेनि ।
०६– ¬हाम्रो प्रश्न– शिक्षक शिक्षिकाले कुखुरा कत्तिको बनाउँनुभयो ?
भुवनको उत्तर– कुखुरा उँहाहरुले बनाउनु हुन्नथ्यो । बेग्लै स्टाईलले पिट्नुहुन्थ्यो । मसिनो लठ्ठीले मजाले हानेपछि किन बन्नुपर्यो र कुखुरा ।।
०७– ¬हाम्रो प्रश्न– केटी कत्तिको जिस्क्याईयो ?
भुवनको उत्तर– केटी जिस्क्याईएन्, म लजालु र हेन्डसम थिए, उल्टै केटीहरु मलाई जिस्क्याउँथे
०८– ¬हाम्रो प्रश्न– एस एल सीको रिजल्ट आउँने दिन कस्तो अनुभव गर्नुभएको थियो ?
भुवनको उत्तर– हैन, त्यस्तो केही थिएन, मनमा फष्ट डिभिजनमा पास हुन्छु भन्ने थियो, भएँ पनि, डर लागेको थिएन ।
०९– ¬हाम्रो प्रश्न– चिट कत्तिको चोर्नु हुन्थ्यो ?
भुवनको उत्तर– कहाँ चोर्नु, चोरिएन, नपढ्ने मात्रै पो हो त म, पढाईमा त दादा थिएँ । स्कुलमा बिभिन्न कार्यक्रमहरु भए भने सरहरुलाई मैँ नभै हुन्नथ्यो ।
१०– ¬हाम्रो प्रश्न– आफ्नो क्लासका साथी कसैसँग भेटघाटको शिलशिला छ कि छैन अहिले ?
भुवनको उत्तर– छ, किन नहुनु, उद्योगपति बिनोद चौधरी पनि मेरो मिल्ने साथी हो । हाम्रो भेटघाट भैरहन्छ ।

प्रशन्नलाई दुई नायिका चाहियो

हाल देशभर प्रदर्शन भैरहेको एम आर एस मुभिजको निर्माणमा बनेको सिनेमा ‘स्वर’का निर्देशक प्रशन्न पौडेललाई आगामी दुई प्रोजेकटको लागि दुई नयाँ नायिका चाहिएको जानकारी हामीले पाएका छौं ।लगभग चैतको मध्यतिरबाट छायाँकन सुरु हुने आफ्नो नाम नखुलाईएको प्रोजेक्ट र असारबाट सुरु गरिने ‘विकज आई लभ यु’का लागि आफु अहिले नायिकाहरुको ब्यापक खोजीमा लागेको' पौडेलले बताए । ‘विकज आई लभ यु’मा बिमलेश अधिकारी, राजबल्लभ कोइराला, दिवश उप्रेती र मुकेश आचार्य जस्ता नायकहरु छनोट गरिसकेका उनको अर्को सिनेमा भित्र दुई नायक रहनेछन् ।यसैबिच स्वरले कस्तो ब्यापार गर्यो त भनी प्रश्न गर्दा पौडेलले भने,–‘अहिलेको अवस्थामा लगानी उठ्नु नै ठुलो कुरा हो, जे होस् लगानी उठ्यो’ । आगामी चलचित्र झनै स्तरीय हुने कुरा पनि उनले बताए ।अब यहाँ प्रश्न उठ्ने नै भो,‘थुप्रै म्युजिक भिडियोहरुमा नयाँ–नयाँ महिला अनुहारहरुलाई मौका दिने प्रशन्नको सिनेमाको लागि त नयाँ नायिका भेटिन मुस्किल पर्यो भने अरु नयाँ नायिका लिन खोज्ने निर्माता, निर्देशकहरुको हालत के होला ?’

तरवार चलाउन डर लाग्छ राजेशलाई

काठमाडौं, फागुन ५ (नागरिक) – गोरखकाली पुकार्दै अघि बढेको सेनालाई नेतृत्व गरेका छन् अभिनेता राजेश हमालले। फिल्म 'सौर्य'मा पृथ्वीनारायण शाहको सेनापति हुन् उनी। उनले बोकेको तरवार पनि विशेष छ। 'यो तरवार गोरखनाथले पृथ्वीनारायणलाई दिनु भएको हो। पृथ्वी बिरामी परेपछि सेना र तरवार दुवैको जिम्मेवारी मेरो काँधमा छ,' सेनापति हमालले भने, 'फिल्ममा साँच्चिकै तरवारको प्रयोग कमै हुन्छ।यो ऐतिहासिक युद्धको दृश्य भएकोले सक्कलीकै प्रयोग गरिएको छ।' सामान्यभन्दा लामो र गह्रौं तरवारले हातमा ठेला उठाएको उनले देखाए।'यो सम्झना केही दिन मेरो हातमा रहने छ,' आफूले चलाउने तरवार फिल्मको मुख्य विषय बनेकाले निकै सजग भई यो काम गरिरहेको उनले बताए। अहिलेका फाइटमा धेरै प्रयोग हुने बम, बन्दुक र स्टन्ट 'सौर्य'मा नभएको पनि उनले खुलाए। तरवार युद्ध उनलाई जोखिमयुक्त लाग्छ। रिसाएर तरवार घुमाउने दृश्य 'फस्ट टेक'मै सकाएपछि उनले भने, 'बरु सट कमजोर भए होस्। रिटेक गर्न डर लाग्छ मलाई,' चोभारमा सुटिङ गरिरहेका राजेशले सोही ठाउँमा तरवार युद्ध गर्दा भएको दुर्घटना सुनाए।'मैदान फिल्ममा तरवार युद्धको सुटिङ हुँदै थियो। मैले चलाएको तरवार उछिट्टिएर क्यामेराम्यान युवराज राईलाई लाग्यो। बिँड मेरो हातमा, उनको चारवटा दाँत मैदानमा। त्यो दिन ठूलो अनिष्ट टर्‍यो,' राजेशले भने।यो फिल्मको पहिरन र संवादले आफूलाई नौलो काम गरेको अनुभव भइरहेको उनले सुनाए। 'उनीहरू हामीलाई हराउन आयाका छन्। हामी जित्न्या लड्या छौं,' आफ्नो भूमिका बताउने सिलसिलामा उनले फिल्मकै संवाद शैलीमा जवाफ दिए। यसअघि 'वसन्ती'मा गगनसिंहको भूमिका निर्वाह गरेका राजेशलाई ऐतिहासिक पात्रको भूमिका निकै चुनौतीपूर्ण लाग्छ।'काम गर्न रमाइलो लाग्छ तर पहिरन, हाउभाउ, संवाद लगायत धेरै कुरामा ध्यान दिनुपर्ने भएकाले अप्ठ्यारो पनि हुन्छ,' उनले भने। फिल्ममा राजेशका साथ सौगात मल्ल, अनुपविक्रम शाही, सुशील पोखरेल, रवीन्द्र खड्का, हेमा श्रेष्ठ लगायतले अभिनय गरेका छन्।गत वर्ष नै सुटिङ थालिएको यो फिल्म इलाम र काठमाडौंमा खिचिएको छ। 'ऐतिहासिक घटनाक्रम उठाएर त्यसलाई अहिलेको मुद्दासँग सान्दर्भिक बनाउन खोजेका छौं,' कास्टिङ निर्देशक राजन उप्रेतीले भने। फिल्मको विषयबारे उनी खुल्न चाहेनन्। फिल्मलाई नयाँ निर्देशक मार्कण्डेय दीपबिम बस्नेतले निर्देशन गरेका छन्। फिल्ममा ग्राफिक्स र एनिमेसनको काम धेरै हुने भएकोले अझै चार महिना पोस्ट प्रोडक्सनमा लाग्ने उनले बताए।

निशाका धेरै प्लानहरु

फिल्म स्टडीका लागि दुई महिना अघिल्तिर अमेरिका उडेकी ‘फष्टलभ’की नायिका निशा अधिकारी अस्ति मात्रै नेपाल फर्किएकी छिन् । यसैबिच उपत्यकाको एक फिल्महलमा भेटिएकी निशाले अहिलेसम्म आफुलाई आफ्ना कुनै समकक्षी र चलचित्रकर्मीहरुको फोन नआएको कुरा बताईन् ।आगामी योजनाहरुको बारेमा हामीले प्रश्न राख्दा निशाले भनिन्, ‘अबका प्लानहरु त धेरै छन् तर सबै तपाईलाई भन्दा पछि पुरा भएन भने के गर्नु’?बिदेशी सिनेमाहरुबाट धेरै कुराहरु सिकेर आएको छु, त्यसलाई सकेसम्म यहाँ प्रयोग गर्ने कोशिस गर्छु,’। बिदेशमा सिनेमा क्षेत्रलाई जुन महत्वका साथ हेरिन्छ नेपाली सिनेमाको स्थिति पनि त्यहि अवस्थामा पुगोस् भन्ने चाहना राख्ने निशा अब नेपालमै रहेर बाँकी फिल्मी यात्रामा लाग्ने सोचमा छिन् ।सिमोस सुनुवार निर्देशित ‘मिसन पैसा’बाट नेपाली रजतपटमा पाईला टेकेकी निशा त्यसपश्यात् ‘नेना रेशम’ र ‘फष्टलभ’ जस्ता सिनेमामा नायिकाको रुपमा देखापरिन् ।
निशालाई आगामी फिल्मी यात्राका लागि हाम्रो शुभकामना ।।