'फस्टलभ' नै अगाडि

सविर श्रेष्ठ निर्देशित 'कसले चोर्‍यो मेरो मन'ले दोस्रो सातासम्म पनि 'फस्टलभ'को कलेक्सन अनुपातलाई भेट्टाउन सकिरहेको छैन । निर्माताले रेकर्ड ब्रेक गरेको दावी गरेपनि वितरक डिजिटल सिनेमा नेपाल (डीसीएन)अन्तर्गत बक्सअफिसको कलेक्सनले छवि ओझको उक्त दावीलाई उल्ट्याइदिएको छ । सिमोस सुनुवार निर्देशित 'फस्टलभ'ले पहिलो साता ८५ लाखको जबर्जस्त ओपनिङ गरेको थियो जब कि सविर निर्देशित 'कसले चोर्‍यो मेरो मन'ले ६७ लाख मात्र । यी दुईबीच १८ लाखको ओपनिङ अन्तर छ ।'फस्टलभ'ले उपत्यकाका सिङ्गल र मल्टिप्लेक्स दुवैमा चौंथो सातासम्म उत्साहजनक पिकअप गरिरहेपनि दोस्रो सातामै 'कसले चोर्‍यो मेरो मन'थिएटरबाट उत्रिएको छ । छवि ओझाको यो चलचित्रले सहरका मल्टिप्लेक्स दर्शकको मन जित्न सकेन । राजधानीको प्रमुख मल्टिप्लेक्स कुमारीबाट शुक्रवार 'कसले चोर्‍यो मेरो मन'उत्रिएको छ । यो फिल्मलाई बलिउड चलचित्र 'आक्रोश' र 'रक्तचरित्र'ले रिप्लेस गरिदिएका छन् । यद्यपी कलेक्सनको दौडमा 'कसले चोर्‍यो मेरो मन'ले 'फस्टलभ'लाई पछ्याउँदै गरेको कुरा निर्विवाद छ ।

पहिलो सातामै'कसले चोर्‍यो मेरो मन'अर्को चलचित्र 'फस्टलभ'माथि हावी भएको बताइएपनि तथ्यांकले त्यो बताउँदैन । झन्डै १ करोड ८० लाख ग्रस बटुलेको 'फस्टलभ'लाई कलेक्सनको दौडमा उछिन्ने सम्भावना टरिसकेको छ । यदि 'फस्टलभ'को रिभेन्यूलाई माथ गर्न 'कसले चोर्‍यो मेरो मन'ले जसरी भएपनि ६० प्रतिशत ओपनिङ गर्न सक्नुपथ्र्यो । तर, परिणाम; फिल्मको ओपनिङमै थिएटर सुनसान रहे । यद्यपी रेखा थापाको 'स्टारडम'माथि टेकेर यो फिल्मले मोफसलमा सन्तोषजनक कलेक्सन गर्‍यो र गरिरहेको छ । यद्यपी 'फस्टलभ'लाई दौडमा जित्ने आधार बलिया छैनन् ।चलचित्र समीक्षकहरु यी दुई सिनेमाबीच ब्यापार अन्तर हुनुमा 'दर्शक-विभाजित' प्रमुख कारण बताउँछन् । जस्तो : 'फस्टलभ'ले सबै वर्गका दर्शक मास अडिएन्सलाई समेटेको थियो भने 'कसले चोर्‍यो मेरो मन'ले 'ग्रामिण र अर्धबजारिया' दर्शकलाई मात्र । दोस्रो पक्ष; यी दुई सिनेमाबीच पब्लिसिटीको शैलीमा धेरै अन्तर थियो । नाम र पोस्टरजस्ता आवरणले पनि दर्शक फिल्म हेर्न थिएटरसम्म पुगेका थिए । तर 'फस्टलभ'पछि प्रदर्शन हुने चलचित्रमध्ये 'कसले चोर्‍यो मेरो मन'ले कलेक्सनको दौडमा आलोक नेम्वाङ निर्देशित 'कोही…मेरो'लाई भने उछिनेको छ ।

नम्रताले थालिन् डेटिङ


कलिउड 'डिभा' नम्रता श्रेष्ठलाई बल्ल डेट्मा जाने मौका मिलेछ । 'मिस यू' हिरोइनले डेटमा रोमान्स गर्ने चान्स पाएकी छिन् । डेट् जान पाएकोमा गद्गद् मात्र छैनिन् उत्साही पनि बनेकी छिन् । उनको डेटिङ व्वाइफ्रेन्डसँग भने होइन फ्यानसँग हो । डेटिङ पनि एकान्त र रमणीय लोकेसनमा होइन लाजिम्पाटस्थित आफ्नै रेष्टुराँ एटिकमा । शुक्रवार आठजना प्रशंसकसँग नम्रता डेट गइन् । दसैंअघिदेखि संचालनमा आएको एठ्-डी सिनेमाले उनलाई डेटिङको मेसो मिलाइदिएको हो ।नम्रता एठ्-डी सिनेमाकी ब्रान्ड एम्बेसडर हुन् । उक्त सिनेमाबाट हप्तैपिच्छे छानिने भाग्यमानी विजेतासँग नम्रता डेटिङ पुग्नेछिन् । प्रत्येक साता छानिने विजेताहरु नम्रतासँग भेटेर सँगै बुइँगलको कफि पिउन पाउनेछन् । 'निकै उत्साही छु' डेटमा भेटिएकी नम्रताले मेरोसिनेमासँग भनिन् 'यसले फ्यानसँग प्रत्यक्ष अन्तकि्रया गर्ने र कफिगफ गर्ने मौका मिलाइदिएको छ ।'

सुटिङ भैरहेको दिलीप रायमाझीको सिनेमा 'मिस यू'बाट समय निकालेर नम्रता एठ्-डी सिनेमाको पब्लिसिटीमा जुटिरहेकी छिन् । उक्त सिनेमाका लागि नम्रताले फोटोसुट पनि गर्दैछिन् । वास्तविक व्वाइफ्रेन्डसँग डेट जान नपाएपनि हिरोइनलाई फ्यानसँगै भएपनि डेटिङ जाने मौका मिलेको छ । कहिले व्वाइफ्रेन्डसँग डेटमा निस्किन्छिन् उनी यो त उनको गोजीको कुरा ।

अक्षयकुमारसँग उषा

नेपाली चलचित्रकी नायिका उषा पौडेल बलिउड स्टार अक्षयकुमारले होस्ट गर्न लागेको टीभी रियालिटी सोमा सहभागी हुँदैछिन् । स्टार प्लसबाट चाँडै नै प्रसारण हुन लागेको रियालिटी सो 'मास्टर सेफ'मा हिरो अक्षयसँगै नेपाली हिरोइन उषालाई पनि देख्न पाइनेछ । तीन महिनादेखि मुम्बइमा रहँदै आएकी उषाले उक्त सोमा सहभागि हुन पकाउने तालिमहरु पनि लिएकी छिन् ।
आउँदो महिना यो रियालिटी सो प्रसारण हुँदैछ । 'उक्त रियालिटीमा सोमा म पनि सहभागी हुँदैछु, जसका लागि पकाउने कलाका तालिम पनि लिएकी छु' उषाले आफ्नो सहभागिताबारे भनिन् 'मैले मौलिक नेपाली खाना बनाएर सहभागि हुनेछु ।' उक्त सोमा गुजराती, बंगाली, मराठी लगायतका खाना पनि प्रस्तुत हुँदैछन् । अक्षयकुमारले प्रस्तुत गर्ने कार्यक्रममा आफू सहभागी हुन पाउँदा उषाले खुशि व्यक्त गरिन् ।

उक्त रियालिटी सोको प्रोमो टेलिभिजनमा पनि प्रसारण हुन थालेको छ । उक्त प्रोमोमा हिरोइन उषा पनि देखिन थालेकी छिन् । राहुल रोयले डाकेर मुम्बइ पुगेकी अनुमान गरिएकी उषा उक्त रियालिटी सो समापन भएपछि स्वदेशी फर्कने तयारीमा छिन् । नेपाली दर्शकका लागि पनि लोकपि्रय स्टार प्लसको उक्त सो स्वदेशमा पनि पर्खाइको विषय बनेको छ ।

रेखाले खोलिन फेसबुक आईडी

नायिका रेखा थापाले अनलाईन सामाजिक सञ्जाल फेसबुक आईडी खोलेकी छिन् । आफ्ना फ्यानहरूलाई चलचित्रका बारे जानकारी गराउन उनले सोमबार बेलुकी सो आइडी खोलेकी हुन । शिवजी लामिछानेले निर्देशन गरिहेको चलचित्र जलजलाको सुटिङको लागि पोखरामा रहेकी नायिका थापाले स्थानिय गणेश ढकालको आग्रहमा सो आईडी खोलेको फिल्मीखरलाई बताएकी छिन् । फोनमा कुरा गर्दै उनले भनिन् 'मैले च्याट-स्याट गर्नलाई यो आईडी खोलेको हैन मात्र आफ्नो फिल्मको बारेमा जानकारी गराउन खोलेको हु ।'

पछिल्लो चरणमा चलचित्रकर्मीहरुले आफ्नो फिल्मलाई प्रोमोशन गर्नको लागि फेसबुकको सहयता लिईरहेको बेला रेखाले पनि आफ्नो पाँचौ प्रोजेक्टको चलचित्र 'कसले चोर्‍यो मेरो मन'को पब्लिसिटीका लागि फेसबुकलाई रोजेकी हुन । उनले फेसबुकको प्रोफाईलमा राजकुमारीको पहिरन सहितको एउटा मात्र फोटो प्रयोग गरेकी छिन् ।यस्तै प्रोफाईल संगै उनले कसले चोर्‍यो मेरो मन टाईटल दिदै १० वटा फोटो सहितको अर्को फोटो एल्बम पनि तयार गरेकी छिन् । सो एल्बमका सबै तस्बिरहरू कसले चोर्‍यो मेरो मनको हो । फेसबुक आईडी खोले लगत्तै उनले आफुलाई डेब्यू गराएका निर्देशक नरेश पौडेल, आफ्नै चलचित्र निर्देशन गरेका निर्देशक सबिर श्रेष्ठ साथै श्याम भट्टराई लगायत अन्य दुईलाई उनले आफ्नो फेसबुक फ्रेण्ड बनाएकी छिन् । अब फ्रेण्डको त बर्षा होला नि भन्ने फिल्मीखबरको प्रश्नमा उनले भनिन 'बर्षा भए हुन्छ म सवैलाई एसेप्ट गर्छु।' यहिँ आउदो असोज २९ गते देखि देश व्यापी रूपमा उनको चलचित्र प्रदर्शनमा आउदै छ । प्रदर्शन पूर्व निकै चर्चामा रहेको सो चलचत्रिमा नायक आर्यन सिग्देल र रेखाको जोडी निकै जमेको निर्माण पक्षले बताउदै आएको छ ।

रेजिनालाई एक पछि अर्को अफर

पछिल्लो चरणमा नायिका रेजिना उप्रेतीले धमाधम नयाँ चलचित्रमा खेल्ने अबसर पाईराखेकी छिन् । १५ दिन अघि चलचित्र 'प्रेम बिवाह'मा मा अनुबन्धीत भएकी नायिका उप्रेतीले मंगलबारबाट पुनः अर्को चलचित्र 'महानता'मा अभिनय गर्ने मौका पाएकी छिन् ।

यि चलचित्र सँगै रेजिनाले शोभित बस्नेतको चलचित्र 'युवराज' र जय किशन बस्नेतको चलचित्र 'तँ त सार्है नै सप्रिस नि बद्री' मा अभिनय गर्दैछिन् । रेजिनाले ९ बर्षको अवधिमा पाँच दर्जन भन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी छिन् ।श्रीकृष्ण फिल्मस् एण्ड डान्स सेन्टर प्रा.लि तेस्रो प्रस्तुती रहेको सो चलचित्रको मंगलबार बिहान शुभ मुहुर्त गरिएको छ । राजेश हमाल, सुवास मेचे , रेजिना उप्रेती, रोहित कुमार तथा स्माइल श्रेष्ठको मुख्य भूमिकामा रहने सो चलचित्रका निर्देशक राजेन्द्र कुमार थापा हुन ।श्रीकृष्ण डंगोलको प्रस्तुती रहेको सो चलचित्रमा सुर्य दयालुको संगीत, केशव अधिकारीको छायाकंन र कुमार श्रेष्ठको द्धन्द्ध रहने छ । यस्तै शुभ मुहुर्त समारोहमा महानता पछी अर्को चलचित्र 'धर्म वीर' पनि निर्माण गरिने घोषणा गरिएको छ ।

सुन्धारामा खुल्यो मल्टिप्लेक्स हल

राजधानीको मुटु भनेर चिनिने सुन्धारमा क्वेष्ट इन्टरटेन्टमेन्टले मल्टिप्लेक्स हल सञ्चालनमा ल्याएको छ । मंगलबार साँझ चलचित्रकर्मीहरूको ठूलो जमघटका बीच सो हलको औपचारिक उद्घाटन गरिएको हो ।
क्यू एफ एक्स अर्न्तगत सेन्ट्रल सिनेमाको नामकरण दिएको सो हल सुन्धारबाट त्रिपुरेश्वर जाने दाया साइडमा सिभिल मलको सातौ तल्लामा अवस्थित छ । सो मल्टिप्लेक्समा एक साथ तीन चलचित्र हेर्न सकिने छ । जसमा एउटामा थ्रीडी फर्मयाटमा बनेको चलचित्र, अर्कोमा अंग्रेजी र बाकी रहेको एउटामा हिन्दी र नेपाली चलचित्र दर्शकले हेर्न सक्ने छन् । क्यू एफ एक्स अर्न्तगत दक्षिण एसियामै पहिलो पटक उच्च स्तरको प्रविधि सेन्ट्रलमा जडान गरिएको क्वेष्टले दाबी गरेको छ ।


ती तीनवटा हलमा जम्मा ९ सय ४० सिट संख्या रहेको छ । यस अघि सिङ्गल स्त्रिmनमा राजधानीको हात्तिसारमा जय नेपाल र कमलपोखरीमा कुमारी सिनेमा घर खोलेको क्वेष्टले सेन्ट्रललाई प्रमुख सिनेमा भवनको संज्ञा दिएको छ ।

राजधानीमा स्पेनिस चलचित्र महोत्सव

आइतबारदेखि राजधानीमा दुईदिने स्पेनिस चलचित्र महोत्सव हुँदैछ । स्पेनिस राजदुतावास र नेपालस्थित अवैतानिक दुतको संयुक्त आयोजनामा कमल पोखरीस्थित रसियन कल्चरल सेन्टरमा आयोजना हुँदैछ ।

महोत्सवमा स्पेनको जीनवशैली र रहनसहनका चार स्पेनिस चलचित्र प्रदर्शन गरिने छन्। सन् १९९० देखि सन् २००१ सम्ममा बनेका यी चलचित्रले फरक फरक विषय प्रस्तुत गर्ने आयोजकले जानकारी गराएका छन्।