नायिका सुमिना घिमिरे र अनुष्का ढकालले सिनेमा क्षेत्र छोडेको घोषणा गरे केही महिना अघि । तर यी कुरा खासै चर्चामा आएनन् । सुमिना र अनुष्काले सिनेमा क्षेत्र छोडेर घाटा उनीहरुलाई नै लाग्यो होला, यो क्षेत्रलाई लागेन । नायिका सुमिना घिमिरेले आफ्नो डेब्यु सिनेमालाई नै महत्व नदिएपछि क्रुद्ध बनेका निर्देशक ज्ञानेन्द्र देउजा भर्खर आएका नायिकाले सन्यास लिनुको कुनै औचित्य नभएको बताउँछन् । ‘राजेश हमाल, विराज भट्टले सन्यास लिए भनेर कुरा आए बल्ल सोच्नु पर्ने हुन्छ, यिनीहरुले के योगदान गरेका छन् र सन्यास लिएको कुरा गर्नु ?’ ज्ञानेन्द्रले प्रश्न गरे ।चलचित्र ‘छबिलाल कञ्जुस छैन’बाट सुमिनालाई यो क्षेत्रमा भित्राएका ज्ञानेन्द्र अहिले उनले देखाएको व्यवहारबाट क्रुद्ध बनेका छन् । ‘तीनहप्ता भयो मैले फोन गरेको तर उसले कुनै प्रतिक्रिया जनाएकी छैन, अव के भन्ने ?’ देउजाको भनाई छ । चलचित्र ‘छबिलाल
‘एकअर्काको फोन खोतल्दैनौं'
कहिलेकाहीँ फोनमा समस्या आउँदा अभिनेत्री ऋचा घिमिरे आफ्ना पति फिल्म निर्देशक शंकर घिमिरेको मोबाइल चलाउने गर्छिन्। नत्र अरुबेला उनी पतिको फोन छुँदैनन्। न्यु इयरमा फोटो खिचेदेखि यता उनले शंकरको फोन चलाएकी छैनन्। शंकर पनि ऋचाको फोन हेर्दैनन्। कामबाहेक कहिल्यै पनि एकअर्काका फोन नचलाउने उनीहरुको समझदारी छ। शंकरको फोन एनसेल भएकोले नेटवर्क नलागेको बेला ऋताको फोन माग्छन्। ‘तर अरुबेला फोन खोतलेर हेर्ने चलन हाम्रो छैन। त्यतिसम्म अविश्वास गर्न थाले भने त सँगै बस्न सम्भव होला र?' ऋचाको प्रश्न छ। पतिपत्नी
‘जलजला’ हेर्न प्रचण्ड कुमारी हल पुगे
एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल वुधवार विहान एकाएक कुमारी चललिच हलमा देखिए । शासकीय स्वरुप लगायत संविधानका विषयमा दलहरुबीच चलिरहेको रस्साकस्सी छाडेर प्रचण्ड सिनेमा हलमा पुगेका हुन् । माओवादी अध्यक्ष प्रचण्ड चलचित्र ‘जलजला’ हेर्न पुगेका हुन् । उनले चलचित्र आधा मात्र हेरे र बीचमै निस्किएर हिडेका थिए ।जलजला माओवादी जनयुद्धको विषयमा आधारित चलचित्र हो । चलचित्र हेर्नका लागि प्रचण्डसँगै कृष्णबहादुर महरा, अग्नि सापकोटा, लडाकूका कमाण्डर नन्द किशोर पुन कुमारी हल पुगेका थिए । उसो त माओवादी जनयुद्ध र क्रान्तिका विषयमा मात्र बनेका सिनेमा हेर्ने
महङ्गा सिनेमाले थिचिए आर्यन
नायक आर्यन सिग्देल अहिले घरमै वसेका छन्, उनको हातमा सिनेमा छैनन् । यस्तै हल्लाहरु छन् बजारमा । एकअर्थमा भन्ने हो भने यो कुरा सत्य पनि हो । आर्यन सिग्देलले अभिनय गरेका सिनेमाले लगानी उठाउन सकेनन्, यसैले पनि उनी असफल नायक हुन् धेरैको विश्लेषण हो यो । यदि चलचित्रले लगानी उठाएन् भने त्यो असफल सिनेमा हो र यो सँग जोडिएका हरेक कलाकार पनि असफल हुन् ।उनले अभिनय गरेका सिनेमा यो वर्ष मात्र दुईवटा असफल भए र बाँकी एक सिनेमा प्रदर्शनको क्रममा रहेको छ । नेपाली सिनेमाले
सम्वन्ध विच्छेदको खबरपछि रेखा खुसी ?
पति छबिराज ओझासँगको सम्वन्ध विच्छेदको खवरले नायिका रेखा थापालाई सम्भवतः दुखित बनाउनु पर्ने हो । तर, रेखा यो खवरले दुःखी छैनन् बरु खुशी नै छिन् । श्रीमान्सँग डिभोर्स हुन लाग्यो भनेर उनी खुशी भएकी होईनन् । उनी खुशी हुनुको कारण हो, यो खबरले अब छबिसँग बोलचाल हुने भयो भनेर ।
‘अनलाइनखवरमा आएको समाचारले मलाई सुखद अनुभुति दिएको छ । कारण, अब हाम्रो घर फेरि राम्रोसँग चल्ने भयो, अनि हामीबीच फेरि बोलचाल हुने भयो’ रेखाले भनिन् । आफूहरुबीचको खवर बाहिर आएपछि पति
‘अनलाइनखवरमा आएको समाचारले मलाई सुखद अनुभुति दिएको छ । कारण, अब हाम्रो घर फेरि राम्रोसँग चल्ने भयो, अनि हामीबीच फेरि बोलचाल हुने भयो’ रेखाले भनिन् । आफूहरुबीचको खवर बाहिर आएपछि पति
'लुट' वयष्कलाई मात्र
आउँदो पुस २९ मा रिलिज हुने फिल्म 'लुट'लाई सेन्सर बोर्डले सोमबार 'ए' सर्टिफिकेट दिएको छ। अर्थात् यो फिल्म वयष्क उमेरका दर्शकले मात्र हेर्न पाउनेछन्। फिल्ममा प्रयोग भएका गालीगलौजका शब्दहरुलाई पनि सेन्सर बोर्डले मेटाइदिएको छ।
गालीगलौजका शब्द मेटाएपछि पनि 'ए' सर्टिफिकेट दिएकोमा निर्माता माधव वाग्ले रुष्ट छन्। फिल्मका पात्रले बोल्ने संवाद जस्ताको तस्तै राखेर 'ए' सर्टिफिकेट दिएको भए उनी सन्तुष्ट हुने थिए। तर, संवाद पनि काटिदिँदा फिल्म अपांग हुने उनको दावी छ।
'हामीले घर, टोलछिमेकमै सुनिँदै आएका र धेरै चल्तीमा रहेका गालीका शब्द नै प्रयोग गरेका हौं,' वाग्लेले भने, 'तर, सेन्सर बोर्डका सदस्यहरुले हाम्रो तर्क सुन्न नै चाहेनन्।' जुन शब्द सुनेर दर्शकले फिल्मको प्रोमो मन पराएका थिए, त्यही शब्द काटिएकोमा उनको गुनासो छ।

'छोटो लुगाभन्दा उध्रेको चोली नै ग्ल्यामर'
रिलिजको तयारीमा रहेको फिल्म 'लुट'को आइटम गीत 'उध्रेको चोली' अहिले चर्चामा छ। गीतमा नाच्ने अभिनेत्री सुष्मा कार्कीसँग कुराकानीः
-आइटम डान्सले फिल्म चल्न कति सहयोग गर्छ?
फिल्म प्रमोसनमा आइटम डान्सले महत्वपूर्ण भूमिका खेल्छ जस्तो लाग्छ। एउटै आइटम गीतले नै दर्शकलाई फिल्म हेर्न हलसम्म तान्छ। अझ 'लुट'मा यो गीत आवश्यक नै छ।
-छोटो लुगा ग्ल्यामर्स हुन्छ कि उध्रेको चोली?
दुवैको तुलना गर्नुपर्दा 'उध्रेको चोली' नै ग्ल्यामर्स् देखिन्छ नि।
-चोली चाहिँ कति लगाउनुहुन्छ? सधैं टिसर्टजस्तो देखिन्छ?
कहिल्यै लगाउँदिन भन्दा पनि हुन्छ। मलाई चोली सुहाउँदैन पनि। टिर्सट नै सुहाउँछ र धेरै लगाउँछु।
-तपाईले साँच्चिकै उध्रेको चोली लगायो भने मान्छेले के भन्ला?
गीतकै लाइन 'फर्की फर्की' भन्लान् कि। तर म बाहिर निस्कँदा चोलीबाहिर ज्याकेट लगाउन सक्छु।