रेखालाई किस गर्दा एलर्जी

नायिका रेखा थापाको एलर्जी पनि बुझी नसक्नुको छ । कहिले नायकसँग काम गर्दा एलर्जी त कहिले कसैले गालामा किस गरिदिंदा एलर्जी ! केहि दिन अगाडी नायिका रेखाको गालामा नवनायक सबिन श्रेष्ठले किस गरे । सबिनले किस मात्र के गरेका थिए रेखालाई खपि नसक्नु भएछ ।प्रसङ्ग हो रेखाकै होम प्रोडक्सनको चलचित्र 'रावण' को छायाँकनको । चलचित्रको एक दृश्यमा नायक सबिनले रेखाको गालामा किस गर्नुपर्ने थियो त्यो पनि जबर्जस्ती । निर्देशक कमलकृष्ण पौडेलले एक्सन मात्र के भनेका थिए सबिनले आफ्नो ओठ रेखाको गालामा जोडी हाले । सुटिङका क्रममा पहिलो पटक कुनै नायकले गालामा किस गरेपछि रेखाको प्रतिक्रिया बुझ्न गार्‍हो भएन । उनी एकैछिनमा रातो निलो भईन् । उनको गाला पनि निकै रातो भएर आयो ।चलचित्र क्षेत्रमा सर्वाधिक चर्चामा रहेकी यि नायिका गालामा किस गर्दा किन रातोपिरो भईन् त भन्ने फिल्मीखबरको जिज्ञासा मेट्न रेखा स्वयंले सहयोग गरिन् । उनले भनिन्, 'करिब १०० चलचित्रको दौरानमा अहिले सम्म मेरो गालामा कसैले किस गरेको थिएन तर आज सबिनले किस गर्दा मलाई निकै गार्‍हो भयो । किस गर्ने बित्तिकै ऐना हेर्दा त एलर्जी नै भएछ ।' गालामा किस गर्दा एलर्जी हुने रेखाको ओठमा किस गर्दा के होला ? यो प्रश्नको उत्तर रेखाले दिन सकिनन् । उनी लजाईन् मात्र ।पछिल्लो समयमा चलचित्रमा किस दिनले व्यापकता पाएको छ । अझ टङ किस र लिप किस त निर्देशकहरूले राख्न पाए चलचित्र नै हिट हुने धारणा राख्छन् । सायद यहि सोचेर हो या के हो निर्देशक कमलकृष्णले पनि रेखा र सबिनको लिप किस राख्ने योजनामा थिए तर रेखाले स्विकार गरिनन् । उनले भनिन्, 'लिप किसको ठाउँमा गालामा नै किस गर्दा हुन्छ भन्ने लागेर नै मैले अस्विकार गरेकी हुँ ।'यता रेखासँग अनस्क्रिन रोमान्स गर्न पाएका नवनायक सबिन श्रेष्ठलाई भने किस गर्दा कुनै गार्‍हो अप्ठ्यारो भएनछ । असोज १६ गते सार्वजनिक हुन लागेको चलचित्र 'अन्दाज' मा पहिलो पटक रेखासँग काम गरेका सबिनले गार्‍हो नमाने पछि रेखाले जिस्काउँदै भनिन्, 'भाईले त निकै अनुभव लिएको जस्तो छ ।' रेखाले यस्तो प्रतिक्रिया दिएपछि सबिन पनि लजाउँदै रेखालाई लक्षित गर्दै भने, 'धत् ! मैले त पहिलो पटक हजुरलाई नै किस गरेको हो ।'चलचित्र 'अन्दाज' को कामबाट प्रभावित भएर 'रावण' मा दोहोरिएका सबिनले साँच्चिकै नै रेखालाई गरेको किस अनुभव पहिलो हो भने बधाई । यदि हैन भने पनि रेखालाई किस गर्न पाएकोमा बधाई ।

श्रीमतीसँग बच्न निखिलको नाटक

केही दिन अघि नेपाली चलचित्र बृतमा एउटा चर्चा गजबले चल्यो । त्यो चर्चा थियो नायक निखिल उप्रेतीको । निखिलले बलिउडका स्टार अमिताभ बच्चनसँग सँगै अभिनय गर्ने भए भन्ने खबरले केही दिन नेपाली चलचित्र बजार ततायो । नेपालमा एक छत्र राज गरिरहँदा नायिका सञ्चितासँग बिबाह गरेर मुम्बई पलायन भएका निखिलको बेला बेलामा चर्चामा आउने मध्येको एक हर्कत यो पनि हो ।कान्छी श्रीमतीले बच्चालाई जन्म दिने समय काठमाण्डौ आएका निखिलले त्यस लगत्तै जेठी श्रीमतीको नराम्रो कचकच सुन्नु पर्यो । जेठी श्रीमती कोपीलाले आज सम्म निखिलले कतै पनि सञ्चिता आफ्नो श्रीमती भएको कुरा सार्वजनिक रुपमा नबोलेको भन्दै निखिललाई स्वतन्त्र रुपमा पुष्टी गर्न चुनौति दिएकी थिइन् । उनले आफुले निखिलसँग सम्बन्ध बिच्छेद गर्न सक्ने संकेत समेत गरेकी थिइन् ।एका तिर जेठी श्रीमतीले केही महत्वपूर्ण एक्सन लिन सक्ने संकेत अर्को तर्फ कान्छी श्रीमतीको कचकच त्यति मात्र कहाँ हो र मुम्बई बसाईका क्रममा अभिनय गरेको धनलक्ष्मी यन्त्रको बिज्ञापन बिरुद्धको ठगी मुद्धा यि सबैबाट बच्न निखिलले नेपालमा आफुले बलिउड स्टार अमिताभसँग अभिनय गर्न लागेको चर्चा चलाएको हल्ला नेपाली चलचित्र बृतमा भएको छ ।सुत्केरी कान्छी श्रीमती अनि नवजात छोरा यि सबैबाट सहजै उम्कनको लागी निखिलले यहाँ बलिउड स्टार अमिताभसँग अभिनय गर्ने बताएको हुन सक्ने अनुमान गरीएको छ । निखिलले यो हल्ला नेपालमा फिंजाएर मुम्बई गए पछि बिभिन्न चरणका उनका क्रियाकलापहरुले उनि अमिताभसँग अभिनय गर्न नभई श्रीमतीबाट उम्कन मुम्बई हानिएको बुझिएको छ । यस बारेमा उनका सहयोगीहरुले कुनै प्रतिक्रिया नदिए पनि निखिलले मुम्बईमा काम नपाएको बुझिएको छ ।मुम्बई गए पछि परिचय नामको एक नेपाली चलचित्रमा अभिनय गरेका निखिल त्यस पछि भने काम बिहिन भएका छन । उनले पछिल्लो समय सुमन दहालको निर्देशनमा बन्न लागेको चलचित्र यो मनमा अभिनय गर्ने बताइएको छ । जे होस् निखिलले अमिताभसँग फिल्म खेले भने त्यो हाम्रा लागी सुखद समाचार नै बन्ने छ । तर निखिलले चर्चामा आउनका लागी चलाएका केही हल्लाहरुले निखिलको बिश्वसनियतामा भने प्रश्न चिन्ह्र उठाएको छ ।

ब्रेक फेल, ट्रायल पास!

दुई लक्का जवान (निरज बराल र विमलेश अधिकारी)का ढुकढुकी। फोटो पत्रकार (सुवास थापा)की निकट साथी। एक बुटिककी अत्याधुनिक ड्रेस डिजाइनर। जो (ऋचा घिमिरे) नेता र व्यापारीलाई समेत छायाँमा पारेर समाचारमा छाउने प्रख्यात समाजसेवी (राजेश हमाल)लाई पाउने सपना देख्छिन्। र, भ्यागुते गाडी (बिटल्स) घुइँक्याउँदै सहर चहार्छिन्। ऋचा के होइनन्? उनी फिल्म 'ब्रेक फेल'की केन्द्रविन्दु हुन्। हरेक पात्र उनीसँग नजोडिई पूर्ण हुँदैनन्। फिल्मलाई उनले यति धेरै आफू केन्द्रित बनाएकी छिन्, लाग्छ १० वर्षको करियरमा कसैले पनि ऋचाको 'प्रतिभा' चिन्न सकेनछन्। र, उनलाई बु‰न निर्देशक शंकर घिमिरे नै चाहियो, जो उनका पति हुन्। ब्रेक फेल'को एक्सप्रेस यात्रामा ऋचा कतै छुट्दिनन्। कुनै दृश्यमा उनी ओझेल परिन् भने पनि अर्कोमा उनको जोडदार उपस्थिति भइहाल्छ। फिल्मको सबै गीत उनको एकलौटी छ। कहिले उनी आफ्नो सपनामा नाच्छिन्, कहिले अरूले आफ्नो सपनामा नचाउँछ। स्थिति जे होस् ऋचा निर्विकल्प हिरोइन। २ घन्टा १५ मिनेटको फिल्ममा थकाइ नमारी देखिरहने यी हिरोइनको धेरै कला थाहा भए पनि उनको परिचय कतैै खुल्दैन। 'क्यारेक्टर बायोग्राफी'को मेसो नपाउँदा यति लामो फिल्म पनि अपूर्ण लाग्छ। उनी एउटा बुटिककी डिजाइनर हुन्। ऋचाको जम्माजम्मी परिचय यत्ति नै हो। उनको पृष्ठभूमि के हो? कहाँ बस्छिन्? कस्तो परिस्थितिमा गुजि्ररहेकी पात्र हुन्? ड्रेस डिजाइनर किन बनिन्? यी भने फिल्म सकिँदा पनि अनुत्तरित रहने प्रश्न हुन्।अरु पात्रमा पनि खट्किने समस्या हो यो। सुवासको हकमा भने विदेशको जीवनभन्दा नेपालमै फोटोग्राफी गर्ने पात्रको रूपमा उभ्याउन खोजिएको छ। तर, उनी कुन संस्थाको फोटोग्राफर हो कहिल्यै खुल्दैन। निरज र विमलेशको अवस्था उस्तै नाजुक छ। विदेश जाने पैसा जम्मा गर्न उनीहरुले ठगीको बाटो अपनाएका छन्। लवाइ, बसाइ, हिँडाइमा गजबको ठाँट देखिने यी दुईले ठगीको बाटो किन अपनाए फिल्मले बताउन सक्दैन। यस्ता कमजोरीले जगबिना नै घर ठड्याउने प्रयत्न गरेजस्तो लाग्छ। जसले दिनेश न्यौपानेको स्त्रि्कप्ट दुर्बल तुल्याउँछ। आफ्नो गाडी चोरेर भाग्नेलाई पक्रन ऋचा पुलिसको सहायता लिन्नन्। बरु 'मैयाँको नाच' देखाएर आफैं पक्रिने तरिका रच्छिन्। र, सहरिया ऋचा सुदूरपश्चिमको भाका 'राई झुमा'मा कम्मर मर्काउन थाल्छिन्। उनको प्रयत्न खेर जाँदैन। निरज र विमलेश ऋचाको चंगुलमा सजिलै पर्छन्। समाजसेवाको खोल ओढेर नक्कली नोटको कारोबार गर्छन् राजेश। निरज र विमलेश सुटिङ छाडेर भाग्ने क्रममा राजेशको छापाखानामा पुग्छन्। पैसासहित राजेशको लकेटसमेत हात पारेपछि पुलिसको आँखा छल्न ऋचाको गाडीमा उनीहरु टाप कस्छन्। अब, राजेश, ऋचा र पुलिसकै मिसन बन्छन् दुई युवक। यसै क्रममा ऋचाले आफ्नो आदर्श पुरुष राजेशलाई भेट्ने मौका पाउँछिन्। 'म टाढाबाट देख्दा मात्र राम्रो हुँ। आफ्नै नजिककोलाई अपनाऊ' भन्ने राजेशको दिव्य वाणीले उनलाई प्रभावित तुल्याउँछ। त्यसपछि उनी सिधै लाग्छिन् निरजको बाटो। आफूलाई अपनाउन निरज तम्तयार छ भन्ने भेउ ऋचाले कसरी पाइन्? फिल्मले यस्ता प्रसंगलाई वास्ता गरेको छैन। जुन दर्शकले खोज्ने कुरा हो। ऋचालाई नपाएको पीडामा रन्थनिएका विमलेशलाई डक्टरले निको पार्न सक्दैनन्। तर, ऋचाको एक 'किक'ले ठिक ठाउँमा ल्याउँछ। कमेडीका नाममा राखिएका यस्ता प्रसंगले फिल्मलाई स्तरीय बनाएको छैन। जग्गा दलालको प्रवेशले फिल्म निर्माणमा ल्याएको विकृतिलाई 'ब्रेक फेल'ले सतहमा ल्याइदिएको छ। हिरोइन हुन निर्मातालाई खुशी तुल्याए पुग्ने हर्कतलाई पनि फिल्मले महŒवका साथ उठाएको छ। कस्तो मनोविज्ञानले प्रेरित भएर निर्माताहरु फिल्म बनाउँछन् भन्ने विषयलाई हिरोइनले बनाएको फिल्मले धज्जी उडाएको छ। 'लाइट कमेडी' बनाउने धुनमा यो फिल्म केवल सतहमा दौडिएको छ। दर्शकको कयौं जिज्ञासा मेटाउन सक्दैन। फिल्ममा पात्रको प्रवेश गराएपछि टुंगोमा पुर्‍याउनु पर्ने नियम यसले मिचेको छ। राजेश जेल जान्छन्, ऋचा र निरजको जोडी बन्छ। तर, सुवास र विमलेशलाई बेवारिसे बनाइएको छ। यी कमजोरीका खातसँगै 'ब्रेक फेल'को सकारात्मक पक्ष के हो भने यसले समय सापेक्ष हुने प्रयत्न गरेको छ। नेपाली फिल्ममा कहिल्यै नछुट्ने र स्वभाविकता भन्दा धेरै परका कोरस डान्स, उडन्ते फाइटआदिमा यसले नियन्त्रण गरेको छ। प्रविधिक रूपमा फिल्मको स्तर 'मेन्टेन' गर्न खोजेको छ। विगतमा आइटम डान्स, अंग प्रदर्शन र 'सो पिस'मा खुम्चिएकी ऋचालाई मन खोलेर अभिनय गर्न कसैले रोकेको छैन। पुरानो छविलाई बदल्न उनले मेहनत गरेकी छिन्। 'विष' र 'वीरताको चिनो' जस्ता असफल फिल्मको सूची पेश गरेका शंकरले तुलनात्मक रूपमा राम्रो काम देखाएका छन्। यसको बलियो पक्ष हो छायांकन। राजुविक्रम थापाले हरेक शटमा देखाएको मेहनत प्रष्टै बुझिन्छ। रेनाशा राईको कोरियोग्राफीले फिल्मी गीतको पुराना सुत्र तोडेको छ। फाइटलाई स्वभाविक देखाउने प्रयत्न सानो कुमारले गरेका छन्। फिल्म : ब्रेक फेल निर्देशक : शंकर घिमिरे लेखक : दिनेश न्यौपाने कलाकार : राजेश हमाल, ऋचा घिमिरे, निरज बराल, सुवास थापा, विमलेश अधिकारी, ममता प्रधान, पुष्कर भट्ट आदि

व्रेनफेल भएको फिल्म 'व्रेकफेल'

व्रेकफल भएको कथामा चलचित्र बनाएपछि क्षतिग्रस्त हुने निश्चित छ यस्तो घडीमा पशुपतिनाथले यस चलचित्रका निर्माताहरुलाई धैर्यधारण गर्न शक्ति दिऊन । बुँदा १ : यस चलचित्र हेर्न जाँदा तपाईँ आफ्नो दिमाग व्रेनलाई घरको सेफमा थन्काएर जानुहोला नत्र चलचित्र हेरिसक्दा नसक्दै व्रेनफेलको समस्याबाट ग्रसित हुनुहुनेछ । त्यसकारण यसपक्षमा बडो सतर्कता अपनाउनुहोला । बुँदा २ : बुँदा नं. १ लाई यस चलचित्र हेर्ने आधार मानेपछि चलचित्र अवधिभर तपाईँ कतिपय ठाउँहरुमा मज्जाले हाँस्न पाउनुहुनेछ । कतै द्धिअर्थी संवादले कतै चलचित्रका पात्रले गरेको उरन्ठाउलो व्यवहारले र कतै हँसाउनैका लागि भनेर लादिएका दृश्यहरुले तपाईँलाई हाँस्न बाध्य बनाउनेछन् । यी दृष्टिकोणबाट हेर्दा हँसाउनैका लागि बनाइएको चलचित्रले हँसाउन सक्नु चलचित्रको सफलता पनि हुनसक्दछ । तर चलचित्र सकिँदा सकिँदै दर्शकले हाँसोभित्र खोक्रोपन पाउँदा भने हाँसो फितलो र खल्लो भएको अनुभूति हुन जान्छ । बुँदा ३ : चलचित्र प्राविधिक पक्षमा भने केही हदसम्म सशक्त रहेको अनुभूति गर्न सकिन्छ । छायांकनको काम चलचित्रको अरु पक्षभन्दा धेरै अगाडि छ जसलाई पाश्र्वसंगीतले धेरै हदसम्म सहयोग गरेको छ र पाश्र्वगायनले चलचित्रलाई गुनगुनाउन पनि मद्दत पुर्‍याएको छ । तर, सम्पादनको पक्षमा भने सृजनात्मक पक्षभन्दा पनि जोड्ने र काट्नेमा मात्र सीमित रहेको छ । कतिपय दृश्यलाई अनावश्यक लम्बाउँदा कतिपय ठाउँमा हाँसो रोदनमा परिणत हुने अवस्थाको सिर्जना भएको छ । त्यस्तै श्रृङ्गारको पक्षमा चलचित्रमा नायिकालाई भद्दा रुपमा प्रस्तुति भएको छ जसलाई बेलाबेलामा पचाउनै सकिँदैन । बुँदा ४ : पुराना र स्थापित मानिएका दुई नायक र नायिकाको तुलनामा नयाँ र संघर्षरत युवा कलाकारहरुको अभिनय प्रस्तुतिमा सहजता र लयात्मकता देखिएको छ । यस चलचित्रको सबैभन्दा कमजोर पक्ष यस चलचित्रकी नायिका हुन् जसको अभिनयमा कहिँपनि सहजता र सरलता महसुस गर्न सकिँदैन र चलचित्रमा त्यसको अभाव स्पष्ट झल्किन्छ । राजेश हमाल सँधै राजेश हमालमात्र देखिन्छन् पर्दामा उनी पात्रै बन्न सकेका छैनन् । उनी दिउँसभर भारी बोकेर थकित भएका भरियाजस्तै भएर क्यामेराका अगाडि उभिन र बोल्नमात्रै आएकोजस्तो देखिन्छ तर नयाँ कलाकारहरु विशेषतः सुवास थापाले आफ्नो पात्रमाथि गरेको मिहेनतले दर्शकहरुसँग एक किसिमको सम्बन्ध गाँस्न भने सफल देखिन्छ । बुँदा ५ : चलचित्र यस्तै बनाउनुपर्छ र यस्तै हुनुपर्छ भन्ने कुनै ठोस लाहाछाप कहिँ छैन । जसले जुनसुकै विषयमा जस्तो तरिकाले पनि गराउन सक्छ । तर एउटा सर्वमान्य सत्य के छ भने त्यो चलचित्र विभिन्न समाजका विभिन्न वैचारिक, आर्थिक, शैक्षिक, वर्गीय मनोविज्ञान बोकेका दर्शकले हेर्नेछन् । जोसँग सोच्न महसुस गर्नका साथसाथै विश्लेषण गर्न सक्ने क्षमता र अधिकार सुरक्षित रहेको हुन्छ । यसर्थ कुनैपनि विषयवस्तुको संरचनात्मक विकासमा मानवीयकरण र सामाजिकरण आजको अति आवश्यक अवधारणा भैसकेको छ । त्यसैले चलचित्र बनाउने क्रममा सोचको विकासदेखि नै निर्देशकीय मनोविज्ञानको स्पष्टताः र संवेदनशिलता आवश्यक ठहर्छ । यस चलचित्रमा निर्देशकीय मनोविज्ञान 'जे गर जसो गर दर्शकहरुलाई अल्मलाऊ र हँसाऊ' मात्रमा संवेदनहिन ढंगले सीमित हुँदा दर्शक अल्मलिन्छन् । यसरी कि दर्शक चलचित्रमाथि नै हाँस्न बाध्य हुन्छन् । पटकथामा रहेको घटनाक्रमको विकासमा 'जोड र लम्ब्याऊ' नीतिले केवल एउटा संरचना मात्र बनेको छ । तर त्यसले एउटा स्पष्ट कथाको स्वरुप पाउन सकेको छैन । तर पर्दामा जे हुँदैछ त्यो किन हुँदैछ जसरी हुँदैछ त्यो त्यसरी किन हुँदैछ भन्नेमा दर्शक धेरै ठाउँमा अल्मलिन्छन् । कल्पना गर्नुस तपाईँ एउटा व्रेकफेल भएको गाडीको प्यासेन्जर हुनुहुन्छ र गाडी भीरको बाटो हुँदै ओरालो झर्दैछ अब तपाईँ त्यस्तो अवधीभर जे सोच्नुहुनेछ र महसुस गर्नुहुनेछ त्यस्तै अनुभूति त्यो चलचित्रको प्यासेन्जर भएर सवा दुईघन्टा दर्शकको सिटमा बसिरहनुभएको अवस्थामा तपाईँले गर्नसक्नुहुनेछ । अब तपाईँ आफै निर्णय गर्नसक्नुहुन्छ । यात्रामा तपाईँ उक्त व्रेकफेलको गाडीमा सवारी गर्नुहुनेछ या अर्को व्रेक सकुशल भएको गाडी रोज्नुहुनेछ ।नेपालको राजनीतिमा बेला-बेलामा भएको १२ बुँदे, सात बुँदे, पाँच बुँदे आदि बुँदे सहमतिको उपज हाम्रो देश आजको अवस्थामा आइपुगेको छ जसको हविगत व्रेक नभएको गाडीजस्तै लथािलंग भएको छ र यस्तो अवस्थामा अर्को लथािलंग र व्रेकफेल कथा हेर्न धैर्यता नेपाली जनतासँग पक्कैपनि नहुन सक्दछ । निष्कर्षमा चलचित्र निर्माण व्यक्तिगत स्वार्थको उपजबाट माथि उठेर सामाजिक स्वार्थ र राष्ट्रिय स्वार्थको प्रतीक बन्न सकेको खण्डमा धेरै भन्दा धेरै जनताबाट स्वीकार पाउन सकिन्छ भन्ने मूल मन्त्र अवलम्बन गर्दा नेपाली चलचित्रले व्रेकफेलको समस्याबाट जोगिन सक्दछ । व्रेकफल भएको कथामा चलचित्र बनाएपछि क्षतिग्रस्त हुने निश्चित छ यस्तो घडीमा पशुपतिनाथले यस चलचित्रका निर्माताहरुलाई धैर्यधारण गर्न शक्ति दिऊन । नोट अफ डिसेन्ट : चलचित्रको समीक्षा गर्ने क्रममा थुप्रै चलचित्रहरु हेरिसकेपछि नेपाली चलचित्रका महानायक मानिएका कलाकार राजेश हमालको बारेमा एउटा नोट अफ डिसेन्ट लेख्न बाध्य भएको छु । नेपाली चलचित्रका लागि राजेश हमालको ठूलो योगदान हुनेछ यदि उनले चलचित्रमा अभिनय गर्न छाडे भने । र, यसले उनको प्रतिष्ठालाई पनि जोगाउनेछ । राजेश हमाल केवल एक व्यक्ति मात्र नभएर संस्था भैसकेको हुँदा यस नोट अफ डिसेन्टलाई सिर्जनात्मक ढंगबाट सबैले ग्रहण गर्नुहुनेछ भन्ने अपेक्षा गर्दछौं ।

'दुस्मन'ले पाएनन् प्रीमियर निम्तो !

हालैको एक मध्यान्ह निर्देशक शंकर घिमिरे डीसीएनको चौंथो फ्लोरमा टेन्सनमिश्रित भावमा भेटिए । उनको अनुहार पढ्दा लाग्थ्यो -यी अधवैंशे निर्देशक सायद 'ब्रेकफेल'को चटारोमा छन् । चियागफको क्रममा उनी अज्ञात चलचित्रकर्मी र वितरक सुनिल मानन्धरमाथि झोक्किए । आक्रोशको केन्द्रविन्दुमा वितरक मानन्धरलाई लिनुपछाडिको कारण बुझ्न कठिन थिएन । कारण उनै सुनिलले वितरण गरेको चलचित्र 'शिलशिला' पनि शुक्रबारदेखि ब्रेकफेलको समयमै रिलिज हुँदै थियो ।झन्डै दसमिनेट लामो बसाइमा शंकर 'ब्रेकफेल' प्रदर्शनमा समस्या पारेको भन्दै सुनिललगायतका अन्य पक्षमाथि खनिए । उनका आक्रोशका शब्दहरु सुन्दा लाग्थ्यो -यी बूढालाई रिलिजले साह्रै टेन्सन पारेछ । उनी चाहन्थे -'भदौ १६ गते 'ब्रेकफेल'मात्र चलोस । 'ब्रेकफेल' मात्र एकलौटी होस् ।' उनको चाहनामा सुनिल सायद अवरोधक हुनुपर्छ । 'रिसमा बाहुनले बेद पढ्दैन' भनेजस्तै सायद उनले सातमहिनादेखि फिल्म जुधिरहेको अतियथार्थलाई आँखा चिम्लिदिएका थिए कि ? राम्रो फिल्म बनेको भए किन प्रतिस्पर्धाबाट डराउनुपर्‍यो र ?किनभने चलचित्र 'शिलशिला' क्यू च्यानलबाट रिलिज हुँदै थियो । आफ्नो हितमा शंकरको रोष जायज रहेपनि वितरक सुनिल मानन्धर भने क्यू च्यानलको फिल्म डेटलाई आफूले दायाँबायाँ गर्न नमिल्ने बताउँछन् । 'मेरै फिल्म पनि भनेकै मितिमा रिलिज गर्नुपर्छ' सुनिल भन्छन् 'राम्रो फिल्म बनाएको भए किन कम्पिटिसनबाट भाग्नु पर्‍यो' शंकर दम्पतिको यो क्रोध भने रिलिजको हिस्सासँग मात्र जोडिएको छैन । महानायक राजेश हमालको पब्लिसिटीसँग घिमिरे दम्पति खुलेरै आलोचनामा उत्रेका थिए । हिजोआज त मिडियादेखि सबैसँग ऋचा र शंकर आफ्नो पछाडि दुस्मन र खुट्टा तान्ने लागेको भनेर भन्न थालेका छन् ।दुस्मनबारे उनीहरुले किटेरै उल्लेख नगरेपनि ती कथित दुस्मनलाई ऋचा दम्पतिले जयनेपालबाट कुमारी हलमा सारिएको प्रीमियरको निम्तो पनि दिएका छैनन् रे ! स्रोतका अनुसार आफू निकट पत्रकार र मिडियाबाहेकलाई 'ब्रेकफेल'को निम्तो नदिएर उनीहरुले बदला लिएका हुन् रे ! तर, यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ । जसले गर्दा चलचित्रको स्वतन्त्र समालोचना हुन पाउँदैन । एउटा पक्का के हो भने शुक्रबारदेखि नै रिलिज हुने 'शिलशिला' र 'मेरो राजेश दाई'लाई ब्यावसायिक चुनौति दिन 'ब्रेकफेल'लाई कठिन पर्ने देखिन्छ । 'सौभाग्य' र 'मेरो राजेश दाई'को होल्डओभरले डीसीएनको औषत २५ हलमा मात्र 'ब्रेकफेल' खुम्चिइसकेको छ ।

सेक्सी फिल्मलाई सुटिङमा बन्देज

न्यूड हिरोइनको विवादमा फसेको चलचित्र 'किन किन' बुधबार एक यस्तै सुटिङ लफडामा फसेको छ । राजधानीको लाजिम्पाटस्थित सांग्रीला होटलमा यस्तै एक विवाद भयो जसको परिणाम -सुटिङ युनिट अन्तिम दृश्य खिच्न नपाउँदै होटलबाट बाहिरिनुपर्‍यो । कर्मचारीसँगको विवादपछि निर्देशक उकेश दाहाल अबदेखि सांग्रीला होटलमा कहिल्यै नपस्ने भन्दै क्रीउ लिएर बाहिरिए ।लफडा यतिबेलादेखि सुरु भएको जतिबेला होटल ब्यवस्थापनले फुलबारीमा निश्चित समयसम्मका लागि मात्र सुटिङ गर्न अनुमति दिएको थियो । तर, प्रमुख अभिनेता महानायक राजेश हमाल सुटिङ स्पटमा ढिला आइपुग्दासम्म होटलले दिएको समय सकिइसकेको थियो । राजेशको कपाल स्टेट गराउन मात्र दुई घन्टा लाग्दासमेत सुटिङ नभएपछि कर्मचारी निर्देशक प्रति आक्रोशित भएका थिए । यो अन्तिम सट् भन्दै एक घन्टासम्म यो क्रम चलिरहेपछि कर्मचारी जंगिएका थिए ।अन्तिम दृश्यमा राज तिमल्सना प्रवेशको सट् खिच्नुपर्ने थियो । तर, विवादले खिच्न पाएन फिल्मले । दिएको समयभन्दा बढी समय सुटिङ भैरहेका होटलका पाहुनाहरुलाई डिस्टर्ब हुने होटल ब्यवस्थापनको भनाई थियो । जहिल्यै सुटिङमा ढिलो पुग्ने हमालको यो बानीले यहाँपनि समस्या निम्तायो । चलचित्र 'किन किन'मा प्रशस्तै बोल्ड सिनहरु समेटिएको छ । यसैबीच यसअघि निकालिएकी भनिएकी अरुणिमा लामाले आफू निकालिएको नभई निस्किएको मात्र भएको बताएकी छिन् ।

ज्योतिषले बदले महानायकको मन !

बाइस वर्षदेखि नेपाली फिल्ममा राज गर्दै आएका महानायक राजेश हमाल कहिल्यै अरुको कुरामा लागेनन् । पसर्नल लाइफ र प्रोफेसन लाइफलाई भिन्न तरिकाले प्रयोग गर्दै आएका यी अभिनेता सबैको कुरा सुन्ने तर आफै निर्णय गर्नेगर्छन् । त्यसैले अरुभन्दा फरक छन् उनी ।तर, कसैको कुरा नसुन्ने महानायकले एक युवा ज्योतिषीको भनाइमा लागेर आफ्नो प्रेमयात्रालाई बीचमै छाड्ने मनस्थिती बनाएका छन् रे । काठमाडौं मैतीदेवी निवासी १९ वर्षिय युवा ज्योतिषी हरिहर अधिकारीले राजेशको प्रेम र विवाहका बारेमा गहिरो विश्लेषण गरिदिएपछि आउँदो वर्ष विहेको तयारीमा जुटेका हमालको मनस्थिती बदलिएको बताइन्छ ।ज्योतिषी अधिकारीले मलेसियामा सम्पन्न युवा ज्योतिष सम्मेलनमा एसियाबाट उत्कृष्ट ज्योतिष अवार्ड जितेका थिए । राजेश विराटनगरकी मधु केसीसँग विहे गर्ने सुरसारमा थिए । हमालको दही जम्छ कि जम्दैन हेर्न बाँकी छ ।