तीन सुपरस्टारको लडाईं

नेपाली चलचित्र क्षेत्रमा आ-आफ्नै तरिकाले सुपरस्टार मानिएका तीन नायक राजेश हमाल, बिराज भट्ट र आर्यन सिक्देल अभिनित चलचित्र शुक्रबार एकआपसमा भिड्दै छन् । राजेश हमाल अभिनित चलचित्र हात लाग्यो शून्य, बिराज भट्ट अभिनित चलचित्र सन्देश र आर्यन सिक्देल अभिनित चलचित्र के यो माया हो एकै दिन रिलिज हुँदैछन् ।सिमित बजारमा एकैदिन धेरै चलचित्र रिलिज हुँदा त्यसले व्यापारमा असर पक्कै गर्दछ । यसै त चलचित्रले रामो व्यापार गर्न सकिरहेको छैन त्यसैमाथी यसरी तीन सुपर स्टारका चलचित्र एकआपसमा भिड्दा यसको असर निर्माता तथा कलाकारलाई मात्र हैन सिंगो चलचित्र उधोगलाई नै पर्दछ । यसरी चलचित्र नजुध्नुको विकल्प पनि छैन । किनकी बर्षेनी दर्जनौं चलचित्र बनिरहेका हुन्छ र हप्तै पिच्छे २ भन्दा बढि चलचित्र रिलिज हुन बाध्य छन् ।
शुक्रबार सार्वजनिक हुन लागेका तीन चलचित्र 'हात लाग्यो शून्य', 'सन्देश' र 'के यो माया हो' ले आ-आफ्नै बिशेषता बोकेका छन् । युवानिर्देशक बिजय बिक्रम बस्नेत निर्देशित चलचित्र 'हात लाग्यो शून्य' राजेश हमालको नयाँ गेटअपले निकै चर्चामा छ । नेपाली चलचित्र क्षेत्रका महानायक मानिने हमालको यो चलचित्रले दर्शकलाई हलसम्म तान्न सक्नेमा चलचित्रकर्मी बिश्वस्त छन् । यो चलचित्र पूर्ण रूपमा हाँस्य प्रधान रहेको निर्देशक बस्नेतको भनाई छ । बिश्व नेपालले निर्माण गरेको यस चलचित्रमा हमालको साथमा कल्पना शाही, किरण केसी, शुशिल पोखरेल, गोपाल ढकाल छन्दे लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्र हात लाग्यो शून्य' मोफसलका हलहरूमा मात्र लाग्ने छ ।यसैगरी प्रमोद भण्डारी निर्देशित चलचित्र 'सन्देश' बिराज भट्टको एक्सन प्रधान चलचित्र हो । एक्सन चलचित्र रूचाउने दर्शकलाई पनि यो चलचित्रले हलसम्म तान्ने कुरामा निर्देशक भण्डारी निकै बिश्वस्त छन् । यस चलचित्रमा चलचित्र क्षेत्रमा नम्बर वान नायिकाको छबि बनाएकी नायिका रेखा थापाको पनि प्रमुख भुमिका रहेको छ । क्यू सिस्टमबाट प्रदर्शन हुन लागेको यो चलचित्र भने काठमाण्डौ उपत्यकामा मात्र लाग्दैछ । रामबी नेपालीले निर्माण गरेको चलचित्र 'सन्देश' बाट नै नायिका सोभिता सिंखडाले डेब्यू गरेकी हुन् । दुई बर्ष अगाडी सम्पन्न केटिभी अवार्डमा यसै चलचित्रबाट सोभिताले नव अभिनेत्रीको अवार्ड पाएकी थिईन् भने रेजिना उप्रेतीले सह-अभिनेत्री र रामजी नेपालीले कथामा अवार्ड हात पारेका थिए ।यता मेरो एउटा साथी छ चलचित्र निर्देशन गरेर एकाएक चर्चामा आएका निर्देशक सुदर्शन थापा निर्देशित चलचित्र 'के यो माया हो' को छुट्टै बिशेषता छ । पछिल्लो समयमा निकै चर्चामा रहेका नायक आर्यन सिक्देलको प्रमुख अभिनय हुनु, बिग सिनेमा हलमा यो चलचित्र प्रदर्शन हुनु र लिभ इन टुगेदरको कथालाई मुख्य बिषय बनाईनुले पनि यो चलचित्रबाट उधोगले नै ठूलो आश राखेको छ । बिशेष गरि यो चलचित्र युवा वर्गमा केन्द्रित रहेको छ । आर्यन सिग्देल, सुष्मा कार्की, सौगात मल्ल र अरुणिमा लम्सालको प्रमुख अभिनय रहेको यस चलचित्रलाई सुरेश पहारी, गौरव हिराचन र शंकर गुरूङले निर्माण गरेका हुन् ।

प्रीभ्यु : फ्राइडे रिलिज सिनेमा

शुक्रबार एकैसाथ तीन नेपाली सिनेमा रिलिज हुँदैछन् -'के यो माया हो', 'हाता लाग्यो शुन्य' र 'सन्देश' । बलिउडमा सानो ब्यानरको 'आइ एम कलाम' तथा हलिउडमा 'राइज अफ द प्लानेट अफ द एप्स' र 'द चेन्ज अप' रिलिज हुँदैछन् । नेपाली सिनेमाका स्टारपावर राजेश हमाल, रेखा थापा र आर्यन सिग्देलले अभिनय गरेका तीन बेग्लाबेग्लै चलचित्र एकसाथ प्रदर्शन हुनेछन् ।
के यो माया हो
सुदर्शन थापा निर्देशित यो चलचित्र कमेडी श्रेणीमा निर्मित छ । आर्यन सिग्देल, सुष्मा कार्की, सौगात मल्ल, अरुणिमा लम्साल, नीर शाह आदिले अभिनय गरेको चलचित्रलाई गौरव हिराचन र सुरेश पहारीले निर्माण गरेका हुन् । लिभिङ टुगेदरको कथामा आधारित चलचित्रको संगीत सुगम पोखरेलले भरेका छन् । उपत्यकाका सबै मल्टिप्लेक्समा प्रदर्शन हुने सिनेमा देशभरका क्यू र डीसीएन सर्भरअन्तर्गत २० स्क्रीनमा एकसाथ प्रदर्शन हुनेछ । वितरण सुनिल मानन्धरले गरेका छन् । चलचित्रमा आर्यन र सौगात पहिलोपटक कमेडी भूमिकामा छन् भने सुष्मा लिड हिरोइनमा ।

हाता लाग्यो शुन्य
अभिनेता राजेश हमाल पहिलोपटक यही चलचित्रमार्फत कमेडी भूमिकामा देखापरेका छन् । विजयविक्रम बस्नेतले निर्देशन गरेको चलचित्रमा हमालले 'बेली डान्स' पनि नाचेका छन् भने तरकारीसँग भिडन्त पनि गरेका छन् । हमालको अपोजिटमा झरना थापा छिन् । भारतको गोवाबाट कोरियोग्राफर सिकेर नेपाल आएका निर्देशक बस्नेतको यो सिनेमालाई विश्व नेपाल, कृष्णा पराजुली र शुभ पराजुलीले मिलेर निर्माण गरेका हुन् । किरण केसी, गोपाल ढकाल आदिले पनि खेलेका छन् । क्यू च्यानलमार्फत रिलिज हुने चलचित्र मोफसलबाट प्रदर्शनमा आउनेछ ।

सन्देश
रामबी नेपालीले निर्माण गरेको चलचित्रको निर्देशन प्रमोद भण्डारीले गरेका हुन् । रेखा थापा, बिराज भट्ट, सुशिल क्षेत्री, रेजिना उप्रेती, मुरलीधर, रामबी नेपालीले अभिनय गरेको चलचित्र काठमाडौं उपत्यकाबाट प्रदर्शनमा आउँदैछ । गंगा र विश्वज्योतिसहित उपत्यकाका १४ स्क्रीनमा चलचित्र प्रदर्शन हुँदैछ । दीर्घनारायण श्रेष्ठले वितरण गरेको सिनेमामा महेश खड्काको संगीत र हिमाल केसीको फाइट छ । राष्ट्र र राष्ट्रियता, राजनीति, समाज र मायाप्रेमको सन्देश दिन खोजेको चलचित्र यसअघि मोफसलमा ब्यावसायिकरुपमा सफल भैसकेको छ । चलचित्र फर्मुला श्रेणीमा निर्मित छ ।

आइ एम कलाम
बलिउडमा यो साता रिलिज हुने एकमात्र सिनेमा आइएम कलाम एउटा आर्ट चलचित्र हो । निला माधव पान्डाले निर्देशन गरेको चलचित्रमा हर्ष मायार, हुसन साड, गुल्सन ग्रोभरलगायतले अभिनय गरेका छन् । यसको मुख्य पात्र छोटु (हर्ष मायर) हो । उसको पारिवारिक आर्थिक स्थिती दयनीय हुन्छ । तर, ऊ यति उत्साहित हुन्छ कि कुनैपनि समस्या उसलाई ठूलो लाग्दैन । ऊ आफ्नो परिवारलाई सहयोग गर्न दिनमा सडक छेउको सानो होटलमा काम गर्छ र बेलुका कतैबाट जम्मा पारेको किताब पढ्छ । उसको सोच भनेको कुनैदिन राम्रो शिक्षा हासिल गरेर आफ्नो भविष्य बनाउने हुन्छ । स्माइल फाउन्डेसनले वितरण गरेको चलचित्र ८७ मिनेट लामो छ ।

राइज अफ द प्लानेट अफ द एप्स
साइन्स फिक्सन श्रेणीको चलचित्रलाई रुपर्ट वाटले निर्देशन गरेका हुन् । चलचित्रमा जेम्स फ्र्रंयाको, फ्रीडा पिन्टो, जोन लिथगोले अभिनय गरेका छन् । बलिउड चलचित्र 'स्लमडग मिलेनियर' हिरोइन फ्रीडाको यो पहिलो हलिउड डेब्यु सिनेमा हो । 'द एस्केपिस्ट' जस्तो अत्यन्त चर्चित फिल्मका निर्देशक रुपर्ट वाटको यो नयाँ प्रयोग हो । यो फिल्ममा उनले जेनेटिकल्ली इन्जिनियर्ड चिम्पान्जीलाई प्रमुख विषय बनाएर प्रस्तुत गरेका छन् । सनफ्रान्सस्कोका महत्वाकाङ्र्क्षी बैज्ञानिक बाबुछोराले आफ्नो ल्याबमा क्यासर नामक चिम्पान्जीको विकास गर्छन् । उक्त एप अत्यन्त बुद्धिमानी हुन्छ । उसले आफ्नो एप समाजलाई मान्छेबाट जोगाउन हरेक प्रकारका कोसिस गर्दछ ।

द चेन्ज अप
कमेडी श्रेणीको यो हलिउड सिनेमालाई डेभिड डबकिनले निर्देशन गरेका हुन् । राएन रेनोल्डस, जेसोन ब्याटमेन, लेस्ली मन, ओलिभिया वाइल्ड आदि कलाकारले अभिनय गरेको यो सिनेमा १ घन्टा ४५ मिनेट लामो छ । दुई बाबुछोराको कथामा आधारित चलचित्रलाई डेभिड डबकिन र नील एच मोर्टिजले मिलेर निर्माण गरेका हुन् । जोन डेब्नीको संगीत रहेको चलचित्रलाई युनिभस्रल पिक्चस्रले वितरण गर्दैछ ।

सञ्चिताका पहिलो पतिको खुलासा

बलिउडमा चलचित्र बडिगार्ड प्रदर्शनको चर्चा चुलिदा नेपालमा भने नेपाली चलचित्र बडिगार्डका बडिगार्डको रहस्य उदघाटन भएको छ । यो रहस्योद्घाटन सँगै नेपालको फिल्म नगरीमा पनि नेपाली बडिगार्डको चर्चा चुलिनेमा दुई मत छैन । बलिउड चलचित्र 'बडिगार्ड'का बडिगार्ड सलमान खानलाई नै ओझेलमा पार्ने बडी भएका नेपाली बडिगार्डको वास्तविक परिचय खुलेको छ ।आफ्नो चलचित्र बडिगार्डका लागी फेसबुक मार्फत रित्तिक रोशन जस्तो बडिगार्ड अर्थात नायक खोजेका निर्माता शुशिल पोखरेलले भेटाएका बडिगार्डको हामीले पत्ता लगाएका छौ । शुशिलले यसअघि बडिगार्ड हुने नायकको अनुहार लुकाएर चलचित्रको पोस्टर समेत सार्वजनिक गरेका थिए । उनले ति नायकको नाम असलन शाह रहेको समेत बताएका थिए । आफुलाई इमेलबाट उनले फोटो पठाएको र त्यहि तस्विरका आधारमा नायकको छनौट गरेको शुशिलले बताउदै आएका थिए । उनले असलनको बारेमा धेरै कुरा नभन्ने भन्दै उनको घर काठमाडौको पुतलीसडकमा भएको बताएका थिए ।तर लामो समय समयदेखि बिदेशमा अभिनयको प्रशिक्षण लिइरहेका यि ब्यक्ति अर्थात शुशिलका बडिगार्ड अरु कोही नभएर नायिका सञ्चिता लुइटेलका पहिलो पति आकाश शाह भएको रहस्य खुल्नमा आएको छ । एक बिश्वस्त शुत्रले दिएका जानकारी अनुसार केही वर्ष देखि बिदेशमा रहेका आकाशले त्यहाँ रहँदा आफ्नो शरिर मेन्टन गर्नुका साथै अभिनयको प्रशिक्षण समेत लिइरहेका छन् ।नायिका सञ्चितासंग प्रेम बिबाह गरेका आकाश र सञ्चिता करिब सात बर्ष सँगै बसेका थिए । सोही समयमा आकाश मुम्बईमा सघर्ष गर्न गएका थिए । त्यति बेला नायिका लुइटेलले उनलाई मासिक खर्च समेत पठाउने गरेकी थिईन् रे !हुन त एउटा उखानै छ नि 'जता जता काफल पाक्छ उतै उतै चरी नाच्छ' । हो सञ्चिताले त्यहि गरिन् अर्थात् सर्घष गरिरहेका आकशलाई छोडेर तत्कालिन समयका चर्चित नायक निखिल उप्रेतीसँग बिबाह गरिन् । तर समय सधै एकै नाश कहाँ रहन्छ र ? अहिले नायक निखिल कुन कुनामा पसेका छन् कसैलाई पत्तो छैन । यता नायिका सञ्चिता पनि पछिल्लो १ वर्ष भन्दा बढी समय चलचित्रबाट हराएपछि अहिले आमा बन्दैछन् । यसैबेला मौसम परिवर्तन भएको छ । अर्थात आकाश शाह भने नयाँ जोश र जाँगर लिएर भित्रदै छन् नेपाली चलचित्रमा ।आकाशका ६ सय भन्दा बढी फोटोहरु हेरेका निर्माता शुशिल पोखरेलले भनेका थिए,'उ हरेक कोणबाट हिरो देखिन्छ । नेपालमा हिरोको कमी भै रहेको बेला उसले चलचित्र उद्योग खान्छ ।'आकाशको यसरी प्रसंसा गर्दै उनलाई डेब्यु गराउन लागेका छन् निर्माता पोखरेलले । तर किन उनले हिरोको नाम ढाँटे भन्ने बारे बुझ्न सकिएको छैन ।त्यसो त चलचित्रमा लागे पछि नाम फेर्ने कलाकारहरुको रोग यि नव प्रवेशी आकाशलाइ पनि लागेर उनले नाम ढाटेका हुन् कि या नायिका सञ्चिता सँग जोडीएको आफ्नो परिचय मेट्न नाम परिवर्तन गर्न लागेका हुन् त्यो त आकाशलाई भेटे पछि मात्रै थाहा होला । जे भए पनि नव प्रवेशी बडिगार्डलाई हाम्रो शुभकामना !

राजले काट्दा सबै दंग

पछिल्लो केही समय यता नेपाली चलचित्रकर्मीहरु एका एक रिबन काट्नमा माहिर देखिन थालेका छन् । प्राय जयो उद्घाटन कार्यक्रमहरुमा सेलिब्रेटीहरुबाट नै रिबन कटाइने गरिन्छ । तर मंगलबार आयोजित चलचित्र 'के यो माया हो को' प्रिमियरमा भने एक अनौठो रिबन कटाईको दृष्य देखियो ।चलचित्र बिग सिनेमामा प्रिमियर हुँदै थियो । हलको प्रबेशद्धारमा रिवन राखिएको थियो । रिवन काटेर चलचित्र प्रदर्शनको सुरु गर्नु पर्ने कार्यक्रम तय भएको रहेछ । तर त्यसको बाहिर केही समय चलचित्र युनिटको परिचय गराउने कार्यक्रम रहेका कारण उक्त रिवन काट्ने काम चलचित्रको युनिटले बिर्सियो । गेटमा चलचित्रहलमा प्रबेश गर्नेको लामै लाइन लाग्यो तर रिवन काट्न कोही पनि आएन ।अन्तत: उक्त प्रिमियर शोको उद्घाटन गरे नायक राजबल्लभ कोइरालाले । गेट नजीकै रहेका राजको नाम केही चलचित्रकर्मीहरुले लिए पछि नजिकै रहेका सञ्चारकर्मी सुरेश दर्पण पोखरेल अगाढी बढे अनि कैचि ल्याएर राजलाई रिवन काट्न लगाए । यसरी राजले रिवन काटेर औपचारीक रुपमा चलचित्र 'के यो माया हो' को प्रदर्शनको उद्घाट्न गरे । यसरी लामो समयसम्म चलचित्र हेर्न कुरेर बसेका उपस्थित पाहुना दर्शकहरू सबैलाई राजले नै हल भित्र छिराए ।राजले रिवन काटे पछि भने चलचित्रका सबै सदस्यहरु जिल्ल परेका थिए । उनिहरु आफु रिवन काट्न अग्रसर भएर नआएकोमा सायद पश्चाताप गर्दै थिए मन मनै । तर चलचित्रका निर्देशक सुदर्शन थापाका अनुसार उनीले पनि रिवन काट्न छ भन्ने कुरा बिर्सेका रहेछन् । चलचित्रका प्रस्तुत कर्ता सुरेश पहारीलाई त रिवन काट्न छ भन्ने पत्तै रहेनछ । चलचित्रका मुख्य कलाकार थिए नायिका सुस्मा कार्की, आर्यन सिग्देल, अरुणिमा लम्साल र सौगात मल्ल तर यि सबै राजले रिवन काटे पछि जिल्ल भएका थिए ।बुझ्नमा आए सम्म चलचित्रका मुख्य कलाकारहरुले एक साथ रिवन काटे पछि चलचित्रको प्रिमियर उद्घाटन गर्ने कार्यक्रम थियो । जेहोस् युनिटका कलाकारहरुले बेवास्ता गरे पनि नायक राजले भने उपस्थित ब्यक्तिहरुको आग्रहलाई स्विकार गरि उद्घाटन गरिदिए । चलचित्रमा कुनै भुमिका नभए पनि चलचित्रको प्रदर्शन उद्घाटन भने नायक राजले नै गरे ।

'दर्पण छायाँ'को सिक्वेल 'मिस यू'

नायक दिलिप रायमाझीको प्रस्तुती रहेको चलचित्र 'मिस यू' सफल चलचित्र 'दर्पण छायाँ'को सिक्वेल भएको खुलासा भएको छ । जानकारीमा आए अनुसार नायक दिलिप रायमाझीले आफ्नो पहिलो चलचित्रको सिक्वेलको रुपमा चलचित्र 'मिस यू' बनाएका हुन् ।श्रवण घिमिरेको निर्माणमा आफैले अभिनय गरेको अत्याधिक सफल चलचित्र 'दर्पण छायाँ'लाई पछ्याउँदै रायमाझीले आँफैले चलचित्र बनाएर नेपाली चलचित्र उद्योगमा अर्को सफल चलचित्र भित्राउने प्रयास गरेका छन् ।'दर्पण छायाँ' सफल हुँदाको परिस्थिति र अहिलेको समाज मेल नखाने भएतापनि बिषयवस्तुलाई आधुनिकिकरण गरेर सिक्वेलको रुपमा शुरेस दर्पण पोखरेलको निर्देशनमा 'मिस यू' निर्माण भएको बताईएको छ ।तुलसी घिमिरेको निर्देशन रहेको 'दर्पण छायाँ' मार्फत नै नायक रायमाझीले चलचित्रमा प्रवेश गरेका थिए ।दिलिप रायमाझीका अलावा उत्तम प्रधान,निरुता सिंह लगाएतका कलाकारहरुले 'दर्पण छायाँ'मा अभिनय गरेका थिए । कलेज लाईफको बारेका निर्मित 'दर्पण छायाँ'मा अभिनय गरेकी निरुता सिंहको स्थानमा नम्रता श्रेष्ठ र उत्तम प्रधानको स्थानमा नव-नायक बरुण राणाले अभिनय गरेका छन् भने दिलिप रायमाझी आफैले 'मिस यू'मा पनि सो भुमिकालाई निरन्तरता दिएका छन् ।सोमबार मात्र डबिंग सकिएको 'मिस यू' आगामी सेप्टेम्बरदेखि युरोपेली देशहरुमा प्रदर्शन हुँदैछ ।बेल्जियममा रेड कार्पेट गरिने यस चलचित्रलाई युरोपेलि तथा खाडी गरी २५ भन्दा बढी मुलुकमा प्रदर्शनमा आउने भएको छ ।तिहार आसपासमा नेपालका हलहरुमा प्रदर्शन हुने 'मिस यू'को दुई हप्ता पछाडी अडियो विमोचन गरिदैछ ।राजु बिक्रम थापा र धिरज जंग शाह छायाँकार रहेको 'मिस यू'को असि प्रतिशत छायांकन मलेशियाको क्वालालम्पुर, पेमांग लगाएतका स्थानहरुमा र बाँकी काठमाण्डौमा गरिएको छ । बाबु बोगटी तथा किचमान चित्रकारको संगीत रहेको यो चलचित्र नायिका नम्रता श्रेष्ठको तेश्रो चलचित्र हो ।मोडलिंग बाट चलचित्रमा प्रवेश गरेकी नम्रताले 'सानो संसार' तथा 'मेरो एउटा साथी छ'मा मूख्य भुमिकामा अभिनय गरेकी छिन् । यि दुवै चलचित्र पछिल्लो पुस्ताका लोकप्रिय चलचित्रहरु हुन् ।'मिस यू'बाट नै डेब्यू गर्दै गरेका नव-नायक बरुण राणा पनि मोडलिंग बाट चलचित्रमा प्रवेश गरेका हुन् ।अत्याधिक सफल चलचित्रको सिक्वेलमा हात हालेका दिलिपले पक्कै पनि'दर्पण छायाँ'मा आफूले गरेको जिवन्त अभिनय बिर्सेका छैनन् ।'मिस यू'प्रदर्शन नभएसम्मका लागी चलचित्रबाट बिश्राम लिएका रायमाझीको लगानीलाई नेपाली चलचित्र उद्योगमा महत्वका साथ हेरिएको छ । निर्देशक शुरेस दर्पण पोखरेलले अग्रज निर्दैशक तुलसी घिमिरेसँग टक्कर लिन खोजेका छन् ।घिमिरे निर्देशित सफल चलचित्र 'दर्पण छायाँ'को सिक्वेललाई निर्देशन गर्नु उनका लागी निकै चुनौतीपूर्ण काम भएतापनि वर्तमान समयमा युवा पुस्ताका लोकप्रिय निर्देशक हुन् ।'निशाना','कस्लाई दिउँ यो जोबन'जस्ता चलचित्र निर्देशन गरेका पोखरेलले 'मिस यू'लाई कत्तिको न्याय गरेका छन्, त्यो भने पछि नै थाहा हुनेछ ।

शुक्रबार तीन स्टारपावरको भिडन्त

आउँदो शुक्रबार नेपाली सिनेमा तीन नयाँ चलचित्र भिडन्तको साक्षी बन्नेछ । नेपाली सिनेमाका तीन स्टारपावरहरु एकआपसमा प्रतिष्ठाका लागि भिड्नेछन् । राजेश हमाल, रेखा थापा र आर्यन सिग्देल स्टारर तीन सिनेमा नेपाली थिएटरका पर्दाहरुमा एकसाथ छाउनेछन् । अर्थात राजेश हमालको 'हाता लाग्यो शुन्य', रेखा थापाको 'सन्देश' र आर्यन सिग्देलको 'के यो माया हो' ।विश्लेषकहरुले तीनै सिनेमाको ब्यावसायिक लडाइँ महगो हुने आंकलन गरिसकेका छन् । सुदर्शन थापाले निर्देशन गरेको 'के यो माया हो' देशब्यापी, विजयविक्रम बस्नेत निर्देशित 'हाता लाग्यो शुन्य' मोफसल र प्रमोद भण्डारी निर्देशित 'सन्देश' देशब्यापी एकसाथ रिलिज हुँदैछन् । 'हाता लाग्यो शुन्य' र 'के यो माया हो'लाई डीसीएनको सर्भरमार्फत पनि प्रदर्शन गरिनेछ भने 'सन्देश' क्यू च्यानलमार्फत प्रदर्शन हुनेछ ।'के यो माया हो' लिभिङ टुगेदरको कथामा आधारित छ । कमेडी, तरकारीको भिडन्त र राजेश हमालको बेली डान्स 'हाता लाग्यो शुन्य'को आकर्षक पक्ष हो । रेखा थापाको एक्सन 'सन्देश'को दर्शक तान्ने पक्ष हुनेछ । 'हाता लाग्यो शुन्य' र 'के यो माया हो' कमेडी र सोसल ड्रामा श्रेणीमा निर्मित छन् भने 'सन्देश' एक्सन र फेन्टासी श्रेणीमा । शुक्रबार बलिउडमा ठूलो ब्यानरको सिनेमा रिलिज नहुने भएकाले यी तीन नेपाली सिनेमालाई प्रतिस्पर्धाको स्वतन्त्रता भने हुनेछ ।

रिएल लाइफमै आर्यनको लिभिङ टुगेदर !

चलचित्रमा मात्र होइन वास्तविक जीवनमै हिरो आर्यन सिग्देलले लिभिङ टुगेदर गर्ने भएका छन् । गर्लफ्रेन्डसँग आफू चाँडै लिभिङ टुगेदर गर्न चाहेको नेपाली सिनेटाउनका एलिगेबल ब्याचलर आर्यनले खुलाए ।तर,अविवाहित आर्यनसँग सँगै बस्न लागेकी ती बाला को हुन् उनलॆ बताएनन् । 'तपाईँहरुले चाँडै खुशिको खबर थाहा पाउनुहुनेछ' शुक्रबार रिलिज हुन लागेको 'के यो माया हो'का लभरव्वाइले भने 'लिभिङ टुगेदर गर्ने पहिल्यैदेखिको मेरो सोच हो ।यसका लागि घरबाट अनुमति लिइसकेको छु ।'आर्यन यतिबेला लाजिम्पाटस्थित फ्ल्याटमा बस्छन् ।'के यो माया हो' चलचित्रमा पनि आर्यनले हिरोइन सुष्मा कार्कीसँग अनस्क्रिन लिभिङ टुगेदर गरेका छन् ।नेपाली सहरमा हुर्किएको लिभिङ टुगेदर ट्रेन्डलाई चित्रण गरिएको चलचित्रमा आर्यनले कमेडी भूमिका निर्वाह गरेका छन् । 'फिल्म र मेरो व्यक्तिगत योजना संयोग मात्र हुन्' आर्यन भन्छन् 'फिल्मको प्रपोगान्डाका लागि मात्र लिभिङ टुगेदर गर्न लागेको होइन । म यसलाई एकअर्काको प्रेम स्थापित गर्ने माध्यम ठान्छु ।'आर्यनले वास्तविक जीवनमा लिभिङ टुगेदर गरुन या नगरुन लिभिङ टुगेदरको फिल्मको कथाले भने तन्नेरी दर्शकलाई मनोरन्जन गराउनेछ । वास्तवमै आर्यन रिएल लाइफमै लिभिङ टुगेदरका लागि तयार भएका हुन् ? भन्छन् -अफ कोर्स !