राजेश हमाल, रेखा थापा र आर्यन सिग्देल नेपाली सिनेमाका शक्तिशाली सेलिव्रेटी हुन् । सिनेमाको आम्दानी र स्टार पावरको अंकगणितले यस्तै भन्छ । पछिल्ला वर्षमा रिलिज भएका सिनेमा र ती सिनेमाले गरेको आम्दानीका आधारमा राजेश, रेखा र आर्यन शक्तिशाली सेलिव्रेटी भएका हुन् । यी तीनैजना स्टारले अभिनय गरेका सिनेमाहरु अपवाद बाहेक कुनैपनि फ्लप छैनन् । तीनैजना स्टारर सिनेमाले नेट अथवा ग्रस कलेक्सनमा सुपरहिट, हिट र औषत परिणाम कायम राखेका छन् ।राजेश यस्ता कलाकार हुन् जसले निर्मातालाई औषत अथवा हिट सिनेमा दिलाएरै छाड्छन् । राजेशका अधिकांश सिनेमाले ५० लाखको औषतमा आफूलाई कायम राखेका छन् । पछिल्लो वर्ष राजेशकै 'प्रहार'ले ६० लाख ग्रस बटुल्यो । च्यारिटीको ९० लाखलाई छाडिदिने हो भने नियमित प्रदर्शनबाट मात्र राजेशको 'दशगजा'ले ७० लाख कमायो । 'धर्मा' ४७ लाख, 'साहसी' ४० लाखमा अनमार्क रहे । राजेशलाई चुनौति दिने ठानिएका विराजका दुई सिनेमा मात्र हिट रहे अरु सबै फ्लप । राजेशको कलेक्सन पावरको अनुपात ५० को हारहारीमा छ । डीसीएनले बाँडेका सबै सिनेमामा राजेशका चलचित्रले वितरकलाई पनि मुनाफा भएको देखिन्छ ।अभिनेत्रीमा रेखा थापाको ग्रस पावरलाई कसैले चुनौती दिन सकिरहेको छैन । रेखा अभिनित 'कसले चोर्यो मेरो मन' सुपरहिटसहित डेढकरोड ग्रसमा रह्यो । 'हिफाजत' ९१ लाखसहित हिट दर्जामा रह्यो । 'बाटो मुनिको फूल' १ करोड, 'प्रहार' ६० र 'गंगाजल' ५७ लाखमा रहे । रेखाका कुनैपनि सिनेमा फ्लप छैनन् । आम्दानीको दौडमा रेखा नेपाली सिनेमाकी एक्ली धाविका हुन् । हिरो आर्यन सिग्देल हमालपछिका स्टारपावर हुन् । आर्यनका कुनैपनि सिनेमा फ्लप छैनन् । हिट या औषत सिनेमा पस्किएका आर्यनले निर्मातालाई नाफा दिइरहेका छन् । आर्यन अभिनित 'मेरो एउटा साथी छ' ६७, 'कसले चोर्यो मेरो मन' डेढकरोड, 'फस्टलभ' १ करोड ३० लाख, 'कोही...मेरो' औषतसहित ४० लाखमा सीमित छन् । पछिल्लो समयपनि यी तीनैजना स्टारपावरको बजार अवस्था सुदृढ छ ।नेपाली सिनेमाका स्टारपावर
1:29 AM
No comments
राजेश हमाल, रेखा थापा र आर्यन सिग्देल नेपाली सिनेमाका शक्तिशाली सेलिव्रेटी हुन् । सिनेमाको आम्दानी र स्टार पावरको अंकगणितले यस्तै भन्छ । पछिल्ला वर्षमा रिलिज भएका सिनेमा र ती सिनेमाले गरेको आम्दानीका आधारमा राजेश, रेखा र आर्यन शक्तिशाली सेलिव्रेटी भएका हुन् । यी तीनैजना स्टारले अभिनय गरेका सिनेमाहरु अपवाद बाहेक कुनैपनि फ्लप छैनन् । तीनैजना स्टारर सिनेमाले नेट अथवा ग्रस कलेक्सनमा सुपरहिट, हिट र औषत परिणाम कायम राखेका छन् ।राजेश यस्ता कलाकार हुन् जसले निर्मातालाई औषत अथवा हिट सिनेमा दिलाएरै छाड्छन् । राजेशका अधिकांश सिनेमाले ५० लाखको औषतमा आफूलाई कायम राखेका छन् । पछिल्लो वर्ष राजेशकै 'प्रहार'ले ६० लाख ग्रस बटुल्यो । च्यारिटीको ९० लाखलाई छाडिदिने हो भने नियमित प्रदर्शनबाट मात्र राजेशको 'दशगजा'ले ७० लाख कमायो । 'धर्मा' ४७ लाख, 'साहसी' ४० लाखमा अनमार्क रहे । राजेशलाई चुनौति दिने ठानिएका विराजका दुई सिनेमा मात्र हिट रहे अरु सबै फ्लप । राजेशको कलेक्सन पावरको अनुपात ५० को हारहारीमा छ । डीसीएनले बाँडेका सबै सिनेमामा राजेशका चलचित्रले वितरकलाई पनि मुनाफा भएको देखिन्छ ।अभिनेत्रीमा रेखा थापाको ग्रस पावरलाई कसैले चुनौती दिन सकिरहेको छैन । रेखा अभिनित 'कसले चोर्यो मेरो मन' सुपरहिटसहित डेढकरोड ग्रसमा रह्यो । 'हिफाजत' ९१ लाखसहित हिट दर्जामा रह्यो । 'बाटो मुनिको फूल' १ करोड, 'प्रहार' ६० र 'गंगाजल' ५७ लाखमा रहे । रेखाका कुनैपनि सिनेमा फ्लप छैनन् । आम्दानीको दौडमा रेखा नेपाली सिनेमाकी एक्ली धाविका हुन् । हिरो आर्यन सिग्देल हमालपछिका स्टारपावर हुन् । आर्यनका कुनैपनि सिनेमा फ्लप छैनन् । हिट या औषत सिनेमा पस्किएका आर्यनले निर्मातालाई नाफा दिइरहेका छन् । आर्यन अभिनित 'मेरो एउटा साथी छ' ६७, 'कसले चोर्यो मेरो मन' डेढकरोड, 'फस्टलभ' १ करोड ३० लाख, 'कोही...मेरो' औषतसहित ४० लाखमा सीमित छन् । पछिल्लो समयपनि यी तीनैजना स्टारपावरको बजार अवस्था सुदृढ छ ।खस्कियो काठमाडौँको फिल्म व्यापार
9:55 AM
No comments
सन्तोष रिमाल, काठमाडौं, असार ३०- १० वर्षअघि फिल्म 'आफ्नो मान्छे' सुपरहिट हुँदा काठमाडौंका हलहरुबाट निर्माता केशव भट्टराईले ६० लाख रुपैयाँ हात पारेका थिए। तिनै केशवको भागमा तीन हप्ताअघि 'छोडी गए पाप लाग्ला' फिल्मबाट २० लाख रुपैयाँ मात्र पर्यो। समीक्षकहरूको पनि मन जितेको 'छोडी गए पाप लाग्ला' वितरकका अनुसार काठमाडौंमा सुपरहिट नै भएको हो। गत वर्ष 'राष्ट्रिय फिल्म अवार्ड'मा उत्कृष्ट ठहरिएको यो फिल्मले निर्माताको गोजी भने गह्रौं पार्न सकेन। अघिल्ला औसत फिल्मको जति पैसा पनि हात नपर्दा निर्माता भट्टराईले महसुस गरे, 'अब सुपरहिटको मान्यता फेरिएछ।' भट्टराईको हिसाबमा आफ्ना अघिल्ला औसत फिल्म 'कर्मयोद्धा,' 'पाहुना' र 'देबरबाबु'को भन्दा 'छोडीगए पाप लाग्ला'को व्यापार कम हो। राम्रो आम्दानी गरेको प्रतिक्रिया पाए पनि उनी ती फिल्मको नतिजा सच्याउन चाहन्छन्, 'विगतमा औसत भनिएका मेरा फिल्मलाई अब सुपरहिट नै भन्नुपर्ने स्थिति आयो। किनभने ती प्रत्येक फिल्मले ३० लाखभन्दा बढी व्यापार गरेका थिए।''आफ्नो मान्छे' देखाउँदा विश्वज्योति हलको बाल्कोनीको टिकट ४८ रुपैयाँ थियो। अहिले त्यो शुल्क एक सय रुपैयाँ पुगेको छ।उपत्यकाका सबै हलको टिकट दर बढे पनि फिल्मको आम्दान भने घटेको छ। १० वर्षपछि ६० लाखबाट घटेर २० लाख थाप्दा पनि 'सुपरहिट' फिल्मको निर्माता भनेर मख्ख पर्नुपरेको छ भट्टराईलाई। धेरै निर्माता यही २० लाख उठाउने सपना बोकेर फिल्म बनाइरहेका छन्।२०६२ सालमा कीर्तिमान राख्ने फिल्म थियो 'हामी तीन भाइ'। शिव रेग्मीको निर्देशनमा बनेको फिल्मको काठमाडौंको आम्दानी ४५ लाख रुपैयाँ कटेको निर्माता जयप्रकाश रिजालले बताए। त्यतिबेला बाल्कोनीको टिकट दर ५० रुपियाँ रहेको उनलाई सम्झना छ। आफ्नो फिल्मले राजधानीमा बनाएको यो 'रेकर्ड' तोडिन तीन वर्ष लागेको उनको भनाइ छ। '२०६५ सालमा रिलिज भएको भुवन केसीको फिल्म 'म तिमीबिना मरिहाल्छु'ले मात्र यो रेकर्ड तोड्यो। बीचका फिल्मले खासै व्यापार गरेनन्,' रिजालले बताए।'सुपरहिट भए २५ लाख, हिट भए १० लाख र फ्लप भए प्रचार सामग्रीको पैसा पनि उठ्दैन,' दुई वर्षयता फिल्म वितरण गर्दै आएका अशोक शर्माले देखाएको हिसाब हो यो। उनी संलग्न वितरण कम्पनी 'डिजिटल सिनेमा नेपाल'सँग तिहारपछि राम्रो व्यापार गर्ने फिल्मको रेकर्ड छैन।उनी पनि १० वर्षअघिको बजारसँग अहिलेको अवस्था दाँज्छन्। 'दर्पणछायाँ फिल्मका निर्माताले काठमाडौंबाट मात्र लगभग १ करोड रुपैयाँ कमाएका थिए। 'तँ त साह्रै बिग्रिस् नि बद्री' र 'आफ्नो मान्छे'ले ६० लाखभन्दा बढी,' कम व्यापार गर्ने फिल्मको बाढी आउन थालेपछि उनको कम्पनीले नयाँ फिल्म वितरण गर्ने काम स्थगित गरेको छ। '२२ फिल्म रिलिज गर्नै बाँकी भएकाले नयाँ फिल्म लिन असमर्थ छौं,' मागभन्दा बढी आपूर्तिले फिल्म बजार असन्तुलित भएकोले यस्तो नियम बनाउनु परेको उनले बताए।उपत्यकाका हलमा बलियो नेटवर्क बनाएका वितरक सुनील मानन्धर अहिले राम्रो चलेका भनिने फिल्मले १० देखि १५ लाखको हिस्सा लैजाने बताउँछन्। हालै फिल्म 'निगरानी'ले २० लाखभन्दा बढी कमाए पनि 'अँगालो यो मायाको'र'दश घन्टा'को व्यापार १ लाख नकटेको उनको दावी छ। केही वर्ष अघिसम्म जतिसुकै फ्लप फिल्मको व्यापार पनि यो हदसम्म नाजुक नभएको सम्झन्छन् उनी। 'कथा र पात्र दोहोरिए। हाम्रा फिल्ममा नयाँपन नै देखिन छोड्यो,' मानन्धर यसलाई फिल्म नचल्नुको खास कारण मान्छन्।फितलो फिल्मको खहरे आएपछि राम्रो फिल्म बनाउने समेत पाखा लाग्दा यो अवस्था आएको कारण दिन्छन् निर्माता केशव भट्टराई।'९० प्रतिशत फिल्मको निर्माणशैली यति झुर छ कि १० प्रतिशत पनि त्यस्तै होला भनेर दर्शकले उपेक्षा गरेका हुन्,' उनले अनुमान लगाए। फिल्ममा 'डिजिटल क्रान्ति'ले विकृति भित्रयाएको समेत औंल्याए उनले। राजधानीका सुविधासम्पन्न मल्टिप्लेक्समा नेपाली फिल्मलाई 'प्रवेश निषेध' गरिनुले पनि व्यापार धरासायी बनेको उनको गुनासो छ। फिल्म चलाउन लाम बस्दैमा बासी बन्ने फिल्मले भारतसँगै रिलिज हुने हिन्दी फिल्मसँग प्रतिस्पर्धा गर्न नसक्ने उनले बताए। शर्मा भने सुविधा सम्पन्न हलले नेपाली फिल्म नचलाएको कुरा स्विकार्देनन्। 'हामीले जयनेपाल र कुमारीमा २२ वटा जति फिल्म चलाएका हौं। अधिकांश दुई दिनमै उत्रियो,' राजधानीको बिग्रदो बजारमा फिल्म र हलको बराबर हात औंल्याए उनले। दुवै पक्षले दर्शकलाई 'अन्डरस्टिमेट' गरेको तर्क दिन्छन् शर्मा।'दर्शकको स्तर बढ्यो। तर, फिल्म बनाउने र हल चलाउनेले त्यसलाई पछ्याउन सकेनन्,' उनले भने, 'सय रुपियाँ तिरेर उडुसले टोक्ने हलमा उही ठर्राका फिल्म हेर्न दर्शक गएनन् भनेर गुनासो गर्नुको कुनै तुक छैन।'अब वितरण गर्ने फिल्ममा 'स्टार कास्ट'को पछि नलागी राम्रो फिल्म बनाउनेलाई प्रोत्साहित गर्ने नीति उनको छ सुविधासम्पन्न हलमा नेपाली फिल्म चलाइँदैन। त्यस्ता हलका सञ्चालक फिल्मको स्तरमा खोट देखाउँदै रिलिज गर्न मान्दैनन्। अरु धेरै हलको स्तरप्रति फिल्म निर्माता सन्तुष्ट छैनन्। 'अपवाद बाहेकका धेरै हलमा भौतिक संरचना र प्रदर्शन प्रविधि एकदमै निम्न कोटीका छन्,' यसलाई दर्शक भड्काउने कारक मान्छन् भट्टराई।राजधानीको गंगा हलका सञ्चालक मदनमान बज्राचार्य एकैपटक धेरै हलमा फिल्म चलाउन चाहने निर्मातालाई व्यापार घट्नुको दोष दिन्छन्। 'सँगसँगैका हलमा एउटै फिल्म चलाउनु भनेको आफूमाथि सौता हाल्नु जस्तै हो। यसले होल्डओभर छिटो घट्ने हुनाले फिल्म एक साता पनि टिक्दैन,'धेरैतिर चलाउने होडमा कमसल हलमा फिल्म दिने निर्माता नै व्यापारको बाधक रहेको उनले बताए। स्तर नपुगेको हललाई फिल्म नदिने अधिकार निर्मातामा रहेकोले त्यसमा हेक्का पुर्याउन उनले सुझाव दिए।नराम्रा फिल्म बनाउने निर्माताप्रति उनको बेग्लै गुनासो छ। 'हामीलाई यो फिल्म चलाउँछु यो चलाउँदिन भन्ने अधिकार हुँदैन। दर्शकलाई फिल्म मन परेन भने हलमाथि रिस पोख्छन्,' उनको दुखेसो छ, 'दर्शक समय कटाउन हलमा आउँछन्। बोर लाग्ने फिल्म पर्यो भने च्यातेको र चुइङ्गम टाँसेको सिट, पान चपाएर थुकेको भित्ता र अपशब्द लेखेको अक्षर हेर्दै टाउको समाउन पुग्छन्।' दोहोर्याएर आउने वातावरण बनाउन हल र फिल्मको बराबर भूमिका देख्छन् उनी।खस्कियो काठमाडौँको फिल्म व्यापार
9:55 AM
No comments
सन्तोष रिमाल, काठमाडौं, असार ३०- १० वर्षअघि फिल्म 'आफ्नो मान्छे' सुपरहिट हुँदा काठमाडौंका हलहरुबाट निर्माता केशव भट्टराईले ६० लाख रुपैयाँ हात पारेका थिए। तिनै केशवको भागमा तीन हप्ताअघि 'छोडी गए पाप लाग्ला' फिल्मबाट २० लाख रुपैयाँ मात्र पर्यो। समीक्षकहरूको पनि मन जितेको 'छोडी गए पाप लाग्ला' वितरकका अनुसार काठमाडौंमा सुपरहिट नै भएको हो। गत वर्ष 'राष्ट्रिय फिल्म अवार्ड'मा उत्कृष्ट ठहरिएको यो फिल्मले निर्माताको गोजी भने गह्रौं पार्न सकेन। अघिल्ला औसत फिल्मको जति पैसा पनि हात नपर्दा निर्माता भट्टराईले महसुस गरे, 'अब सुपरहिटको मान्यता फेरिएछ।' भट्टराईको हिसाबमा आफ्ना अघिल्ला औसत फिल्म 'कर्मयोद्धा,' 'पाहुना' र 'देबरबाबु'को भन्दा 'छोडीगए पाप लाग्ला'को व्यापार कम हो। राम्रो आम्दानी गरेको प्रतिक्रिया पाए पनि उनी ती फिल्मको नतिजा सच्याउन चाहन्छन्, 'विगतमा औसत भनिएका मेरा फिल्मलाई अब सुपरहिट नै भन्नुपर्ने स्थिति आयो। किनभने ती प्रत्येक फिल्मले ३० लाखभन्दा बढी व्यापार गरेका थिए।''आफ्नो मान्छे' देखाउँदा विश्वज्योति हलको बाल्कोनीको टिकट ४८ रुपैयाँ थियो। अहिले त्यो शुल्क एक सय रुपैयाँ पुगेको छ।उपत्यकाका सबै हलको टिकट दर बढे पनि फिल्मको आम्दान भने घटेको छ। १० वर्षपछि ६० लाखबाट घटेर २० लाख थाप्दा पनि 'सुपरहिट' फिल्मको निर्माता भनेर मख्ख पर्नुपरेको छ भट्टराईलाई। धेरै निर्माता यही २० लाख उठाउने सपना बोकेर फिल्म बनाइरहेका छन्।२०६२ सालमा कीर्तिमान राख्ने फिल्म थियो 'हामी तीन भाइ'। शिव रेग्मीको निर्देशनमा बनेको फिल्मको काठमाडौंको आम्दानी ४५ लाख रुपैयाँ कटेको निर्माता जयप्रकाश रिजालले बताए। त्यतिबेला बाल्कोनीको टिकट दर ५० रुपियाँ रहेको उनलाई सम्झना छ। आफ्नो फिल्मले राजधानीमा बनाएको यो 'रेकर्ड' तोडिन तीन वर्ष लागेको उनको भनाइ छ। '२०६५ सालमा रिलिज भएको भुवन केसीको फिल्म 'म तिमीबिना मरिहाल्छु'ले मात्र यो रेकर्ड तोड्यो। बीचका फिल्मले खासै व्यापार गरेनन्,' रिजालले बताए।'सुपरहिट भए २५ लाख, हिट भए १० लाख र फ्लप भए प्रचार सामग्रीको पैसा पनि उठ्दैन,' दुई वर्षयता फिल्म वितरण गर्दै आएका अशोक शर्माले देखाएको हिसाब हो यो। उनी संलग्न वितरण कम्पनी 'डिजिटल सिनेमा नेपाल'सँग तिहारपछि राम्रो व्यापार गर्ने फिल्मको रेकर्ड छैन।उनी पनि १० वर्षअघिको बजारसँग अहिलेको अवस्था दाँज्छन्। 'दर्पणछायाँ फिल्मका निर्माताले काठमाडौंबाट मात्र लगभग १ करोड रुपैयाँ कमाएका थिए। 'तँ त साह्रै बिग्रिस् नि बद्री' र 'आफ्नो मान्छे'ले ६० लाखभन्दा बढी,' कम व्यापार गर्ने फिल्मको बाढी आउन थालेपछि उनको कम्पनीले नयाँ फिल्म वितरण गर्ने काम स्थगित गरेको छ। '२२ फिल्म रिलिज गर्नै बाँकी भएकाले नयाँ फिल्म लिन असमर्थ छौं,' मागभन्दा बढी आपूर्तिले फिल्म बजार असन्तुलित भएकोले यस्तो नियम बनाउनु परेको उनले बताए।उपत्यकाका हलमा बलियो नेटवर्क बनाएका वितरक सुनील मानन्धर अहिले राम्रो चलेका भनिने फिल्मले १० देखि १५ लाखको हिस्सा लैजाने बताउँछन्। हालै फिल्म 'निगरानी'ले २० लाखभन्दा बढी कमाए पनि 'अँगालो यो मायाको' र 'दश घन्टा'को व्यापार १ लाख नकटेको उनको दावी छ। केही वर्ष अघिसम्म जतिसुकै फ्लप फिल्मको व्यापार पनि यो हदसम्म नाजुक नभएको सम्झन्छन् उनी। 'कथा र पात्र दोहोरिए। हाम्रा फिल्ममा नयाँपन नै देखिन छोड्यो,' मानन्धर यसलाई फिल्म नचल्नुको खास कारण मान्छन्। फितलो फिल्मको खहरे आएपछि राम्रो फिल्म बनाउने समेत पाखा लाग्दा यो अवस्था आएको कारण दिन्छन् निर्माता केशव भट्टराई।'९० प्रतिशत फिल्मको निर्माणशैली यति झुर छ कि १० प्रतिशत पनि त्यस्तै होला भनेर दर्शकले उपेक्षा गरेका हुन्,' उनले अनुमान लगाए। फिल्ममा 'डिजिटल क्रान्ति'ले विकृति भित्रयाएको समेत औंल्याए उनले। राजधानीका सुविधासम्पन्न मल्टिप्लेक्समा नेपाली फिल्मलाई 'प्रवेश निषेध' गरिनुले पनि व्यापार धरासायी बनेको उनको गुनासो छ। फिल्म चलाउन लाम बस्दैमा बासी बन्ने फिल्मले भारतसँगै रिलिज हुने हिन्दी फिल्मसँग प्रतिस्पर्धा गर्न नसक्ने उनले बताए। शर्मा भने सुविधा सम्पन्न हलले नेपाली फिल्म नचलाएको कुरा स्विकार्देनन्। 'हामीले जयनेपाल र कुमारीमा २२ वटा जति फिल्म चलाएका हौं। अधिकांश दुई दिनमै उत्रियो,' राजधानीको बिग्रदो बजारमा फिल्म र हलको बराबर हात औंल्याए उनले। दुवै पक्षले दर्शकलाई 'अन्डरस्टिमेट' गरेको तर्क दिन्छन् शर्मा।'दर्शकको स्तर बढ्यो। तर, फिल्म बनाउने र हल चलाउनेले त्यसलाई पछ्याउन सकेनन्,' उनले भने, 'सय रुपियाँ तिरेर उडुसले टोक्ने हलमा उही ठर्राका फिल्म हेर्न दर्शक गएनन् भनेर गुनासो गर्नुको कुनै तुक छैन।'अब वितरण गर्ने फिल्ममा 'स्टार कास्ट'को पछि नलागी राम्रो फिल्म बनाउनेलाई प्रोत्साहित गर्ने नीति उनको छ सुविधासम्पन्न हलमा नेपाली फिल्म चलाइँदैन। त्यस्ता हलका सञ्चालक फिल्मको स्तरमा खोट देखाउँदै रिलिज गर्न मान्दैनन्। अरु धेरै हलको स्तरप्रति फिल्म निर्माता सन्तुष्ट छैनन्। 'अपवाद बाहेकका धेरै हलमा भौतिक संरचना र प्रदर्शन प्रविधि एकदमै निम्न कोटीका छन्,' यसलाई दर्शक भड्काउने कारक मान्छन् भट्टराई।राजधानीको गंगा हलका सञ्चालक मदनमान बज्राचार्य एकैपटक धेरै हलमा फिल्म चलाउन चाहने निर्मातालाई व्यापार घट्नुको दोष दिन्छन्। 'सँगसँगैका हलमा एउटै फिल्म चलाउनु भनेको आफूमाथि सौता हाल्नु जस्तै हो। यसले होल्डओभर छिटो घट्ने हुनाले फिल्म एक साता पनि टिक्दैन,' धेरैतिर चलाउने होडमा कमसल हलमा फिल्म दिने निर्माता नै व्यापारको बाधक रहेको उनले बताए। स्तर नपुगेको हललाई फिल्म नदिने अधिकार निर्मातामा रहेकोले त्यसमा हेक्का पुर्याउन उनले सुझाव दिए।नराम्रा फिल्म बनाउने निर्माताप्रति उनको बेग्लै गुनासो छ। 'हामीलाई यो फिल्म चलाउँछु यो चलाउँदिन भन्ने अधिकार हुँदैन। दर्शकलाई फिल्म मन परेन भने हलमाथि रिस पोख्छन्,' उनको दुखेसो छ, 'दर्शक समय कटाउन हलमा आउँछन्। बोर लाग्ने फिल्म पर्यो भने च्यातेको र चुइङ्गम टाँसेको सिट, पान चपाएर थुकेको भित्ता र अपशब्द लेखेको अक्षर हेर्दै टाउको समाउन पुग्छन्।' दोहोर्याएर आउने वातावरण बनाउन हल र फिल्मको बराबर भूमिका देख्छन् उनी।किन कुटिए शोभित ?
9:43 AM
No comments
आर्यनलाई मिल्यो राहत
9:39 AM
No comments
चलचित्र 'के यो माया हो' र 'सपना'को रिलिज मिति विभाजनपछि अभिनेता आर्यन र दुवै सिनेमाका निर्मातालाई राहत मिलेको छ । यतिबेला आ-आफ्ना सिनेमाको रिलिज मिति लगभग तय भैसकेपछि निर्माताद्धय लगानीको सुरक्षालाई लिएर ढुक्क छन् भने हिरो आर्यन दर्शक र फ्यान नबाँडिने कुरामा ।अब आर्यन स्टारर 'के यो माया हो' साउन २० गते र 'सपना' भदौ पहिलो साता रिलिज हुने तयारीमा छन् । अघिल्लो सिनेमाले होल्डओभर कायम राख्यो भने रिलिज मिति प्रभावित हुन पनि सक्छ । 'रिलिज डेट टुंगो लागिसकेपछि वास्तवमा निकै खुसि छु । फिल्म जुध्ने भएपछि पहिले निकै डर लागिरहेको थियो' आर्यनले भने 'दुवै आफूले जन्माएका बच्चाजस्तै हुन् ।सर्वाधिक खुसी यसअर्थमा कि मलाई भन्दा निर्मातालाई राहत र खुसी दुवै मिलेको छ ।'सुनिल मानन्धरले वितरण गर्ने 'के यो माया हो' र क्यूव च्यानलको 'सपना' दुवै फर्मुला श्रेणीमा बनेका सिनेमा हुन् ।'सपना'लाई हरि बराल र बसन्तकुमार श्रेष्ठले निर्माण गरेका हुन् भने के यो माया हो'लाई सुरेश पहारीले निर्माण गरेका हुन् ।'के यो माया हो'को लागतको लागत झन्डै करोड छ भने 'सपना'४०लाख ।यसअघि फिल्म जुध्ने सम्भावनापछि निर्माताहरु अत्तालिएका थिए । आशा गरिएका सिनेमाले पनि राम्रो व्यापार गर्न नसकिरहेको बेला निर्माताद्धयको चिन्ता स्वभाविक पनि थियो ।'गोर्खापल्टन' स्टार प्रशान्त तामाङका पछिल्ला दुवै फिल्म एउटै मितिमा रिलिज हुँदा दुवै सिनेमा फ्लप त भए-भए; प्रशान्तको लोकप्रियतामा पनि कमी आएको महसुस गरियो ।हमालको एडल्ट फिल्म
9:36 AM
No comments
अपकमिङ प्रोजेक्ट 'किन-किन' राजेश हमालका लागि दुई कारणले महत्वपूर्ण छ । पहिलो -'दुई दशक लामो फिल्मी करियरमा हमाल पहिलोपल्ट एडल्ट फिल्म खेल्दैछन् ।' दोस्रो -'करियरमै पहिलोपटक हमालले कुनैपनि फिल्मको स्क्रीप्ट पुरा पढेरै अभिनय गर्दैछन् ।'उकेश दाहालले निर्देशन गर्ने सिनेमामा हमाल एक चित्रकारको भूमिकामा छन् जो एक नाङ्गी आइमाइको पानीचित्र कोर्न चाहन्छन् । साउन मसान्तबाट सुटिङ सुरु हुने चलचित्रमा हमालसामु को न्यूड हुन्छ अहिलेसम्म निर्माता समेत रहेका निर्देशक दाहालले कुरो खोलेका छैनन् ।आफ्नो अघिल्लो चलचित्र 'पलपलमा' भन्दा बोल्ड गराउने तयारी रहेका निर्देशक दाहाल 'किन-किन'लाई सेन्सर बोर्डले 'एडल्ट सर्टिफिकेट' दिनेमा सुटिङ सुरु नहुँदै ढुक्क छन् । कथाले नै 'एडल्ट सर्टिफिकेट' माग गरेको दाहाल बताउँछन् । हमालले यो चलचित्रको स्क्रीप्ट घरमै लगेर पुरा पढेका थिए ।उनका सहयोगी रोशन ठकुरीका अनुसार आफ्नो फिल्मी करियरमा पहिलोपटक हमालले धैर्य भएर स्क्रीप्ट पढेको यो पहिलो अवसर हो । स्क्रीप्ट पढिसकेपछि हमालले कथालाई माइन्डब्लोइङ (मन्त्रमुग्ध) भनेका थिए । चलचित्रमा हमाल परिचित केमेष्ट्रीवाली हिरोइन करिष्माको अपोजिटमा देखापर्नेछन् । सुटिङ काठमाडौं र जिरीमा हुनेछ ।जुध्यो पोस्टर
7:26 AM
No comments
नेपाली सिनेमाका कथाबस्तु बलिउड सिनेमासँग जुध्ने घटना कुनै नौलो रहेन । तर अब फिल्मका पोस्टसमेत उस्तै पाइन थालेका छन् । यस्तै भयो प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘मेरो बेस्ट फ्रेन्ड’ मा । धेरै समयपछि झरना बज्राचार्यलाई पर्दामा देखाउन लागेको यस फिल्मको पोस्टर बलिउड सिनेमा ‘दोस्ताना’ सँग मिल्दोजुल्दो छ ।प्राश्ना पौडेलद्धारा निर्देशित फिल्ममा झरनासँगै अभिनेता रेश मरहठ्ठा पनि देखिँदैछन् । आशावादी फिल्मस्को व्यानरमा आउन लागेको फिल्मको पोस्टर हेर्दा यसले नयाँ स्वाद दिन खोजेको त देखिन्छ । तर पनि पोस्टर जुध्नाले फिल्म नहेर्दै दर्शकमा फिल्मबारे शंका समेत उत्पन्न गराउन सक्छ ।‘तर यो संयोग मात्र हो’, निर्देशकको भनाई छ, ‘पछि थाहा पाएपछि परिवर्तन गर्दैछौं ।’








