ब्रसेल्समा ‘दिलमा सजाएँ तिमीलाई’

नेपाली चलचित्र ‘दिलमा सजाएँ तिमीलाई’ युरोपेली मुलुक बेल्जियमको नेपाली डायस्पोरामा प्रदर्शन गरिने भएको छ । युरो नेपाल कलाकार संघको पहलमा चार डिसेम्बरमा त्यहाँको एन्त्रोपेन फिल्म हाउसमा सिनेमा प्रदर्शन गर्न लागिएको छ । १८ डिसेम्बरमा लुवेनको ओन्स हाउसमा पनि चलचित्र स्क्रिनिङ हुँदैछ । प्रदर्शनले नेपाली सिनेमाको अन्तराष्ट्रियकरणमा सघाउने विश्वास आयोजकले लिएका छन् ।

एउटा अविष्मरणीय यात्रामा दिपक र दीपा

निकै हर्षित हुँदै बुधबारको चिसो साँझमा सञ्चारकर्मी माझ कमेडी किङ दिपकराज गिरी भन्दै थिए, 'ब्यावसायिकतलाई हेरेर विदेश त धेरै पटक गईयो तर पुरै देशको प्रतिनिधित्व गर्दै यसपालिको जेनेभा भ्रमण जिवनकालकै अवस्मिरणीय हुने छ ।तितो सत्यमा उनको श्रीमती भएर अभिनय गर्ने दीपश्री निरौलाको साथमा आउदो आईतबार देखि बिहीबार सम्म स्वीटजरल्याण्डको जेनेभामा आयोजना हुने विश्व स्वास्थ्य संगठनको विशेष कार्यक्रममा उनीहरुले अर्न्तराष्ट्रिय सिने संगीत सेलिब्रेटी, विभिन्न क्षेत्रका उच्चपदाधिकारी र जर्नलिष्ट हरुको माझमा नेपालको प्रतिनिधित्व गर्दै दश मिनेट प्रेजेन्टेशन दिने कार्यक्रम छ । जहाँ उनीहरुले तीन बर्ष अगाडी नेपाल सरकार अर्न्तगत राष्ट्रिय क्षयरोग केन्द्रको पहलमा सद्भावना राजदुत हुँदा भोगेका, देखेका र क्षयरोग उन्मुलन गर्न चालेको विभिन्न प्रयासहरुलाई प्रस्तुत गर्दैछन् ।

आखिर होइन रहेछ विनिताको नाङ्गो तीस्बर,! क्यामेराको खेलले सबैलाई हैरानी

आफ्नो पहिलो सिनेमा 'चपली हाईट'लाई हिट बनाउन दर्शकको आर्कषणको लागी माथि सर्वाङग भएर हिरोको हातले स्तन छोपेको जस्तो तस्वीर खिचाएकी नायिका विनिता बरालले तस्बिरले आफ्नो वेइजती गरेको भन्दै निर्मातालाई टेन्सन दिन थालेपछि ‘चपली हाइट’का दसहजार प्रति पोस्टर जलाइएको छ ।

अभिनेत्री विनिता बरालले प्रेसमिट आयोजना गरि टपलेस र निर्वस्त्र आरोपहरूको खण्डन गरेकी थिइन् । लगत्तै, निर्माताले पोस्टरबाट ती फोटोहरू हटाउने निर्णय गरेका थिए । फिल्मका लागि भनेर खिचिएको उक्त फोटोलाई विनिताले इन्टरवेयर लगाएरै खिचिएकी थिइन् जुन कुरा उनले पछि सार्वजनिक गरिन् । तस्बिरहरु केलाउँदै जाँदा यो क्यामेराको खेल मात्रै भएको तर विनिताको नाङ्गो तस्बिर नभएको पाइएको छ ।
पत्रपत्रिकामा आएको तस्बिर यस्तो थियो :

कता हराए कोरस डान्सर

बढीभन्दा बढी कोरस डान्सरलाई नाच्न लगाई गीत भव्य बनाउने होडबाजी नेपाली फिल्ममा एकताका खुब चलेको थियो। फिल्मका 'धनीमानी'ले खोलाको किनारादेखि डाँडापाखा कोरस डान्सरले छोपिदिन्थे। नृत्य निर्देशकबाट निर्माता बनेका राजु शाहले त 'मुस्कान'मा राम्रैसँग आफ्नो 'जनपरिचालन' देखाए। अत्याधिक कोरस प्रयोग गर्ने उनको सामर्थ्यको लामै समय चर्चा चलेको थियो। अहिलेका फिल्मी गीतमा भने कोरस देख्नै मुस्किल पर्न थालेको छ। अनिवार्य पक्ष नभए पनि नेपाली फिल्ममा गीतको संख्या घटेको छैन। तर, हिरोहिरोइनका पछाडि नाच्ने कोरस डान्सरहरु भने घटेको मात्र होइन लगभग हटिसके।
बजेट घटाउने नाममा कोरसको कटौती गर्न थालेको बताउँछन् मेघलाल बम्जन। 'महिनामा दुई वटा गीत पनि पाउन गाह्रो भयो। एउटा गीतको १७ सयले कसरी बाँच्नु?' नाम र दामको आकर्षण देखेर यो क्षेत्रमा लागेका बम्जन जीविकोपार्जनका लागि क्यासिनोमा नाच्न थालेका छन्। पारिश्रमिक थोरै भए पनि दोहोरीमा काम पाइरहेका थिए उनले। तर, दोहोरी गीतका निर्माता चलाख हुन थालेका छन्। 'पहिला आठ मिनेटको गीत बन्थ्यो।

मण्डपमा वस्दा समय काट्नै गाह्रो भो : निरज बराल (नायक)

रिल लाईफमा थुप्रै पटक वेहुलाको भुमिका निभाएका 'कुसुमे रुमाल-२' डेव्यु हिरो निरज बराल गत मंसिर ६ गते मंगलबार रियल लाईफमा नै वेहुला बनेका छन् । करिव पांच वर्ष अघि देखि झापाकी निवेदिता ढकालसंग प्रेम गरिरहेका निरजले आफ्नो प्रेमलाई विवाहमा परिणत गरेका हुन् । व्रेक फेल स्टार निरजले कतार एयररवेजकी एयर होस्टेज निवेदितासंग हिन्दु संस्कार अनुरुप नै विवाह सम्पन्न गरेका हुन् । प्रस्तुत छ नव दुलाहा निरजसंग विवाह सम्वन्धमा रहेर बुटवलका रंगपत्रकार संजय सौगातले गरेको कुराकानी-

विवाह वन्धनमा बाधिनुभएको छ, कस्तो लागिरहेको छ ?
विल्कुलै फरक अनुभुती गरिरहेको छु । रिल लाईफमा र रियल लाइफमा विवाह विल्कुलै फरक हुदो रहेछ । रिल लाइफको विवाह एक्सन कटमा सकिन्थ्यो तर यो विवाह त बाचुन्जेल सम्मका लागि जोडिएको छ । रिल लाइफमा विवाह गर्दा रमाइलो अनुभुती हुन्थ्यो तर साँच्चिकै रियल लाइफमा विवाह गर्दा भने मान्छे गम्भिर हुने रहेछ । किनकी उसको जीवनशैलीले नै विवाहको दिनदेखि नयाँ शैली लिंदो रहेछ । मलाई पनि त्यस्तै भएको छ । भविष्यको वारेमा पनि केही सोच्न बाध्य बनाएको छ ।

'फेसबुक'को सिंगापुरमा सुटिङ

होम प्रोडक्सनको फिल्म 'फेसबुक'को सुटिङ गर्न सिंगापुर पुगेकी अभिनेत्री झरना थापा आइतबार काठमाडौं फर्किएकी छिन्। उनीसँगै फिल्मका निर्माता सुनिलकुमार थापा र निर्देशक सुरज सुब्बा 'नाल्बो' सहित १३ जनाको टोली पनि फर्किएको छ।
स्क्रिप्टले विदेशको दृश्य मागेपछि 'फेसबुक'को रोजाइमा परेको हो सिंगापुर। दुई गीत र केही दृश्यको सुटिङ सात दिनमा सकाउने योजनाका साथ त्यता गए पनि क्यामेरामा खराबी आएपछि बसाइ लम्बिएर ११ दिन पुगेको झरनाले बताइन्। 'उता बनाउने प्रयास गरे पनि सकिएन। नेपालबाट वायर नमगाई क्यामेरा नबन्ने भएपछि कुर्नुको विकल्प भएन,' उनले भनिन्, 'महँगो ठाउँमा बिना काम बस्नुपर्दा केही तनाव पनि भयो।'

बाबु बिबाहका लागि परिपक्क रागिनीको अझै केही बर्ष

आज नायक तथा गायक अनि संगीतकारले पनि परिचित बाबु बोगटी र नव नायिका रागिनी खड्गीको जन्मदिन हो । बाबुले ३० औं जन्मदिन सेलिब्रेट गर्दैछन् भने रागिनिले आफ्नो उमेर खुलाउन चाहिनन् ।

जन्मदिनको अबसरमा आज बाबुले पाँच बर्ष अघि रेकर्ड भएको गीतलाई म्यूजिक भिडियो बनाई विभिन्न टेलिभिजनबाट प्रिमियर गर्दैछन् भने बिहान आमासंग सफल भविष्यको कामना गर्न पशुपति नाथ दर्शन गर्न जादैछन् । मुड चलेको खण्डमा साँझ घरमा केक काट्ने योजना पनि छ उनको । यस्तै पछिल्लो समय चलचित्रमा निकै ब्यस्त हुन थालेका बाबु तीन प्रोजेक्टमा मुख्य हिरो भएर अभिनय गर्दैछन् । सुरज सुब्बाको दुई प्रोजेक्ट वितेका पल र मेरो भ्यालेन्टाईन त्यसैगरी सचिन नाम गरेका एक निर्देशकको फिल्म आई एम ईन लभमा उनी मुख्य हिरो भएर खेल्ने पक्का भैसकेको छ र त्यसको तयारीमा जुटेका छन् उनी ।

सिनेमा हेर्न पूर्वराजाबादीको फोन

रिलिज सिनेमा ‘देवयानी’लाई धेरैले चर्चित दरबार हत्याकाण्डसँग जोडेर हेरेका छन् । तत्कालिन युवराज दीपेन्द्रकी प्रेमिका देवयानीको नामै राखेर सिनेमा बनाइएकाले पनि मिडियामा यसको चर्चा रोकिएको छैन । जसै, शुक्रबार ‘देवयानी’ रिलिज भयो –निर्माता तथा निर्देशक विजय बस्नेतलाई फोन गरि पूर्वराजा र दरबार निकट व्यक्तिहरूले सिनेमा हेर्ने इच्छा दर्शाएका छन् ।

महानायक मनिषाका हिरो

मनिषा कोइराला निर्देशक बन्ने गाइँगुइँ चलेको वर्षअघिदेखि हो । उनी आफैले यी कुरा बताएकी थिइन् । तर, यी गाइँगुइँहरूले अब भने आकार लिँदैछन् । एकमहिने इन्डियाको मेडिटिएसन क्लासपछि फर्किएर मनिषा आफू निर्देशक बन्ने फिचर फिल्मको गृहकार्यमा जुट्दैछिन् । नयाँ कुरा –मनिषाको उक्त सिनेमाका हिरो महानायक राजेश हमाल हुनेभएका छन् । राजेशलाई मनिषाले आफ्नो फिल्मको हिरो बनाउने कुरालाई उनी निकटका स्रोतहरूले पुष्टि गरेका छन् ।

‘म नाङ्गिएकी छैन’

टपलेस र निर्वस्त्र लेखेर विहिबार कतिपय म्यागजिन र ट्याब्लोइडले अभिनेत्री विनिता बरालको फोटो अग्रपृष्ठमा प्रकाशित गरे । एक म्यागजिनले त उक्त तस्विरलाई नेपाली सिनेमामा पहिलो टपलेस फोटो भनेर लेख्यो । अर्को ट्याब्लोइडले ‘निर्वस्त्र विनिता’ भनेर लेख्यो । तर, यथार्थ भिन्न थियो । चलचित्र ‘चपली हाइट’को उक्त फोटो लिक भएको थियो र विनिताका अनुसार उक्त फोटो टपलेस थिएन । विनिताले कालो विकनी र इन्टरवेयर लगाएरै फोटोसुट गरेकी थिइन् ।

'मायानगरी'मा पूरा हुँदै मधु सपना

साथीहरू लिपस्टिक घोटेर बरालिँदा मधु बास्तोला कलमसँग रमाउँथिन्। मनको कुरा लेखिहाल्ने एउटा पागलपनले मधुलाई सानै उमेरमा छोप्यो। सीमापारिबाट आउने कमिक्स, उपन्यास र म्यागेजिनका ठेली हजम गरेपछि मधुलाई हिन्दीको रस पस्यो। उनको कलमबाट शब्दहरू हिन्दी नै पैदा भए। कथा लेख्ने पागलपन मधुको लागि साहस प्रदर्शन गर्ने अवसर बन्यो। १९ वर्षकै उमेरमा पोखराबाट मुम्बई आइन् र बलिउडको युद्ध मैदानमा होमिइन्।राम्रो लाउने मिठो खाने उमेरमा उनको रोजाइ बनिदियो ‘खस्रो' मुम्बई।बलिउडको महासागरमा सुरुमै लेखकको काम पाउन सजिलो छैन। त्यही भएर मधुले पहिलो खुड्किलोको रूपमा टेलिसिरियलमा सहायक निर्देशकमै चित्त बुझाइन्। 'जय माता की' र 'दीवारे' सिरियलमा उनी सहायक भइन्।
त्यसपछि सहायक निर्देशकको रूपमा उनको कार्यसूची निकै थपियो। 'देश मे निकला होगा चाँद', 'साका लाका बुम', 'हिपहिप हुर्रे', 'तुम बिन जाउँ कहाँ', 'जमिन से आसमान तक', 'नागिन' जस्ता सिरियलबाट उनी गुजि्रन््। यो अवधिमा अरूणा इरानी र नरेश मल्होत्रा जस्ता निर्देशकका सहायक हुने अवसर उनलाई मिल्यो। विपाशा बसु, आफताब शिवदासिनीले खेलेको फिल्म 'जाने होगा क्या'मा उनी मुख्य सहायक निर्देशक थिइन्।

भुवनको घरमा ज्ञानेन्द्र पाहुना

अभिनेता भुवन केसीले छोरी काजललाई अन्माएका छन्। काजललाई बिदाइ गर्नुपर्दाको भावुकता भुवनले यसरी प्रकट गरे, 'छोरीलाई अन्माउँदैछु भन्दा नरमाइलो लाग्दो रहेछ। नयाँ नाता जोडिएको, भूमिका बढेको निकै फरक अनुभूति हुँदो रहेछ।' काजलकै नामबाट आफ्नो कम्पनीको नामाकरण गरी भुवनले १५ वर्षदेखि फिल्म निर्माण गर्दै आएका छन्। तिनै एक्ली छोरी काजलको बिहेमा मंगलबार भुवन भावुक देखिए।आगन्तुकलाई स्वागत गर्दा हँसिलो अनुहार बनाउन खोजे पनि छोरी बिदा गर्दैछु भन्ने सम्भि्कँदा मन खोलेर रमाउन नसकेको उनले बताए। भुवनकी छोरी काजोलको अमेरिका निवासी भारतीय नागरिक पुनित रायसँग सोमबार बिहे भएको हो। बिहेको भोज

मंसिर लाग्यो, विवाह गर्ने योजना बनाउनुभएको छ कि ?

विवाह गर्ने योजना त बनाएको हो तर केटा खै त ? आफूले मन पराएको केटासँग विवाहको प्रस्ताव राख्न सक्दिनँ। मलाई मन पराउने के टालाई हुन्छ भन्न पनि सक्दिनँ।

दीपाश्री निरौला, हास्यकलाकार

-पंक्तिकारले मंसिर लाग्यो...भन्नेबित्तिकै उनले प्रश्नको आशय बुझिन् र हाँस्न थालिन्) मैले अहिलेसम्म 'मिस्टर राइट' भेटेको छैन। यदि भेटेको भए त यही मंसिरमा विवाह गर्थें होला, त्यसैले अर्को वर्षको मंसिरसम्ममा भेटियो भने विचार गर्नेछु।

बिनिता बराल, नायिका/मोडल

दुई अभिनेताका लागि आज बिशेष दिन

दुई अभिनेताका लागि आजको दिन विशेष हुने छ ! कारण भर्खरै उदाउदै गरेका नायक निरज बराल आज बैबाहिक बन्धनमा बाधिदैछन् भने सदाबहार अभिनेता भूवन केसीले आज छोरीको विबाहको भब्य रिसेप्सन पार्टीमा बिशिष्ट चलचित्रकर्मी, संगीतकर्मी र राजनीतिक कर्मीलाई छोरी ज्वाई चिनाउदैछन् ।

भुवनको जेठी श्रीमती विजया पट्टीको छोरी काजोलको विवाह हिजो सोमबार भएको थियो जस अनुरूप छोरी ज्वाईलाई बधाई एवं शुभकामना दिन उनले भ्याएसम्म नजिक रहेका आफ्ना शुभचिन्तकलाई रिसेप्सन पार्टीमा डाकेका छन् ।

फुर्सदमा घाम ताप्दै कलाकार

सुटिङको विजी सेडुलका कारण कहिले काहिं पर्सनल लाईफ समेत भन्न नपाएका अधिकाश कलाकारहरु अहिले फुर्सदमा छन् । पछिल्लो समय घट्दै गईरहेको फिल्मी बिजनेसको असर र सोही संगै संख्यात्मक रुपमा फिल्म निर्माणको क्रमले सुस्तता लिन थालेपछी उनीहरु फुर्सदिला देखिएका हुन ।फुर्सदिला कलाकारको पहिलो पंक्तिमा हिरो आर्यन सिग्देल पर्दछन् । उनको भनाईलाई आधार मान्ने हो भने हरेक दिन उनी दुईवटा सम्म फिल्मका स्क्रिप्ट पढ्छन र बेलुकी भएपछी स्क्रिप्टमा चित्त नबुझेको भन्दै आएका प्रस्तावलाई रिजेक्ट गरिरहेको छन् । जस अनुरुप अन्तिम समयमा उनले स्टूपिड मनमा पनि नखेल्ने निर्णय गरेको खबर पनि बाहिर आईसकेको छ । अभिनय राम्रो गर्ने तर फिल्म नचल्ने पक्तिको हिरोहरुको लिष्ट उनी पहिलो नम्बरमा पर्दछन् ।

मंसिरका ‘मस्ट एलिगेबल ब्याचलर’

अभिनेता
राजेश हमाल :
ज्योतिषको प्रक्षेपणलाई पत्याउने हो भने महानायक हमालले अझै दुईवर्ष अविवाहितकै स्थिती ब्योहोर्नुपर्नेछ । महानायक यतिबेला नेपाली सिनेमाका सबैभन्दा एलिगेबल ब्याचलर हुन् । उनी जुनसुकै शैली, पृष्ठभूमि र माध्यमका समारोहमा जाऊन, विहे कहिले गर्ने भन्ने प्रश्नले उनलाई आच्छु–आच्छु पार्छ । हमालकी प्रेमिका छिन् –मधु केसी (भट्टराई) । तस्विर सार्वजनिक नभैसकेकाले उनलाई अर्धभूमिगत भन्दा हुन्छ । हमाल लगातार उनीसँग डेटिङ गरिरहेका छन् र उनकै भनाइमा दही जम्ने प्रक्रिया जारी छ । उनका विहेबारेका अनेक स्क्यान्डलहरूबारे चर्चा नगरौं ।

'बच्चा लिएरै सुटिङमा जान्थें'

मौसमी मल्ल, अभिनेत्री- 'सुटिङ शुरु भइसकेपछि कृष्टि मैनालीले फिल्म नखेल्ने भइन्। तिमी काम गर्छौ?' फिल्म '२५ बसन्त' सह अभिनेत्रीको रोल पाएकी मैले त्यो अफर स्वीकार नगर्ने कुरै थिएन। दुई वच्चाको आमा भइसकेकी थिएँ। घरमा जिम्मेवारी पनि निकै थियो। तैपनि श्रीमानले नै मलाई फिल्म खेल्न उत्साहित गराउनु भयो। र, पहल पनि।एभरेष्ट कल्चर सोसाइटीबाट सांस्कृतिक कार्यक्रममा मात्रै कलाकारिता देखाउन पाएकी मलाई 'भाग्यरेखा' यो क्षेत्रमा स्थापित गराउने फिल्म हो। निर्देशक दीपक रायमाझीको पनि पहिलो फिल्म थियो। भर्खरै अध्ययन सकाएर आउनु भएको काममा खुब जोसिलो हुनुहुन्थ्यो उहाँ।

नायक निखिल उप्रेतिको बेइज्जत

फिल्ममा स्टन्ट गर्नका लागि नाम चलेका नायक निखिल उप्रेतिलाई खलनायक बनाउने गरी आज गोरखापत्र संस्थानले एउटा विज्ञापन छापेको छ। कहिले दुइटी बिहे गरेकोमा र कहिले धनलक्ष्मी यन्त्र नामको ठगी सामानको विज्ञापनमा खेलेको विषयमा विवादमा आइरहने निखिल उप्रेति यस पटक फेरि सरकारी संस्थानलाई पैसा नतिरेर ठगेको विवादमा फँसेका हुन्। फोटोसहित छापिएको विज्ञापन अनुसार गोरखापत्रलाई उनीसहित सञ्चालक रहेको विज्ञापन एजेन्सीले झण्डै ३ लाख रुपैयाँ तिर्न बाँकी छ।

सडक बालबालिकालाई मनिषाको उपहार


  • बसन्तपुर वरपर फोहोर बटुल्दै हिँड्ने विशाल तामाङलाई जीवनमा एकपटक मनिषा कोइरालासँग बसेर तस्बिर खिच्ने इच्छा थियो। सोमबार राजधानीको एउटा जमघटमा उनको त्यो सपना मात्र पुरा भएन, विशाललाई यसपालाको हिउँद झेल्ने न्यानोको बन्दोबस्त पनि उनै अभिनेत्रीले गरिदिएकी छिन्।विशालको परिवार काठमाडौंमै बस्छन्। बा- आमा दुवैले अर्कै विहे गरेका। त्यसैले विशाललाई सडककै जीवन रमाइलो लाग्छ।'उतिबेला फेल भएपछि पढ्न जानै छाडिदिएँ,' उनले नागरिकलाई मनको कुरा खोले,'पाएदेखि त पढ्थेँ।'फुर्सदको बेला पारेर समाजसेवामा आकर्षित भएकी मनिषाले त्यो समारोहमा विशालजस्ता २१ सडक वालवालिकालाई ज्याकेट र स्लिपिङ ब्याग प्रदान गरेकी थिइन्।

'ह्‍यान्डसम केटाले जिस्क्याउँदा मज्जा लाग्छ'

जाडो त बढ्यो नि। कस्तो लाग्छ यो मौसन?
त्यति धेरै जाडो बढेजस्तो लाग्दैन। अहिलेको मौसम असाध्यै रमाइलो लाग्छ। त्यति जाडो पनि नुहने र त्यति गर्मी पनि नहुने यति बेला मलाई लङ वानपिस लगाएर हिँड्दा आनन्द आउँछ।
 वानपिसको त्यस्तो मोह?
 मलाई वानपिस सुहाउँछजस्तो लाग्छ। साथीहरु पनि त्यसै भन्छन्। त्यही भएर म कार्यक्रममा जाँदा पनि वानपिसमै जान्छु। फिल्ममा पनि धेरैमा लगाएको छु।
कुन रङको?
 रेड र ब्ल्याक असाध्यै मनपर्छ।
 घुमफिर कत्तिको गरिन्छ?
असाध्यै। फुर्सद हुनेबित्तिकै म त घुम्न गइहाल्छु। काठमाडौँमा पनि घुमिरहने बानी छ। अझ स्कुटीमा घुम्न रमाइलो लाग्छ।
  त्यसरी हिँड्दा केटाहरुले जिस्क्याउँदैनन् र? 
म मास्क छुटाउँदिन। कतिले चिन्दै चिन्दैनन्। चिनिहाले पनि जिस्क्याउँदैनन्। बरु राम्रोसँग कुरा गर्छन्।
 कहिल्यै केटाहरुले जिस्क्याएनन् कि क्या हो?
किन नजिस्क्याउनु? कलेज पढदा खुब जिस्क्याउँथे। प्रपोज गर्दै लेटर लेख्नेहरु धेरै थिए।
  केटाहरुले जिस्क्याउँदा रमाइलो लाग्दो हो नि?

'भिसा गर्ल'को राहदानी विवाद

फिल्म 'भिसा गर्ल'को निमन्त्रणामा सरकारी छाप सहितको 'राहदानी' प्रयोग गरेर सिजी इन्टरटेनमेन्ट विवादमा परेको छ। सरकारी प्रयोजनबाहेक अन्य काममा 'सरकारी छाप, लोगो र छायाँप्रति' समेत प्रयोग गर्नु दण्डनीय काम हो। सिजीले फिल्म घोषणा कार्यक्रममा तयार पारेको निमन्त्रणापत्रको कभर र नेपाल सरकारले प्रयोग गरेको राहदानीको कभर दुरुस्तै छ।प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी विनोद सिंहले निजी काममा सरकारी छाप प्रयोग गर्नु कानुनविपरित रहेको बताउँदै उजुरी आए कारबाही प्रक्रिया अगाडि बढाउने बताए।उद्योग विभागका महानिर्देशक ढुन्डीराज पोखरेलले यस्तो कार्डको प्रयोग गैरकानुनी बताए। निजी र व्यापारिक प्रयोजनका लागि कसैले पनि सरकारी लोगो प्रयोग गर्न नपाउने उनको भनाइ छ।'भिसा गर्ल'को निमन्त्रणा पत्रको विवरण सुनेपछि 'नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय'का रजिष्ट्रार विसु केसीले उजुरी परे सरकारी छाप दुरुपयोगको मुद्दासमेत चल्न सक्ने बताए। नेपाल सरकारले रचना गर्न लगाएको सबै चिजको स्वमित्व सरकारमा हुने बताउँदै त्यसको दुरुपयोग भए कानुन अनुसार कारबाही हुनसक्ने उनले बताए। 'सत्कार्यको लागि हो भने अनुमति लिएर सरकारी रचनाका केही अंश प्रयोग गर्न पाइन्छ,निजी र व्यापारिक प्रयोगका लागि यसो गर्नु गैरकानुनी हो,'यस्तो विषयमा सरकारले नै मुद्दा हाल्न सक्ने उनले बताए।डिआइजी सिंहले सरकारी दस्तखत र लिखत अनुमतीबिना कसैले पनि प्रयोग गर्न नपाउने जनाए। निजी कम्पनीले व्यापारिक प्रयोजनमा राहदानीजस्तै लाग्ने समाग्री प्रयोग गर्दा प्रतिलिपि अधिकार उल्लंघन मात्र नभई कीर्तेको परिभाषाले समेत भेट्नसक्ने उनले बताए।'सबै विवरण नबुझी त भन्न सकिन्न,तर लोगोको अरुले प्रयोग गर्न पाउँदैन, प्रतिलिपि अधिकार र कीर्तेको मुद्दा बन्न सक्छ यो,'उजुरी परे कारबाही अघि बढाउन सकिने उल्लेख गर्दै उनले भने,'मेरो कार्डमा तपाईंको फोटो राख्न पाइन्छ? थाहै नदिई कसैको घरको फोटो राखेर आफ्नो कारोबार गर्न पाइन्छ? यो पनि त्यस्तै हो। यस्तो साधारण कुरामा त हेक्का पुर्‍याउनु पर्‍यो नि,फिल्म बनाउनेले।'फिल्मकी अभिनेत्री तथा सहनिर्माता ऋचा शर्मा भने राहदानीको सम्मान सहितको सिर्जनशील काम गरेको दाबी गर्छिन्। यो विवादपछि कार्डमा 'वन्ली फर प्रोमोसनल युज'भन्नु पर्थ्यो कि भन्ने महसुस गरेकी ऋचाले नौलो काम गर्दा विवादमा परेको बताइन्। 'मिडियाबाहेक अरू निकायबाट गलत काम गरेको भनिएको छैन,हामीले नियम बुझेरै यसो गरेका हौं,'उनले भनिन्,'हामीले पासपोर्ट बेचेको हैन,दुरुपयोग गरेको हैन, डिजाइनरले ल्याएको प्रस्ताव राम्रो लाग्यो,एउटा फरक प्रयोग गर्‍यौं।'एक महिनापछि सुटिङ सुरु गर्ने बताइएको फिल्म'भिसा गर्ल'को पोस्टर र प्रोमो शुक्रबार सार्वजनिक गरिएको छ। फिल्म तयार भएपछि प्रचार सामग्रीको रूपमा पोष्टर बनाउने गरिए पनि यो फिल्मको भने निर्माण घोषणासँगै यी सामग्री सार्वजनिक गरिएको हो। फिल्म 'फस्ट लभ'का स्क्रिप्ट लेखक प्रचण्डमान श्रेष्ठलाई निर्देशकका रुपमा प्रवेश गराउँदै सिजीले फिल्म बनाउन लागेको हो।फिल्ममा कर्म, विनय श्रेष्ठ, रेमन श्रेष्ठ, ऋचा शर्मा, सलोनी राजभण्डारी, रिमा विश्वकर्मा, मेनुका प्रधान लगायतले अभिनय गर्नेछन्। फिल्मको छायांकन सञ्जय लामाले गर्नेछन्।

अक्षय कुमार काठमाण्डूमा !

पछिल्लो समय बलिउड र हलिउडका कालाकारहरू नेपाल आउने लहरनै चलेको छ । तर उनीहरूको नेपाल यात्रा आउनका लागि आएको र जानका लागि गएको मात्र भएको छ । यसै बीच भारतीय स्टार अक्षय कुमार नेपाल आएको खबर प्राप्त भएको छ ।उनी शुक्रबार अपरान्ह आफू निकट भारतीय चलचित्रकर्मीको साथमा काठमाण्डू आएको बुझिएको छ । उनी काठमाण्डू ओर्लिएलगत्तै बौद्धमा रहेको हायात होटलमा बसेको बताईएको छ । तर उनी के कामका लागि र किन नेपाल आएको भन्ने कुरा खुल्न सकेको छैन । पछिल्लो समय एक टेलिभिजन च्यानलमा स्टण्डमा आधारित कार्यक्रम खतरोका खेलाडी सञ्चालन गरिरहेका अक्षयले सो कार्यक्रमको नयाँ सिजनको लागि छायाकंन स्थल नेपाल बनाउने बुझिएको छ । तर यो कुरा पुष्टी भैसकेको छैन । बुझिए अनुसार खतरोका खेलाडीका लागि उनी बन्जी जम्पको स्टण्ड नेपालमा गर्न चाहान्छन । जसका लागि उनी एकसाता नेपाल बस्ने बुझिएको छ ।

मसान : खिचिएको नाटक

सिनेमा : मसान
निर्देशन/पटकथा : नीर शाह
कथा : स्वर्गीय गोपालप्रसाद रिमाल 
कास्ट : राजवल्लभ कोइराला, केकी अधिकारी, नीता ढुंगाना
निर्माण : नीर फिल्मस र रिमाल इन्टरप्राइजेज 
यस चलचित्रको प्रथम प्रदर्शनी (प्रिमियर)को मञ्चमा निर्माता तथा निर्देशक नीर शाहले भनेका थिए –प्रायः नेपाली सिनेमा ‘सी’बाट सुरु हुन्छन् तर ‘म’सम्म आइनपुग्दै बीचमै सकिन्छन् । यो सिनेमा ‘सी’बाट सुरु भएर ‘म’ सम्म पुग्नेछ र नेपाली चलचित्रको इतिहास लेखिँदा यो चलचित्रले आफ्नो स्थान सुरक्षित गर्नेछ ।’समिक्षाको प्रश्नमा शाहको भनाईलाई यसकारण उध्दृत गरिएको हो कि उनी नितान्त सहि बोल्दै थिए । हाम्रो यथार्थ यही वाक्यांशभित्र सीमित छ । ‘सी’बाट सुरु भएको सिनेमा बीचमै सकिन्छ, हराउँछ अनि दर्शक रिक्तताको अनुभूति बोकेर हलबाट बाहिरिन बाध्य हुन्छन् । जसको उपज, नेपाली चलचित्र आज घिटिघिटिको अवस्थामा आइपुगेको छ । यस्तो कहालीलाग्दो परिस्थितीबीच ‘सी’बाट सुरु भएर ‘म’सम्म पुग्ने भनेर दावी गरिएको सिनेमाप्रति ठूलो आशा खडा भएको थियो । एकतिर नेपाली साहित्यको एउटा उत्कृष्ट नाटकलाई चलचित्र बनाउने प्रयास र अर्कोतिर शाहजस्तो अनुभवी निर्देशकबाट यस्तो प्रयत्न भैरहेको अवस्थामा ‘मसान’ले एक ऐतिहासिक चलचित्ररुपी दस्तावेज बन्न सक्ने सम्भावना बोकेको थियो । रिमालद्वारा लिखित यो कृति पढेका थुप्रैका लागि र नपढेका तर सुनेका अरु थुप्रैका लागि यो सिनेमा एउटा अवसरको रुपमा थियो । पर्दामा सशक्त द्वन्द्व बोकेको नाटकको चलचित्रात्मक रुपान्तरण हेर्ने र यस्तो अवसर नेपाली चलचित्र घरहरूको पर्दामा विरलै पाइन्छ –व्यावसयिकताको नाममा बलिउड र कोरियन चलचित्रको अनुवादको विगविगी भैरहेको वर्तमान यथार्थमा । दुर्भाग्यवश, यो सिनेमा ‘सी’बाट सुरु हुँदा–हुँदै ‘सी’मै सकिन्छ । ‘मा’सम्म पुग्ने त कल्पना पनि गर्न सकिन्न । पटकथाकार तथा निर्देशक शाहले भनेजस्तै यो चलचित्र नेपाली रजतपटको इतिहासमा स्थान सुरक्षित गर्न लायक त छ तर साहित्यिक कृतिबाट असफल चलचित्र बनाइएको श्रृङ्खलाभित्र । स्वदेशी रजतपटको लागि यो चलचित्र वर्षकै ठूलो दुर्भाग्य हो । कारण –सृजनात्मक दृष्टिकोणले प्रशस्त सम्भावना रहेको चलचित्रको सृजनात्मक पक्षमै पूर्णतः असफल बन्यो र साहित्यिक कृतिमाथि चलचित्र बनाउने अभियानमा कहिँ–कतै नैराश्य स्थापित गराइदियो । ‘मसान’ दुर्घटनालाई गहनताका साथ विश्लेषण गर्दा एउटा महत्वपूर्ण प्रश्न उजागर हुन्छ –नेपाली सिनेमाले चलचित्रको भाषालाई किन यति धेरै उपेक्षा गरेको हो ?के हामीले चलचित्रको भाषा सिकेका छैनौं या जानेका छैनौं ? अथवा जानेर पनि बेवास्ता गरेका छौं ? के चिनमा गएर चिनियाँसँग हामीले नेपाली भाषामात्र बोलेर हुन्छ ? चिनमा चिनियाँसँग घुलमिल हुन चिनियाँ भाषा नै जान्नुपर्छ भनेजस्तै चलचित्रको देशमा नाटकको भाषा बोलेर हुन्छ ? चलचित्रकै भाषामा बोलिनुपर्छ अनि मात्र चलचित्र देशका खुला नागरिक (जसलाई हामी दर्शक भन्दछौं), उनीहरूले हामीलाई बुझ्न सक्छन् र आत्मसात गर्न सक्छन् । यसर्थ यस चलचित्र भनिएको ‘मसान’ भाषागत दृष्टिकोणले चलचित्र नभएर नाटकलाई क्यामेराले खिचेर काट्ने र जोड्ने सम्पादन गरेर देखाइएको नाटक मात्र हो भनेर श्रेणीगत गर्दा धेरैलाई तीतो महसुस होला तर यथार्थ त्यही हो । मुटुमाथि ढुङ्गा राखेर नेपाली सिनेमा उद्योगले बरिष्ठ भनेर सम्बोधन गरिने निर्देशक शाहको यस पटकको प्रयासलाई यसरी मूल्यांकन गर्नुपर्दा हामीपनि मर्माहत भएका छौं । पुरुषत्वको स्वार्थ र यौन कुण्ठाको उपजमा मातृत्वको द्वन्द्व ‘मसान’ कृतिको कथन थियो । जसलाई नाटककार रिमालले तत्कालिन कालखण्ड, परिस्थिती र साधन तथा स्रोतको हेतुले नाटकीय परिधिमा लेखेका थिए । तसर्थ, ‘शब्द’ले यसमा प्राथमिकता पाएको थियो भने ‘श्रवण’ तथा ‘वाचन’लाई मूल आधार मानिएको थियो । तर, जब साठी वर्षपछि शाहले त्यस कृतिमाथि चलचित्र निर्माणको प्रयास गरे, तबपनि उनले (शाह)ले रिमालकै स्थानमा बसेर सिनेमा बनाए । रिमालकै आँखा र मनोविज्ञानमा शाहले सिनेमा निर्माण गरे । रिमाल शाहमा रुपान्तरण हुन सोच भएर बरु शाह रिमालमा रुपान्तरण भए । शाहको क्यामेरा रिमालको कलममा रुपान्तरण भैगयो । समग्रमा रिमालको ‘मसान’ नाटक शाहको चलचित्र ‘मसान’मा रुपान्तरित हुनुपर्ने हो । तर, हुन नसक्दा सर्वाधिक महत्वपूर्ण र आधारभूत त्रुटि हुन पुगेको छ जसको लागि निर्देशकसँग आफ्नै भनाइ र तर्क होलान् तर दर्शकको रुपमा चलचित्र घरभित्र पसेपछि कोहीपनि ‘नाटक’ हेरेर बसिरहन सक्दैन । यस्तो सृजनात्मक अन्याय यस सिनेमाबाट भएको ‘नबोल, देखाऊ’ चलचित्रको भाषाको आधारभूत व्याकरण हो तर ‘मसान’मा ‘बोल, नदेखाऊ’ सिद्धान्त अवलम्वन गरेर निर्देशकले चलचित्रका विशेषज्ञहरूको उपलब्धीलाई चुनौति दिएका छन् । हरेक चलचित्रमार्फत कुनै न कुनै कथा देखाउने हो, सुनाउने होइन । तसर्थ, पर्दामा देखिसकेपछि बल्ल कथाको स्वरुप दर्शकको मनोविज्ञानमा स्थापित हुन्छ, अनुभूति पैदा हुन्छ अनि दर्शक चलचित्रका पात्रको जीवनको नजिक पुग्छन् । हिस्सा बन्छन् । तर, कथा सुनाउने निर्देशकको यस प्रयत्नसँग आत्मसात गर्न भने कुनै हदसम्म पनि सकिँदैन । प्रतिष्ठित सिनेमा पुरस्कार (एकेडेमी अवार्ड–ओस्कार)मा एउटा विधा छ जहाँ त्यसवर्ष निर्माण भएका चलचित्रहरू प्रतिस्पर्धा गर्छन् जसको पटकथा कुनै साहित्यिक कृति या अन्य प्रकाशित कृतिबाट रुपान्तरण गरिएको हुन्छ । उत्कृष्ट रुपान्तरित पटकथा भनेर सम्बन्धित पटकथाकारलाई पुरस्कृत गरिन्छ । यसर्थ रुपान्तरणको महत्वलाई विश्वले बुझेको छ नत्र मौलिक कृतिलाई जस्ताको तस्तै साभार गर्ने कामको लागि उक्त पुरस्कार दिइँदैन । मौलिक कृतिलाई चलचित्रको पटकथामा सफल रुपान्तरणको सृजनात्मक उपलब्धीलाई सम्मान गर्दै सो पुरस्कार दिइने यथार्थ हुँदा–हुँदै पटकथाकार र निर्देशक शाहले रिमालको नाटक ‘मसान’लाई चलचित्र ‘मसान’मा रुपान्तरण गर्दा पालना गर्नुपर्ने न्यूनतम मापदण्ड पनि पुरा नगरेको कारणले यस कृतिलाई चलचित्रको रुपमा मसानघाट पुर्‍याउने काम मात्र भएको निष्कर्ष निकाल्न सकिन्छ । अहिलेका नेपाली चलचित्रहरूमा एउटा स्टाइल हावी हुन थालेको छ –आउट अफ फोकस ।’ दृश्यहरू खिच्ने र सम्पादनलाई पनि सहर्ष स्वीकार गर्ने । यस्तै, स्टाइल यस चलचित्रमा पनि अपनाइएको छ जसमा करिब २५ प्रतिशत दृश्यहरूले ‘सार्पनेस’ पाउन सकेका छैनन् । प्राविधिक कठिनाइ वा कमजोरी हो तर, पर्दामा देखिने दृश्यले ‘फोकस’जस्तो आधारभूत आवश्यकताको मापदण्ड पुरा गर्न नसक्दा लज्जापन महसुस हुन्छ । त्यस्तै सम्पादनको पक्षमा भने एक दृश्यमा यति लापरवाही गरिएको छ कि संवादको वाक्य संरचनामा सुरुमा आउनुपर्ने पछाडि र पछाडि आउनुपर्ने अगाडि आउँछ र गोलमाल सुनिन्छ पर्दामा । प्राविधिक पक्षमा ‘मसान’ कमजोर फोकसमा खिचेर जोरजाममात्र गरिएको नाटकमा सीमित हुन पुगेको छ । अझ त्यसमाथि, पाश्र्वसंगीत (ब्याकग्राउन्ड स्कोर)को छनौट चलचित्रको अर्को कमजोरी बनेको छ । ‘मसान’ जुन कालखण्ड र संस्कृतिको उपज हो, त्यस अवस्थाको ध्वनी प्रतिनिधित्व गर्न र कथाको अन्तरद्वन्द्व, भावना र उद्वेगलाई प्रतिनिधित्व गरिएको छैन । दृश्य र ध्वनीबीच सुमधुर सम्बन्ध स्थापना हुन नसक्दा पाश्र्वसंगीत संयोजन उपलब्धीविहिन हुन पुगेको छ । अभिनय पक्षमा भने मसानलाई मध्यम मान्न सकिन्छ । विशेषतः दुईजना महिला पात्र (हेलेने र कान्छीबजै)बीचको पर्दामा देखिएको प्रस्तुतिमा सहजता ल्याउन धेरै कोसिस गरिएको छ । जसलाई सह्राना गर्नुपर्छ । तर, पटकथा संरचना देखिनै कमजोरी भएको कारण कलाकारहरू पात्रलाई जीवन्त बनाउन असक्षम भएका छन् । पुरुष मुख्य पात्रको भूमिकामा (कृष्णबाजे) कलाकारलाई एकदम थाकेको र नैराश्य अनुभूति गर्न सकिन्छ र उनले आफ्नो पात्रको बहुआयामिक स्वरुपलाई पर्दामा विश्वसनिय बनाउन सकेका छैनन् । केही पात्रहरू आवश्यकताभन्दा बढी चिच्याइरहेका छन् भन्ने अनुभूति हुन्छन् भने कोही पात्रहरू अस्पष्ट र प्रतिविम्वित हुन्छन् । समिक्षा गर्दा चलचित्रको नराम्रो मात्र धेरै लेख्यो, राम्रो पनि लेखेर सन्तुलन गर्नुपर्दछ भन्ने आरोप र सम्भावनाहरू आइरहेको अवस्थामा बाध्य भएर ‘मसान’को राम्रो पक्ष केलाउन बस्दा शाहको उत्साह र प्रयत्न तथा सर्जक रिमालको परिवार नै चलचित्र बनाउन अग्रसर हुनु यसका सकारात्मक पाटा हुन् । तर, चलचित्र समिक्षा चलचित्र प्रस्तुतिको प्रोजेक्टर अनगरेदेखि प्रोजेक्टर अफसम्मको समायावधिभित्रको मूल्यांकनमा आधारित हुने हुँदा विगत र पृष्ठभूमिहरूको कुनै ठाउँ रहँदैन । कठोर निर्मम हुनुपर्ने बाध्यता रहन्छ । यसर्थ हाम्रा शब्दहरूले सर्जकको मान प्रतिष्ठा र अहमतालाई कहिँ ठेस पु¥याएमा हामी आग्रह र पूर्वाग्रह नभएको र समिक्षाको उद्देश्य वैचारिक वहसको सृजनात्मक उत्थान भएको दर्शाउँदै स्वर्गीय रिमालले नेपाली साहित्यमा पु¥याएको योगदान तथा नीर शाहज्यूको चलचित्र योगदानप्रति पनि हामी श्रद्धा व्यक्त गर्न चाहन्छौं । अन्त्यमा, निर्देशक र पटकथाकार शाहले प्रिमियर मंचमा व्यक्त गरेका धारणाबाट प्रभावित भएको यो समिक्षक के निष्कर्षमा पुगेको छ भने –चलचित्र बनाउनु भनेको भाषण गर्नुजस्तो सजिलो छैन र हरेक उत्कृष्ट कृति समात्दैमा उत्कृष्ट चलचित्र बन्न सक्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन । त्यसैले अब साहित्यिक कृतिलाई चलचित्र बनाउँदा आगामी दिनमा चलचित्रकर्मीले बडो सहजता अपनाउने छन् भन्ने आशा गर्दछौं ।
साभार :मेरो सिनेमा

आजदेखि 'कालापानी' र 'मसान'

नेपाल चलचित्र विकास बोर्डले विशेष फिल्मको दर्जा दिएको 'कालापानी'ले पनि शुक्रबार देशव्यापी रिलिजको पालो पाएको छ। निखिल उप्रेती, दिलीप रायमाझी, ऋचा घिमिरे, सञ्चिता लुइँटेल, झरना थापा, सुशीला रायमाझी, गणेश उप्रेती लगायतले फिल्ममा अभिनय गरेका छन्।उद्धव अविदित निर्देशित फिल्ममा सीमा अतिक्रमण र भूमि कब्जा सम्बन्धी कथा छ। सुरेश अधिकारीको संगीत रहेको फिल्मको निर्माण गुणराज राजभण्डारी, सन्तोष केसी र रामहरि श्रेष्ठले गरेका हुन्।केही वर्षअघि छायांकन सिद्धिए पनि लामो समयको प्रतीक्षापछि फिल्म रिलिज हुन लागेको हो। 
काठमाडौंमा मसान
गोपालप्रसाद रिमालको नाटकमाथि बनेको फिल्म 'मसान' शुक्रबारदेख राजधानीका करिब १९ हलमा रिलिज हुने भएको छ। नीर शाहको निर्देशन रहेको फिल्ममा राजवल्लभ कोइराला, केकी अधिकारी, नीता ढुंगाना, सुभद्रा अधिकारी, श्याम राई, दीपक क्षेत्रीलगायतले अभिनय गरेका छन्।२००२ सालको सेरोफेरोमा आधारित नाटकलाई फिल्ममा पनि सोही रूपमा उतारिएको निर्देशक शाहको भनाइ छ। डायमन्डशमसेर राणाको उपन्यास 'वसन्ती'माथि फिल्म बनाएको १० वर्षपछि शाहले यो फिल्म निर्देशन गरेका हुन्। कृतिमाथि फिल्म बनाउन चाहने शाहले ध्रुवचन्द्र गौतमको कृति 'कट्टेल सरको चोटपटक'माथि 'बासुदेव' बनाएर निर्देशनमा हाल हालेका थिए। 'अभिनय गर्दा विषय नछाने पनि फिल्म भने आफूलाई मन परेको साहित्यिक कृति र ऐतिहासिक विषयमा बनाउन चाहन्छु,' उनले बताए।

अञ्जु पन्त भन्छिन्- फेरि बिहे गरेकी छैन

गायिका अञ्जु पन्तले हिजोआज गायनभन्दा छोरी परितोसिकालाई बढी समय दिन थालेकी छिन्। पछिल्लो समय उनी संगीतकार मनोजराजसँग पारपाचुके गरेपछि चर्चामा थिइन्।केही समय उनी बजारमा नदेखिएपछि उनको अर्को बिहे भएको हल्ला चलेको थियो। तर, नागरिकको प्रश्नमा उनले भनिन्, 'यो हल्ला कहाँबाट आयो, मलाई नै थाहा छैन। त्यस्तो हो भने कोसित बिहे गरेछु, मलाई जानकारी गराउनुस्।'आफू संगीत क्षेत्रमै भए पनि कार्यक्रमहरूमा कम जान थालेकोमा यस्तो हल्ला चलेको उनको अनुमान छ। उनकी १० वर्षीया छोरी युनाइटेड एकेडेमीमा अध्ययनरत छिन्। 'छोरीलाई एक्लैले हेर्नुपर्ने हुँदा जिम्मेवारी बढेको छ। दिनमा कम्तीमा पनि एउटा गीत रेकर्ड गरिरहेकी छु,' उनले भनिन्।आफूले संगीतमा पाएको सफलता सहन नसक्नेले बिहेको हल्ला चलाएको आरोप उनको छ । संगीतकार मनोज सिवाकोटीसँग पारपाचुके गरेपछि उनी स्वयम्भुमा बस्दै आएकी छिन्। तर यो बीचमा आफूलाई बिहेको प्रस्ताव आएको भने उनी स्विकार्छिन्। तर बिहे गरेर फेरि गल्ती नदोहोर्‍याउने उनको दृढता छ।'नेपाली समाजमा पारपाचुके भएको सम्बन्धलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको छैन। मलाई केही प्रस्ताव आए पनि बेवास्ता गरिदिए। छोरी हुर्काउनमै व्यस्त छु,' उनले भनिन्। उनको झन्डै १० वर्ष लामो वैवाहिक सम्बन्ध केही महिनाअघि टुटेको हो।'सम्बन्ध टिक्न दुवैको समझदारी आवश्यक हुन्छ। एकले अर्काको काममा साथ दिनुको सट्टा शंका गरेपछि, त्यो सम्बन्धले पारपाचुकेको रूप लिने अनुभव मैले बटुलेकी छु,' पारिवारिक तनाव र आफूमाथि भौतिक आक्रमण हुन थालेपछि पारपाचुक गरेको उनी बताउँछिन्।'अहिले मानसिक तनाव छैन। जसले गर्दा काम र छोरीलाई समय दिन पाइरहेकी छु,' उनले भनिन्।उनी फिल्मभन्दा पनि आधुनिक गीतमा केन्द्रित छिन्। केही समयपछि विदेशमा गाउने उनको योजना बन्दैछ। फिदिम, धरान र पोखरापछि अरब र कतारमा उनको गायन हुँदैछ। आफूले नयाँ काम नलिएको हुनाले धेरै संगीतकार रिसाएको उनलाई थाहा छ। खुट्टाको लिगामेन्टमा समस्या आएपछि उनले धेरै कामको बोझ उठाएकी छैनन्।६ महिना यता खुट्टा र घाँटीमा केही समस्या आएपछि गायनको मात्रालाई घटाएकी छु। पहिले दिनमा ५ वटासम्म गीत रेकर्ड गर्थें,' उनी भन्छिन्।

रेखाको नयाँ रूप

रेखाको फिल्मी अनुभव जति बढ्दैछ त्यसै गरी उनी आफ्नो अभिनय र गेटअपलाई नयाँ ढङ्गमा उतार्ने प्रयत्नमा लागि परेको पछिल्ला बर्ष उनी अभिनित चलचित्रहरूले पुष्टी गरिरहेको छ । कहिले उनी बहादुर युवतीको भूमिकामा आफूलाई पर्दामा उतार्ने प्रयास गर्छिन् त कहिले उच्च घरानाकी सोझी युवतीको भूमिकामा दर्शक माझ परिचित हुन भुल्दिनन् । सायद यहि गुणले होला उनलाई नम्बर वान नायिकाको पक्तिबाट रिप्लेस गराउन सक्ने हिरोईन अहिले सम्म देखा परेका छैनन् । उनी हाल होम प्रोडक्सनको चलचित्र 'रावण' को सुटिङमा ब्यस्त छिन् जुन चलचित्रमा उनी विभिन्न रूपमा प्रस्तुत भएको उनको फेसबुक भित्तामा सार्वजनिक गरिएका फोटोहरूबाट मूल्याकंन गर्न सकिन्छ ।रावणमा उनी सिता, दुर्गा, कालि तथा आम महिलाको भूमिकामा देखिदैछिन् । जुन उनको अभिनय यात्राकै सवैभन्दा धेरै भेरिएसन समेटिएको पहिलो चलचित्र भएको छ । उक्त चलचित्रको छायाकंन ६४ दिन लगाएर आजै सकिएको छ । चलचित्रलाई कलाकार तथा संगीतकार समेत रहेका कमल कृष्ण पौडेलले डेब्यू फिल्मका रूपमा निर्देशन गरेका छन् । जसको पहिलो कामलाई नेपाली सिने उद्योगका खेलाडी निर्माता छविराज ओझाले मुक्त कण्ठकले प्रशंशा गरेका छन् ।
छविले कमलकृष्णले राम्रो काम गरेको कुराको तारिफ गर्दै भने 'कमलकृष्णले केही ब्यक्तिगत आचरण सुधार गरे उनी नेपालको नम्बर वान निर्देशक रूपमा चाडै परिचित हुनेछन् ।' कमलकृष्ण एक समयको चर्चित भारतीय धाराबाहिक श्रृङखला चन्द्रकान्ताका असिस्टेन्ट डिरेक्टर पनि हुन् । जो एक दशक अघि 'खरको छानो' चलचित्रमा हिरो बन्ने सुरले कलिउड प्रवेश गर्दा खलनायकको रूपमा स्थापित भै हाल डिरेक्टरको रूपमा परिचित हुने सुरमा छन् ।